कृसु क्षेत्री – समुद्र र ढुंगा
एउटा नीलो समुद्र छ र
किनारमा छ कालो ढुंगा
समुद्र हरेक विहान
ढुंगालाई छुन किनारसम्म आउंछ
उफ्रदैँ दौडदैं
र
थकित अनुहारमा
र्फकन्छ सम्सांझै
चुपचाप किनारमा
समुद्रको आगमन र र्स्पर्श कुर्नु
एउटा बन्दीजस्तो स्थीर जीवन
बिताउनु
र छेउमा बसेर समुद्र हेर्दै सोच्नु
ढुंगाको नियति
ढुंगालाई कहिलेकांही समुद्र
अत्यन्त शालीन र शान्त लाग्छ
बूढोमान्छेझैं
कहिलेकांही
अत्यन्त चञ्चल र अशान्त लाग्छ
केटाकेटीझैं
प्रेम गर्दा
रुप फेरिरहने
शैली फेरिरहने
समुद्र ढुंगालाई साह्रै प्रिय लाग्छ
कहिलेकाहीं निश्चिन्त लम्पसार सुतेको
अजिंगरले झैं
कहिलेकाहीं भोकाएको
जंगली हुंडारले झैं
हरदम आफ्नो अवयवमा आक्रमण गरेर
छियाछिया पारेको र्सहर्स
स्वीकारिरहन्छ ढुंगा
सांझमा जब समुद्र
लखतरान भएर र्फकन्छ
एउटा छ्याकटे मान्छेको आकृतिमा
आफ्नै छायांसंग तर्सेर
एक्लै उदासिरहन्छ हरसांझ
कालो ढुंगा…
हाल बंगलादेश
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.