Gopi Krishna Prasain – Ye Taliban Shasak Haru

गोपी प्रसार्इ – ए तालिवान शासकहरु

ए तालिवान शासकहरु
तिम्रो त्यो रामापिथेकस खप्पर
प्राग ऐतिहासिक चिन्तन
लघुताभासको मन
साँच्चैनै तिमीहरु त ढङ्गेयूगका सिकारी पो रहेछौ !

बुद्धत्वको सभ्यता संसारकै ज्योति
यूगले अमरत्व पाइसकेको यो घडी
आकास गङ्गा हाँसेको छ
धर्तिले नक्षत्रसँग माया गाँसेको छ
यस्तो अप्रतिम दैवत्वको झलक !

तिम्रा ती राक्षसी हातहरु
छि: तिमीलाई जन्माएको घरती पश्चातापले गलेको होला
हजारौं वर्षको अफगानी सभ्यता र यो कालखण्ड
कस्तरी ढलेको होला
मेरो त अनुमान सम्म मात्र हो ।

शान्तिका धिमे मूच्र्छनाहरु मारेर
मानव सभ्यतालाई कैद गर्ने तिम्रो राज्य
संसारले नबुझेको कानून
सारा निष्पट्ट जङ्गलभन्दा पनि एकाकार पो रहेछ
दैवको लीला
बुद्धहरुको भेला
बुद्धहरुको छातीमा संगीन घोच्ने ब्वाँसाहरुलाई किन
त्रिपिटकले स्वीकार्छ
मोटार आक्रमणले प्रताडित
कठै ती जीवन्त मूर्तिहरु
कूख्यात घृणित तिम्रा हातहरुलाई
यो नेपाली मन बारम्बार धिक्कार्छ ।

(अफगानिस्तानको बामियानमा बुद्धका मूर्तिहरु ध्वस्त पार्न तल्लिन तालिवान शासकहरुप्रति शब्द बिरोध गरि लेखिएको )
- वेलायत

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1518
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply