Rajeshwar Karki – Mero Kabita Ko Antim Pristha

राजेश्वर कार्की – मेरो कविताको अन्तिम पृष्ठ

हामी छिया-छियामा विभक्त भएर
अनेकौँ भूगोल बाँच्यौँ
कतै कातर भएर बाँच्यौँ
त कतै बहादुर भएर
कहिले सीमातीत घृणामा बाँच्यौँ
त कतै क्षणभरको प्रेममा बाँच्यौँ

प्रेमको एउटै महासागर भएर त
कुन भूगोलमा हामी बाँच्यौँ र !
हो, कोही रानीघाट भएर बाँचे
कोही ताजमहल भएर बाँचे
प्रेमको एउटै भूगोल भएर त
कहिले नै हामी बाँच्यौँ र !

मेरो कविताको प्रथम पृष्ठमा
बहादुरीको गह्रौँ भारी बोक्नेहरू
बाटैमा निदाएछन्
… र चेतनाको मध्यान्तरमा ब्युँझेर
प्रेमको अथाह भारीसहित
प्रेमकै सग्लो सगरमाथा चढेछन्

समयान्तरमा थाहा लाग्यो
उनीहरू
शिखरबाट कहिल्यै ओर्लेनछन्

उनीहरूका हरेक पाइलाहरूमा
प्रेमको अक्षर देख्ने हतियारधारीहरू
उनै सगरमाथाको फेदीबाट
आफ्नो नयाँ यात्रा तय गर्दै छन्
………………………………..
यही दृश्य
मेरो कविताको अन्तिम पृष्ठ हो ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2961
Tagged , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply