Haribhakta Katuwal – Dali Dali Ful Fulyo

हरिभक्त कटुवाल – डाली डाली फूल फुल्यो पात पात म फुलें

डाली डाली फूल फुल्यो पात पात म फुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

किन होला हिजोआज बरालिन्छ मन यो
जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो
छायाँ एउटा सँगै डुल्छ जहाँ जहाँ म डुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

को हो छायाँ बनी हिंड्ने भनिदिने को होला
जिन्दगीको साथी मेरो बनिदिने को होला
वसन्तमा वन फुल्यो कुन्नि कहिले म फुलें
फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें

शब्द – हरिभक्त कटुवाल
स्वर – साधना सरगम
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4126
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply