Deepa Ewai Rai – Sambandha

दिपा एवाई राई – सम्बन्ध

सम्बन्धको घना जंगलभित्र
म र ऊ
मेरो र उसको
उसको र उसको
अनि क-कस्को
के सम्बन्ध ?
कुन सम्बन्ध ?
कस्तो सम्बन्ध ?
यसरी धेरै प्रश्नहरूमा
सम्बन्ध खोजिन्छ

उत्तरविहीन
यो सम्बन्ध निसासीएको छ
विक्षिप्त भएको छ
त्यसैले
यो सम्बन्ध
सुपर ग्लु भएर
नारीहरूमा टाँसिन्छ र र्निधक्क
निरङकुश तानाशाह चलाउँछ

कसैसँग हिँडे
कसैसँग उभिए
कसैसँग बोले
सङकुचीत आँखाहरू
विस्फारीत भएर प्रश्न गरिन्छ
नाता खोजिन्छ
सम्बन्ध सोधिन्छ

सुमेरु पर्वत झैँ
भिमकाय सम्बन्ध
नारीलाई लज्जावती झार बनाएर
गौरवान्वीत हुन्छ
किनभने
नारीमाथि
सम्बन्धको जग
भृ्कम्पले हल्लाउन नसक्ने
सुनामीले उडाउन नसक्ने
ज्वालामुखीले फटाउन नसक्ने छ

किन ???
नारीलाई मात्र
सम्बन्धका धेरै प्रश्न आउँदै
चिमोट्दै गइरहेछ -हँ ?

हाम्रो मानवताभन्दा ठूलो
अरु कुनै त्यस्तो सम्बन्ध होला ?

अति भयो
यो सरदार सम्बन्धको अत्याचार
अब म
फुलनदेवी भई
यसको हत्या गर्छु- र
म नारी
तिमी पुरुष
मात्र मान्छे
हाम्रो मानवता स्थापित गर्छु ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2220
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply