Chanki Shrestha – Sabud

त्यतिखेरै
सत्यको हत्या भइसकेको हुन्छ
जब जोडिन्छन् सबुदहरू ।

अब मेरो प्रेम र मेरो सपनाको हत्या
मेरै नाममा अरू कसैले गरिदिन्छ
मेरो मुटु मेरो शरीरबाट
काटेर कसैले मिल्काइदिन्छ
मेरो मृत्युपत्रमा
अरू कसैले मेरै हस्ताक्षर गरिदिन्छ
तर, यी सबै अपराधका लागि अपराधीलाई कुनै सजाय हुँदैन ।

सबुदहरू जोडिएपछि
त्यसैगरी फेर्न सकिन्छ वस्तुको रूप
जसरी सेतो कागजमा भर्न सकिन्छ आवश्यकता अनुसारको रङ ।

एउटा कविसँग कविता रहँदैन
कलाकारसँग कला रहँदैन
न जोताहाको खेत रहन्छ
न देशभक्तको देश
बसन्तमा कोइलीजस्तै बसाइ र्सछन्
हाम्रा स्वामित्वका वस्तुहरू नक्कली स्वामीका पाउमा ।

कवि, कलाकार
जोताहा, देशभक्त
प्रहरी, पत्रकार
डाक्टर, वकिल
वादी, प्रतिवादी, न्यायाधीश सबैसबै
सत्यको मसानघाटमा उभिएर
गरिरहेका हुन्छन् सत्यको प्रतीक्षा ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2295
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply