Basanta Mohan Adhikari – Ama Ko Bani (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आमाको वाणी

वसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यही देह सँगै
सबै जना बास बस म नेपालसँगै ।

घैया कोदो जौ फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँसँगै
दुःख पीडा हर्ष आँशु साट सँग-सँगै ।

जन्म हाम्रो मानवको मानव धर्मसँगै
बुद्ध सीता भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ-साथै
धान चामल स्याउ साट साट आफ्नो सँगै ।

तराईको गर्मी छल्न उक्ल चामलसँगै
जडीबुटी औषधी लिई झर तराईतिरै ।

दूध दही बाख्रापालन गर पहाडसँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

ऐंचोपैंचो आफूभित्र तिनै जनासँगै
हिमाल पहाड तराईको नाता गाँस सधैं ।

प्रकृति र कला कृति संरक्षणमा सधैं
मेल मिलाप गरी बस जन्म दातासँगै ।

चेतनाको प्रयोग गर मानव धर्मसँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमासँगै ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2910
Tagged , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply