Asha Gurung – Timi Mero Banideu Na

आशा गुरुङ – तिमी मेरो बनिदेउन

म पर्खिबसेकी छु ती घुम्टोहरुलाई
तिमी बादल बनि आइदेउन
म रमाउन सक्छु तिम्रो बिशाल छातीमा
तिमी आकाश बनि आइदेउन
तिमीभित्र कतै म हराउन चाहन्छु
तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन
म रुझिदिउला बरु तिमीसङै सधैं
साउनको झरी बनि तिमी आइदेउन

अबिरल फक्रिरहन सक्छु तिम्रो कोमल स्पर्शमा
तिम्रो आभास म भित्र रहिरहन देउन
आशाहरुको प्रतिक्षा गरी बस्छु म
प्रतेक बिहानीको किरण तिमी बनिदेउन
सजिदिउला म कान्लासरी तिम्रो लागि
तिमी खेतका गराहरु बनिदेउन
गोरेटो बनि म साथ दीरहुँला
नठाक्ने बाटोहरु तिमी मेरो बनिदेउन
म कतै कमजोर भएछु भने
मेरो दरिलो साहस तिमी बनिदेउन
अन्जानमा म बाट गल्तिहरु हुन गए
मार्गनिर्देशक तिमी मेरो बनिदेउन

समर्पिनेछु तिम्रो लागि म सारा
केबल मेरो आत्मा बनि तिमी आइदेउन
म सबै स्वीकारनेछु बरु कसम खाई
मात्र एकपटक त्यो सुन्यपनलाई पढिदेउन
मायाको निस्चल दुनियाँमा कल्पिरहेछु
तिम्रो सुन्दर ओठ्हरुबाट गुम्सिएका ती भावनाहरु छरिदेउन
अभाबहरु सहीदिउँला हाँसी हाँसी
पवित्र बन्धनको प्रतिमुर्ती तिमी मेरो बनिदेउन
तिम्रो श्वासहरुको भरमा म बाँचिरहुला
सदाबहार सहयात्री तिमी मेरो बनिदेउन
हजार्-हजार जुनी माया तिमीलाई गरिरहुँला
केबल ढुकढुकी तिमी मेरो बनिदेउन
म सुन्दर स्वर्गको संसार बनाउँला
तिमी मेरो मनको भगवान सदैब बनिदेउन।।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4113
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply