Bishnu Prabhat – Ghodaharu / Ghodiharu

विष्णु प्रभात – घोडाहरू/घोडीहरू

लामो यात्राका लागि छानेका घोडाहरू
घोडा नभएर गधा परेछन्
चङ्गेज खाँको घाँसे मैदानमा चरेर
जङ्गबहादुरको नाचघरमा कराइरहेछन्
मीठो गीत गाएको भ्रममा
अरूसँग हैन,
आफैँसँग डराइरहेछन्
एउटा अर्कोको नजिक पर्दा
धातु–जाँचक लगाइरहेछन्
हाम्रो सभ्यता बिगार्न
जण्डु–पातकी आइरहेछन्
कसैले पान चपाइरहेछन्
कसैले स्वाभिमान चपाइरहेछन् ।

लामो यात्राका घोडीहरू
सुत्केरी नभैकन बछडा डुलाउँदै छन्
आफ्ना अस्तबलहरूमा
विदेशी टाँगन हुलाउँदैछन्
बस्ती भुलेर मस्ती उडाउँदै
पराश्रयको बग्गी गुडाउँदै
सगोलका सम्बन्ध चुँडाल्दैछन्
जनसमर्थनका पटट्ट ताली हैन
जनसमरका भटट्ट नाली बजे पनि
मालिक विरुद्ध हिनहिनाएको भ्रममा
परस्परमा कराइरहेछन्
बगाल फुटाल्दै हराइरहेछन् ।

दुर्गतिको खाडलमा पीप भरेर
समाज र सभ्यताको चरु होम्दै
वंशहरणको दिग्विजयमा
अश्मेध यज्ञको तयारी हुँदैछ !
तैपनि,
घोडाहरू घोडीहरू
हिन्हिनाइरहेछन् पुच्छर हल्लाउँदै
हिन्हिनाइरहेछन् याल हल्लाउँदै ।

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2478
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply