Seema Abhash – U Ishwar Futai Rahanchhe

पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,
यो निर्वासित भगवान
कहिलेसम्म
मान्छेको शरण परिरहन्छ हँ ?
रोशीको बगरमा गिट्टी कुट्ने
स्वास्नीमान्छे सोधिरहन्छे
क्षितिज नफाटुञ्जेल
सपनाभन्दा अग्लो गिट्टी थुपार्छे
थुप्रोको आडमा
अढाइ बर्षे नानी हुर्काइरहेकी छे,
बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ,
आमालाई छोडेर टाढा पुगेको छ
उस्ले गिट्टी कुट्दा बुन्ने सपना
रोशीको पानीमा झर्दै गरेको
चन्द्रमाभन्दा सुन्दर छ,
उस्को धरातल
मन्दिरको देउताभन्दा शालीन छ,
उस्को नानीले पछ्याउने बाटो
इन्द्रेणीभन्दा लामो छ ।
हत्केलाका ठेलाहरु हेरेर
फूल जस्तो कल्पनामा हराउँछे,
गिट्टी कुट्दाको टकटकसँगै
काब्य रच्छे र झयाउरेमा भन्छे
कायर बनेर ढुङ्गामा लुक्ने
यो भगवान गिट्टी बनेको छ ।
पिठ्युँमा नानी
काधमा घन लिएर
रोशीले बगाउन नसकेको
ढुङ्गा फूटाउने उ
दुनियाले पुज्ने भगवान फूटाउँछे,
दुनियाले तिरस्कार गरने
बाउ नभेटिएको नानी
भगवान मानेर हुर्काइरहेकी छे,
घरबाट निकालिएकी
गाउँबाट खेदिएकी
बिस्थापित उ
सिन्दुर इन्द्रेणीलाई बुझाएपछि
मन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछे
भगवान पुजिने ढुङ्गा गिट्टी बनाउँछे
घर बनाउने ढुङ्गा गिट्टी बनाउँछे
गिट्टी बेचेर नानी पाल्ने उस्लाइ
भगवान पुजिने धेरै ढुङ्गा फूटाएपछि
यो निर्जन दुनियाँले भन्ने गरछ
उ इश्वर फूटाइरहन्छे ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1909
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply