Acharya Prabha – Astha Ra Anastha Bhitra Manchhe

मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवीयता हैन जस्तो लाग्छ
त र…… बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी…. मान्छेहरु नै अचल बनेर
पापको भागीदार बन्छन भने
अर्को बिकल्प नै के रह्यो र ?
हो कस्ले सुनेको छ ?
इश्वरले आशिष फलाकेको ?
कस्ले महसुश गरेको छ
ढुङ्गाको मूर्तिले शीरमा
आशिर्बादको स्पर्षले छोएको ?
त र पनि मान्छे,
आस्थाको धरोहरमा भुलेर
ढुङ्गाको देव पुज्न वाध्य छन
मान्छेलाई अनास्थाको खन्डहरमा
धकेलेर निर्जिव मूर्तिलाई
कोठा र चोटामा सजाउन
लालायित छन
अनी…. यिनै मान्छे,
मानवियताको ब्यापारी बनेर
इेश्वरलाई बली चढाउने बहनामा
निरीह पशुहरुको हत्या गर्न
उत्प्रेरित छन।
वास्तवमा कस्ले सुनेको छ
मूर्तिले रगतको भीख मागेको ?
कस्ले देखेको छ
ढुङ्गाका देवताहरुले हिंस्रक बनेर
बलिको रगत पिएको र चोक्टा लुछेको?
त र…… पनि मान्छे
धर्मको आढ्मा हत्या गर्न
अभिप्रेरित छन
अनी तिनै प्रशादरूपी चोक्टाहारु
राक्षस बनेर प्रशादको बहना गरी
लोभि जिब्राहरु लप्लपाएर
लुछ्न मग्न छन ।
अब…. सोंचौ,
मानव मनमस्तिष्क लाई घच्घच्याएर
मान्छेको अपमान मान्छेले किन गरिरहेछन ?
मूर्ती पुज्ने निहुमा हत्यारा
किन बनी रहेछन ?
अनी….. मान्छेलाई विश्वाशको
किनाराबाट पंछाएर
निर्जिव ढुङ्गा किन ढोगी रहेछन ?
हो…. मूर्ती पुज्ने मनहरुले नै
मान्छेलाई घ्रीणा गरिरहेछन
तर फेरी निर्जिव देवताको आस्थाको
अभिप्शामा आँफै राक्षस बनिरहेछन
त्यसैले मूर्ती पुजेर मानवताको
ढोङ पिट्नु र मान्छेबाट नै अमानविय
ब्यवहार पाउनु शायद एकार्काको
पर्याय बनिरहेछ ……….!

(अमेरिका )

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2482
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply