May17
नवराज सुब्बा – छक्क पर्दैछु
हालखबर !
खै के भन्नु
म त आजकल
छक्क पर्दैछु
यता सुकुम्बासी
गोली खान्छन्
र सहिद हुन्छन्
उता विदेशी आउँछन्
र नागरिकता लिन्छन्
सपनाको खेती गर्न सधैं
साढेजुधाई मात्र हने देश
अधिकारकै नाममा सधै वन्द हुन्छ यो देश
मन र बाटाहरू परदेशिए बिरक्तिएर
कतै हिडि सक्नु छैन
तीर्खा लाग्दा पिउने पानी छैन
टाउको दुख्दा सिटामोल पाइँदैन
दुखिरहने मनको पोको छ एउटा
त्यो पनि फुकाउने ठाउँ कतै छैन
न छोरा, न बुहारी, न नाति नातिना
आफ्ना सन्तान सवै परदेशी
म स्वदेशी आज विदेशी जस्तो
आफ्नै देशमा एक्लो भएको छु
हिड्दैछु पाउन शान्ति
सुख खोज्न भौंतारिदैछु
आज दोबाटोमा अचानक
घेरे शहीदहरूले मलाई
अनि रोए, कराए, झसङ्ग बनाए
गन्तव्य भुलि बरालिएको भेटेर
मलाई गिज्याउनसम्म गिज्याए
धत्तेरी ! लक्ष्य पुग्न हिडेको म बटुवा
पत्तै नपाई लठुवा पो भएछु
आफ्नै गतिमति यस्तो देखेर
म तीनछक्क पर्दैछु ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php
Number of Views for this Poem:1327
May17
मिथिला प्याकुरेल – एउटा तारा
(Source: Himal Khabar)
एउटा तारा मलाई आकाशबाट हेर्छ राति173राति
नआउञ्जेल भानु प्यारा मलाई आकाशबाट हेर्छ रातिराति
मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ त कठैबरा मलाई आकाशबाट हेर्छ रातिराति
एकछिन नदेख्दा मन कति आत्तिन्छ भन्छन् प्रेम गर्नेहरू
पर्खिएरै रात सारा मलाई आकाशबाट हेर्छ राति173राति
छट्पटिन्छ आत्तिन्छ म देख्न कति तड्पन्छ त्यो
भन्दैन तर केही विचरा मलाई आकाशबाट हेर्छ रातिराति
नबोलेरै काट्छ रात शीतको आँसु छाड्छ बिहान
यस्तो छ जो कर्महारा मलाई आकाशबाट हेर्छ रातिराति
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php
Number of Views for this Poem:1327
May17
कत्ति सुन्ने कथा आमा,
भयो सारै बोर !
कथा भन्नु विरहको
कुरो मात्रै हो र -
जत्ति रात देखेँ मैले
चुकभन्दा कालो,
उत्ति नै त देख्या’ छु नि
बिहान उज्यालो ।
बेला-मौका हाँसेकै म
देख्छु डाँडा-पाखा,
आँसु झार्न मात्रै त ए !
किन होला आँखा -
सुनाउनुस् बरु आमा,
त्यस्तो वीरगाथा,
जसले मेरो साहसकै
उठोस् सगरमाथा !
२०५८ फागुन २६