Hari Govinda Luitel – Hat Hat Hatti [Nepali Bal Kabita]

हट् हट् हात्ती उता जा
हट् हट् हात्ती एता आ
घाँटीमा बसेको माउतेले
जता भन्यो त्यतै जा !

लस्की भन्यो लस्किन्छ
अड्की भन्यो अडि्कन्छ
घाँटीमा बसेको माउतेले
दौडी भन्यो दौडिन्छ

दाँतै हेर डेढ हातको
नाकै हेर तीन हातको
नाङ्लाजत्रा कानै छन्
खम्बाजत्रा खुट्टै छन्

रुखै पनि ढाल्दिने
आम्मै कस्तो बलियो
आम्मै कस्तो अग्लो यो !
आम्मै कत्रो मोटो यो !

यत्ति ठूलो हात्तीलाई
सानो फुच्चे माउतेले
जेजे भन्यो त्योत्यो नै
कसरी होला गरा’को -

चार-पाँच टनको हात्तीलाई
तीस किलोको माउतेले
कसरी होला मना’को
कसरी होला कजा’को -

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1666
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply