Chanki Shrestha – Euta Anautho Dharabahik

हेर्न अभिशप्त छु
एउटा अनौठो धारावाहिक
कहिल्यै कसैले जित्न नसक्ने दुरुह खेलको
साक्षी छन् सडकमा, खेतका आलीमा र बनका बुट्यानहरूमा
पोतिएको रगतका टाटाहरू
अनुसन्धान पनि गर्न सकिन्छ
कि यो पुनरावृत्ति हो
वा पुरातात्विक अवशेष हो कुनै बर्बर युगको ।

खोलाको किनार र बगरमा
खेतका कान्ला र कल्यानहरूमा फैलिएको लाशको असह्य दर्ुगन्ध
र, संसारका यावत सृष्टिलाई खरानी बनाउने
ज्योतिर्रूप यसका अवयवहरू हुन्
पानीको संकट र रगतको वषर्ा
अक्षुण्ण विशेषता हुन् यसका ।

टेलिभिजनमा कुनै उन्मत्त नायिकाले
प्रर्दर्शन गरेको उन्मत्त नृत्य झैँ
एउटा प्रचण्ड उत्तेजनाको
होर्डिङ बोर्ड झुण्ड्याएर ऐलान गरिरहेछन् खेलाडीहरू
निधारमा भिरेर कलंकको पौरुष
टीका लगाएर हाजिर छन् ।

यद्यपि एउटा शाश्वत सत्य पनि उद्घोष गरिरहेछ यो धारावाहिक
कि एक दिन तिनकै वंशले उर्त्र्सग गर्नेछन् जीवन तिनका विरूद्ध
जो जो संलग्न छन् यो धारावाहिकमा
साक्षी यो देशको घामपानी, हावाहुरीलाई नै राखे हुन्छ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1174
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply