Rajan Kathet – Euta Gharma

राजन कठेत – एउटा घरमा

एउटा घरमा

यस्ता हजारौँ एउटा घरमा
रात परेपछि
एउटा कालो छायाँ खस्छ आँगनीमा ।
“ऊ आउनु’भो!”
केही गोडा
सल्बलिनछन्
अगेनाको डिलमा

यस्ता हजारौँ डिलमा ।

छायाँ भित्र पस्दैन ।
हराउँछ त्यहिँ आगँनीमै

हिँजोजस्तै,
अस्तिजस्तै,
सधैँजस्तै ।

फेरी मौनता छाउँछ
एउटा अगेनाको डिलमा ।
यस्ता हजारौँ एउटा अगेनाको डिलमा ।

त्यो शुन्यता चिर्दै
एउटा तोते बोली गुन्जिन्छ-
“आमा! बेपत्ता पार्नु भनेको के हो?”

सार्है खिन्न लाग्नेगरी
त्यो आगो निभिसकेको धुवाँसँगै
फेरी मिस्सिन्छ
एउटा तीतो आशा

आँखै पीरो हुनेगरी ।

काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1897
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply