Shyam Krishna Shrestha – Yas Pusta Ka Nawa Yuwak Prati

श्यामकृष्ण श्रेष्ठ – यस पुस्ताका नवयुवकप्रति

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा हाम्रो भेष
राख्छौँ हामी सदा सुरक्षित हाम्रो माटो, हाम्रो देश ।

खुला सिमाना चोर, लुटेरा तस्करको निर्बाध प्रवेश
सुगम ठाउँको कुरा के र पुगिसके ती दर्ुगम गाउँ समेत
देख्दा यस्तो देशभरि नै उठ्दछ मनमा प्रश्न अनेक
प्रभुसत्ता सम्पन्न देश हो या पराइको प्रान्त विशेष ?

संकट घण्ट बज्यो, सुन्दैनौ – श्रवण शक्ति नै छैन कसो
स्वदेशप्रतिको माया ममता तिम्रो मुटुमा छैन कसो ?
मिचिसके कति खुला सीमाना नदी अनेकन शोषिसके
पछुुतो पर्ला भोलि आज नै युवकहरू हो ! हेर्छौ के ?

चार जात छत्तिस वर्णे सुन्दर यो फूलबारीमा
परचक्रीको चहलपहल यो मातृभूमिको छातीमा
युवापुत्र ! कति हेरिरहन्छौ आऊ न बाहिर आऊ छिटो
स्वाभिमानको शिर निहुर्राई बाँच्नुभन्दा मर्नु निको ।

तथाकथित यी भ्रष्ट राजनेताले देश डुबाइसके
हर्दाहर्दै मूल्यवान दशकाधिक वर्षगुजारीसके
जानाजानै र्सार्वभौम सत्ताको धज्जी उडाइसके
निरा व्यक्तिहरू स्वार्थपूर्तिमै परवशता स्वीकारिसके ।

यस्तो स्थितिमा राजनीतिको दलदलमा नफसेर तिमी
छाती फुकाई आऊ अगाडि युवकहरू ! चट्टान बनी
राष्ट्रघातीहरू जहाँ जहाँ छन् खोजी खोजी नाश गर
युवाशक्तिको सामु पराजित हुन्छ अवश्यै शत्रुगण ।

आजै अहिल्यै देशभरिका युवकहरू ! संगठित बन
राष्ट्रभक्तिको निम्ति अत्यन्तै गरिमामय दृष्टान्त बन
स्वदेशको अस्तित्व सुरक्षण गर्ने दृढ संकल्प गर
अतिक्रमित जे जति हुन् हाम्रो भू-सीमा विस्तार गर ।

राष्ट्रभक्त हे युवकहरू ! भन हाम्रो भाषा, हाम्रो भेष
राख्छौं हामी सदा सुरक्षित हाम्रो माटो हाम्रो देश ।

(साभार: जनमत कविता खण्ड १ २०६४)

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2846
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply