Deepa Bhandari – Mero Astha Ko Pratimurti

दीपा भण्डारी – मेरो आस्थाको प्रतिमूर्ति
(नेपाल साप्ताहिक ३९८)

मेरो प्यारो स्वयम्भू तिमी
बाँचिरहू अनन्तसम्म
किनभने, तिमीसँगै हाम्रो अस्तित्व बाँचेको छ ।

द्वन्द्वैद्वन्द्वले क्षतविक्षत यस समयलाई
शान्तिको आशा जगाउने मात्र तिमी छौ
तिमी हाम्रो विश्वास पनि हौ
तिमी हाम्रो आस्था पनि हौ
त्यसैले तिमी अनन्तसम्म यहीँ बाँचिरहू ।

तिम्रो अविचलित स्वभावले
हामीलाई बाँच्न सिकाएको छ, दुःखमा पनि
तिम्रा स्थिर हेराइले
हामीलाई हाँस्न सिकाएको छ, वेदनामा पनि ।

तिमी हाम्रो गौरव हौ
कति आँधीबेहरी आए
कति विचलन र विभाजन आए
तर, तिमी एकनास, एकै ठाउँ
हाम्रो संकल्पलाई बोकेर
अविचलित त्यहीँ उभिएका छौ
जहाँ बुद्धले खोजेको शान्ति बाँचेको छ
जहाँ हामीले अपेक्षा गरेको सुख हाँसेको छ ।

कैयौँ शताब्दीहरू बिते
कैयौँ कालखण्डहरू व्यतीत भए
समयका सारा पीडालाई बिर्सेर
सम्पूर्ण परिस्थितिका वेदनाहरूलाई पिएर
तिमी त्यसरी नै पर्खिरहेछौ
हाम्रो मनमा शान्तिको बुद्ध जन्माउन
हाम्रो आस्थामा शान्तिको उज्यालो छर्न
तिमी हाम्रो आस्थाको धरोहर हौ
तिमी हाम्रो जीवनकै संकल्प हो ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2197
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply