चरर चरर गर्दै पीरले चिर्छ छाती
समय सुलुलु गर्दै चिप्लियो यो नजाती
घर र पर गरेरै देहले शक्ति त्याग्छ
नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ।
सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै
जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै
अलिकति म केही राष्ट्रको लागि गर्छु
जति पनि म सक्छु ज्ञान बाँडेर मर्छु।
मुलुकहरु अरूका उक्लँदै गैरहेका
हिमचुलिमुनि बस्ने छौँ सबै नित्य भोका
अब त समय आयो हामिले उठ्नुपर्छ
दल र कलह छोडी एक भै मिल्नुपर्छ।
छल र कपट गर्ने दुष्टले भेद गर्छन्
तँतँ र मम गरेरै फोर्दछन् एकता झन्
पद र धनतिरै जो मस्त छन् चिन्नुपर्छ
अब त सब जनाले जाल यो बुझ्नुपर्छ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.