Acharya Prabha – Ama Timi Samundra Hau

आमा —
तिमी समुन्द्र हौ
त्यसैले त —,
शान्त लहर भै बगिरहेछौ
सुस्त —सुस्त,
न त कहिल्यै थकानको महसुश गर्यौ
न,त उर्लिदो भेल बनेर तिमीले
साराको सपना बगायौ ,
बरु —आफु निश्चिन्त बनेर
किनारालाई साथ दिइ बगिरह्यौ ।
तिमीले छहरा झै आफ्नो यौवन
उदाङ पारीनौ,
अनी —तिमिले झरना बनेर
कसैलाई लोभ्याउने अठोट पनि त गरिनौ ,
त र —तिमी त धैर्य बनेर बगिरह्यौ ,
केवल बग्नुको अर्थ मात्र साँचीरह्यौ ।
तिमीले खहरे झै मात्तिएर
क्षणिक स्फुर्ती कहिल्यै देखाइनौ
तिमीले उर्लिदो खोला बनेर
बर्षा यामको मात्र प्रतिक्षा कहिल्यै गरिनौ
बस —बगिरह्यौ ,
सदाबहार बनेर ।
तिम्रालागी बर्षायाम पनि कहिले आउन परेन ,
तिमीले शरद, ॠतु पनि पर्खन परेन ,
तिम्रो यौवनले चन्चलताको
प्रदर्शन पनि गरेन ।
खोला, झरना, छहरा,छांगा झै
तिम्रो रूपले फेरिनु पनि परेन
कहिले अन्धाधुन्द बाढि बनेर
बहुलाको नियती भोग्नु परेन
अनी —कहिले बगरलाई नीरिह एक्लो बनाएर
तिमीले स्वार्थको ढोङ पनि रच्नु परेन
तिमी त निस्वार्थी समुन्द्र बन्यौ
जस्ले शितलता दिने कोशीश मात्र गर्यो ।
तिमी सतहको प्रीय बन्यौ
आकाश छुने उदेश्य कहिल्यै बोकिनौ
जस्ले —साथ दिइरहयो किनाराको
भरपर्दो सहारा को अस्तित्व बनेर ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3520
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply