Indra Kumar Sunuwar – Man Jhaskinchha

ईन्द्र कुमार सुनुवार – मन झस्किन्छ

तिमी छौ वारी म छु पारी बिचैमा साउने भेल
न परिवार न त समय कसैले गराएन हाम्रो मेल
मायाको डोरी फुकाउनु पर्ला गाठो नै नकसी
मेरो मनको ढोका गर्दैछु बन्द तिमी नै नपसी

जूनी बित्ला बरु मुटु फुट्ला साथ हाम्रो टुङ्गियो
एउटै बाटो रोजेर हिड्यौ बाटो बिचैमा मोडियो
जाऊ तिमी अघी नलागोस ठेस फर्केर नहेर
डुबेको नाउ डुब्न देउ मलाई भैसक्यो अबेर

सम्झना तिम्रो मनमा सजाई हासेर जिउनु छ
तिमीले देको रातो रुमाल ठाउठाउमा सिउनु छ
अतितको घाऊ शरदको बेला चराक्क चर्किन्छ
सपनिमा तिमीलाई देख्दा मन झसङ्ग झस्किन्छ

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1456
Tagged , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply