Baldev Bhatta – Yestai Ho Bhane

बलदेव भट्ट -यस्तै हो भने

एक सय चार वर्ष राणाले देश चलाए
आफ्नो ढुकुटी भरे जनता नाङा बनाए
तीस बर्ष पञ्चे आए ती अघाए
त्यसपछि ऊ आयो सबै आए ।
तिमी जङ्लमै थियौ भन्यौ-
ती सब फटाहा हुन
देश मैले चलाउनु पर्छ
जनतालाई फकायौ
तिम्रो मुक्तिदाता मै हो भनेर
हो त , तिमीलाई पनि चुनेर पठाए
समय कुद्दै गयो
तिमी पनि
धेरै दिन सिटमा बस्न सकेनौ
तिमीले भनेऊ- फेरी हाम्लाई लखटे
अहिले फेरि उनीहरु छन
देश चलाउनमा ।

उहिले पञ्चायत कालमा ती पनि
त्यसै भनेर आएका थिए
वाचा गरेर अर्कै काम गर्नु
जनता मर्न दिएर आफू मोटाउनु
सबैले यही देखे यही सिके
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
गजब गर्यौ सब आफ्नै तन्त्र बनायौ
नत्र त अलिकति तिम्रा पालामा
जाजरकोटमा झाडापखालाको औषधि
पुगेको हुनुपर्ने हो
देशको सिमाना मिचिदा, तिमीलाई पनि
छटपटी हुनुपर्ने हो !

झगडा गर्नमा भागबण्डा लगाउनमा
आफ्ना पराइ छुट्याउनमा ब्यस्त रह्यौ
काम भन्दा कुरानै फलाक्यौ
यस्तै हो भने किन मान्छे मार्नु
जनतालाई दु:ख दिनु
के क्रान्तिका कुरा गर्नु
अबबाट आऊ सबै
आफू खाने कुरा गरौं
छोरा नभए छोरी खुवाऔँ
जनता मरे के भो,
देश त्यही
सत्ता चलाउनु न हो
पातकीहरुले!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2580
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply