Pushpa Adhikari – Euta Kabi

पुष्प अधिकारी ‘अन्जली’ – एउटा कवि


एउटा कवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन
बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको
विदिर्ण जीवन
लेखिरहेछु
समयले टेकेर छातीमा
इतिहास जन्माएको छ
अविष्कार गर्दै विज्ञानले
संसार चिनाएको छ
कम्प्यूटरमा वेभसाइट हेरेर
फेस वुक/हाइफाइवमा
आफ्नै अनुहारसँग
वेमेल लाग्ने
भिन्न भिन्न तस्विरहरुको भीडमा
कतै कहाली लाग्दा
कतै लोभ लाग्दा
समयका तस्विरहरु सँगै
एउटा कवि
भोको युगको
घाइते चिन्तन गर्दैछ
जाजरकोट भोकले
रोएको छ
दैलेख र रोल्पा
रोगले थलिएको छ
प्यूठानमा नुन छैन
सल्लेरीमा चामल छैन
मधेशको आगोले
पहाड चहराएको छ
तराइको वन्दले
काठमाण्डौ अनसन
बसेको छ
थाहाछैन
अलिना सपनाहरु
लोडसेडिड्ड भएर
कति दिन अँध्यारो बाच्नु पर्ने हो
मान्छेहरु
मानवता घोप्ट्याएर
संवेदनाहिन भएको छ
एउटा वादशाहको
विकल्पमा
सयौं वादशाहहरु
जन्मिएका छन्
समयले दिएको
वलियो विश्वास
भत्किएको छ
वारुदले पोतिएको
अग्लो पहाड
लाभा निस्केर
ज्वालामूखी भएर
फुट्न
तम्तयार छन्
कैयन भोका सपनाहरु
हिउँदका तुषारोले
निमिट्यान पारेका छन्

एउटाकवि
समय ओढेर
भोको यूगको
घाइते चिन्तन बोकेर
लमतन्न सुतेको
आकाशमुिन
मानवता ओछ्याएर
थाकेको विदिर्ण जीवन
लेखिरहेछु ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1537
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply