Hari Govinda Luitel – Picnic [Nepali Bal Kabita]

काट्ने, कुट्ने, बनाउने
पकाउने र तुल्याउने
आज हामी जंगलमा
पिकनिक मनाउने !

सबै हाँस्ने, हँसाउने
खाने, रम्ने, रमाउने
आज हामी जंगलमा
पिकनिक मनाउने !

खै खै आलु ताछौं म
बन्दाकोभी काटौं म
मटरकोसा छोडाउFm म
बोडी, चना केलाऊँ म
पाउरोटीमा चक्कूले
बटर-जेली दलौं म !

लौ लौ हेर सबैले
होस्टेमा हैँसे गरेछन्
बढारकुँडार सकेछन्
पानी, दाउरा ल्याएछन्
उता राडी हालेछन्
यता चुल्हो बालेछन् !

बिस्नु, कालु, जमुना
अचार मोल्न थालेछन्
पासाङ्ग, राजु, बुधिया
रोटी बेल्न थालेछन्
चिरी र तःरि मिले र
लस्करै खाजा बाँडेछन् ।

पहिले खाजा खाने हो
अनि खेल्न जाने हो
पछि खाना खाएर
बल्ल घर जाने हो
बीचको मौका छोपेर
नाच्ने, गाउने, खेल्ने हो ।

गीताले गाएको क्या मिल्दो
रामुले नाचेको क्या मिल्दो
च्याङ्बाको चुटि्कला क्या राम्रो !
सिम्माको कविता क्या राम्रो !
भवानी मिस र रतन सर
दोहोरी खेलेको क्या राम्रो !
सबैले डुलेको, खेलेको
ऐंसेलु खा’को क्या राम्रो
आजको हाम्रो पिकनिकमा
सबै कुरा क्या राम्रो !

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1546
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply