म अग्निपर्खाल चढेर
संसदीय चोरबाटासम्म आइपुगेको छु
वायोनिक – यान्त्रिक माछाहरु
रोयल डिस्कोका भिडन्तहरु
आउ, मुखमा सुइरो रोपी हिडौं
सांघातिक आक्रमणहरु सामान्य छन्
वेरुजुमा परेको देशः कथित वन्दहरु खुल्ला छन्
हामी मिशनरीहरुका मिशनहरु
देशमा के–के अफापसिद्ध भएको छ
फापसिद्धहरु ?
हुइयाँ ! हुइयाँ !
हामी ऐतिहासिक डार्विनवादीहरु
राजाको काम कहिलेजाला घामवाट
जनताका काम सवै मेरो मामतर्फ
विवर्तित छौं
अँधियाँ जिन्दगी ः खोई के गर्दैछन् जिव्रो
काटिएका भक्तराजहरु ?
थुक्क नियती ! धेरै भएपछि अग्निपरीक्षापनि
पानीपरीक्षा हुन्छ हौ
संकटग्रस्त इजलासः टाउकाका ताराहरु सस्तै छन्
जाउँ, छापामार तालिमगर्न
खेतमा मुसाहरुको विगविगी छ
‘जिमजाने होइन सोम के हत्याहिंसा पढिरहेको !’
यो कुरा स्वयंसिद्ध छः पृथ्वीमा शोषणको
अन्त्य हुँदैन शोषणको रुपमात्र फेरिन्छ
हे बरै झलकमान !
कस्ले पो सोध्लिन् र खोई को–को
के–के भन्लिन् ? …
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.