टंक सुब्बा – लिम्वुवान
नेपाली मानचित्रमा युगौ देखि
लिम्वुवान थियो
अहिले पनि उस्तै छ
कहाँ मेटिएको छ र त्यसको अस्तित्व ?
सदैव वाँची रहने छ यो धरती रहुन्जेल
वरु लिम्वुवानलाई सत्तासीनहरुले
अनेकौ जाल विछ्याएर
नामोनिशान बनाउन खोजे
सीमा रेखाहरु भत्काए एउटै नेपाल भने
र कहिल्यै नउठ्ने गरी टाउकोमा कुल्चन खोजे
तर कहाँ तिनीहरुले सोचे जस्तै
लिम्वुवान कुल्चिईयो र ?
वरु भित्रभित्रै जीउँदो भएर
आजभोलि जागेको छ
यसरी लिम्वुवान कहिल्यै हारेन
शत्रुहरुवाट
वरु हारे लिम्वुवानसँग निहुँ खोज्नेहरु
लिम्वुहरुको पराक्रम देखेर
सम्वन्धको हातहरु बढाउनु पर्यो
राजा महाराजाहरुले
र सम्झौता गर्नु पर्यो
लिम्वुवान सदासदाको लागि स्वतन्त्र छ भनेर
लिम्वुवान छ र त
लिम्वुहरु छन्
लिम्वुवानवासीहरु छन्
अव किन तर्सिने होला
लिम्वुवान स्वायत घोषणा गर्नको लागि
वरु सोध्नुहोस लिम्वुहरुलाई
र लिम्वुवानवासीहरुलाई
कहाँ देखि कहाँ सम्म
लिम्वुवान थियो भनेर
अनि सम्झौता गर्नुहोस् लिम्वुहरुसँग
र लिम्वुवानवासीहरुसँग
लिम्वुवान कहाँ देखि कहाँ सम्म
हुनु पर्छ भनेर
लिम्वुवान लिम्वुवानवासीहरुको
आस्था वनिसकेको छ
र लिम्वुवानमा
वहुल भाषा,संस्कृति र धर्मको
स्वतन्त्रत प्वाँखहरु फैलिसकेको छन्
अव कसैले अपमान गर्न नखोज
अव कसैले वेर्इमान गर्न नखोज
लिम्वुवानको लागि लिम्वुवानवासीहरु
भोलि हतियार भएर उठ्न सक्छन्
त्यसैले लिम्वुवानलाई
आरक्षणको प्रलोभन नदेखाए हुन्छ
सहानुभूतिको माला नपैर्याए हुन्छ
किनभने लिम्वुवानले
चाकरीको भाषा वोल्दैन
चाप्लुसीको भाषा वुझदैन
मात्र लिम्वुवानवासीहरुको लागि
लिम्वुवान भएर बाच्न चाहन्छ
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.