Gandhi Raj Kafle – Tayar Chhu Ma

गान्धीराज काफ्ले – तयार छु म !
(मधुपर्क २०६६ मंसिर)

आज म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
सर्वाङ्ग मनमा
मेरो विश्वास
अनायास टुट्यो
अब चिटिक्क चिटिक्क परेका
मनका टुक्राहरू बन्छन्
खण्ड-खण्ड नबनी
अब बन्दैन मेरो मन अखण्ड
सङ्क्रमणकाल हो
अलिकति संयम बनेर हेर
नियाली राख
धमिलो मन सङ्लिदै छ
पूरै सङ्लिन देऊ
बन्न देऊ
सुन्दर-सुन्दर खण्डहरू बन्न देऊ
सुन्दर खण्डहरू नबनी
मेरो मन
अखण्डरूपले सुन्दर बन्दैन
निर्भाव दृष्टिले हेर
हेरी राख
मेरो मनको पहिरो
मेरो मनले नै थेग्छ
म मेरो मन
खण्ड-खण्ड गर्न तयार छु !
-सुकेधारा, काठमाडौँ

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1724
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply