उसको र देशको प्रेम-कहानी गहिरिंदै थियो
उसको अँगालोबाट देशलाई खोसे
फक्रने तरखरको फूल भिमानमा ढल्यो
सुनाखरीले मनग्गे सौन्दर्य र्छर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।
सित्तले पाटीदेखि ढुङ्ग्रे भन्ज्याङसम्म
जुलुसका पताकाझैं फर्फराउँदै
वर, पीपल, काभ्रा र असौका पातहरु भन्छन्
सुनकोशीको बगरमा फर्सिझैं फलेका ढुङ्गाहरु भन्छन्
उसको वधस्थलकिनाराका साक्षी
जामुन, थाक्कल र सखुवाका हाँगाहरु भन्छन्-
हामीले उसलाई हाम्रा सपनाहरु सुम्पेका थियौं
तर उसले यो मुलुकको अनुहारमा
हाम्रा सपनाहरुको बुट्टा भर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।
यहाँका अड्डाहरु
फटाहाका घोडा बाँध्ने अस्तवल भएकाछन्
लठुवा बम-गोलीहरु जनता ठटाउँने हल्दार भएकाछन्
र त उसलाई गोली ठोके
मुलुकको नौलो अनुहारको मस्यौदा कोर्ने
रङ्गहरुको ठूलो भाँडामा
ताजा र आजाद-रगत पनि थपियो
मुलुक र उसको अधुरो प्रेम-कहानी
उसकै रक्त-कणले फूलहरूमा लेखियो
तथापी, सुनाखरीले मनग्गे सौन्दर्य र्छर्नै पाएन
उसले देशलाई अघाउँजी माया गर्नै पाएन ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.