बसन्त मोहन अधिकारी – जीवनभित्र र बाहिर
यि आँखाहरु
यो संसार
देख्छु भन्छन्
हेर्छन्
लोभ, मोह, डाहमा
हाँसो खोजेर
आँशु दिन ।
कानहरु
बाहृय ध्वनीलाई
विश्वास गर्दै…
प्रतिफल
आँशु, रोदन र चित्कार ।
यो मुख,
आँखा र कानको प्राप्तीमा
घमण्डी भै
क्रान्ति र जेहादसंग
प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै
युद्ध, हत्या र हिंसा गर्न
चर्का आवाज निकाली रहेछ ।
यो बुद्धि
यिनै, देख्ने, सुन्ने र बोल्नेसंग
समागन भै
प्रतिष्प्रधामा
उच्च र निच देखाउदै
संसारमा हैकम राख्न
स्वयम आफ्नो र संसार विनासको लागी
बम, बन्दुक र मिसाएल बनाईरहेछ ।
सम्पुर्णको यो प्राप्ती,
जीवनको अन्त्य र
संसारकै विनास ।
बिचरा सोझा, सिधा र निरीह
जिर्बो, छाला र नाक
मिठो खाने
न्यानो पाउँने
र सुगन्धको आशमा
देख्ने, सुन्ने र बोल्नहरुसंग
हातेमालो गरिरहेछन् ।
बिगत देखी आगत सम्मको
यो यात्रामा,
आशा राख्नेहरु
उहि र उस्तै
हिजो अस्ति झैँ
भोकै,
हैजा र दुर्गन्ध बिच
चिसो सीरेठोमा
कठ्ठै,
अकाल अगालिरहेछन् ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.