Yashoda Adhikari – Andheri Raatma

यशोदा अधिकारी – अँधेरी रातमा
(मधुपर्क बैशाख, २०६७)

जङ्गलको अन्धकार गोलाईमा
रातले जव अँधेरो बाल्छ,
उत्तेजित यी हातहरू
ल्ाालटिन बोकेर
ज्ाङ्गल ढकनी उघार्छन् ।

कानमा सिउरिएका फूलहरू
कानैमा ओइलाइसके
ओइलाएको फूल फुलाउन
मेरो हृदयको ढुकढुकी
यात्रा अघि बढाउँछ
रात-रातभर लालटिन बालेर ।

हराएको मृगजस्तै
एक्लो-
नितान्त एक्लो अँधेरी रातमा
आफूलाई एक्लै पाएर
उसको आवाज बोल्छ-
म बादल फाटेर
आकाश छिचोल्न हिँडेको मान्छे
मलाई अन्तरिक्षको ट्रकमा हालेर
सफा हातहरूले
ट्रकको स्टेरिङ घुमाइदेऊ ।

उठ शोषणको तकियामा
निदाइरहेकाहरू हो
मलाई स्नेहरूपी सिटहरूमा राखेर
आकाश पारि पुर्यािइदेऊ ।

जानेर वा नजानेर
सकेर वा नसकेर
आफै या अरू कसैको इशारामा
विगत झैं पाइलाहरू रोकेर
भारत आमा भएर
स्नेहको हात अघि बढाउँछ
अमेरिका बाबु बनेर पैसा पठाउँछ
चीन बाआमाकै विरोधमा नारा लगाउँछ-
साम्राज्यवाद मुर्दावाद
विस्तारवाद मुर्दावाद
म जहाँको त्यहीं
जस्ताको तस्तै
एक्लो-
नितान्त एक्लो उही औंसीको रातमा

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2738
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply