Hari Adhikari – Prem Ko Pahilo Swad

हरि अधिकारी – प्रेमको पहिलो स्वाद
(मधुपर्क २०६६ चैत)

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रा आँखाको ढकनीलाई
मैले विस्तारै बन्द गरिदिएँ
तिमीले मभित्र बलिरहेको
उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ
मैले तिम्रो ओठको खापा उघारेर
चञ्चल चपल जिब्रोलाई जगाउँन खोजेँ
तिमीले मेरै वाणी पो बन्द गरिदियौं
मैले तिम्रो कमनीय कैशौर्यलाई
एकै फड्कोमा ‘त्यो’ जङ्घार तर्न लगाएँ
तिमीले मलाई पो बनाइदियौ
तिम्रो पहिलो प्रेमी
र, पहिलो पुरुष ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3904
Tagged , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply