Rama Adhikari Kadambari – Gasnu Parne Man Haru

रमा अधिकारी ”कादम्बरी” – गाँस्नु पर्ने मनहरु

मनहरु
एकताको मालामा गाँसिएकै जाति हुन्छ
मनहरु
मायाको धागोमा उनिएकै बेस हुन्छ
मनसँग मन टाढिएको सुहाउँदैन
मनले मनलाई रुवाएको शुभ हुँदैन ।
मन फाटेपछि
घृणा साटेपछि
हिंस्रक हुन्छ मान्छे
त्रासद हुन्छ समय
जुनसुकै धु्रवको होस्
मन कोमल हुनर्ुपर्छ
जुनसुकै धर्म होस्
मनले त कर्मको पूजा गर्नुपर्छ
मनलाई बारुदको गन्धभन्दा
बाँसुरीको सङ्गीत मनपर्छ
मनले विनाशको आतंकभन्दा
विकासको लहर रुचाउँछ ।
बधशालामा बुद्ध बाँधेर
थपडी बजाउने मनहरुका विरुद्धमा
नवीन क्रान्ति उद्घोष गर्न
विश्ववन्धुत्वको सपना देख्नर्ुपर्छ ।
धर्ती रुवाएर
उत्सव मनाउने
शकुनी मनहरुका विपक्षमा
नयाँ युगको शंखघोष गर्न
‘बसुद्यैव कुटुम्बकम्’ को
धुन गुन्गुनाउनु पर्छ ।
मन आखिर जहाँ रहेपनि
मन नै त हो
श्रम रोपेर सिर्जना पस्कने
मनहरु र बुद्ध बनेर
शान्ति फैलाउने मनहरु
एकआपसमा गाँस्न पाए
सोच्नोस् त कस्तो हुन्थ्यो धर्ती – ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2461
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply