Nepali Articles
Yagya Kumar Pradhan – Dolakhama Kumari Bhairab Jatra
यज्ञकुमार प्रधान – दोलखामा कुमारी भैरव जात्रा
(Source: शनिवार)
सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये एक हो कुमारी भैरव जात्रा । यो जात्रा भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टिसम्म ५ रात चल्दछ । यस वर्ष यो जात्रा भदौ १० गते सुरु भई १४ गतेसम्म हुँदैछ ।
देवगण र असुरगणबीचको युद्ध सकिएपछि विष्णु भगवान आरामका लागि सुत्नुभयो । सुतेको दिनलाई हरिशयनी एकादशी र उठेको दिनलाई हरिबोधनी एकादशी भनिन्छ । जब हरि विष्णु भगवान सुत्नुभयो । असुरगणहरू फेरि सल्बलाउन थाले । देवी भगवतीले घण्टाकर्ण राक्षसलाई मार्नुभयो । यही सम्झना स्वरूप उपत्यकामा र दोलखामा पनि घण्टाकर्ण जात्रा मनाउँदै आएको छ । दोलखामा राजकुलेश्वर तलेजु भवानी मन्दिर अगाडि घण्टाकर्णको स्वरूप बनाइन्छ र बाजा बजाई देवी भगवतीलाई वली पूजा गरी घण्टाकर्णलाई पनि देवी भगवतीको प्रसाद चढाई दही चिउरा खुवाई खुकुरीले प्रहार गरी मारी दोलखा सहर भन्दा केही पश्चिमस्थित खोल्सामा बाजा बजाउँदै लगी फालिन्छ ।
देवी भगवतीले घण्टाकर्ण राक्षसलाई मारेपछि असुरगणहरू झन् चम्किन थाले । देवगणहरूमा फेरि युद्ध गर्ने निश्चय हुन्छ । यसका लागि महामाया कालिञ्चोक देवी भगवतीको शक्ति प्राप्त नगरी असुरगणलाई जित्न असम्भव मान्छन् र देवी भगवतीको पूजा प्रार्थना गर्दछन् । स्व. योगी नरहरिनाथले आˆनो पुस्तक ‘देश दर्शन’ मा सप्तसती चण्डीमा वर्णन गरेअनुसारको देवी भगवती र शुम्भ निशुम्भ बीचको युद्ध दोलखाको कालिञ्चोक मन्दिरको तल भिरालो मैदानमा भएको भन्ने उल्लेख गर्नुभएको छ ।
यही युद्धलाई सम्झना गर्दै अभिनय गर्न दोलखाका सम्बन्धित गुठीयार ढापा खलक रक्षा बन्धन पूर्णेको अघिल्लो दिन बाजाका साथ कालिञ्चोक मन्दिरमा जान्छन् र पूर्णेको दिन बिहानै देवी भगवतीलाई पूजा गरी शैन्य शक्ति प्रदान गरेको स्वरूप सल्लाका सुरिला साना साना ८।९ वटा रुखहरू लिएर आउँछन् । जसलाई सैन्यको निशान मानिन्छ । यो निशानस्वरूप रुख इन्द्रजात्राको दिन दोलखाको मुख्य मुख्य ८ टोल ठाउँमा उभ्याइन्छ । यस रुखको टुप्पोमा इन्द्रलाई राखिएको हुन्छ ।
कालिञ्चोकबाट फर्केर आई दोलखा ुहरका देव मन्दिरहरू सबै परिक्रमा गरी प्रसाद दिन्छन् । कालिञ्चोकबाट फर्केपछि राती तीनधारा अगाडिको नारायण मन्दिर अगाडि उपकर्ण यज्ञ गरी रहेका बेला असुररूपी ठूलो लाखे आई यज्ञ विध्वंश गर्न खोज्दछ । तल्लो टोलस्थित रानी पोखरीमा गंगालाई पूजा गरीपानीमा लुकेको राक्षस खोज्ने अभिनयमा पौडी खेलाइन्छ । ठूलो लाखे हुनेलाई र पौडी खेल्नेलाई रांगाको आधा टाउको पुरस्कार दिने चलन छ ।
साँझ परेपछि विष्णु भगवान् र राजा इन्द्रले भष्मासुरलाई मारेको अभिनय नाच भइरहेको बेला लाखे नाच पनि नाचिन्छ तर विष्णु भगवान् आउनेबित्तिकै लाखेहरू भाग्दछन् । रात परेपछि कृष्ण र राधिकाको रासलिला नाच हुने गर्दछ । यसमा केटाहरूले कृष्ण र राधिका भई नाच्ने गर्दछन् ।
यसरी देवासुर सङ्ग्रामको अभिनय पर्व जात्रा भइरहेको बेला अर्को घटना आई पर्दछ । किम्वदन्तिअनुसार सहर बजारमा ठूला साना बच्चा धमाधम मर्न थाले । त्यसैबेला एउटी घर्तिनी बुढीले अनेक बक्न थाल्दछे । पिट्ने कुट्ने गर्न थाले र लातले हान्न थाले । खुट्टाले हान्न थालेपछि बुढीले फेरि ‘म बोक्सी होइन मैले तिमीहरूका बच्चा मारेको छैन, मलाई नै अन्यायमा पारी तान्त्रिक गुभाजुले खाल्डोमा हालेको छ मलाई निकाल्ने काम गर भनिन् । कसरी कस्तो खाल्डोमा हाल्यो तिमी को हौ भनि सोधनी गर्दा भन्न थालिन् । कुनै समयमा दिदी त्रिपुरासन्दरी र म तामाकोसीको तिरमा बसिरहेका थियौ । त्यसबेला एकजना तान्त्रिकले हामीलाई देख्यो र हामीलाई दोलखा सहर बजारमा बस्न आग्रह गरे । हामीले पनि तामाकोशी देखिने ठाउँमा बस्छौ भन्यौ र दिदी त्रिपुरासुन्दरीलाई भव्य मन्दिर बनाई इज्जतका साथ दोलखा सहरको पूर्वतर्फ राखे मलाई दक्षिणतर्फ राखे । म रातो पहिरन भएको चञ्चले स्वभावको भएकोले तान्त्रिकले मलाई झुक्याई खाल्डोमा हाले र आफैँ निस्के’ भनिन् । तान्त्रिकहरूले पनि ध्यान दृष्टिले हेर्दा कुरा ठिक देखियो । त्यसपछि रातो पहिरन भएकी चञ्चले बालकुमरीलाई वर्षको ५ दिन मात्र निस्कन पाउछौ तर सधैँको लागि निस्कन तामाकोशीको ढुङ्गा आँप बन्दा भङ्गेराले पाइला चाल्दा र भुटेको भटमास टुसाई उमे्रको बेलामात्र निस्कन पाउछौ भन्ने शर्त राखे ।
देशमा असुरहरूले अशान्ति मचाई रहेकोले बेला कुमारीले केही सहयोग गर्लीन् भन्ने विचारले भाद्र कृष्णपक्ष द्वितीयादखि षष्टिसम्म ५ राती निक्लन पाउने भयो । पुरानै रूपमा यो अर्को रूपमा क-कसलाई सहभागी गराउने भन्ने सम्बन्धमा निकै छलफल सल्लाह भयो तर टुङ्गो लाग्न सकेन । राती त्यही बोक्सी भनिएको घर्ती बुढीलाई यो यो रूपमा यस्तो तरिकाले यति जना निस्कने भन्ने सारा विधि विधान रूपसमेत सपनामा बताएअनुसार द्वितीयादेखि कुमारी निकाल्ने भयो । तर कुमारी मात्र निकाल्दा फेरिउपद्रो गर्न सक्ने र एक्लो निस्कदा अशोभनीय भएकोले कुमारीको नियन्त्रणका लागि पनि पतिको रूपमा कालो अनुहार कालो वस्त्र लगाएको कालभैरव, सेतो वस्त्र लगाएका तरवार भिरेको घोडामा सवार भएका राजा र राजाको सहायकमा एकजना खुकुरी बोकेको, उपद्रो मचाउनेलाई जालमा फसाउन जाल फालेको अभिनय गर्ने एकजना र रातो पहिरन भएको रातो बाक्लो अनुहार मुकुण्डो लगाई दिई कुमारीको रूप दिए । प्रत्येकको एक एक जनापछि लाग्ने सहायक समेत गरी सुरु दिनमा १२ जनाको समूह बनाई कसाई कुस्लेको बाजा बजाई रातो कुमारी र भैरवलाई निकाले ।
पहिलो दिन कुमारी भैरव जात्रा रातको ९।१० बजेदेखि निकाली सहर बजारमा बाजाका साथ नचाउँदै जाँदा भूत पे्रतहरू पनि ठाउँ ठाउँमा बसी हेरिरहेको र भूतपे्रतदेखि हेर्न आउने मानिसहरू डरले भाग्न लागे । मानिसहरूले कुमारीलाई पूजा गर्न भ्याए तर भैरवलाई कसैले पूजा गर्न पाएनन् । यसले गर्दा भैरवलाई रिस उठेको रहेछ ।
भोलिपल्टदेखि तान्त्रिक गुभाजुको व्यवस्था गरी गुभाजुले पजा तथा नैवद्य सामान खर्पनमा बोकाई अघि लाग्दै गए र जहाँ जे भेटिन्छ सबैलाई पन्छाउँदै गए । यसरी जात्रामा सामेल हुने १४ जना भए । प्रत्येक घरबाट कुमारी कमारी भैरवलाई पूजा गर्न थाले । तर भैरवलाई भने हिजो कसैले वास्ता नगरेको र आज मात्र पूजा गर्न लागेको देखि रिसले आˆनो उन्मत्त लिङ्ग देखाइदिए र लौ यसमा पूजा गर भन्ने आशय रहेको भन्ने भनाइ पनि छ ।
कुमारीले विध्वंश मचाउलीन् भनि भैरवले आफूभन्दा अगाडि जान नदिई पनि पछि लगाई राखे । यस किसिमले द्वितीयादेखि षष्टि ५ रातसम्म दोलखा सहर बजारमा रातको ९/१० बजेदेखि बिहानसम्म कुमारी भैरवको जात्रा नाच हुने गर्दछ । बिहानभित्र पस्ने बेलामा कर्णपि्रय बाजा बजिरहेको हुन्छ । बिहान भैरवभित्र पसिसकेको हुन्छ तर कुमारी भने भित्र जाँदै बाहिर आउँदै पति भैरवलाई खोजेको अभिनय गर्दछिन् । २ पटकभित्र बाहिर गर्दै तेस्रो पटक बल्लभित्र पस्दछिन् । यस नाचमा एक कसाही र १२ कुस्ले ढोलक, सहनाई झ्याम्टा बाजा बजाउने गर्दछन् । कर्णपि्रय बाजा र रोमान्चित नृत्यले गर्दा रातभर नृत्य हेर्न कैयाँै मानिसको भिड लाग्ने गर्दछ ।
यो कमारी भैरव जात्रा टसिया टोलको मन्दिर घर र पिंगल टोलको मन्दिर घरबाट हुने गर्दछ । तीन वर्ष टसिया टोलबाट र तीन वर्ष पिंगल टोलबाट हुने गरेकोमा पिंगलको मन्दिर घर जीर्ण भइसकेको र टसिया टोलको घर नयाँ पक्की बनाइएबाट पिंगल टोलबाट जात्रा ननिकालेको धेरै वर्ष भयो । यी जात्रामा सहभागी हुनेहरू सबै शिवभक्ति परिवारका हुन् र पुजारी गुठीयार पिंगल टोलको श्रेष्ठ परिवारका हुन् । यी जात्रामा सहभागी हुनेहरूलई १० पाथी धानको बिउ जाने खेत र केही वारी मात्र छन् । कुमारी जात्रा सञ्चालनको लागि गुठीको आयस्ताबाट नपुग्ने भएकोले पुरान्छे टोल घर भई हाल थापाथलीमा बसोबास गरी रहनु भएका लक्ष्मण श्रेष्ठले वर्षेनी आर्थिक सहयोग गरिरहनु भएको छ । टसिया टोलको नयाँ घर पनि उहाँलेनै निर्माण गर्नुभएको हो । श्रेष्ठले भैरव कुमारीलाई चाँदीको तोरण -किकिपा) घाङ्गलको साथै जात्रामा सहभागी हुने सबैलाई कालो रातो, सेतो पदअनसारको पोसाक पनि दिनुभएको छ । यस कुमारी भैरवको जात्रा भर आˆना पति, छोरा छोरी सन्तानको आयु वृद्धि सुख समृद्धिको लागि महिलाहरु व्रत बस्ने गर्दछन् । पञ्चमीको दिन ब्रत बस्ने धेरै हुन्छन् ।
यो कुमारी भैरव जात्रा कहिलेदेखि चलेको हो यकिन गरी भन्न सकिने आधार प्रमाण भने भेटिएको छैन । सयौ वर्ष पहिलेदेखि चल्दै आएको अनुमान छ । भैरवले लगाउने चाँदीको लामो सिक्री माला चाँदीकै कमलको फल जोडिएको छ र यो माला ने.सं. ९१२ वि.सं. १८४८ मा काठमाडौँ नघल बहाल बस्ने चित्र नरसिंह र सुपुत्र भोजमान सिंह हेमलक्ष्मीले चढाएको भन्ने देखिन्छ । त्यस्तै रातो कुमारीले लगाउने गरेको चाँदीको माला र जोडिएको कमलको फूल पनि छ । यो माला वि.सं. १८९८ सालमा दोलखा टसिचा टोल बस्ने विद्यानन्दले चाँदी तोला १६ को माला र करिब ५ पाथीको खेत चढाएको भन्ने यसै मालामा लेखिएकोबाट देखिन्छ ।
Ghansyam Khadka – Prem, Youn Ra Jeevan
घनश्याम खड्का – प्रेम, यौन र जीवन
(Source: कान्तिपुर)
प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।
जीवन र प्रेम गहिरोगरी जोडिएका छन् । प्रेम छैन भने जीवन जीवनजस्तो हुँदैन । प्रेमहीन जीवन लहर विनाको सागरजस्तो कुरूप, गतिविनाको नदीजस्तो निष्प्राण, सुगन्धविनाको फूलजस्तो निरस र फलविनाको वृक्षजस्तो अनुर्वर हुन्छ, बाँच्नलायक हुँदैन ।
प्रेमको सम्बन्ध चेतनासँग छ । प्राणी जति चेतनशील हुन्छ, उति प्रेमपूर्ण । जति प्रेमपूर्ण हुन्छ, उति होशपूर्ण । जति होशपूर्ण हुन्छ, उति आनन्दित । वनस्पतिमा चेतना कम छ, त्यसैले तिनमा प्रेम पनि हामीले बुझ्ने स्तरको प्रस्ट छैन । पशुपन्छी वनस्पतिका तुलनामा अलि चेतपूर्ण छन्, तिनको प्रेमको आभास हामी सजिलै पाउँछौं । चेतनाको सीमितताका कारण मानवइतर प्राणीको प्रेमले शरीरको घेरा तोड्नसकेको छैन । तथापि कृत्रिमता नमिसिएकाले, मान्छेको जस्तो सभ्यताको आडम्बर प्रदर्शन गरिरहनुपर्ने झन्झट नभएकाले तिनको जीवनमा कृत्रिमता छैन ।
थाहा छ, मान्छे चेतनाका हिसाबले यो चराचर जगतको श्रेष्ठ प्राणी हो । उसको प्रेम फराकिलो र विराट हुनुपर्ने हो । तर यस्तो सायदै भएको छ । मान्छेको प्रेम पनि पशुको झैं शरीरकेन्द्री छ । भ्रमवश उसले यौनलाई प्रेम ठानेको छ । एक पश्चिमा विचारकले त भनेका पनि छन्, ‘प्रेम यौनको गलत उच्चारण हो ।’
व्यक्तिविषेशका प्रति, उसको कुनै खुबी या सौन्दर्यको वशिभूत उब्जिएको भाव प्रेम होइन, वासना हो । वासना सधैं बदलिरहन्छ । आफूलाई राम्रो लागेको मान्छे वा वस्तुभन्दा पनि राम्रो अर्काे व्यक्ति वा वस्तु देखेको क्षण मनमा त्यो प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना उब्जिन्छ । यो मुच्र्छना हो, बेहोशी हो । बेहोशीले दुःख सिवाय केही दिँदैन ।
मान्छेलाई अक्सर यही बेहोशीले पछयाएको छ । र नै त यतिका दुःखी छन्, रोगी हृदयका रुग्ण मानिसहरू छन्, अपराध र युद्ध छन् । प्रेम र घृणा दुई विपरीत शब्दका रूपमा लिइन्छ । तर मलाई लाग्छ, यसमा विपरीत केही पनि छैन । प्रेमको मात्रा साह्रै कम, लगभग शून्यको स्थितिमा घृणाको जन्म हुन्छ, अहंकारको जन्म हुन्छ । घृणाको अनन्त जालोले जेलिएको मान्छेले जे पनि गर्न सक्छ, हत्या पनि, युद्ध पनि । घृणाको मात्रा शून्य भएको अवस्थामा जे बाँकी रहन्छ, त्यही प्रेम हो, जीवन हो । प्रेमले पूर्ण जीवन बाँचिरहेको मानिस अरूलाई दुःख दिन सक्दैन । लुट, हत्या र बलात्कार प्रेमकै अनुपस्थितिमा लाग्ने सरुवा रोग हो । युद्धपिपासु रोमन सम्राट क्लाउडिअसले विवाहमा उसै प्रतिबन्ध लगाएका थिएनन् । उनी देशका सबै युवालाई भर्ती गरेर युद्धमा पठाउन चाहन्थे । तर विवाह गरेका र प्रेममा परेकाहरू गएनन्, जान चाहेनन् । प्रेमपूर्ण जीवन छाडेर मारकाटमा को जान्छ ? सन्त भ्यालेन्टाइनले युवायुवतीको गोप्य रूपमा विवाह गरिदिन थाले । क्लाउडिअसले उनको ज्यानै लिए । उनै सन्तको सम्झनामा १४ फेब्रुअरी ‘प्रेम दिवस’का रूपमा मनाइन थालेको हो ।
बिहा गर्ने अनुमति पाए पनि आजपर्यन्त संसारभरका सिपाही ब्यारेकमा राखिन्छन् । यसको गहिरो अर्थ छ । लामो समय महिलाको सम्पर्कमा नआएको पुरुषको हृदय प्रेमशून्य हुन्छ । प्रेमशून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ ।
अक्सर सिपाहीले सामूहिक बलात्कार गरेको समाचार सुन्नमा आइरहन्छन् । प्रेमको अलिकति पनि अनुभव भएको मान्छेले बलात्कार गर्न सक्दैन, त्यो पनि सामूहिक । प्रेमिका वा पत्नीभन्दा पर लामो समय बस्दा सैनिकलाई हिंसा स्वाभाविक लाग्दै जान्छ । उनीहरू तत्काल आक्रमणमा उत्रने स्वभावका हुन्छन् । प्रेमको संसर्गमा बाँचिरहेको मान्छेमा हिंसाप्रतिको यो तत्परता पटक्कै हुन्न ।
विश्वभर बढिरहेको अपराध, युद्ध र कलहसँग कतै न कतै प्रेमको सम्बन्ध छ । प्रेमको जीवनदायिनी धारा कतै पक्कै टुटेको छ । नत्र किन दुव्र्यसनी बढिरहेका छन्, किन झगडाको आगो सल्किरहेको छ, किन वेश्यावृत्ति फस्टाइरहेको छ ? किन ?
अधिकांशले प्रेमलाई यौवनको आवेग ठान्छन् । सहवासलाई यसको प्राप्ति मान्छन् । यौन र प्रेम छुट्टाछुट्टै कुरा हुन् । जसरी प्रेम प्राणीको स्वभाव हो, यौन पनि आवश्यकता हो । तर पशुलाई झैं यौन स्वच्छन्दता मान्छेलाई नभएकाले, तथाकथित सभ्यताले यसको प्राकृतिक वेग रोकिदिएकाले मान्छेको मनमा यौनको गहिरो तृष्णा छ । त्यो तृप्त नभएसम्म प्रेमको टुसा पलाउन सक्दैन ।
Bindu Subedi – Saadhaaran Jindagi? (Nepali Essay)
विन्दु सुवेदी – साधारण जिन्दगी?
(मधुपर्क जेठ, २०६७)
यो एक्काइसौँ शताब्दी हो । अहिले संसार अचम्मैसँग बद्लिएको छ । यति धेरै फैलिएको यो संसार पनि सानो भइसकेको छ । सानो छँदा टेबलमाथि राखिएको पृथ्वीको डल्लोलाई म खुब घुमाईघुमाई हेर्ने
गर्थें । ईंटको आकारको नेपालसँगै भारत, चीन, रुस र अरू थुप्रै देशहरूका नामहरू पढ्दै जान्थेँ म । मेरो सानो चेतनामा त्यो भकुण्डो जस्तो गोलो पृथ्वीका उर्द्धरेखा र समानान्तर रेखा अनि नीलो जलराशिको पृष्ठभूमिमा माकुराको जालोजस्ता किरमिर कोरिएका देशहरूका अनेक आयतनका नक्साहरूले मलाई आकषिर्त गर्थ्ो ।
संसार जतिजति नौलो स्वरूप लिएर प्रस्तुत भइरहेछ यहाँका मानिसहरूको जीवनशैली पनि त्यतिकै द्रुतगतिले फरकफरक भइरहेको छ । प्रत्येक पुस्ताले आफूले भोगेका र देखेका कुराहरू बदलिएकै निष्कर्ष निकाल्छन् । तीन-चार पुस्ताको फरकलाई औसत व्यक्तिहरूले अनुभव गरिरहेका छन् । पहिलो पुस्ता भन्छ- हाम्रो पालामा यस्तो थियो, उस्तो थियो । उनीहरू वर्तमानमा भोग्नु परेको परिस्थितिलाई असहज ठान्छन् भने पछिल्लो पुस्ता आफूले बिताइरहेको समय स्वाभाविक हो र बितेको कुरा केवल एक कथिएको वर्णन हो भन्ने ठान्छन् । यो क्रम प्रत्येक पुस्ताको लागि यस्तै हास्यास्पद पदावली टेकेर अघि बढ्छ, स्वाभाविक हो । हामी आफँै पनि भन्ने गर्छौं हाम्रो पालामा यस्तो थियो, अहिले यस्तो भयो इत्यादि । यसप्रकारका यस्तो थियो र यस्तो भयोका अन्तरमा हामीले भोगेका भोगाइहरू पनि त कम चाखलाग्दा छैनन् ।
टेलिभिजनको पर्दामा आजकल देखिने एउटा विज्ञापनले मेरो ध्यान खुब तानेको छ । एउटी युवती पसिनाले लथपथ हुँदै, आँसु चुहाउँदै, तर्तरी नाक पारेर निसासिँदै पाखुराले निधार र आँखा छोप्न खोज्छे । उसका हातहरू ओख्लीमा कुटेको खुर्सानीको रागले रङ्गिएका हुन्छन् । तुरुन्तै दृश्य बदलिन्छ । बिजुलीले चल्ने भाँडामा राता खुर्सानीका ढिँडीहरू तँछाड मछाड गर्दै बररर उपि|mन्छन् र धूलोपीठो भएर पछारिन्छन् । युवती खुर्सानीको त्यो अभूतपूर्व गति हेरेर मुस्काइरहन्छे । नेपथ्यबाट आवाज आइरहन्छ “यो हो साधारण जिन्दगी, यो हो एक्सप्रेस जिन्दगी” ।
यो विज्ञापनले मलाई खुब आकषिर्त गरेको छ । अहो, कति सरल जीवन पारिदिन्छन् आधुनिक उपकरणहरूले विज्ञापनको भाषामा जिन्दगी नै एक्सप्रेस भइदिन्छ तर साधारण जिन्दगी कति कष्टपूर्ण छ, देखिहाल्नुभयो । विज्ञापनका थरिथरिका प्रस्तुतिहरू केवल उपभोक्तालाई आकर्षणको लागि तयार गरिन्छन् । व्यापारको धर्म पनि त्यही नै हो । आफ्नो उत्पादनलाई कसरी आकर्षक बनाउने र बढीभन्दा बढी बिक्री गर्ने भन्ने कुरा न हो तर पनि जीवनलाई जोडेर बनाइएको यो दृश्य र यी शब्दहरूले मलाई साँच्चै छोएका छन् । के जिन्दगी वास्तवमा नै त्यति साधारण वा एक्सप्रेस हुन सक्छ र ? म आफूलाई त्यहाँ उभ्याउँछु र निक्र्योल गर्न खोज्छु- म कतापट्ट िपर्छुहोला भनेर-साधारण जिन्दगीको उहापोहमा अथवा एक्सप्रेस जिन्दगीको कित्तामा । साधारण जिन्दगी भनुँ भने आफूलाई आधुनिक उपकरणको आकर्षण र प्रयोगको उपभोक्ता भइसकेको पाउँछु । एक्सप्रेस जिन्दगी भनुँ भने लाग्छ म साधारण जिन्दगीको मोहलाई त्याग्नै सक्दिनँ । के छ होला त साधारण जिन्दगीको आकर्षण ?
एक समयमा मैले केही महिलावादी संस्थाहरूमा गोष्ठी र छलफलहरूमा भाग लिन पाएकी थिएँ । सचेत महिलाहरूका लेख, उच्च तहका सहभागिताहरू, जागरणको लागि गरिएका सराहनीय कामहरू, साहसका कथाहरूलाई जब म सम्झन्छु त्यतिबेला हाम्रो जस्तो देश, परिवेश र समाजमा रहेर ती नारीहरूले गरेका कामहरूप्रति म श्रद्धाले शिर झुकाउँछु तर पनि कताकता यहाँ पनि साधारण जिन्दगी र एक्सप्रेस जिन्दगीका भिन्नता झुल्के जस्तो लाग्छ, जसको परिभाषाले विज्ञापनमा भन्दा फरक सङ्केत राख्दछ मलाई ।
एकपटक एउटा छलफल कार्यक्रम थियो । त्यसको मुख्य विषय ग्रामीण महिलाहरूलाई कसरी सचेत गराउने, अमुक गाउँका महिलाहरूलाई जागरणको लागि कुन प्रकारको योजना लिएर जाने र कसरी ती योजनाहरूलाई प्रयोगमा ल्याएर उनीहरूको कष्टकर जीवनलाई सरल बनाउने भन्ने थियो । म एक पर्यवेक्षक, सहभागीहरूका छेउमा बसेर बडो उत्कण्ठासँग उनीहरूको छलफललाई सुनिरहेकी थिएँ । छलफलमा सहभागी सबैजसो महिलाहरू यति शिक्षित थिए कि लाग्थ्यो उनीहरूको मातृभाषा नै अङ्ग्रेजी हो र नेपाली दोस्रो भाषा, छलफलपछि मैले एउटा सानो जिज्ञासा राखँे । भनेँ, “तपाइँहरूका योजनाहरू अति नै प्रशंसायोग्य छन् तर यति राम्रोसँग, यति छिटोसँग बीस प्रतिशत मात्र कनिकुथी नेपाली मिसाएको अङ्ग्रेजी बोलीलाई हाम्रा गाउँले दिदीबहिनीहरूले के बुझ्लान र ?
वातावरणमा मौनता छायो । मलाई उनीहरूले यति धेरै वाक्यहरू फरर नेपालीमा बोल्न सक्ने एउटा अद्भूत प्राणी नै ठाने हुन् । हामीबीच एकछिन अचम्मको चुपचाप छायो । हूलबाट बिस्तारै एउटा आवाज निस्क्यो, “त्यस्तो हुँदैन । हामी त्यहाँ गएपछि नेपालीमा नै बोल्छाँै” ।
मलाई अझै चित्त बुझेको थिएन त्यसैले भनिहालँे, “हामीले राजधानीको सुविधा पाएका छौँ । राम्रो शिक्षाको अवसर पनि पाएका छौँ । त्यसैले हामी हाम्रा गाउँका दुःखी, निरक्षर, शोषित पीडित दिदीबहिनीहरूलाई सहयोग गर्न, सिकाउन जाँदैछौँ तर अहिले यहाँ पनि हामी सबै नेपाली दिदीबहिनी नै छौँ । त्यसैले छलफल नेपाली बोलीमा गर्दा झनै राम्रो हुँदैन र ? अहिले यहाँ विदेशी त कोही पनि छैन नि, हैन र ?”
त्यसपछि मैले फेरि त्यस्ता छलफलमा सहभागी हुने मौका पाएकी छैन । दोस्रो प्रसङ्ग मेरो लागि झनै अपि्रय भएको छ । एउटा संस्थाको छलफल कार्यक्रम थियो । मेरो लागि यो संस्था र यसका सदस्यहरू झनै आदरणीय थिए । कार्यक्रम एकघण्टा ढिलो सुरु हुनु त हाम्रो लागि कुनै नौलो कुरा होइन तर यहाँ त दुई घण्टा ढिला भइसकेको थियो । दुई घण्टाको प्रतीक्षापछि झण्डै एकैपटक ह्वार्र सहभागी सदस्यहरू आइपुगे । यतिबेला पनि म पर्यवेक्षककै रूपमा थिएँ । अहिले काठमाडौँमा गोष्ठी, सभा, समारोह, भोजभतेर अथवा कुनै पनि कार्यक्रममा ढिलो पुग्न छुट छ, आनन्दसँग । एउटै शब्दले त्यो छुटको लाइसेन्स दिलाइदिन्छ । त्यो हो ट्राफिकजाम । मैले सोचेँ, दिदीबहिनीहरू घरको धन्दामा अल्झे हुनन्, केटाकेटीको रोड्याइँमा फसे हुनन् अथवा अफिसबाट चाहेको समयमा निस्कन पाएन हुनन् । अझ भनौ अन्य कुनै कारण परेको होला तर निहुँ त उही ट्राफिक जाम नै देखियो त्यहाँ पनि ।
मेरो सोचाइ गलत सावित भयो । सहभागीहरू ढिला आइपुग्नाको कारण सुनेपछि म निराशाको पोखरीमा झ्वाम्मै खसेँ । नढाँटी भन्दा यो नेपालका शिक्षित र बौद्धिक वर्गका नारीहरूको जमघट थियो ।
देशभरका शोषित, पीडित, अशिक्षित, दलित नारीहरूको सामाजिक, आर्थिक, राजनीतिक उत्थानको लागि नारीहरू नै देशको निणर्ायक तहमा हुनु जरुरी छ भन्ने महसुस गरिएको समय थियो । त्यसैले नयाँ नेपालमा, गणतान्त्रिक नेपालमा नारीहरूले संसद्मा, संवैधानिक निकायमा, उच्च निणर्ायक पदहरूमा कस्तो सहभागिताको लागि आवाज उठाउने, कुन नीतिको उपयोग गर्ने र कसरी महिला वर्गको हकहित समानता र संलग्नताको कुरालाई अगाडि लैजाने भन्ने विषयको गम्भीर छलफल कार्यक्रम थियो त्यो तर “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने उखान झण्डै चरितार्थ भएजस्तै भयो त्यहाँ ।
कुनै एक भारतीय बाबा, धर्मगुरु अथवा महाराजजी यस्तै कसैको शुभ आगमन भएको रहेछ नेपालको राजधानीमा । उनको अमृतमय प्रवचनको अगाडि अन्य कुराको के महìव पहिले आइपुगेका सहभागीहरू घण्टौँ पर्खिनु परेकोले थकित भइसकेका थिए भनेपछि आएका सहभागीहरू शरीर एक आसनमा बसेर थकित भए पनि भर्खर बाथटबबाट निस्किएर फूर्तिला भएजस्तै प्रफुल्लित देखिएका थिए ।
लौ अब सुरु भयो ती महाराजको व्यक्तित्व प्रवचन, अनि तिनको तेजिलो अनुहार, चम्किलो छाला, जादूमय बोली, सुन्दर आँखा, आदि आदि ।
म उनीहरूको व्यक्तिìवपूर्ण प्रवचन सुन्न भुलेर त्यो महìवपूर्ण संस्थाको भविष्यको विषयमा पो सोच्न पुगेँछु । देशविदेश घुमेका, उच्चशिक्षा प्राप्त हाम्रा विदुषीहरूको अग्रगामी योजनाहरूलाई समेत नगण्य बनाइदिन सक्ने कस्ता शक्तिशाली रहेछन् ती अर्धन·ा बाबा । धन्य हुन् ती बाबा र धन्य हाम्रा बुद्धिजीवीहरू ।
मेरो आसय धर्म नमान्नु भन्ने कदापि होइन । म आफँै पनि पूजापाठ र भगवान्मा आस्था राख्छु तर त्यसको पनि आफ्नै सीमा हुनुपर्छ भन्ने मेरो तर्क हो । हाम्रो लागि वर्तमानको समय महìवपूर्ण हो र त्यसको आधारमा भविष्यको चित्र आरेखित गर्नुपर्छ । कुन समयमा कुन काम बढी महìवपूर्ण हो भन्ने कुरा छुट्याउनुपर्छ र त्यसैअनुसार चल्नुपर्छ भन्ने मेरो मान्यता हो । म हाम्रा उच्चशिक्षित विद्वान् दिदीबहिनीहरूलाई हृदयदेखि नै भन्न चाहन्छु, साँच्चै तपाइँहरूको सानो विवेक र सहयोगले पनि पिछडिएका दुःखी, शोषित, पीडित देशभरिका महिलाहरूको हकहितको सम्बर्द्धन हुन्छ भन्ने त्यो नै महìवपूर्ण काम हो र जीवनको सार्थकता पनि त्यही हो । कुनै महाराजजीहरूका प्रवचनहरूले तपाइँहरूलाई जति प्रफुल्लित तुल्याउँछन् त्योभन्दा सयौँ गुणा बढी आत्मसन्तुष्टि समाजको उन्नति र हितको कामले गर्नेछ । यो कुरा पक्का हो ।
यसै सन्दर्भमा म अर्को एक घटनालाई पनि सम्भिmरहेँछु । एकपटक यस्तै एक अमुक बाबाको लागि आश्रम बनाउन त्यो पनि भारतीय भूमिमा, चन्दा सङ्कलन गर्ने काम तीव्ररूपमा भइरहेको थियो । धेरै चन्दा उठिसकेको पनि थियो ।
एउटा सूचना उड्दै मेरो कानमा पनि ठोकिन आइपुग्यो- चन्दा चार अङ्कभन्दा कमको हुनु नहुने भन्ने । मेरो मनमा लाग्यो यसरी उठेको चन्दा भारत लगेर आश्रम नामधारी महल बनाउनुभन्दा यहीँका बालबालिका अथवा वृद्धवृद्धाको कल्याणको लागि उपयोग गरे कस्तो राम्रो हुने थियो ।
घुम्दै फिर्दै एक दिन चन्दाको रसिद मेरो छेउ पनि आइपुग्यो । म नास्तिक नभए पनि यस्तो कुरामा भने त्यति सहज हुन सक्दिन तर चन्दा भनेको एक रुपियाँ पनि महìवपूर्ण हुन्छ भन्ने अनुभव बटुलिसकेकी थिएँ मैले त्यो बेलासम्म ।
संवत् २०५९ सालको मङ्सिर २३ गतेको दिन तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजार जलेर नष्ट भयो । काठमाडौँ बस्ने तेह्रथुमवासीहरूले केही सहयोग गर्ने भावनाले चन्दा उठाउने निर्णय गरे । म त्यो आगोले जलेर भष्म भएको म्याङ्लुङ बजारलाई हेरेर भर्खरै काठमाडौँ फर्केकी थिएँ । त्यसैले मेरा आँखामा झिलिमिली म्याङ्लुङ बजार र अग्निले स्वाहा पारेको उजाड म्याङ्लुङ बजारका दुई विपरीत चित्र झल्झली आइरहेका थिए । म पनि दुई दिन अफिसबाट बिदा लिएर चन्दा सङ्कलन गर्ने काममा जुटँे । त्यतिबेला हामीले फैलाएको ठूलो चन्दा पात्रमा एक रुपियाँ मात्र पनि खसेको देख्दा मन खुसी हुन्थ्यो ।
फेरि अगाडितिरै फर्किऊँ । अमुक मन्दिर बनाउँने चन्दाको रूपमा मैले हात्ती त हैन एउटा गैंडा अगाडि सारेँ । त्यो तीन अङ्कको रकमले गर्दा हाम्रो मित्रता नै धरापमा पर्‍यो । मलाई आफ्नो साथीको त्यो प्रतिक्रिया देखेर असाध्यै नरमाइलो लाग्यो तर त्यस किसिमको कामको लागि मागेजति चन्दा नदिएकोमा मलाई पछुतो भने लागेन ।
मैले अनुभव गरेको छु यस्ता बाबा, महाराजहरूको आगमन भएपछि हाम्रा कतिपय दिदीबहिनीहरूको दैनिकीमा एउटा सुनामी नै आउने गर्छ । घर, परिवार, केटाकेटी, अफिस, उत्तरदायित्व एकातिर र बाबा, महाराजहरू एकातिर राखेर तौलँदा सायद दोस्रो कित्ताकै ओज बढी हुन्छ ।
Rajani Dhakal – Laya Ko Khoji Ma
रजनी ढकाल – लयको खोजीमा
(मधुपर्क जेठ, २०६७)
अन्धकारको अवशानमा हिँडेको उज्यालो पथको खोजीमा यात्रारत छु । निरन्तर बगिरहने एउटा गतिको अन्वेषणमा छु । सोचिरहेछु, यो गतिमा त्यो उज्यालो पथ कहाँनेर छ ? यो गतिमा त्यो अन्वेषण कुनबेला जोडिन आइपुग्ला ? एउटा यान्त्रिक गतिले मात्र जीवनलाई कस्तो गति देला ? चाहन्छु, यो गति मात्र गतिको लागि नहोस्, एउटा लक्ष्यको निकास बनोस् ।
वरिपरि झलमलाएका बत्तीका मालाहरूसँग, सडकमा कुदिरहेका उज्याला आँखाहरूसँग, सडकको डाइभर्सन पुलमुनि लुकेको अन्धकारसँग पटकपटक साउति मारिरहेछु तर सोच्न सकिरहेको छैन जीवनको उज्यालो कहाँनेर छ ? उज्यालो छैन भनूँ वरिपरि बत्ती मात्रै छ, गति छैन भनूँ सडकको यान्त्रिक गतिलाई जीवन दिन ध्यानस्थ छु ।
मनमा भुलभुलाइरहने यी भावुकताका मूलहरू कविताका स्रोत हुन् या निबन्धका ? या हुन् आप\mनै आकारहीन सोचाइका अमूर्त रूपहरू ? यो चिन्तनमा लय छ या भावनाको झङ्कार भन्न सक्तिनँ । आकारहीन रूपलाई जे मानिदिँदा पनि त हुन्छ । उडिरहेको बादलमा कलाकार के देख्छ ? बगरमा लडिरहेको ढुङ्गोमा मूर्तिकार के खोज्छ ? प्रकृतिमा छरिएका रङहरूको संयोजन चित्रकारले कसरी गर्छ ? ठोक्रोमा बाँधिएका तारहरूबाट कसरी निस्किन्छ सङ्गीत ? बाँसको निर्जीव ढुङ्ग्रोमा कसरी धुन भर्छ बादक ? एउटा बिरुवा आप\mना रूपका हाँगाबिँगा कसरी थप्दै जान्छ ? कसरी फैलिन्छन् त्यसको आकार र आयाम ? थाहा छैन, तर जे बन्नका लागि पनि एउटा लयचाहिँ पक्कै चाहिने रहेछ ।
लयबद्ध कुदिरहेको जीवनको यो अमूर्त यात्राले भोलि कुन रूप लेला ? अहँ, भन्न सक्दिनँ । ठम्याउन सक्दिनँ आप\mनै भोगाइका रूपहरू पनि । आकारहीन छु म यिनै अनुभूतिहरूजस्तै । सायद लयबद्ध छु आप\mनै पृथक्ताबोध नहुने विचारमा र हिँडिरहेछु ।
नदेखिएको भोलिमा म एउटा आकार खोजिरहेछु । लय दिन खोजिरहेछु यिनै सङ्गतिहीन भोगाइहरूलाई । सायद बाँच्नुको सार्थकता त्यही हो, समयलाई जसरी भेटियो उसैगरी चुपचाप स्वीकार्नु तर तर किन विद्रोही बन्छ मन ? किन सम्हालिँदैन चुपचाप लागेर । चेतनाको विद्रोह कहाँ कहाँबाट भुलभुलाएर आउँछ । केही गर्ने चेतनामा बाँच्नु सङ्घर्षलाई अघि लगाउनु रहेछ । हिँडिरहेका बाटाहरूसँग, कर्तव्यमा उभिइरहेका रूखहरूसँग, बगिरहेको नदीसँग नजिक हुन खोज्नुको अर्थ पत्थरबाट पृथक् हुनु रहेछ ।
नदेखिएको भविष्यमा कुन आकारको कल्पना गरुँ म ? तर फेरि भन्न मन लागिरहेछ जे बन्नका लागि पनि एउटा लय चाहिने रहेछ । गतिमा ध्यानस्थ एउटा लय चाहिने रहेछ । मैले खोजिरहेजस्तै लय । जीवनको लय तर भन्न सकिरहेको छैन, यो जीवन योजनाको निश्चित लयमा हिँडिरहेछ या छैन ।
पर चन्द्रागिरिका पहाडी शृफ्लामाथि कुदिरहेको क्षितिजका अनन्त रेखाहरूमा अडिन्छन् आँखाहरू । देवकोटाको प्रेमले अविदितको यात्रामा डोर्‍यायो सायद । प्रत्येक मान्छे देवकोटेली अविदितको यात्रामा जीवनानुभूततिका लहरहरूलाई जोड्न खोजिरहेछ र खोजिरहन्छ जीवनको लय ।
लयमा रहनु सबै गतिशील वस्तुहरूको नियम हो । आस्तित्विक चेतना हो । सबैलाई बाँधेको छ समयले । अनि समयलाई पनि बाँधेको छ लयले । समयको आप\mनै लय छ । समुद्रका छालहरूसँग सामुदि्रक अस्तित्व बाँचेको हुन्छ । छाल आएन भने, लहर चलेन भने समुद्रको औचित्य नै के रहृयो र ? फेरि पनि प्रश्निल छु, जीवनको गतिसँग जीवन हिँडिरहेको छ वा छैन ?
कालोपत्रे सडकको छातीमा लिपिक्कै टाँसिएर इन्जिनको प्रवाहमा गुडिरहेछु । दाँयाबाँया वारपार देखिने मान्छेहरूको गतिमा छु म तर मेरो सोचाइले त्यो गति लिन सकिरहेको छैन ।
मनले जे सोच्छ त्यो गर्नुमा जीवनको सङ्गति छ वा समाजले जे भन्छ त्यो गर्नुमा जीवनको अस्तित्व छ । जीवनको कुन मोडमा गएर भेटिन्छन् मनको बाटो र समाजको बाटो । समाज के देख्छ ? के मनले जे देख्छ, त्यही देख्छ समाज ? के भन्छ समाज ? सामाजिक जीवनसँग मेल नखाने व्यक्तिका हर इच्छाहरूले कहाँनेर पोखिन पाउँछन् ? यहाँनेर आख्यानकार कोइरालासँग सोध्न मन लाग्छ, कहाँ छ तिम्रो व्यक्ति स्वतन्त्रता ? तिमीले लेखेका कथाका हरफहरूको के वास्ता छ यो समाजलाई ? फगुनीका सयौँ रहरहरूसँग खेलवाड गर्ने यो समाज अपहरण र बलात्कार मात्र गर्छ, समाज फगुनीहरूलाई भैरवी बन्ने स्वतन्त्रता दिँदैन । विधवाका रङ्गीन सपनाहरू हर रात गहनाको पोकोसँगै चोर्छ । कर्नेल्नीका रहरहरूमा गोली ठोक्छ दिनदहाडै । आज समाज जीवनको लयको विरुद्धमा हिँडिरहेछ ।
नागरिक सर्वोच्चताको नारा घन्काउने जुलुशमा किन मारिन्छ नागरिक ? के रगत र मृत्यविहीन अधिकार माग्न र दिन सक्दैनन् कसैले ? किन समय यति अराजक बनिरहेछ ? मानिस अहंको लयमा किन यति ध्यानस्थ छ ? मानिसका कुन सोचसँग समाजका सोचहरू मेल खाइरहेका छैनन् । मानिसकै चिन्तनमा डोरिएको यो समाज आज किन लयको विरुद्ध हिँडिरहेछ ?
म सोचिरहेछु, समयसँग बगेको सीमाले छेक्छ कि मान्छेलाई आफैँसँग गाँसिएको सीमाले । कोही भन्छन्, हुने कुरा भएरै छाड्छन्, जे हुन्छन् त्यो प्राकृतिक हो । स्वाभाविक हो । मान्छेको बाँच्नुको आप\mनै क्रम स्वाभाविक छैन । सोच्नुको आप\mनै आस्था स्वाभाविक छैन । कहाँनेर छ जीवनसँग स्वाभाविकताको मिलनबिन्दु ?
समयलाई आफू जसरी हिँडाउनु सफलता हो वा समयमा टेकेर आफू हिँड्नु, सोचिरहेछु हिँड्नुहरूलाई । हेरिरहेछु गर्नुहरूलाई । हो आज सोच्नुको क्रमलाई लयबद्ध गर्दैछु, लयबद्ध गर्दैछु जीवनलाई, दिनचर्यालाई, भोगाइलाई अनि आगामी सोचहरूलाई ।
मानिस किन आफैँमा लयबद्ध हुन सकेन गीतका हरफहरूजस्तै । किन मिल्दैन जीवन यी अक्षरमा दिइएका रेखा र डिकोहरूझैँ व्यवस्थित भएर ? किन भएन भोगाइ सङ्गीतको झङ्कार ? अनुभूतिका तरङ्गहरूमा मिसिएर नै, जीवनसँग गाँसिएर नै कला यति सरस छ तर जीवन किन यति गुनासोमय ? किन गर्छ जीवन जुलुस, किन गर्छ जीवन धर्ना र तोडफोड ? किन गर्छ जीवन हत्या र अपहरण ? किन यतिविघ्न व्यथाहरूले पिरिएको छ जीवन ? कहाँनिर टुटेको छ जीवनको सङ्गति ? कहाँ बिरिएको छ लयको खोजी ? कविहरूको सम्बोधनले भनिरहेछ छेउ लाग- ँकिनकि सत्यको बाटोमा हिंसा हिँडेको छ । अत्याचार अडेको छ । कुशासन कड्केको छ ।” किन छेउ लाग्नुपर्छ मान्छेले मान्छेसँग हँ ? सायद देवकोटाले पनि बुझेनन् यो कुरा न दिनेश अधिकारीले बुझे ।
जो मिलेका सुन्दर हरफहरूमा आप\mना अनुभूतिलाई लयबद्ध बाँध्छ, उसैले किन गर्छ यस्तो विधि जीवनको गुनासो ? जो सङ्गीतका सिम्फोनीहरूमा समयका सुरहरू आबद्ध गर्छ, किन हुन्छ उसैको जीवन पीडापूर्ण ? के कलामा बाँच्नु भनेको पीडाको अनुभूतिको अनुवाद गर्नु मात्र हो ? के सुखानुभूति मात्र कलामा छ ?
भोग्दभोग्दै जीवन किन यति धेरै बिझ्न थाल्छ ? हो यो एउटा मीठो कथा हो, यो एउटा मीठो उपन्यास हो, यो एउटा मीठो गीत हो । एउटा मात्रै होइन थुप्रै महाकथाहरूको गथासो हो । एउटा मान्छेको जीवन थुप्रै कविताहरूको महाकाव्य पनि हो । एउटा स्वतन्त्र जीवन सुन्दर आख्यानमा जेलिएको उपन्यास पनि हो तर यी कलाहरूमा हुने मिठास र कलाले मनमा छुने मिठासले जीवनलाई बिस्तारै छोड्न थालिरहेछ । किन जीवन अक्षरहरूमा मात्रै सरस बाँचिरहेछ ? जीवन आप\mनै अस्तित्वमा कहिले सरस हुन्छ हँ ? कि रूप बदलेपछि मात्रै कुनै पनि वस्तुको मूल्य बढ्ने हो ? साहित्यमा बढेको जीवनको मूल्य वास्तविक जीवनमा किन घटिरहेछ ?
जीवनको औचित्य खोज्नेहरूको भीडमा अक्षरको साकार ज्योति खोज्न प्रत्येक दिन कीर्तिपुरको डाँडाले डाकिरहेछ । ज्ञानको महाज्योति बाल्न देवकोटाको सालिकलाई परिसरमा ध्यानस्थ साक्षी राखेर विश्वविद्यालयका कोठाहरूमा जीवनको खोजी गर्ने हूलहरूसँग छु म अचेल । लय बिर्सिएका शब्दहरूमा जबरजस्ती बसेका अक्षरहरूझैँ कक्षाकोठाको पङ्क्तिलहरमा झुण्डिरहेछु ।
नयाँ नेपालका सन्ततिले बिर्सिन थालेको राष्ट्रिय झण्डाको खुइलिँदै गरेको रङमा जस्तै काठमाडौाको धूलाम्य आकाशबाट चन्द्रमाको प्रकाशले धीमा स्वरमा बोलिरहेको छ- तिमी कहिले भेट्छौँ हँ जीवनको लय ? निरूत्तरित छु । यन्त्रस्थ गतिमा सवार छु । छुटिरहेको सडकको दूरी नाप्ने काम इन्जिनको रहेछ, मन त आगामी दूरी मात्र नापिरहन्छ ! जति पार हुन्छु उत्तिनै बाँकी रहेको देख्छु जीवनको सडक । समयको गति ममा निरन्तर छेडिइरहेछ र छुटिरहेछ मबाट । म निरन्तर छुट्नुलाई होइन आउनुलाई खोजिरहेछु । भविष्यको गतिको खोजीमा, जीवनको लयको खोजीमा !
Ram Mani Risal – Jharee Shitai Jharyo Man (Nepali Essay)
राममणि रिसाल – झरीसितै झर्‍यो मन
(मधुपर्क जेठ, २०६७)
अहिले कलम उचाल्दा २०६६ साल माघको उत्तरार्द्ध छ, ‘उत्तरायण’ को सुरु गर्ने यो महिना सकिन पनि अब तीनैदिन मात्र बाँकी छ । आजै बाहिर चिसो बढ्दै जानुमा सबैतिर हिउँदे झरी सिमसिम बर्सिरहेका कारणले भएको बुझिन्छ । आफ्नै घरभित्र कैद छु म पनि । यही एकान्त समयको फाइदा उठाइ दुई-चार अक्षर कोर्ने विचार उदायो, तुरुन्तै । फेरि, ‘मधुपर्क’ को मीठो अनुरोधसमेत छ, आफ्नासामु । आगामी २०६७ को जेठ महिना निबन्ध विशेषाङ्कका रूपमा यसको जन्म वा प्रकाशन आफैँमा त्यो हुनेछ ‘मधुपर्क’ को ‘मधुपर्क’ । खुसी मेरो पहिले पुगोस्, त्यतै । न्वारानकालदेखि म यसको नजिकै छु र मेरा धेरै रचनाहरू समेत यतै फुरेका छन् । प्रसङ्गको सिरानी बलियो र हाम्रा स्नेह-सूत्रको निसानीसमेत यहीँ गहिरो र राम्रो । यतिबेला झरी नै भो साधन-साध्य मेरो ।
त, झरीसितै केही छिन बगौँ न अगाडि । एकप्रकार, तिर्खाएको ‘काठमाडौँ’ रसिलो-हँसिलो हुँदो छ, यसै अमृत वषर्ाले । प्रकाशन र प्रसारणद्वारा देशका उँचा भू-भागमाथि बर्सेका हिमपातका खै-खबरहरूले मेरै मनमाथि पनि बर्साए हिउँमाथि हिउँ बेस्सरी । उता हिमाल पुर्‍यो वा उचाल्यो के भो
कुन्नि ! होइन, झन् यसले केही अग्लो हुँदै उठ्यो हाम्रो सिङ्गो हिमाल । यसै विराट्-वैभवका धनी हामी नेपाली ‘सगरमाथा’ छ र हाम्रो शिर उँचो छ । यो झुक्तैन र ढल्दैन कबै । विपन्न हाम्रो शुभ-सम्पन्नता भन्नु यही । यसरी, हिउँ र पानीले बाँडे खुसी सबैतिर । थापेँ शिर झुकाइझुकाइ । लौ, म पनि बगेँ है, त्यतैतिर-यतैतिर । आज छु, म निर्वाध प्रवाहभित्र ।
यतिखेर सम्झन्छु, विदेश पुग्दाको कुनै घडी, आत्मपरिचयको सिलसिलामा ‘म सर्वोच्च सगरमाथा’ -एभरेस्ट) देखि आएको नेपाली हुँ’भन्थेँ त्यहाँ सगर्व उठी । सागर किनार, तातो बालुवा र होचा जमिनका ती बासिन्दा उत्सुकताले हिमाली गाथा बढी सुन्न चाहन्थे मबाट । त्यो उनको सपनी र मेरो विपनी । त्यत्तिखेर, हाम्रो धेरै हिमाली भू-भाग मैले टेकिसकेको समय नभए तापनि पढे-सुनेका अनि केही देखेका भरमा बताउँथेँ म फूर्तिसाथ । त्यसपछि सबै आफ्ना हिमाली जिल्लाहरू आज टेकिसकेको छु, बिस्तारै । नजिकै पुग्नेलाई हिमाल ‘आऊ-आऊ, आउन मेरो अँगालोमा’ भन्छ मायाले हामीलाई । जति हेर्‍यो उति धेरै देखियो, ‘रत्नगर्भा-हिमाल’ । यही जादूले नजिकैबाट गुज्जि्रएँ, म धेरैपटक उसैको । पछि हिमालकै मधुमय काखमा डेढवर्ष जति बसेँ र घुमेँ खुबै रमाइरमाइ । हिमालको छाती ठूलो, त्यहाँ म अघाइनँ कहिल्यै । अहिले उमेर र समयका कारण त्यो टाढा भए पनि हृदयले भने उसकै नजिक छु । यतैबाट गर्छ, त्यता शतशः नमन ! हिमपातको खबरले प्रसङ्ग यही उर्लियो यसरी । नजाने, न देख्नेका लागि कथा-व्यथा होलान् । त्यो बेग्लै । मेरो त मर्दैन माया त्यताको कहिल्यै ।
अर्को, मूलतः सृष्टि वैचित्र्यपूर्ण छ । विश्वको नै सर्वोच्च स्थानमा रहेको तिलिचोताल हाम्रै मनाङ जिल्लामा रहेको छ । गङ्गापूर्ण हिमाल मुन्तिरको अति सुन्दर ताल । त्यतैबाट निस्केकी हुन् मस्र्याङ्दी -गण्डकी) गड्गडाउँदै । नदी-नालाहरूको मूल मुहान हो हिमाल । एकछिन सोचौँ, नदी त्यसै बग्दैन होला अविराम गतिमा घाम-जून बोकी छङछङ हाँस्दै तलतिर । खासैमा धरतीको पिरती र तिर्खा हो नदी । विचारकका दृष्टिमा अझ देह, आत्मा मनको मिलन अथवा पावन सङ्गम हो नदी हाम्रै आफ्ना भित्रको पनि । हेराइ आ-आफ्नै ।
मन थामौँ, प्रसङ्ग अन्यत्र मोडिनुअघि । एक काठमाडौँवासीले भोगे देखेका थोरै कुरा । हेर्नोस्, झरीले झार्नुभन्दा उल्टो उचाल्छ मलाई माथिमाथि । जागिरे-जीविकाका क्रममा जुम्लादेखि मनाङ उक्लेको थिएँ २०४७/०४८ तिरै । अन्नपूर्ण हिमालको दोस्रो शिविरसँगैको त्यो मनोरम ठाउँ । केही असजिलो भैकन प्यारो भएको त्यो सदरमुकाम ‘चामे’ त्यस्तै हिउँदको पुस महिनाको मध्यतिरैको बेला थियो, पर्‍यो हिउँ नामी । जताततै बस्र्यो हिउँको सेतो फूल बररर । त्यो पानी परेको ठान्ने स्थानीय हिमाली बासिन्दा । लगातार चार दिनसम्म बाहिरी डुलाइ घुमाइ सबै बन्द भए हाम्रा चाहिँ । केवल द्विजदम्पतीको सर्वस्व बन्यो, एउटै निवासको भित्री कोठा । त्यहाँ पानीको पाइपसमेत जमेर लट्ठीले फोर्नुपर्ने बेग्लै स्थिति, तर परेछ जूनेली रात । केही हिउँ पग्लिदै जाँदा बन्यो, अकल्पित मधुरात । माथिको उज्यालोले तल आई हिउँको म्वाइँ खाँदा भो पूरै रात हीरै हीराको । त्यो अकल्पित एवं अमूल्य क्षण म आज बिर्सेर पनि बिर्सन सक्तिन अनिर्वचनीय धरती र आकाशको मधुमय सङ्गम ।
अर्को जलवायु परिवर्तनको चर्चित प्रसङ्गले घोच्छ-पोल्छ कताकता मेरो छाती । यो सम्भावित दुर्घटना मानव संहारक र विश्व विदारक बन्ने लाग्छ । अन्वेषक डा. तीर्थबहादुर श्रेष्ठको हिमाल पत्रिकामा प्रकाशित रचनाबाट केही पङ्क्ति यहाँ उद्धृत गर्नु मनासिव ठान्दछु । वातावरणविद् डा. श्रेष्ठका अनुसार ‘पृथ्वी आजभन्दा चार डिग्री सेल्सियसले बढी तात्यो भने यस ग्रहमा हिउँको अस्तित्व हुँदैन ।……. सबै हिमखण्डको हिउँ तरल पानी बनेर समुद्रमा ओइरिने छ । समुद्र सतहमाथि चढ्छ र थुप्रै देश डुबानमा पर्छन् । पृथ्वीमा पिउने पानी ज्यादै कम हुनजान्छ । यसरी हिमाल जोगाउने सन्देश सम्पूर्ण मानवजातिमा पुर्‍याउनु आजको माग हो । हामी प्रार्थना गरौँ, हिमाल बाँचोस् र नाचोस् । आफ्नो कुरो भनौँला सुरुमै भनेको पछि पो परिसकेँछु म । झरीले झारेछ मन तलमाथि चारैतिर ।
कलम स्रष्टा र मसी सृष्टि । परस्परको सम्बन्धमा गहिरो । यिनैका बीच फेरि प्रस्तुतिका मत भिन्नताले सहजता टाढा पर्न जाने । भावना आशावादी र तर्क बुद्धिवादी हुने धेरै । यसरी लेख-रचनाको शृङ्खला माथि-तल हुने अर्को । गतवर्षको सुरुमै मेरो नवौँ निबन्धसङ्ग्रह तर्क-वितर्कको प्रकाशनपछि मेरा कलमले लामो बिदा मनाउने निधो गरेकाले त्यसपछि उसलाई धेरै दुःख दिने काम पनि गरिनँ मैले । मनको उर्लिंदो छट्पटी थाम्थेँ, सम्झाइ बुझाइ । दुवैतर्फ एक अभिभावकको सामान्य भूमिका मात्र निर्वाह गरेँ मैले । आत्मपरक निबन्धका धरतीभित्रै यो कुरा पनि उदायो थोरै अहिले । मेरा पेसागत हिसाबले पनि प्राध्यापक र प्रशासकका बीच उठ्ने पृथक रङ्ग-तरङ्गहरूसमेत थामेको छ, यसै मेरो उमेरले । मन र उमेरको इशारामा चल्छ शरीर गुड्दै, म धपाउँदै छु, विस्तारै उमेर । यो मेरो यथार्थता ।
समग्रमा जीवन एउटा महाभारत सानोठूलो । अनेकताभित्रको एकता र जटिलता । हाम्रो साधारण जिन्दगीसमेत अनेक सृष्टि सङ्ग्रहहरूको पोको । वर्तमानकै हातमा खेल्दा रहेछन्, हिजो, आज र भोलिका कुरासमेत । आज घर मात्र सानो भएन हाम्रो मन पनि सानो भो । संवेदनाको क्षरण हुँदो छ । परिवारकै पर्याय फेरि अहिले कहाँ छ ? खोजौँ । कौटिल्य -चाणक्य) जस्ताले नदी किनारको कुटी नै किन रोजे हुन् ? भन्छु-हामी त सत्ता र भत्ताका अति नै भोका ।
एकातिर, सास फेर्दो छु धुलो-धूवाँले भरिएको सडकमा । चल्न बाध्य छन्, रगतले पोतेका र सास सुकाएका तिनै दुःखद धरतीमा । अर्कातिर राजनीति बग्दो छ, भाषणको आदर्श स्वर लहरीमा । चरित्र र संस्कारको पर्दा भने च्यातिएर उघ्रेको छ, निर्वाङ्ग नाङ्गोपारी । असभ्य भाषाका प्रयोक्तालाई सिधै भाषाको श्राप लाग्छ रे ! भनिन्छ । के भो ? धरती, आकाश र छाती भए मेरा सबै राता र अँध्यारा अहिले । भत्किँदो छ विश्वासको धरातल । नेपाल कतै नबनोस् पाताल प्रार्थना छ ।
लाग्यो, मृत्यु मङ्गलमय छ त्यसै भनेनन्, विश्वबन्द्य कवि स्व. रवीन्द्रनाथ टैगोरले । प्रायः अवसानपछि मूल्याङ्कति हुँदा गर्दा रहेछन्, सबै कुरा । स्व. लक्ष्मीप्रसाद देवकोटाको जीवितावस्था देखेका र हालै मात्र सम्पन्न शताब्दीपूजासमेतले यो कुरा छर्लङ्गन्िछ । कतै रोएर लेख अनि मरेर बाँच को सन्देश चरितार्थ हुने फेरि यतै आएर । श्राद्ध गर्ने हाम्रो राम्रो परम्परा छ । म त यो इमानदार र विवेकी नेपालीको तेस्रो नेत्र खुल्नाले सम्पन्न भयो भन्छु । विसर्जनको विशेषता नै अर्कै । भनिन्छ, कालकी पत्नी क्रिया । क्रियारूपी गोडा लिई सूर्यरूपी बत्तीले खोजीखोजी मार्छ रे काल हामीलाई । यही सृष्टिको अनन्तधारा ।
साँच्चै, जीवन र जीविकाका दुई किनार भई बगेका तीतामीठा अनुभूतिले सिँगारेको र थुप्रै कमी-कमजोरीले भरिएको आत्मकथनको यो सानो टपरी पाठकका अगाडि राखेको छु, कत्ति नढाँटी । यस्तै, आत्मनेपदी र परस्मैपदी रचनाका शैलीगत पृथकताभित्रैबाट छर्लङ्गनिे हुन्छन् रे ! वास्तवमा यही त सिधै झरीको सङ्गीत र हिमाली छहरासँगै बज्यो, मेरो मन मुरली यत्ति ।
Phanindra Raj Khetala – Devkotaji Sanga Suteko Raat
फणीन्द्रराज खेताला – देवकोटाजीसँग सुतेको रात (संस्मरण)
(मधुपर्क २०६६ कात्तिक)
“घनघोर दुःख संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।”
तीर्थ माधव देवकोटा ।।
वि.सं. १९६६ साल कात्तिक महिना महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म महिना हो । सरस्वतीका वरद पुत्रका रूपमा कार्तिक कृष्ण औँसी अर्थात् दीपमालिका पर्व लक्ष्मीपूजाको दिन ।
काठमाडौँ डिल्लीबजार धोबीधाराका पण्डित तीलमाधव देवकोटाको घरमा एक बालकले जन्म लिए । ती बालकलाई जन्म दिने महिला थिइन् अमरराज्य लक्ष्मीदेवी । लक्ष्मी पूजाको पावन पर्वमा जन्मिएका आˆना बालक छोराको नाम पिताले लक्ष्मीप्रसाद राखे तर लक्ष्मी पूजाको दिन जन्मिएका भए पनि बालक त सम्बन्धका वरद पुत्र भएर पो जन्मिएका रहेछन् तर पनि ज्योतिषहरूको धूलौटे विचारमा बालक ‘तीर्थ माधव’ बने । यसरी लक्ष्मी पूजाको दिन जन्मिएका तीलमाधव देवकोटाका साइँला छोरा त्रिवेणीका सङ्गम बने । यो देवकोटा परिवार शिष्ट परिवार थियो । त्यसैले बालक लक्ष्मीप्रसाद हुने बिरुवाको चिल्लोपात भने्जस्तै दस वर्षका लक्ष्मीप्रसादले केही आदर्श, केही आध्यात्मिक मान दर्शाएर जुन एक श्लोक लेखेका थिए त्यो देखेर पिता निकै प्रभावित भएका थिए होलान् ।
प्रारम्भिक शिक्षा घरैमा भए पनि उनको अङ्ग्रेजी शिक्षाचाहिँ दर्बार स्कुल, त्रिचन्द्र कलेज हुँदै पटना विश्वविद्यालय बी.ए.बी.एल. मा पुगेर टुङ्गियो । विद्या आर्जन जतिसुकै गरे पनि सर्वसाधारण नेपाली दुनियाँले लिने काम भनेको नोकरी मात्र थियो । नोकरी पाउन चाकरी गर्नुपर्दथ्यो शासक वर्गको । त्यसका लागि पनि भित्र पहुँच हुनुपर्दथ्यो । सुरुमा देवकोटाजीले ट्युसन गर्न थाल्नुभयो । परिवार ठूलो र संयुक्त थियो । उहाँका छ दाजु भाइ छ जना र दिदी बहिनी सात आमा दुई र पिता एक समेत दाजुभाइका परिवारसमेत गर्दा परिवार ठूलै थियो । देवकोटा धोबीधारा सगोलमा बस्दै म करिब तीन महिना उहाँसँग अङ्गे्रजी पढ्न गएको थिएँ तर पछि बिहान त्यहाँ ट्युसन पढेर चाबहिल घर पुगी खाना खाएर दर्बार स्कुल पुग्न मुश्किल पर्ने भएकोले उक्त पढाइ छोडेको थिएँ । त्यसपछि धेरैसम्म उहाँको र मेरो भेट भएन तर त्यसैबेला उहाँले दिएको सुझावअनुसार अङ्ग्रेजीको साथै नेपालीको अध्ययनलाई ध्यान दिएँ । आˆनो कक्षाकै साथीले दिएको मुनामदन लोकलयको कथात्मक वियोगात्मक खण्डकाव्य पढेँ र पाए जति नेपालीका सरल पुस्तक आफैँले सकेसम्म अध्ययन गरे र म लेख्न थालेँ । मेरो पैलो कविता थियो ‘पैसा’ शीर्षकको तर त्यस कवितामा केही हिन्दीका शब्दहरू घुसि्रएका थिए । त्यस्तै भए तापनि १९९४ सालतिरको गोरखापत्रको कुनै अङ्कमा घुसि्रने मौका पाएको थियो ।
भेटघाटको क्रम टुटे पनि म शारदा पत्रिका पढ्थँे । त्यसमा उहाँका कविता हुन्थ्ये ती । उहाँको शारीरिक व्यक्तित्व एवं निस्कपट स्वभावप्रति म आकृष्ट थिएँ । २००३-०४ सम्म आइपुग्दा मैले लेखनाथ, बालकृष्णशमशेर, भीमनीधि आदिलाई चिनिसकेको थिएँ व्यक्तिका रूपमा र साहित्यकारका रूपमा पनि । मलाई किताब पढ्ने लङ्गडो सौख मात्र होइन कि बानी पनि बसेको थियो । त्यतिबेला नेपाली मात्रै होइन हिन्दी र अङ्ग्रेजीका पनि किताब खोजी गरेर पढ्थेँ ।
२०१० जस्तो लाग्छ, एक दिन बिहान मेरो घरमा गोविन्द वियोगी आए । उनीले जयवागीश्वरीको एउटा बहालमा पुस्तकालय खोलेका थिए । उनले त्यही पुस्तकालयको आयोजनामा एउटा साहित्य सम्मेलन गर्ने, त्यसका लागि देवकोटाजीकहाँ सल्लाह गर्न जाउ”m न भने । मलाई त्यतिबेला फुर्सतै थियो । उनी र म गयौँ । शनिबारको दिन थियो । उहाँ घरैमा भेट हुनु भो माघ महिना थियो समय त्यस्तै आठ बजेको हुँदो हो । उहाँले अर्थ सङ्कलनको लागि आजै एक दुई ठाउँमा जाऊँ भन्नुभयो । हामी दुई साइकलमा गएका थियौँ । उहाँको घरैमा साइकल रहेछ । सर्वप्रथम हामी शिक्षामन्त्री शारदाशमशेरकहाँ गयौँ । उनले एकै वचनमा पाँच सय दिए । अलि अबेला भएकोले अर्को दिन एक ठाउँमा जाने र सम्मेलन माघको १० या ११ गते गर्ने निश्चय गरी फर्कियौँ । यो माघ ३ गतेको कुरा हो र माघ १० गते गर्ने निधो भएको थियो र त्यसै दिन देवकोटाजीकै सभापतित्वमा सम्पन्न भएको थियो । यो सम्मेलन बृहत् नै थियो र यो सम्मेलनमा भारतका राहुल सांकृत्यायनसमेत सम्मिलित भएका थिए ।
२०११ साल भदौ महिनामा चाबहिल मित्र मण्डल परिसरमा कवि शिरोमणि लेखनाथजीको सभापतित्वमा जुन सम्मेलन भएको थियो त्यसमा देवकोटाजीलाई ल्याउने र पुर्‍याउने जिम्मा मलाई दिइएको थियो । अनि सम्मेलन अलि ढिलै सुरु भएकोले बेलुकी अबेलै सकिएको थियो । त्यसैले देवकोटाजी चावहिलमै उहाँकै भानिज भवनाथ ढुङ्गानाकै घरमा बस्नु हुने भयो । जुन घरमा २००५ सालमा मैले उहाँलाई भेटेको थिएँ र उहाँले त्यहाँ आफूले रचेको नेपाली भाषाको वेदपाठ हातको सारसहित सुनाउनुभएको थियो ।
देवकोटाजीका अर्का एक जना भिनाजु चाबहिल कुमारी गालमा बस्नु हुन्थ्यो । उहाँको नाम पण्डित अनङ्गनाथ र थर पौडेल थियो । उहाँले लेखेको अंगद रावण संवाद काव्य मैले पढेको थिएँ । त्यस्तै अनङ्गनाथकै राधा मिलन काव्यमा देवकोटाजीले भूमिका लेख्नुभएको छ । त्यो बेला देवकोटाजी अनङ्गनाथजीको घरमा छ या सात दिन बस्नु भएको थियो र त्यहीँ उहाँले सुन्दरीजल महाकाव्य लेख्नुभएको थियो । त्यतिबेला अर्थात् देवकोटाजी त्यहाँ बस्नुभएको बेला म दुईपटक पुगेको छु तर उहाँले लेख्नुभएको रचनाको नाम मलाई थाहा थिएन । नाम मैले साहित्यान्वेषक शिव रेग्मीबाट थाहा पाएँ तर उक्त रचना वा महाकाव्य आजसम्म प्रकाशमा आएको छैन । त्यो महाकाव्य अनङ्गलनाथकै छोराहरूको जिम्मा रहेको हुनुपर्छ ।
देवकोटाजीले कति लेख्नु भो, के के लेख्नु भो त्यो उहाँलाई थाहा छैन वा थिएन र उहाँको परिवारलाई पनि थाहा छैन । उहाँको रचनाले कैयौँ व्यक्ति लाभान्वित भएका थिए वा भए त्यो बयान गर्न सकिन्न । २००४ सालतिरको कुरा हो देवकोटाजी, हृदयचन्द्र सिंह, केदारमान व्यथितहरू मिलेर नेपाली साहित्य परिषद् नामको एउटा साहित्यिक संस्था खोलेको थियो जसले सरस्वती सदनमा तीन दिनसम्म साहित्य सम्मेलन गरेको थियो र ‘साहित्य स्रोत’ नामको पत्रिका पनि हृदयचन्द्रको सम्पादनमा निकालेको थियो । सम्मेलनका सभापति देवकोटाजी हुनुहुन्थ्यो । मलाई यस्तो लाग्छ कि यो सम्मेलनपश्चात् नै देवकोटाजी बनारस जानुभएको थियो र केही समय उहाँले काङ्ग्रेस मुखपत्र ‘राष्ट्र पुकार’को सम्पादन पनि गर्नुभएको थियो । यो कुरा मैले सुनेको थिएँ ।
B. J. Bantawa Rai – Yuva Chintan Ko Awasyakata Chha
बि जे बान्तवा – युवा चिन्तनको आवस्यक्ता छ!
झगडा, मारामार्,कुटाकुट अनि सधैं बैमनष्यता यी शब्दहरु कति त्रसित शब्दहरु हुन्, जहिले पनि प्राणीलाई समस्यामा अल्झाउने यी शब्द्ले दु:ख दिरहेको हुन्छ। हामी कहिल्यै सोच्दैनौ कि यो गरेर हामीलाई कति फाईदा हैन बेफाईदा तिर नै धकेलिरहेको हुन्छ भनेर। हाम्रो देशको परिपेक्ष्यलाई हेरौ, अब पेट्रोल छैन तर त्यही पेट्रोल बालेर बिरोध जनाउन भ्याएकै छौं। हाम्रो देशमा त्यती प्रसस्त सवारी साधन छैनन्, त्यही सवारी साधन दिनका दिन टोड्न भ्याएकै छौं। घर भत्काउन सिसा फुटाउन, भएका राम्रा चीज टुटाउन फुटाउन धेरै छिटो छौ हामी, हुन त हामीमा सबैमा सहयोग को भावना सबै मा आपसी मेलमिलाप भए जमानाको को जापान र सपनाको स्विट्जरल्याण्ड र सिंगापुर भै हाल्छ नि, फेरी यती का धेरै बिकास हाम्रो हाम्रो देशमा भयो भने के भन्छन नि नेपाली उखान के लाइ घ्यु नपचेको झैं पो होला कि। हामीले कसैको रिस् कुनै चीज टोडेर शान्त पर्नु भन्दा हामीले त्यसको उपाय कसरी हुन्छ त्यो लगाए शायद हामीमा भोक, अनिकाल्, महङ्गी जस्तो रोग बाट टाढै रहने पो थियौ कि?? ल आज एउटा चालकको लापर्बाहिले केहि दुर्घट्ना भयो, हामी त्यसको रिस् त्यो गाडी माथि पोख्छौं तर त्यो निर्जिब गाडीको के दोष? हामी सोंच्छौ मैले त्यसलाई ड्याङ्ग घाटा पुर्‍याएँ तर कहिले पनि गाडी मालिक घाटामा हुदैन उस्ले त्यो गाडीको पुर्ति गर्ने दिमागमा हुन्छ अनि त्यहिं त्यो दिमाग परिचालन् गर्छ, यो सबैको परिणाम भनेको भाडा बढ्नु, थोत्रा थोत्रा सवारी साधन धेरै हुनु,अरु देशमा बिभिन्न एअरकोन सिस्टम को सवारी साधन हुन्छन तर हाम्रो नेपालमा त्यो प्रकारको साधन किन छैनन ? ? ? दुनियाँमा भएको हाम्रो देशमा किन छैनन ? शायद हामी जोडन मा भन्दा टोड्नमा धेरै आकर्षित हुन्छौ त्यसैले ठुला ठुला ब्यापारीले पनि कहाँ थोत्रा कहाँ सेकेन्ड हेण्ड सबै त्यता तिर मात्र ध्यान दि रहेका हुन्छन । अनि त्यो थोत्रो सवारी साधनले बिभिन्न बायु प्रदुषण अनि बायु प्रदुषण सँगै भित्रीने बिभिन्न रोगहरु बिशेष गरेर छाला सम्बन्धी एलर्जी हरु मुख्य रुपमा पर्दछन। बायु प्रदुषणको कारण फोक्सो सम्बन्धी रोगहरु पनि लाग्ने हुन्छन। जसको उपचारको हामीले धेरै नै खर्चिनु पर्ने हुन्छ। हामी ले गरेको ५ मिनटको कामले हामीलाई बिभिन्न क्षती बेहोर्नु पर्ने हुन्छ। हामीले जहिले पनि शान्ति रोप्न सिक्नु पर्छ। हामीले शान्ति रोप्यौं भने अबस्य शान्तिनै पाउछौं तर हामीले हिंसा र आतंक रोप्यौ भने अबस्य अफ्गानिस्तान, इराक र प्यालेस्टाइनको गाजा क्षेत्र जस्तै बाह्रै महिना युद्व त्यसपछि आइपर्ने रोग भोक सोक लाखौं समस्याले गजेटन पछि पर्दैन। अहिले यहाँ समस्याको रुपमा उभिएको बिभिन्न प्रदेश को बारेमा आफु आफै बलवान्, शक्तिशाली बनाउने होडबाजीमा हाम्रो देश नै खोक्रो भैसकेको छ । खाद्य पदार्थ किन्ने दबाई पानी गर्ने सम्पत्ती गोला, बारुद्, र आफ्नै दाजु भाइको छाती छेड्ने तिखो संगिन खरिद गर्दा सबै स्वाह भएको छ।
नेपाली समाज मा चली राखेकै एउटा उखान पनि छ ।”भाइ फुटे, गवार लुटे” के यो उखान झुठो हो त यो धेरै नै सही छ मष्तिस्कको चस्मा लगाएर हेर्दा। हामी झगडा गर्छौ एक्-आपस फाईदा कस्लाई तल्लो घरे मुखियालाई खोला पारीको साहु महाजन लाई। हो कुनै पनि कुबिचार बोकेर बसेका छिमेकी हरु कहिल्यै एउटा घरमा दाजुभाइ मिलेर बसेको हेर्न सक्दैनन। अनि दाजु भाइ बिचमा फाटो ल्याउने काम गर्छन। किनकी फाईदा कस्लाई हुन्छ त, त्यही साहु महाजन लाई किनकी त्यो घरको सम्पूर्ण बस्तुमा उनिहरुको आँखा गाडीएको हुन्छ। हामीलाई थाहा छ र पनि के को कमि कमजोरी छ? अहिलेको युवा बर्गमा चिन्तन मनन गर्नु पर्ने आबस्याक छ। युवा जोस् जाँगर संगै थोरै युवा चिन्तन भैदिए आजको यो बिग्रदो स्थिती शायद झनै बिग्रने थिएन। युवा भनेको कुनै पनि देशको मुल हड्डी हो जस्को बिना कुनै काम सम्भब हुँदैन, तर यसको त्यो मतलब होइनकी युवाहरुले आफ्नै घरमा बम फुटाउने कोलाहल मच्चाउने, आशान्तिको माहौल ल्याएर शत्रु हसाउँने।
आजको हाम्रो युवाहरु ले सोंच्नु पर्ने, मनन गर्नु पर्नेछ। शान्तिको लागि गौतम बुद्व नै जन्मिनु पर्दैन्, बिकासको नमुना हेर्न स्वीट्जरल्याण्ड नै पुग्नु पर्दैन। हामीले गर्यौ भने के हुँदैन होला ? ? ? ॠषिमुनी गौतम एउटा हामी जस्तै मानब उनको बिचार र व्यबहारले भगवानको रुप मानिन्छ। आज तपाईंहरुले पनि आफ्नो क्षेत्रलाई शान्तिप्रिय बनाउनुस् त तपाईंको नाम टाँगिने छ कि त तपाईंले गरेको देन प्रती त्यहाँको जन-मानसमा। दक्षिणी अमेरिकन अब्राहम लिंकन को बारेमा त पढ्नु भएकै होला उ पनि एउटा मान्छे जब आफ्नो देशको बिसंगती र बैमनष्यताको बिरुद्वा चालेका कदमले आज कति माथि छ अब्राहम को नाम। त्यसैले हामीले हाम्रो श्रीजना आफैले गर्नु पर्छ, हामीलाई थाहा छ हामी कति घाटामा छौ तै पनि हामीमा के को अभाब छ त ? ? तल्लो घरे मुखियाले टन्न ५२-५३ हजार हेक्टर जमिन ओगट्दा सम्म चुपचाप बरु आफु आफु लडेर टन्न आफ्नै खति, त्यसैले आजको युवाले के सोच्नु पर्छ ? ? आजको युवाको लागि के आबस्याक छ ? ? चिन्तन्, मनन ? ? के को आबस्याक छ । यो जमाना एक पल्ट फेरी त्यस् बिषयमा सोचे केही राहत मिल्थ्यो कि ?
Modini Kumar Kewal – Satta Mukhi Raajniti (Nepali Political Article)
मेदिनीकुमार केवल – सत्तामुखी राजनीति (विचार/विवेचना)
(Source: Gorkhapatra)
नेपाली राष्ट्रिय राजनीतिको परिदृश्य यतिबेला दारुण अवस्थामा रहेको देखिन्छ । अहिले राजनीतिक दलहरू इतिहासको चुनौतीपूर्ण अवस्थामा उभिएका छन् । यसरी चुनौतीको मोडमा उभिंदा पनि दल र तिनका नेताको मन मस्तिष्कमा कतै जिम्मेवारीबोधको अनुभूति भएको पाइँदैन ।
संविधानसभा निर्वाचनका क्रममा गरेका प्रतिबद्धता हामी युग बदल्नेछौं र नयाँ नेपालको निर्माणका लागि संकल्पकृत छौं । जनआन्दोलनको साझा उद्देश्य र लक्ष्य उत्पीडित जाति, वर्ग, क्षेत्र समग्र नेपालको संविधान नीति निर्माण गर्ने दिशामा समान स्वामित्व स्थापना गरी नयाँ राजनीतिक सस्कार पद्धति र प्रणालीको जग बसाल्नेछौं आदि इत्यादि थिए । जनताको आशा, आकाङ्क्षा र चाहना बमोजिमका राजनीतिक मुद्दाहरू, जनताको सुख, शान्ति, समृद्ध जीवनका परिकल्पना थिए तर दुःखद पक्ष यी जागृत आशा एवं आकाङ्क्षा पूरा गर्ने सवालमा संविधानसभा जस्तो ऐतिहासिक गरिमा भएको थलोमा पुगेर कतै हामी विचलित त भइरहेका छैनौँ ? हामी आˆना व्यक्तिवादी सोच र चाहनाले ग्रसित भएर जनताको अभिमत आशा एवं विश्वासका विपरीत त हिडिंरहेका छैनाँै भन्ने जस्ता थुपै्र प्रश्न उठ्दै गइरहेका छन् । जनताको करबाट आर्जित ढुकुटीबाट महँगो सुविधा र भत्ता लिइरहेका सभासदहरूका सामु साँच्चिकै यी प्रश्न चुनौतीका रूपमा खडा भएका छन् ।
मुलुकको राजनीति यस्तो जटिल मोडमा उभिएका बेला दल र तिनका नेताहरूले गर्ने निर्णय, क्रियाकलाप र अभिव्यक्तिले सिङ्गो राष्ट्रलाई प्रभाव पार्छ । उसका हरेक निर्णयले ऐतिहासिक दायित्व र जिम्मेवारीको स्तर मापन गर्छ । राजनीतिक जटिलताबाट उत्पन्न भएका हरेक चुनौतीको सामना गर्ने सवालमा राजनीतिक दल र तिनका नेताहरूमा विद्यमान आशङ्का अविश्वास, असहमतिको असर पूरै राष्ट्र र जनताले बाध्य भई व्यहोर्नु परिरहेको हुन्छ । विडम्बना राजनीतिक जटिलताको गम्भीर मोडमा आइपुग्दा पनि राजनीतिक संस्कार, बानी बेहोरा एवं पद्धतिमा रत्तिभर पनि नवीनताको अनुभूति हुन सकिरहेको छैन । राजनीतिक चरित्र, संस्कार एवं संस्कृति पुरानै ढर्राबाट हिंडिरहेको प्रतीत हुँदैछ । जनताका आशा र आकाङ्क्षाका विपरीत राजनीतिक यात्रा सरकार बदल्ने र बनाउने फोहरी खेलमा अहिलेसम्म पनि अल्भिmरहेको छ, त्यसबाट मुक्त हुन सकिरहेको छैन ।
अहिलेको राजनीति आˆनो दललाई कसरी बलियो र सत्तामा पुर्‍याउने भन्ने सत्तामुखी राजनीति चक्रपथको यात्रामा घसि्रँदैछ । मुलुकको वर्तमान राजनीति सदियौंदेखिको सङ्घर्षबाट उन्मुक्त हुन सकिरहेको छैन । प्रतिगमनकारी शक्तिहरू आˆनो तागतले भ्याएसम्म लोभीपापी आँखाले हेरिरहेका छन् । मौका अनुकूल परेमा उनीहरू सङ्गठित तवरले अˆनो नैतिकता र अनुशासनका घेरा तोडेर भए पनि नयाँ संविधान, शान्ति प्रक्रिया र सङ्घीय गणराज्यका विरुद्ध कम्मर कसेर लाग्नेछन् । यो वा त्योको बहानामा क्रमिक प्रपञ्च र षडयन्त्र बुन्न तल्लीन छन् । लोकतन्त्रका पक्षपाती राजनीतिक दल र जनताका हिमायती नेताहरू विस्तारै-षड्यन्त्रका चक्रव्यूहमा फस्दै जानेमा कुनै शङ्का छैन । हो, यहीँनेर निगरानी गरी ध्यान पुर्‍याउनु जरुरी देखिन्छ ।
अहिले जनताको चाहना शान्ति एवं स्वतन्त्रता र समानतामाथि राष्ट्रिय जिम्मवारीविहीनताले कठिनाइ उत्पन्न गरिदिएको छ । समन्वयकारी, कार्यान्वयनकारी नीतिको दुर्बोध राजनीतिक इच्छा शक्तिमा देखिएको दुर्वलताजस्ता अवगुणहरूले सामाजिक रूपान्तरणमा अन्योल र अनिश्चितता थपिदिएको छ । लोकतन्त्र अर्थात् प्रजातन्त्रको उपयोग बेढङ्गबाट हुन थालेमा अवगुण र यावत् असङ्गतिहरू थुपि्रएर सिङ्गो समाजलाई कुरूप बनाइदिन्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ । स्वस्थ प्रतिस्पर्धा, वैचारिक संवाद, क्षमता र विचारको प्रवाह लोकतन्त्रको सुन्दरपक्ष हो । त्यसलाई राजनीतिक जीवनमा ग्रहण गर्नुपर्छ । शिक्षा, स्वास्थ्य कृषि, सूचना र प्रविधिलाई छिटोछरितो सञ्चालन गर्ने दायित्व बोध हुनपर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयासमा नेपाली जनचाहना र आशाको रूपान्तरित चरित्र खोइ देखापरेको ? नेपाली राजनीतिको पृष्ठभूमिमा आशा एवं आकाङ्क्षा शान्त एवं समृद्ध नेपालको नारा त निकै लगाइए । तर व्यवहार भने शून्य बाँझो नै रहृयो । अनियमितता गैरजिम्मेवारीपना हाम्रा कमजोरी बन्न गए । शान्ति तथा स्वतन्त्राको परिभाषालाई व्यवहारमुखी बनाउने चेष्टा गरिएन । लोकतान्त्रिक विधि र पद्धतिलाई दलहरूले आˆनो जीवनचर्यामा प्रयोगमा ल्याउने वातावरण निर्माण गरेनन् । समाजविरोधी, नकारात्मक चिन्तन र चरित्रले लामो समयदेखि गाँज्दै आइरहेको तथ्य पनि उत्तिकै छ । जनताका परिवर्तनकामी आशा र आकाङ्क्षालाई लागू गर्ने सवालमा बेवास्ता गरेको सिद्ध हुन्छ । राजनीतिक प्रतिबद्धता, इच्छाशक्ति, परिवर्तनकारी चाहना र प्रयोगविधि जस्ता कुराहरू सबै झुट्टा सावित हुँदै गएका छन् । राजनीतिका अभियन्ताहरू वास्तवमै कमजोर सावित देखिएका छन् । नेपाली राजनीति सत्तामुखी र कुर्सीको मोलाइतोलाइको फोहोरी खेलबाट मुक्त भइसकेको छैन ।
अग्रगामी दिशाका परिवर्तनकारी मुद्दाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता, इच्छाशक्ति र इमानदारीपना नै जनताप्रतिको लगाव झुकाव हुनसक्छ र त्यही जनताका माझ हुर्किन बढ्न र दीर्घायु बन्न सक्छ । तर सत्ता केन्दि्रत राजनीतिले गर्दा एकापसमा मतभेद अपवादले समस्या खडा गरिदिएको छ । अप्रजातान्त्रिक र अराजक चिन्तन एवं संस्कारले पूरै नेपाली समाजलाई नराम्ररी गाँजेको छ । मुलुकमा लोकतन्त्र सङ्घीय गणतन्त्र नाम मात्र फेरिएको छ । चिन्तन, संस्कार साँच्चिकै दरिद्र जस्तै छ । राजनीतिक परिवर्तनसँगै देखिएको दृष्टिकोणलाई नयाँ चिन्तन चरित्र एवं सस्कार फेर्नुमा समय लगाउनुपथ्र्यो तर हाम्रा दुई वर्ष एक महिना त्यसै खेर हुन गयो । वादविवाद, असहमति, धाकधम्कीले राजनीतिमा अन्योल बढाउँदै लगेको छ ।
मुलुकको अहिलेको प्राथमिकताको विषय भनेको शान्ति र संविधान लेखन हो । तर आपसी बेमेलले त्यस दिशामा हिंड्न अवरोध खडा गरेको छ । तीन ठूला दल एनेकपा माओवादी नेपाली काङ्ग्रेस तथा नेकपा -एमाले)ले पछिल्लो अवधिमा गरेको तीनबुँदे सहमतिको व्याख्या विश्लेषण आ-आˆनै ढङ्गले गर्दै आइरहेका छन् । शान्तिप्रक्रियासँग जोडिएको विषयमा सातपटकभन्दा बढी हस्ताक्षर गरेर पनि इमानदारीपूर्वक पालना नगरेकाले नै एकआपसमा मत बाझिएको हो । यसरी काङ्ग्रेस र एमालेले शान्ति प्रक्रियालाई पहिलो सर्त मानिआएका छन् भने माओवादीले राजिनामालाई पहिलो सर्त ठानिराखेको छ । प्रधानमन्त्रीको राजीनामा मात्र समाधान होइन, छिटोभन्दा छिटो सरोकारको विषय शान्तिप्रक्रिया, संविधानलेखन कार्यलाई आत्मसात् गरी सकारात्मक अग्रगामी दिशा पक्रनु नै उत्तम विकल्प हो । जसका लागि दलहरू मिल्नुपर्छ, दोषारोपण आरोप प्रत्यारोप गर्नुको साटो दलहरूले आ-आˆना चरित्र एवं चिन्तन बदलिनु नितान्त आवश्यक छ ।
सविधानसभाको म्याद एक वर्षका लागि थपिएको छ । यो थप अवधि सभासदका निम्ति सत्ता र भत्ताका लागि त होइन भन्ने आशङ्का पनि आमरूपमा व्याप्त छ । होइन भने जनताको प्राथमिक आवश्यकता र आकाङ्क्षाका विषयवस्तुमा प्रवेश नगरी निरर्थक बहसको थालनी किन गरिन्छ ? शान्तिप्रक्रियाको विषयवस्तुलाई आात्मरति सत्ताको खेलमा होइन, सम्पूर्ण समाज बदल्ने जिम्मेवारी बोधका साथ राष्ट्रिय राजनीतिको धूमिल तस्बिरलाई उज्यालो पार्ने दायित्वबोधका साथ अग्रगामी दिशातर्फ अघि बढ्नुपर्छ । á
Krishna Chandra Singh Pradhan – Shakespear Hami Ra Marne Shalik Haru
कृष्णचन्द्रसिंह प्रधान – शेक्सपियर, हामी र मर्ने सालिकहरू
(Source: मधुपर्क २०६६ असोज)
बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, वाल्मीकि, व्यास, गिलगमेसजस्तो पनि ।
भरखरै उनको एउटा अर्को तस्बिर सार्वजनिक गरिएको छ । यो तस्विर उनको मृत्युको छ वर्षअघि मार्टिन डोरसाउनले बनाएका हुन् भन्ने उनका अनुयायी स्टेन्ले वेल्सको अनुमान छ । अनि तस्विर हेरेर शेक्सपियरलाई ‘हिरोकवि’ भने ।
मचाहिँ उनीमा कविता देख्न थाल्छु । त्यस्तै सुन्दर, सौम्य, निर्मल, दिव्य उनको अनुहारमा छाएको स्निग्धता, फरासिलो ललाट, स्वप्निल आँखाहरू, घना घुर्मैलो बादलु कपाल, शालीन मुखाकृति कविता नै त हो नि । कविता अङ्कति अनुहार पढेर खुशीले आँखा रमाउँछन् ।
काल्पनिक सिर्जना लाग्ने बिम्बहरूको मिथकीय आख्यानात्मक लोक अदभुत् छ । अचेतन मनको सिर्जनाजस्तो आस्थाहरूको बिम्बले संबोधित आदिम विश्वास परम्परा भएर मिथकमा अविभूर्त हुन्छ ।
शेक्सपियर कल्पना होइन । आदिम बिम्ब पनि नभनौं । एउटा यथार्थ हो । कहिलेकाहीँ अवतरित हुने अलौकिकताजस्तो बिम्ब सिर्जित मिथकझैँ उनी सम्बोधित हुन्छन् ।
लण्डन सहरदेखि टाढा हेन्लेयी स्टि्रट छ । त्यहाँको एउटा गाउँ हो स्ट्रेटफोर्ड । गाउँ नै भन्छन् अहिले पनि । मलाई सहरजस्तै लाग्छ । पोखराजस्तो पर्यटकीय स्थल पनि लाग्छ । लुम्बिनी, भादगाउँजस्तो पनि लाग्छ । यथार्थमा पर्यटकहरूको घुइँचो लागिरहने स्ट्रेटफोर्ड धार्मिक, सांस्कृतिक, पर्यटकीय मनोरम क्यै भएर पनि होइन । शेक्सपियरको जन्मथलो भएकोले उनकाप्रति आस्था राख्ने श्रद्धालुहरूको तीर्थ भइदियो स्ट्रेटफोर्ड, मक्का मदिना र भेटिकन सिटीजस्तो पवित्र पनि ।
म हेन्लेयी स्ट्रेटफोर्ड गाउँमा शेक्सपियरलाई भेट्न पुग्छु । उनी जन्मेको घर, उनले निर्वाह गरेको शैली, गुजारेको जीवन, बस्ने सुत्ने लेख्ने ठाउँ यावत् जीवन दिग्दर्शित गर्ने निवासस्थानमा ।
यो उमेरमा पनि तपाईंलाई स्वस्थ र निरोगी देखेर प्रफुल्लित मन सादर अभिन्दन गर्दछ शेक्सपियर महोदय ।
एकाएक देखापरेको नौलो आगन्तुकमा केही खोज्न थालेझैँ उनका आँखा ममाथि दगुर्न थाल्छन् ।
चिन्ता गर्नुपर्ने छैन महाशय । म यसरी नै बाँचिरहनेछु तिमीहरूसँगै, तिम्रा पछिका पुस्ता र विद्वत् समाजमा पनि ।
सगर्व प्रस्फुरित उनको आवाजमा गहिरो आत्मविश्वास थियो ।
म तपाईंको अमरताको अविछिन्नता चाहन्छु ।
हैन हैन । म अमर भएर बाँचेको कहाँ छु र ? तिमीहरू नभएको भए उहिल्यै मरिसक्थें । नमर्ने गरी कोही जन्मदैनन् । जन्मेका पनि छैनन् । मर्नुपर्नेहरूले गर्ने असल कामले दीर्घायु प्रदान गर्दोरहेछ । यति हो ।
उसो भए असल काम गर्नेहरू मर्दैनन् भन्न खोज्नुभएको हो ?
कहाँ र ? उनीहरू पनि बाँच्दैनन् । जसलाई तिमी देखिरहेका छौ, मलाई हेर, म पनि कहाँ बाँचेको हुँ र ? इतिहासमा बाँच्नु भनेको महान् कामको लागि उत्प्रेरित गर्नु हो । एउटा परिकल्पित महìवाकाङ्क्षा भन्दा हुन्छ । यसो त ढुङ्गा, मूर्ति, सालिकहरूमा पनि बाँच्न खोज्दा रहेछौ । म सुसंस्कृत मनका स्रष्टा मान्छेहरूमा बाँचेको छु । उनीहरूको श्रद्धा र सँग्लो मन जितेर बाँचेको छु । भक्तजनको मनमा ईश्वर बाँचेजस्तो । तिनीहरू मरे भने हाम्रा ईश्वर पनि मर्नेछन् ।
कसैको अस्तित्व नमान्दैमा आकाश खस्छ र ? संस्कारको निरन्तरतामा हाम्रो परम्परा, विश्वास टिकेको छ । मचाहिँ मानिसमाथि विश्वास गर्छु । ऊ अविवेकी होइन । वैगुनी नहुनाले मूल्यको कदर गर्नेहरूको सद्व्यवहारमा हामी बाँच्दा रहेछौँ । सबैभन्दा ठूलो कुरा हो आफूमाथिको विश्वास । आफूप्रति इमान्दार होऊ । असङ्ख्य मानिसहरूको मन जितेर उनीहरूको आस्थामा बाँच्नेलाई अर्को शब्दमा अमर हुनु भन्छौं । अरूलाई अनुगृहित गर्ने त्याग, हृदय जित्ने सिर्जनात्मक विलक्षणता, मानवीय वैचित्र्यलाई उनीहरूकै यथार्थतामा जीवन्तता दिने कलामा हामी बाँच्छौँ । अलौकिकतालाई पनि लौकिक रूप दिने सिर्जना शक्तिको प्रशंसा गर्नैपर्छ ।
महोदय ! तपाईंको र मेरो युग एउटै होइन, समाज एउटै होइन । संसार धेरै बदलिसक्यो । मान्यता, प्रवृत्ति, आदर्श, विचारहरू फरक भइसके । वर्तमान पछ्याउँदै जब तपाईं हिंड्न सक्नुहुन्न । तपाईंलाई पछ्याएर अबको समयपछि लाग्दैन । फेरि पनि पुस्तौँपछिका पुस्तामा तपाईं आफूलाई जीवित देख्नु हुन्छ । विगतको अनुसरण गरेर अनागतको उपेक्षा गर्नु एक प्रकारको मृत्युवरण गर्नु होइन र ? तपाईं जन्मेको ठाउँ पनि तपाईंको बेलाको जस्तो छैन । यो गाउँ, सडक, वातावरण, मानिसहरू सब अर्कै भइसके । बेलायत अर्कै भइसक्यो तर अहिले पनि जिउँदै छु भन्नु हुन्छ तपाईं ।
मेरो असहमती छैन यसमा बन्धुवर ! सत्य के पनि हो भने यी परिवर्तन भित्र म र मेरो समय पनि विद्यमान छ । हिजोभित्रै आजका दिनहरू जन्मने गर्छन् । आज नभएको भए भोलि पनि हुने थिएन । राम्रो नराम्रो कुरालाई एकछिन् बिर्सौं ।
तिमी म भएर वा म तिमी भएर देखियौँ भने हाम्रो स्वतन्त्र अस्तित्व नै रहँदैन । दुवै रहने थिएनाँै । म मैं भएर आजपर्यन्त जीवित छु । तिमी भएर पनि होइन, तिम्रो समय भएर वा तिम्रो जीवन जिएर पनि होइन । आफूलाई मात्रै होइन मैले त्यसबेलाका मानिस, मेरो युग र पूरा शताब्दीलाई आफूमा समेटेर मानवीय चरित्र, प्रवृत्ति, आकाङ्क्षाहरूलाई उद्बोधित गर्ने धृष्टता गरेको छु । त्यसैले ममा मै मात्र होइन मेरो समय बोल्छ, मानिसहरू बोल्छन् ।
आफू जन्मँदाको समयभन्दा बढी हामी बोल्दैनौँ । त्यसलाई शब्द दिने गर्छ साहित्यले । त्यसैले भन्दैछु ममा मेरो समय समाज, मानिसहरू सबैलाई एक साथ पढ्न सक्छौ । उनीहरूका पीडा सुन्न सक्छौ। षडयन्त्र, अपराध देख्न सक्छौ। मन, चरित्र बुझ्न सक्छौं । वास्तवमा स्वयंको मौलिकताले नूतनता प्रदान गर्ने सिर्जनात्मकताको बिम्ब भई हामी पछिको युगमा उपस्थिति हुने गर्छौं । वाणीझैँ सम्बोधित शब्द तिमी हौ । तिम्रा आकाङ्क्षा, अभाव, सपनाहरूको प्रतीकात्मक बिम्ब भएर त्यहाँ व्यक्तिने गर्छौ । यसै अर्थमा जीवित छु भनेको हुँ- तिमी भएर पनि । शेषपछिको पुस्ता भएर पनि । समयअनुसार कला, साहित्यमा भइरहने सिर्जना, प्रयोगहरूले तिनको निरन्तरतालाई सङ्केत गर्न खोजेको हुँ । यही शाश्वततालाई बुझाउने प्रतीकात्मक अवस्थितिलाई मेरो बाँच्नुले बिम्बित गर्छ ।
आउने जानेहरूको अविराम अविच्छिन्नताभित्र यो अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गर्दै विदा हुन्छु ।
शेक्सपियर महोदय ! असङ्ख्य धन्यवाद ।
शेक्सपियरलाई उनको घरमै भेटेर तृप्ति अनुभव गर्छु । समयाभावले त्यहाँ मञ्चित भइरहने नाटक हेर्न पाइन । दुःख लाग्यो । वास्तवमा नाटक हेर्ने विद्वान्-विदुषी तथा श्रद्धालुहरूको घुइँचो नै लागिरहन्छ । पार्किङ्ग गर्ने त्यतिका ठाउँहरूको व्यस्था हुँदाहुँदै पनि हामीले पार्किङ्ग गर्ने ठाउँ पाएनौं । दुई चक्कर लगायौँ, एउटाले गाडी फर्काएर हिँडेपछि त्यही पार्किङ्ग गर्न सक्यौं । यसबाट त्यहाँ आउनेहरूको अनुमान लगाउन सक्छौं ।
चीनमा पनि त्यहाँका कवि लेखक कलाकारहरूको घर, तिनको स्मृतिमा निर्मित विशाल पार्क, समाधिस्थलहरू छन् । ती हेर्ने अवसर पाएको छु । सेचुआन प्रान्तको राजधानी छनतुमा सुप्रसिद्ध चिनियाँ कवि तू फुको स्मृतिमा निर्मित ६० हजार वर्गफुटको विशाल पार्क छ । संघाइमा स्थापित प्रसिद्ध चिनियाँमा लेखक लूसुनको समाधि पनि देखेको छु तर यति पर्यटकहरू देखिन ।
भने नि स्ट्रेटफोर्ड गाउँ अब सहर भइसक्यो । (हाम्रो दाँजोमा भन्दैछु ।) उनीहरू त गाउँ नै भन्छन् । पहिलेको तुलनामा त्यहाँ सुविधा बढ्यो होला । धेरै व्यवस्थित गरियो होला । चाहिने सुधारहरू पनि निकै भए होलान् । जीवनस्तर प्रशस्त उठेको हुनुपर्छ । आधुनिक प्रविधिहरू त्यहाँ पनि पुग्यो होला । कुनै कुराको अभाव र सुविधाहरू सायद अब छैन भन्ठान्छु । यदि भइकन पनि गाउँको आफ्नो जुन चिनारी हो, प्राचीन सांस्कृतिक स्वरूप, आकृति-प्रकृतिहरू लाग्छ जीवित छन् । त्यसलाई मास्नेगरी आधुनिकताले हस्तक्षेप गरेको देखिन । मलाई लाग्यो स्ट्रेटफोर्ड गाउँजस्तो पनि छैन, आधुनिक सहर पनि होइन । दुवैलाई एकसाथ देख्छु स्ट्रेटफोर्डमा । ग्रामीण क्यानभासमा सहर मुस्कुराइरहेजस्तो, सहरी आधुनिकतामा गाउँ रमाइरहे जस्तो । मैले त भादगाउँ पो सम्झेछु ।
अनि आफ्नो देश र्फकन्छु । यहाँका देवकोटा र उनको मैतीदेवीको घर हेर्छु । बालकृष्ण समलाई सम्झन्छु र उनको ज्ञानेश्वर स्थित निवासस्थान पुग्छु । एउटालाई भारतीय कवि पन्त, प्रसाद, निराला भने, अर्कोलाई नेपालका शेक्सपियर । कसैसँग तुलना गरेर कसैको प्रतिष्ठा वा उचाइले सिद्ध गर्ने महानताले कोही कहाँ तौलिन्छन् ? हरेकको आफ्नै राष्ट्रिय परिवेश हुन्छ । मौलिक आधार स्रोतहरू हुन्छन् । यसबाट परिचालित प्रयोग, विशिष्टता, सीप र योगदानहरू फरक फरक हुनसक्छ । यिनीहरू नै पनि यथेष्ट छैन र कसैको महानता परिगेल्नलाई ?
सन्दर्भमा गाँसिएको प्रश्न हो यो मेरो । प्रसङ्ग त देवकोटा र बालकृष्ण सम हुन् । उनीहरू जन्मेको घर, उनीहरूले प्रयोग गर्ने गरेका वस्तु जो ऐतिहासिक अर्थ राख्छन्- गायव हुँदैछन् । तिनको संरक्षण हुन सकेनन् न परिवारबाट भइदिन्छ, न साहित्यिक सङ्घ-संस्थाहरूबाट न सरकारी, अर्धसरकारी स्तरबाट । आदिकवि भानुभक्तलाई मात्रै होइन भारतका पन्त, प्रसाद, निराला भनिने महाकवि देवकोटालाई पनि सम्झेनौ, शेक्सपियरको उपािध पाउने बालकृष्ण समलाई पनि याद गरेनौं । बालकृष्ण समको सालिक हेर्दा लाग्छ घरबाट निष्कासित भई कमलपोखरी छेउको डिलमा बसेर कसैको आश्रय खोजिरहेका छन् । उनलाई त्यहीँका छिमेकीहरूले पर्यन्त चौबाटोमा उभिन दिएनन् । रानीपोखरीको पश्चिमपट्ट िदरबार हाइस्कुलको अगाडिको पर्खालमा अडेसिएर भानुभक्त लाग्छ चौकीदारी गरिरहेछन् । अनि आफ्नो घर हेर्दै एउटा कुनामा कोचि्रएका कवि सिद्धिचरणलाई यसैको सुरक्षा गर्न खटिएको जस्तो लाग्छ । हामी यो अपमानित बोध गर्दैनौं ।
सालिकमा रूपान्तरित भएर टुहुरो मान्छेझैँ किन बाँच्न खोजेका हौँ ? उनीहरूका कृति नै उनीहरूका सालिक हुन् । ढुङ्गामा अवतरित भई सालिकले त हाम्रो मृत्युको घोषणा गर्छ ।
Tirtha Raj Mukarung Rai – Kirat Rai Ka Maulik Baaja Haru
तीर्थराज मुकारुङ राई – किरात राईका मौलिक बाजाहरू
(Source: शनिवार)
प्राचिन जाति किरात राईहरू आˆना सम्पूर्ण संस्कार मुन्दुमद्धारा निर्देशित हुन्छ । मुन्दुम शास्त्र सङ्गीतबद्ध रूपमा प्रयोग हुनका साथै कतिपय अवसरमा बाद्ययन्त्रहरूको पनि प्रयोग भएको पाईन्छ । त्यसैले किरात राईहरू गीत, सङ्गीत तथा नृत्यमा आफूलाई सीपयुक्त प्रस्तुत गराउँछन् ।
किरात राईहरू आदिकाल देखिनै बाद्ययन्त्रमा प्राकृतिक बस्तुहरूको प्रयोग गर्नुका साथै आधुनिक समय भोगाईसंगै केहि धातुको प्रयोग पनि भएको पाईन्छ । प्राकृतिक बस्तुहरूमा रूखका पातहरू विभिन्न प्रकारका बाँसहरू, काठहरू, छालाहरू तथा फलाम, काँस आदिको प्रयोग गरि आएको पाईन्छ । किरात राईहरूले प्रयोग गरेका त्यस्ता केहि मौलिक बाजाहरूको संक्षीप्त जानकारी गराउने प्रयास गरिन्छ ।
पिपिरिमा -पात बाना -  चिल्लो पातको छेउलाई दुई ओठको बीचमा राखि फुकेर विभिन्न भाका निकाली बजाईन्छ । घाँस – दाउरा, खेतिपाति तथा यात्रा आदिको कुनै स्थानमा पनि बजाईन्छ ।
पुङ – सिङ (अर्नाको सिङ ) -  अर्नाको सिङलाई टुप्पोमा प्वाल पारेर सो सानो प्वालबाट फुकेर बजाईन्छ । यो बाजा साकेवा थानमा पुजा गर्न जाँदा नाक्छोङ -धर्म गुरू) को साथमा ढोल-झ्याम्टासंगसंगै बजाईन्छ ।
बिबिलिम्मा -बासुरी/मरली) -  मालिङ्गो जातको सानो बाँसबाट बासुरी/मुरली बनाएर बजाईन्छ । एकतिर, बन्द- अर्कातिर खुल्ला भएको भागमा सातवटा प्वाल बनाएर एउटा बाट, फुकि अरू छवटालाई दुई हातको ६ वटा औँलाले छोपेर खोल्दै भाका निकालि बाँसुरी बजाईन्छ । त्यस्तै बाँसमा ठेडी राखेर बनाएको दुईवटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ । तर यो किरात राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ ।
टुङ्मा/यलम्बर बाजा -  किरात राईहरूले ठूलो बाँसको दुबै आँख्ला भएको बाँसलाई बीचमा चारपाटे सानो प्वाल पारेर जसको दाँया – बाँयामा त्यसैमा सानो – सानो चोया निकालिन्छ । त्यो प्वालमाथी दुबै चोयामा बाँसकै चोईटाले अल्झाएर ढाकिन्छ । देब्रे चोयाको माथिल्लो छेउमा एउटा सानो प्वाल पनि बनाएको हुन्छ । यसरी बनेको टुङ्मा बाजालाई देब्रे हातले माथिको प्वाल चोरी औँलाको छोपी सानो स्वर बजाउन प्वाल खुल्ला गर्ने र ठूलो स्वर बनाउन छोप्ने गरिन्छ । बीचको प्वाल छोपेको चोईटा माथी दाहिने हातको बुढी औँलाले पालै-पालो हानेर मादलको जस्तै ठूलो- सानो बोल निकाली बिभिन्न तालमा बनाईन्छ ।
चोङ्वारी -चरी बाजा -  सानो आकारको बाँसको छ वटा लामो-छोटो टुक्रालाई एकै लहरमा बाँधेर यो बाजा बजाईन्छ । यसरी छ वटै फरक स्वरका यी टुक्राको बराबर मिलेको भागको खुल्ला र अर्को पट्टी प्वाल बन्द रहेको हुन्छ । प्रत्येक खुल्ला प्वालमा फुकेर बिभिन्न चराको आवाजहरू निकाली बजाईन्छ ।
डोङ्डोङ्मा -बिनायो बाँसको सानो – लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टकिो लामो डोरीलाई झड्कारेर बजाईन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्धारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । यो बाजा किरात राई महिलाले आˆनो चोलोको तुनामा झुण्डाएर बोकिन्छ । यसरी बोकेको बिनायोलाई मेला-पात वा हाट-वजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुई जिब्रो भएको बनाउन छाडिएको छ ।
मुर्चुङ्ग्वा/मुचुङ्गाः फलामद्धारा निर्मित एउटा जिब्रोलाई हिर्काएर बजाईने सानो बाजा मुर्चुङग्वा हो । जिब्रोको दुई छेउमा रहेका दुईवटा आधारलाई ओठ खोलेर तल्लो – माथिल्लो दाँतहरूमा अड्याई औँलाले हान्दै आवाज निकाली भित्री स्वासद्धारा विभिन्न भाका निकाली बजाईन्छ ।सानो तथा कच्चा जिब्रा भएको यो विनायो बाजालाई सुरक्षीत राख्न मालिङ्गो बाँसको सानो खोल बनाई त्यस भित्र राखिन्छ, जस्को बाहिरी भागमा अति आकर्षक बुट्टा खोपेको हुन्छ । यसलाई धागोको प्रयोग गरि चोलोको तुनामा बिनायो सँगै झुण्डाएर बोकिन्छ ।
सिलिमी -  फलामद्धारा बनाईएको चेप्टो लाम्चो आकारमा छेउ-छेउमा लहरै- १२ वटा मुन्द्री लगाएर तल्लो पक्रने भाग मुनी पनि चारवटा मुन्द्री राखेर यो सिलिमी बनाएको हुन्छ । सिलिमी बाजालाई सिली नाच नाच्दा हातमा लिएर नाचको चालसंग हल्लाउदै आवाज निकालेर बजाईन्छ ।
किरात राईका माथिका मौलिक बाजाहरू बाहेक ढोल-झ्याम्टा पुजा कार्य देखि नाच-गान आदिसम्म अत्यधिक प्रयोग गरिन्छ । पात, घाँस, पराल, काठ, काँस आदि सयौँ बाजाहरू बजाउने गरिन्छ ।
Dr. Govinda Raj Bhattarai – Adikabi Sanga Belayat Ma
डा. गोविन्दराज भट्टराई – आदिकविसँग बेलायतमा
(कान्तिपुर)
आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु ।
क्यान्टरबरी कथिड्रलको दर्शन गर्ने उद्देश्य लिएर हामी बेलायतको दक्षिणपूर्वी किनारतिर लाग्यौँ । यो क्रिस्चियन चर्चको सबैभन्दा ठूलो संरचना जसको प्रमुखमा आर्चविशप नियुक्त हुने ठाउँ । अतीतका १५ सय वर्षदेखि निर्माण र पुनर्निर्माण भोगिरहेको बेलायतकै एक महानतम कथिड्रल, दर्शनका लागि कहलिएको स्थान क्यान्टरबरी । यस सहरका प्राचीन सडकमा पाइला टेक्दा हामी मध्ययुगीन विश्वमा हरायौँ । ढुंगा र इँटाका फराक सडक, सुन्दर बगैँचा छेउछाउका वृक्षहरू, चिटिक्क परेका पुराना घर, इँटा र टायलका, सफा झ्यालढोका र बार्दलीबाट झुन्डिएका रंगीबिरंगी फूलहरू । ती भक्तपुरे सडकमा दोहोरीलत्ता मान्छे नै मान्छे, क्यामेरा झिलिक्क पार्दै, ट्रली घिसार्दै, भिडियो खिच्दै, कागजका पेलामा कफी पिउँदै, रोटीहरू खाँदै, अनेक वस्त्रमा, बालबालिका, केटाकेटी, बूढाबूढी-स्वदेशी विदेशी छयाप्पै सडक ढाकेर यता र उता गरिरहेका । सरर, सरर सागर बगेको छ, सहरबीचको कथिड्रल ताकेर ।
हामी पनि टिकट काटेर भित्र पस्यौँ । परैबाट चर्च भवनका स्पायरहरू आकाश छुने गजुरहरू देखिए । विशाल चारपाटेजस्तो भवनमा अग्ला झ्याल, अनेक बुट्टाले भरिएको प्राचीनता जनाउने पुरानो कला । युरोपभरिकै ठूलो भवनमा गनिने, विश्वभरिकै एङ्लिकन समुदायको मातृभवन । आज होइन इश्वी ५९७ मा रोमबाट आएका सन्त अगस्टिनले निर्माण आरम्भ गराएको ठाउँ । त्यसको पाँच सय वर्षपछि त्यो कथिड्रलका आर्चर्विशप टमस बेकेटको हत्या भयो । बेलायती राजा हेन्री द्वितीयले चारजना मान्छे लगाएर महान् सन्त बेकेटको कथिड्रलभित्रै हत्या गराएका थिए । यो डरलाग्दो अपराधको कथा थियो, महत्त्वाकांक्षाको र क्रूरताको । मन्दिरभित्र एक प्रमुख धर्मवेत्ता ज्ञानीको सहादतको कुरा थियो ।
त्यहाँदेखि क्यान्टरबरी झन् ठूलो महत्त्वको तीर्थस्थल भयो । त्यो पाप पखाल्न प्रत्येकले त्यहाँ आउनैपर्ने भयो । लन्डनको साउथवार्कदेखि हिँडेकोहिँडयै, घोडामा, पैदल, बाटामा वास बस्तै, धर्मशाला पाटीपौवामा, गफ गर्दै, खाँदै पिउँदै । हाम्रो देशमा पशुपति पुगेर पुण्य कमाएजस्तै । अब संसार त्यहाँ खनिन थाल्यो । हत्याका आदेशक स्वयम् राजा पनि प्रायश्चित्त गर्न पैदल हिँडेर त्यो कथिड्रलमा आए । जीवनमा एकपल्ट नपुगी नहुने त्यो मक्कामदिना भयो । त्यसको हजार वर्षपछि तिनै टमस बेकेटको हत्याको क्रूरतामा आधारित एउटा नाटक लेखियो- मर्डर इन द कथिड्रल . कथिड्रलमा हत्या । टी एस एलिअटको यो नाटयकृति विश्वसाहित्यकै एक अमर रचना हो । हत्याको हजार वर्षपछि पनि त्यो अपराधको कथा लेखियो । भनेपछि साहित्यकारले सत्यको र न्यायका लागि कहिलेसम्म लडिरहन्छन्, यो हेर्दा थाहा हुन्छ । शक्तिको उन्मादमा अन्यत्र पनि यसरी मानिस मार्ने र पुर्ने थुप्रै काम भएका छन् तर यो प्रस्ट छ, त्यो क्रूरताको कथा जतिपछि भए पनि लेखिने रहेछ । एलियटको यस कृतिमा दैवी र मानवीय शक्तिको बीचमा द्वन्द्व देखाइन्छ । १९३५ को क्यान्टरबरी महोत्सवका लागि रचित यो नाटकमा उनले पद्यशैलीको प्रयोग गरे । तीन सय वर्षदेखि प्रचलनमा रहेको पद्यशैली प्रयोग र अतीतको घटनालाई वर्तमान समस्यासँग जोडेर गरिएको पुनर्निर्माण कलाको विश्वले प्रशंसा गर्‍यो । मलाई लाग्यो- सबै साहित्यको अर्थ धर्ममा आधारित हुन्छ । ठूलाठूला कृति धर्मकै व्याख्या हुन् । धर्मबाट फुकालेर साहित्य लेखिँदैन, त्यसको कल्पना गर्न पनि सकिँदैन ।
त्यो शान्त कथिड्रलभित्र पसेपछि देख्यौँ- टमस बेकेेट चिहानमा सुतिरहेका थिए, उनको शरीर सुनचाँदीले मोरिएको थियो । अरू पनि सहिदहरू चिहानमै थिए । भित्तामा प्रभु जिससका लीलाहरू, मिराकलहरू, सम्पूर्ण ल्याटिन भाषामा कुँदिएका अक्षर, प्राचीन रोमन शैलीको त्यो गगनचुम्बी, भित्र रहेका अनेक कोठी, वेदी, पूजास्थल, प्रार्थनास्थल र गर्भगृह । घन्टौँ हराएर हामी बाहिर निस्कियौँ । कानमा टीएस एलिअटका शब्द गुन्जिन लागे— अ म्याजिक अब् ग्रेट हाइट एन्ड डार्कनिस । साँच्चै क्यान्टरबरी कथिड्रल महान उचाइ र अगम्य अन्धकारले छोपिएको एक जादू थियो ।
आश्चर्यचकित भएर हामी बाहिर घुम्दै थियौँ- ‘चसर बुक सप’ लेखिएको पुरानो भवन आँखामा आयो । पसेर हेर्‍यौँ त्यो सम्पूर्ण भवन जेप|mी चसरका पुस्तकले भरिएको थियो । त्यहाँ चसरसम्बन्धी खोज र अनुसन्धान, प्रकाशन विवरण र व्याख्या, उनका नाम लिएर बनिएका झोली, सिक्री, डायरी, कप, प्लेट र हरेक सामानले भरिएको थियो । राम्ररी हेर्‍यौँ यी तिनै चसर रहेछन् जसले सात सय वर्षअघि ‘क्यान्टरबरी टेल्स’ लेखे । क्यान्टरबरी टेल्स अनेक कथाको पुस्तक हो । अंग्रेजी साहित्यका विद्यार्थीको निमित्त यो भानुभक्तीय रामायण हो । यहीँबाट अंग्रेजी साहित्य आरम्भ हुन्छ । त्यसैले चसरलाई फादर अब् इङ्गलिस लिटरेचर भनिन्छ । यसरी क्यान्टरबरी र चसर इतिहासदेखि अभिन्न थिए ।
अब यो मनलाई अपार आनन्द र हर्षले छोप्यो । म जेप|mी चसरलाई खोज्न थालेँ, विश्वसाहित्यका भानुभक्तलाई खोज्न थालेँ । एउटा अपूर्व यात्री बनेर बेलायतदेखि हिँड्दै धेरै दिनको यात्रा तय गरेर क्यान्टरबरी आइपुग्ने चसरलाई सम्झेँ । आज म पनि, हे बूढा भानुभक्त, तिम्रो सम्झनाले यो तीर्थस्थलमा आइपुगेको छु । तिम्रो आँगनमा ओर्लिएर हेर्दा यो विशाल कथिड्रलभित्र अनेक रहस्य देखेँ । तिमी पनि कथिड्रलले नै तानिएर यहाँ पुगेका थियौ, त्यो यात्रा साहित्यमय बनेको थियो । म पनि यही कथिड्रलले तानिएर टाढादेखि यहाँ आएको छु । मेरो यात्रा पनि साहित्यमय र चसरमय बनिदिए हुन्थ्यो भन्ने आशा गरिरहेको छु ।
तिमी मात्र यो पवित्र भूमिमा आएका होइन रहेछौ । यहाँ अंग्रेजी साहित्यका मोतीराम क्रिस्टोफर मार्लो पनि छेउमै उभिएका रहेछन् । बाटैमा पर्ने मार्लो थिएटरका अघिल्तिर उच्च बस्टमाथि उभिएकी विश्वसुन्दरी हेलेन अब ट्रोईलाई देखेँ । ती विश्वसुन्दरीको भव्य, नग्न मूर्तिले उभिएर मार्लोलाई हेरिरहेको थियो । बस्टका चारपाटामा मार्लोका अमर नाटकका पात्रहरू— ज्यू अब् माल्टा, टयाम्बर्लेन, डक्टर फस्टस र एडवार्ड टू उभिएका देखेँ । यसरी कृतिकारभन्दा पात्रहरू अमर भएको, समयको उच्च सालिकमा तिनीहरू उभिएको मैले कहीँ देखेको थिइनँ । यही चर्चमा उपदेशक बनेर डयानिअल डिफो पनि यहाँ आएका थिए । उनको रबिन्सन क्रुसो नपढ्ने को होला ? महान् अंग्रेजी साहित्यकारहरूको एउटा लामो सूची देख्छु जसले क्यान्टरबरी टेकेका थिए । कसैले चर्चमा काम गरे, धेरैले यहीँ बसेर सिर्जना गरे । यस क्षेत्रको अवर्णनीय सौन्दर्यले, विचित्रताले मोहित भएर, प्रभावित भएर आफ्ना रचनामा क्यान्टरबरी लेखेका थिए । गुलिभर्स ट्राभल लेख्ने जोनाथन स्विरुट, ग्रामीण जीवनको दुःख र वेदनाका कविता लेख्ने टमस ग्रे, महान् लेखिका जेन अस्टिन, रोमान्टिक कवि जोन किट्स, महान् गद्यकार जोजेफ कन्र्‍याड, समर्सेट मम, टीएस एलिअट, आइएन रुलेमिङ— क्यान्टरबरीबाट प्रभावित स्रष्टाहरू सम्भिmँदा पनि यो मन श्रद्धाले भरिन्छ । टमस ग्रेको एलजि रिटन इन द कन्ट्री चर्चयार्डमा वणिर्त ग्राम्यचित्र— दिन ढलेपछि टाढा कतै गाउँको चर्चयार्डमा बजेको घण्टको ध्वनिले यही परिवेशलाई सम्झाउँछ ।
अंग्रेजी कवि र नाटककारहरूको घर, शताब्दीयौँदेखि प्रेरणाको केन्द्र क्यान्टरबरी । यो कथिड्रल, यी प्राचीन घरहरू, यसलाई घेरेर बसेको सुन्दर ग्राम्यचित्र, नजिकै बग्ने सङ्लो स्टुआर्ट, अलि परका विशाल फाँट, ओसिलो जंगल, त्यस पर्तिरका गाईचरन र भेडाखर्क, हरिया बुटयान र रहस्यपूर्ण प्रकृति । कवि लेखकको यस तीर्थस्थलमा आज पाइला टेक्न पाएँ, यो मनको आनन्दलाई व्यक्त गर्ने शब्द नै सकिएका छन् । महान् चिन्तक रस्किनले त्यसै बोलेका थिएनन्— क्यान्टरबरीमा कोही बाँचिरहेको, बढिरहेको, परिवर्तित भइरहेको कुनै अवस्थाको पनि कल्पना गर्न सकिँदैन ।
यो एक स्थिर जगत हो प्रकृतिको अनुपम
सौन्दर्यले बनेको ।
हजारौँ स्रष्टालाई तानेर यहाँ पुर्‍याउने सबैका पिता हे चसर, तिमीलाई देख्ता म अत्यधिक आनन्दले भरिएको छु । मैले दुइटा देउता मानेको धेरै भयो । दुई भाषामा खेल्ने भएपछि, दुई संस्कृतिमा चल्ने भएपछि यस्तो चेतनाले सबैलाई छोप्छ । हाम्रा लागि नेपाली—अंग्रेजी दुवै संसार आफन्तले भरिएका छन् । यता भानुभक्तसँग बारम्बार भेट भइरहन्छ. हे भानुभक्तका पुर्खा ! तिमीलाई भेट्न नपाएर यो मन सधैँ कल्पिरहेको थियो ।
तिमी समाधिस्थ भएको सात सय वर्ष पुग्यो, आज पनि तिमी त्यति टाढा लन्डनको कवि कुनामा सुतिरहेका हौला । तर आज तिमीलाई क्यान्टरबरीको एउटा पुरानो मध्ययुगीन घरमा भेटेँ । स-सानो घोडामा चढेर तिमी तीर्थाटनमा निस्केका थियौँ । हामी त्यो टयावर्न इनको पुरानो दैलो उघारेर भित्र पस्यौँ । त्यहाँ तिम्रा कथाका पात्रहरू थिए, जीवन्त र यथावत् । ती यही भूमिका बासिन्दा थिए । तिमीले तीर्थयात्रामा भेटेका पात्रहरूले तिमीलाई आएर कथा सुनाए । एउटा कथा नाइटले सुनायो, अर्को मिलरले, अर्को बाथकी पत्नीले, अर्को पार्डोनरले, अझ अर्को नन्का पि्रस्टले । ती सबै कथाको दृश्यले भरिएका कोठाहरू एकएक गर्दै पस्न थाल्यौँ । द नाइट्स टेलमा एउटी सुन्दरीप्रति दुई योद्धाको प्रेम, अर्को कोठामा एउटा छट्टु क्लर्कले अर्काकी पत्नीमा आँखा गाड्दा भोगेको परिणामको कथा, द वाइफ अब् बाथ्स् टेलमा एउटी नारीले के चाहन्छे भन्ने विषयको व्यङ्ग्यपूर्ण कथा, द नन् पि्रस्टस् टेलमा भाले र रुयाउराको कथा, द पार्डोनर्स टेलमा लोभको कारणले समाप्त भएका तीनजनाको कथा । तिमीले अरूका मुखबाट सुनेको कथालाई तदनुरूप उतार्‍यौँ । ती पात्रको जीवन्तता, ती कथाले टिपेको समाज, सामान्य जीवन, तिम्रो सूक्ष्म निरीक्षणको गहिराइ, हास्यपूर्ण चेतना र नाटकीयता, दैनिक जीवनका जनसाधारणको चरित्र, बोली र व्यवहार— यी सबैले जगत्को मन छुने निरीक्षण शक्ति प्रस्तुत गर्‍यो । तिमी धेरै वर्षअघिका आदिकवि हौ । विश्वसाहित्यका एक आदिकवि । हाम्रा भानुभत्त,का जिजुच्याप्जू । तिमीले पनि लोकवाणीलाई जन्म दियौ । तिमीले रोपेको अंग्रेजी आज विशाल वृक्ष बनेको छ, हामी पनि यसको फल टिप्दै छौँ, चाख्तै छौँ ।
Sukdev Bhattarai Khatri – Arthatantrako Bikaral Sthiti
सुकदेव भट्टराई खत्री – अर्थतन्त्रको विकराल स्थिति (विचार/विवेचना)
(Source: Gorkhapatra)
नेपाली अर्थतन्त्र यतिखेर उच्च मूल्यवृद्धि, न्यून आर्थिक वृद्धि, ह्रासोन्मुख अर्थतन्त्र, बढ्दो बेरोजगारी, लगानीको असहज वातावरण, असमान विकास, उत्पादकत्वमा आएको ह्रास आदि समस्याबाट गुजि्ररहेको छ । साथै स
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदनले नेपालको सन्दर्भमा भयावह तस्बिर सार्वजनिक गरेको छ । यू.एन.डी.पी.को लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६५ प्रतिशत नेपाली गरिब भएको उल्लेख गरेको छ । अध्ययनमा दुई करोड ८३ लाख जनसङ्ख्यामा एक करोड ८३ लाख जनसङ्ख्या गरिब रहेको उल्लेख गरेको छ । जनसङ्ख्याको करिब आधाको दैनिक कमाइ ९४ रुपियाँभन्दा कम रहेको पुष्टि गरेको छ । अर्कोतर्फ राष्ट्रिय तथ्याङ्कले भने गरिबी ३१ प्रतिशतबाट २४ प्रतिशतमा झरेको दाबी गर्दै आएको छ । मुलुकमा विद्यमान राजनीतिक स्वार्थका कारण अर्थव्यवस्थालाई बेवास्ता गर्दै आइरहेका दलहरूका लागि यो तथ्याङ्क ठूलो चुनौतीका रूपमा रहेको छ । विद्यमान दण्डहीनता र शान्ति सुरक्षाको बिग्रँदोे अवस्थाले अर्थतन्त्र दिनानुदिन गिर्दार्े स्थितिमा रहेको छ । आर्थिक वृद्धिदर, गरिबी र बेरोजगारी आदिमा अपेक्षित सुधार आउन सकिरहेको छैन । राज्य तथा निजी क्षेत्रको लगानी खुम्चिन पुगेको छ । मुलुकमा लगानी अनुकूल वातावरण तयार हुन सकिरहेको छैन ।
अर्कोतर्फ विगत केही वर्षर्देखि देखापरेको आर्थिक सङ्कटबाट विश्वभरि नै मूल्य घटिरहेको अवस्थामा हाम्रो सन्दर्भर्मा भने दुई अङ्कको दरमा मूल्यवृद्धि भइरहेको छ । त्यसमा पनि दैनिक आवश्यकताका वस्तुको मूल्य अत्यधिक मात्रामा बढ्दो छ र यसले विपन्न वर्गलाई प्रतिकूल असर पुगेको छ । अर्कोतर्फ राजनीतिक खिचातानीकै कारण लगातार तेस्रो वर्षर् वाषिर्क बजेट अलमलमा परेकाले विकासनिर्माण र सामाजिक सेवामा अपेक्षित रकम खर्च हुनसकेको छैन । विकास निर्माणमा लक्षित पूँजीगत खर्च पनि ज्यादै न्यून रहेको छ । यो रकम खर्च नहुँदा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता पूर्वाधार निर्माणमा प्रत्यक्ष असर पर्न गएको छ । अर्कोतर्फ युगान्तकारी राजनीतिक परिवर्तनपछि जनआकाङ्क्षा एक्कासि बढेको छ । सबै कुरा तत्काल पूरा हुनुपर्दछ भन्ने भावना पैदा भएको छ तर उपलब्ध स्रोत, साधन र क्षमताका आधारमा सबै कुरा तत्काल र एकैचोटी पूरा गर्नसक्ने अवस्था पनि छैन । साधनलाई सर्वत्र छरेर कुनै पनि आयोजना सम्पन्न गर्न नसक्नुभन्दा तीव्र आर्थिक वृद्धिलाई सहयोगी हुने ठूला आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्नेगरी साधन केन्दि्रत गर्नुपर्ने अवस्था आएको छ ।
मुलुकको आर्थिक वृद्धिदर २०६६।६७ मा ५.५ प्रतिशत गर्ने सरकारी लक्ष्य रहे पनि कृषि उत्पादनमा आएको शिथिलता र औद्योगिक उत्पादनमा आएको ह्रासले करिब ३ प्रतिशतकोे हाराहारीमा मात्रै रहने स्थिति छ । आर्थिक परिसूचकलाई हेर्दा बैंक तथा वित्तीय संस्थाको उच्च कर्जा निक्षेप अनुपात, तरलताको अभाव, घरजग्गाको मूल्यमा तीव्र वृद्धि, वैदेशिक मुद्रा सञ्चितिमा कमी र ऋणात्मक शोधनान्तर स्थिति रहृयो । यतिखेर निर्यातमा गिरावट र आयातमा भएको तीव्र वृद्धिले व्यापार घाटालाई झन् फराकिलो बनाएको छ । त्यस्तै विप्रेषण आयमा अघिल्लो वर्षर्को तुलनामा वृद्धिदर न्यून भई शोधनान्तर स्थिति ऋणात्मक हुन पुगेको छ ।
दलहरू जति ढिला राजनीतिक सहमतिमा पुग्छन्, अर्थतन्त्रका चुनौती सम्बोधन गर्न त्यति नै ढिलाइ हुन्छ । अवस्था बढ्दै जाँदा मुलुक चरम आर्थिक अवस्थामा धकेलिने खतरा हुन्छ । त्यसकारण पनि देशको पूर्वाधार विकास, रोजगारीको समस्या हल र समग्र आर्थिक उन्नतिका लागि राजनीतिक सहमति अपरिहार्य छ । राजनीतिक स्थायित्व र आर्थिक अवस्था हाम्रो सन्दर्भमा परस्पर सान्दर्भिक छन् । हाम्रो जस्तै अवस्थामा रहेका छिमेकीलगायत विश्वका धेरै मुलुकले आर्थिक विकासको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन् । महत्त्वपूर्ण राजनीतिक परिवर्तन भइसकेको परिप्रेक्ष्यमा अब सामाजिक आर्थिक रूपान्तरण र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दलबीच सहमति कायम गर्दै अगाडि बढ्नु जरुरी छ ।
विगतका विकास प्रयासको समीक्षा गर्दा राम्रा नीति तथा कार्यक्रम तर्जुमा हुने तर कार्यान्वयन पक्ष भने फितलो रहँदा सरकारप्रति जनताको विश्वास घट्न गएको छ । ठूला भौतिक पूर्वाधार तोकिएको समयमा सम्पन्न हुन नसकेकाले तिनको लागत दोब्बरसम्म वृद्धि भएको अवस्था छ । एकै आर्थिक वर्षर्मा सम्पन्न हुन नसक्ने पूर्वाधार निर्माण आयोजनालाई बहुवषर्ीय बजेट प्रत्याभूति गर्न नसकिएकाले प्रत्येक वर्षर् एकतिहाई समय ठेक्कापट्टा गर्नमै बित्दछ । त्यसैगरी वाषिर्क बजेटमा विनियोजन गरिएकोे रकम खर्च हुन नसकी पि|mज हुने वा अन्य कम महत्त्वका आयोजनामा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको छ । अर्कोतर्फ राजनीतिक क्षेत्रबाट हुने अनावश्यक दबाबका कारणले अर्थमन्त्रालयले असारको अन्तिम समयसम्म पनि बजेट निकासा गर्नुपर्ने नकारात्मक प्रवृत्तिको विकास भएको छ । यसरी निकासा हुने रकम खर्च गर्दा सरकारी कार्यविधि कानुनको अवज्ञा हुँदै राजनीतिक आधारमा मात्र काम हुने प्रवृत्ति बढेको यस्तो काम कारबाहीले आर्थिक अनुशासनहीनता बढ्न गएको संवैधानिक निकाय महालेखा परीक्षकको विगतका प्रतिवेदनले पनि पुष्टि गरेको छ ।
विगतमा द्वन्द्व र राजनीतिक अनियमितताको कारणले राज्य तथा निजी क्षेत्र दुवैबाट मुलुकको गैर कृषिक्षेत्रमा लगानी विस्तार हुनसकेको छैन । मुलुकको झण्डै दुईतिहाई जनसङ्ख्या आश्रति रहेको कृषिक्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण हुन नसकेको यो क्षेत्र पनि थप जनशक्ति ग्रहण गर्नसक्ने स्थिति छैन । नेपालको श्रम बजारमा प्रतिवर्षर् करिब चारलाख जनशक्ति थपिँदै गएको छ । पछिल्लो समयमा सीपविहीन युवाहरूको साथै शिक्षित बेरोजगारीको सङ्ख्या पनि तीव्ररूपमा बढ्दै गएको छ । अतः बेरोजगारीको समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गर्नु अर्को चुनौतीको विषय बनेको छ ।
आर्थिक वर्षर् २०६५।६६ मा राजस्व सङ्कलन वृद्धि करिब ४० प्रतिशत पुगेकोमा २०६६।६७ को प्रथम १० महिनामा केवल २५ मा सीमित रहेको छ । अर्कोतर्फ वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन २० प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ । तरल कोष र प्रतिशतभन्दा बढी स्तरले घटेको छ, निजी क्षेत्रमा प्रवाह हुने ऋणको वृद्धि गतवर्षर् २४ प्रतिशतबाट यो वर्षर् १७ प्रतिशतमा झरेको छ । यस्तो अवस्थामा बजेटको आकार बढाएर सञ्चित कोषबाट कतिसम्म खर्च गर्न सकिने हो विचारणीय हुन आउँछ । औद्योगिक असुरक्षा, उच्च ब्याजदर तथा निजी क्षेत्रमा घट्दै गएको ऋण सुविधालाई दृष्टिगत गर्दा निजी क्षेत्रको उपयोग बढ्ने र आर्थिक स्थिरता ल्याउने कुरा त्यति व्यावहारिक नहोला । विगतमा सरकारले अवलम्बन गरेको खुकुलो मौदि्रक नीतिका कारण अत्यधिक मौदि्रक तरलता बढेको फलस्वरूप विगतमा यसबाट मूल्यवृद्धि, आयात विस्तार तथा घरजग्गा र सेयर बजारमा समेत अप्रत्याशित किसिमले मूल्यवृद्धि हुनपुग्यो । लगानीका उत्पादन क्षेत्रमा श्रम समस्या, विद्युत् अभाव र राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायीले लगानीयोग्य वातावरण पाउन सकेनन् । कृषिउत्पादन एवं औद्योगिक उत्पादनसमेत अपत्यारिलो किसिमले घट्न गयो ।
लामो समयको अन्तरालपछि नेपालको शोधनान्तर स्थिति घाटामा गएको र २०६६।६७ को प्रथम १० महिनामा सो घाटा रु. १७ अर्ब नाघ्न गएको छ । यस्तो घाटाको प्रमुख कारण निर्यातमा ह्रास आउनु, आयातमा वृद्धि हुनु र विप्रेषणको वृद्धिदर घट्दै जानु हो । यस्तो अवस्थामा भुक्तानी सन्तुलनमा प्रभाव पार्ने मुख्य कारक सुनको आयात नै थियो । चाँदी आयातमा पनि ठूलो रकम विदेशिने गरेको छ ।
सार्वजनिक संस्थानको अवस्था ज्यादै दयनीय बनेको छ । संस्थानहरू नाफामा गएमा सरकारी संस्थाहरूमा बढी सुविधा खोज्ने र घाटामा गएमा सरकारमाथि निर्भरता बढाउँदै जाने प्रवृत्तिले गर्दा संस्थानहरू सरकारका लागि बोझ बन्दै गएका छन् । केही संस्थान नाफामा भए तापनि कार्यसञ्चालनको परम्परागत शैली राजनीतिकरणका कारण आगामी दिनमा अझै चुनौतीपूर्ण बन्नेछ । संस्थानमा सरकारी लगानीको प्रतिफल चार प्रतिशत मात्र भएको हालै सार्वजनिक गरेको सरकारी तथ्याङ्कले पुष्टि गरेको छ । अर्कोतर्फ औद्योगिक क्षेत्रका सबै संस्थान घाटामा गएका छन् । यसो हुनुमा राजनीतिकरण र अत्यधिक कर्मचारी दरबन्दी कारणका रूपमा रहेका छन् । संस्थानहरूले यथासमयमै आयव्ययको विवरण तयार पारी लेखापरीक्षणका लागि हिसाबकिताब प्रस्तुत नगर्दा केवल १४ संस्थानले मात्र लेखापरीक्षण गराएका छन् । सरकार परिवर्तन भएपछि सञ्चालक समितिका सदस्य र प्रमुख व्यवस्थापकको परिवर्तनले गर्दा व्यवस्थापन र सञ्चालक समितिले आवश्यक गति लिन सक्दैन । यसैको फलस्वरूप सरकारी स्वामित्वका १८ वटा संस्था घाटामा सञ्चालन भएको र चारवटाबाट मात्र सरकारले २०६५।६६ मा लाभांश पाएको हालै प्रकाशित आर्थिक सर्भेक्षणले दर्शाएको छ ।
अर्थतन्त्रलाई दिगो बनाउनका लागि लामो समय लगानी गर्नुपर्ने उद्योगधन्दामा भन्दा तत्काल प्रतिफल पाइने घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ । उत्पादनमूलक उद्योगधन्दामा जाने कर्जा घट्दो क्रममा रहेको छ । घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा जाने कर्जा भने करिब दोब्बर बढ्न गएको सरकारी तथ्याङ्कले पुष्टि गर्दछ । उत्पादनमूलक क्षेत्रको कर्जा बढ्ने हो भने रोजगार अवसर वृद्धि र वस्तु उत्पादनमा सहयोग पुर्‍याउँछ । बजार मूल्य नियन्त्रण र आयात घटाउनका लागि पनि यसमा बढी लगानी हुनुपर्दछ तर घरजग्गाको लगानीले पूँजी निष्त्रिmय हुन्छ भने रोजगारीको अवसर सिर्जना हुँदैन । अर्थतन्त्रमा नकरात्मक असर पर्नुमा अर्थविद्हरूले यसैलाई प्रमुख कारक मानेका छन् ।
तीनवर्षे अन्तरिम योजनाले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन सकेन । अन्तरिम योजनाले शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने र सुरक्षा स्थिति सुध्रने अनुमानका आधारमा आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । द्वन्द्व हडताल, श्रम समस्या, लोडसेडिङलगायतका कारणले पनि औद्योगिक उत्पादन अपेक्षित किसिमले बढ्न सकेन र आर्थिक वृद्धिदरको लक्ष्य गलत सावित हुनपुग्यो । यतिखेर आर्थिक वृद्धिदरमा कमी आउँदा पनि अन्तरिम उपभोगको स्तर भने घटेको छैन । विदेशी रेमिटेन्सको प्रवाहले आन्तरिक उपभोगको दर बढ्दो छ । यसले बचत गर्ने अनुपातमा कमी आएको छ र बचतको प्रोत्साहन गर्ने वातावरण बनाउनु अर्थतन्त्रका लागि चुनौती भएको छ । लगानी परिचालनबाट रोजगार सिर्जना, गरिबी न्यूनीकरण र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा सरोकारवालाको ध्यान खासै पुग्न सकेको छैन ।
Mohan Bikram Singh – Feri Udangiyo Maobadi (Nepali Political Article)
मोहनविक्रम सिंह – फेरि उदाङ्गियो माओवादी
गोठाटार हत्याकाण्डको सबैभन्दा मर्मान्त पक्ष सन्तोष कार्कीको मृत्यु हो । १० वर्षीय, दुई कक्षामा पढ्ने र क्लास फस्ट भएको समाचार सुनाउन खुसी हुँदै गएका शिशुको बाटैमा गोली लागेर मृत्यु हुन्छ । एउटा प्रतिभाशाली र भविष्यमा असीम विकासको सम्भावना भएका व्यक्तित्वको अन्त हुन्छ । आखिर कुन प्रकारको परिस्थिति र अवस्थामा सन्तोषको मृत्यु भयो ? जवाफ खोज्ने प्रयत्न गर्नुपर्छ । वास्तवमा त्यो प्रश्न खाली सन्तोषसित होइन, देशको भविष्य र हजारौं-लाखौं सन्तोषहरूसित जोडिएको छ ।
कुरा सामान्य थियो । एकजना स्थानीय माओवादीले आफ्नो घर बनाउन ल्याएका केही सामग्रीहरू बाटामा राखेका थिए । त्यसबाट यातायात अवरुद्ध भएकाले स्थानीय जनताले ती सामान हटाउन माग गरे । त्यही कारणले त्यहाँ विवाद र झगडा भयो । प्रहरीहरूले आएर कुरा मिलाए । त्यसको करिब आधा घन्टापछि माओवादीको एउटा हतियारधारी जत्थाले अन्धाधुन्ध गोली चलाउँदा तीनजना व्यक्तिहरू घाइते हुनुका साथै एकजना विद्यार्थी, सन्तोष कार्कीको मृत्य भयो ।
गोठाटारको घटना माओवादीको नेतृत्व वा उनीहरूको कुनै पनि तहका समितिको निर्देशनमा नियोजित तरिकाले घटेको हो भन्ने लाग्दैन । त्यो सामान्य घरायसी झगडाका सिलसिलामा आकस्मिक रूपले भएको घटना हो । तर त्यो पूरै आकस्मिक पनि होइन । माओवादीहरू जुन प्रकारको अराजकतावादी चिन्तनद्वारा दीक्षित हुँदै आएका छन्, लामो समयदेखि जुन प्रकारको सामाजिक फासीवादी र सैनिकवादी प्रकारका कारबाहीका लागि अभ्यस्त हुँदै आएका छन्, त्यो त्यसको परिणाम हो । कथित जनयुद्धका कालमा उनीहरूले ठूलो मात्रामा त्यस प्रकारका कारबाहीहरू गरे, जसमा रोल्पाको हारजंगको एउटा घरमा थुनेर कैयौं व्यक्तिहरूलाई ज्युँदै जलाएको, चितवनको माडीमा बसमा विस्फोट गराएर गरेको नरसंहार, किरिया बसेका व्यक्तिहरूको हत्याजस्ता जघन्य अपराधपूर्ण कारबाही पनि सामेल छन् । उनीहरूको त्यस प्रकारको कारबाहीको लामो सूची छ । त्यस प्रकारका घटनालाई सामान्य पुँजीवादी मानवीय दृष्टिले पनि सही न्यायपूर्ण भन्न सकिन्न । कम्युनिस्टहरूका वर्गसंघर्ष, क्रान्तिकारी आन्दोलन पनि त्यस प्रकारका कारबाहीहरूको टाढाको पनि सम्बन्ध छैन । एउटा आफूलाई सच्चा कम्युनिस्ट पार्टी ठान्ने समूहहरूका कार्यकर्ताद्वारा त्यस प्रकारका कारबाहीहरू सोच्न पनि नसकिने कुरा हो । त्यसप्रकारका जघन्य अपराधपूर्ण कारबाहीका लागि जिम्मेवार संगठनलाई माक्र्सवादी-लेनिनवादी ठान्नु कल्पनाभन्दा बाहिरको कुरा हो । तर माओवादी आफूलाई सच्चा र क्रान्तिकारी कम्युनिस्ट ठान्छन् ।
हामीले माओवादीहरू सरकारमा सामेल हुनुभन्दा पहिले नै उनीहरूले मानव अधिकार हननका कारबाहीहरूका लागि जिम्मेवार आफ्ना कार्यकर्ताहरूले गरेका अपराधहरूमा छानबिन र अपराधअनुसार दण्ड सजायका लागि प्रतिबद्धता प्रकट नगर्दासम्म सरकारमा सामेल गर्न नहुने बताएका थियौं । तर उनीहरूले त्यस प्रकारको प्रतिबद्धता प्रकट नगरीकन उनीहरूलाई सरकारमा सामेल गराइयो । फलतः परिणाम त्यही भयो, जुन हामीले आशंका प्रकट गरेका थियौं । शान्ति प्रक्रियामा आइवरी सरकारमा सामेल गरेपछि माओवादीका आपराधिक घटना बढेका छन् देशमा अराजकता तथा दण्डहीनताको गम्भीर अवस्था उत्पन्न भएको छ ।
शान्ति प्रक्रियामा आइसकेपछि पनि उनीहरूका तर्फबाट एकपछि अर्को गर्दै कैयौं अपराधपूर्ण घटनाहरू हुँदै गए । गोठाटारको घटना त्यही सिलसिलाको नवीनतम रूप हो । निश्चय नै, त्यो बेला हामीले एकातिर, त्यो बेलाको सरकार र सेना तथा अर्कातिर, माओवादीहरूसमेत दुवै पक्षबाट जनतामाथि भएका अन्याय, अत्याचार वा मानव अधिकारको हननका कारबाहीमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन भएर अपराधअनुसार सबै दोषीहरूलाई सजाय हुनुपर्छ भनेका थियौं । तर त्यसबारे ध्यान दिइएन । र, गोठाटारको जस्ता घटनाहरू देशभरि लगातार हुँदै गइरहेका छन् ।
गोठाटारको घटनाका सन्दर्भमा एउटा अर्को पक्षतिर पनि ध्यान जानुपर्ने आवश्यकता छ । माओवादीहरू सत्तामा गएमा राज्यको स्वरूप कस्ता हुनेछ ? उनीहरूको कथित जनयुद्धको कालमा गरेका अत्याचारका केही नमूनाको पहिले उल्लेख गरेका छौं र अब तिनीहरूसित गोठाटार हत्याकाण्ड जोडिएको छ । उनीहरू सत्तामा भएको बेलामा उनीहरूले संविधान वा कानुनसमेत मिचेर जबर्जस्तीपूर्वक काम गर्ने गरेका, जनतामाथि अन्यायपूर्ण कारबाहीहरू गरेका वा उनीहरूका कार्यकर्ताहरूद्वारा सामाजिक फासीवादी प्रकारका कारबाहीहरू गरेका असख्य उदाहरणहरू छन् । त्योबाहेक सत्ताबाट हटेपछि पनि त्यस प्रकारका कारबाहीहरू बन्द भएका छैनन् । अहिले उनीहरूले देशका विभिन्न भागहरूमा गणराज्यहरूको घोषणा गरेका छन् । उनीहरूले तिनीहरूलाई खालि प्रचारात्मक मात्र बताएका छन् । तर व्यवहारमा त्यहाँ उनीहरूले अहिलेदेखि नै भिन्न मत राख्ने राजनीतिक वा सामाजिक संगठनका गतिविधिलाई नियन्त्रण वा दमनात्मक कारबाहीसमेत गर्ने गरेका छन् । यही पुस २६ गते काठमाडौं उपत्यका बन्दका क्रममा भएको शान्तिपूर्ण जुलुसमा हिंसात्मक आक्रमण गरेर कैयौं प्रदर्शनकारीलाई घाइते बनाउनुका साथै संघीयताको विरोध गर्नेहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने विचार प्रकट गरेका थिए । सिन्धुपाल्चोकमा उनीहरूको गणराज्यमा उनीहरूको अनुमतिबिना कुनै कार्यक्रम गर्न पाइँदैन भन्दै रक्तिम सांस्कृतिक कार्यक्रमको प्रशिक्षण कार्यक्रममा हिंसात्मक आक्रमण गरेका थिए, जसमा कैयौं व्यक्तिहरू गम्भीर रूपले घाइते भएका थिए । अहिले पुनः गोठाटारमा उसको नृसंस रूप प्रकट भएको छ ।
हालाकी गोठाटार गोलीकाण्डमा माओवादीको केन्द्रीय नेतृत्वको संलग्नता देखिएको छैन तर माओवादी नेतृत्वले नेतृत्वले जुन प्रकारको कार्यप्रणाली अपनाउँदै र जसरी आफ्नो संगठनको निर्माण गर्दै आएको छ, त्यससित यो प्रकरण घनिष्टरूपले जोडिएको छ । उनीहरूले आफ्नो संगठनलाई व्यापक र शक्तिशाली बनाउने नाममा ठूलो संख्यामा आवारा सर्वहारा, अपराधी तत्त्वहरू र राजावादी वा पूर्वपञ्चलाई सामेल गर्दै गए । त्यो समूहले उग्र’वामपन्थी’ चिन्तन अपनाए पनि प्रारम्भमा त्यो समूहका कार्यकर्ताहरू इमानदार कम्युनिस्ट थिए । उनीहरूले जनसाधारणमाथि अपराधपूर्ण कारबाहीहरू गर्ने कुरा सोच्न सक्दैनथे । तर उनीहरूको संगठनमा आवारा सर्वहारा, अपराधी तत्त्वहरू र राजावादीहरूको प्रवेश बढ्दै गएपछि त्यो समूहको कार्यप्रणालीले सामाजिक फासीवादी प्रकारको रूप ग्रहण गर्दै गयो । जनतामाथि लुटपिट, कुटपिट, हत्या वा अन्य अपराधपूर्ण घटनाहरू बढ्दै गए । नेतृत्वले उनीहरूलाई संरक्षण दिंदै गयो वा जनतामाथि अन्यायपूर्ण कारबाहीहरूका लागि जिम्मेवार आफ्ना कार्यकर्ताहरूमाथि कारबाही गर्नुका सट्टा उनीहरूलाई बचाउने काम गर्दै
गयो । उनीहरू सरकारमा गएपछि त्यस प्रकारका कारबाहीहरूका लागि जिम्मेवार कार्यकर्ताहरूलाई अपराधअनुसार कारबाही वा सजाय गर्नुको सट्टा उनीहरूलाई बचाउनेतिर जोड रहने गर्‍यो । त्यसले गर्दा उनीहरूका कार्यकर्ताहरूलाई कुनै पनि अपराधपूर्ण कारबाहीहरूका लागि बल प्राप्त हुँदै गयो । उनीहरूका कार्यकर्ताहरूले बिनाडर वा हिचकिचाहट अपराधपूर्ण कारबाहीहरू बढाउँदै लगे ।
Nirmal Shrestha – Pahadiya Musalman
निर्मल श्रेष्ठ – पहाडिया मुसलमान
(Source: शनिवार)
अक्सर अग्लो कद, मिजासिलो बोली, स्वाभिमान आँखा, मेहनेती अनि झ्वाट्ट हेर्दा क्षेत्री बाहुन जस्ता देखिने पहाडिया मुसलमानहरू नेपालको ५५ वटा पहाडी जिल्लामध्ये ४८ वटा जिल्लामा बसोबास गर्दै आएका छन् । खासगरी नेपालको मध्य र पश्चिम पहाडी जिल्लाहरू गोर्खा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, अर्घाखाँची, प्युठान, दैलेख, अछाम आदि जिल्लामा यि पहाडिया मुसलमानहरूको उल्लेख्य उपस्थिति रहेको छ । समग्रमा नेपालमा मुसलमानहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईको सरहदसम्म साथै ७५ जिल्लामा छरिएका छन् । कश्मीरी मुसलमान, पहाडिया मुसलमान र तराईका मुसलमान गरी तीन थरीका यि मुसलमानहरू जस्ले ई.स. २००१ को जनगणनाअनुसार नेपालको जनसङ्ख्याको ४.२७२ प्रतिशत -९७५९४९) ओगटेका छन् भने जनसङ्ख्याको ९७ प्रतिशत तराईमा र ३ प्रतिशत पहाडमा बसोबास गर्दै आएका छन् । तीन प्रतिशत मध्य कश्मिरी मुसलमान बाहेक पहाडिया मुसलमान जो ई.स. १९९१ र २००१ को जनगणनामा मुसलिमभन्दा फरक जातिको रूपमा ‘चुरेटा’ पूर्व मेचीदेखि भनेर पहिचान गरिएको छ भने मातृभाषा पनि ‘चुरौटी’ भनेर उल्लेख गरिएको छ । ई.स. १९९१ को जनगणनामा १७७८ – ०.००९४ प्रतिशत) रहेका यी पहाडिया मुसलमानहरू पछिल्लो ई.स. २००१ को जनगणनामा ४८९३ सङ्ख्या -०.०२ प्रतिशत) रहेका छन् ।
नेपालमा पहाडिया मुसलमानहरूको प्रवेश
नेपालमा पहाडिया मुसलमानहरूको प्रवेश कहिलेदेखि भयो भन्ने कुराभन्दा नेपालमा सबै थरीका मुसलमानहरू कसरी र कहिले कुन समयमा भयो भन्ने कुराको चर्चा गर्नु सान्दर्भिक हुनेछ । सातौँ शातब्दीतिर लिच्छविकालमा नेपालबाट अरब देशमा व्यापार हुने गरेको देखिन्छ । ई.सं ७८२-७८३ तिर लेखिएको अरबी पुस्तक ‘हुउद अल आलम’ मा नेपालबाट अरब देशमा कस्तूरी जान्थ्यो भन्ने कुरा उल्लेख भएको छ । यसबाट त्यसताकादेखि नै नेपालसँग मुसलमानहरू सम्पर्कमा आएको देखिन्छ । समयसमयमा भारतमा मुगलहरूको राज्य विस्तारको क्रममा यिनीहरूले नेपालको तराईमा पनि राज्य विस्तार गरेको देखिन्छ । शमसाउद्धीन इल्तुतमिश – ई. सं. १२३६), अलाउद्धिन खिजली – १३२५), मुहम्मद तुगलक – ई.सं. १३५०), सिकन्दर लोदी – ई.सं.१५१७), इब्राहीम लोदी -ई.सं. १५२६), शेर शाह सूर – ईंसं. १५४५), अकरवर -ई.सं. १६०५) आदिका राज्य विस्तारका क्रममा नेपालको तराई अछुतो रहेन । यसरी नै ई.सं. १३२४ मा गयासुद्धीन तुगलकको सिमराको सिम्रौनगढमा आक्रमण, ई.सं. १३४९ मा सुल्तान शमसुद्धीनको काठमाडाँैमा लुटपाट भएको देखिन्छ । त्यसबखत तिनीहरूको समय र प्रकृति अनुसारको उपस्थिति देखिन्छ । तर स्थायी बसोबास भएको भने देखिदैन । स्थायी रूपमा बसोबास राजा रत्न मल्ल -ई.सं. १४८४-१५२०) को पालामा भएको देखिन्छ । कश्मीरका मुसलमानहरू ल्हासास्थित राजा रत्न मल्लका दुतको सम्पर्कपछि नेपाल आएको थिए । ती कश्मिरी मुसलमानहरूलाई मुन्सीखानाको व्यवस्था गरी राजा रत्न मल्लले राखेका थिए । तिनीहरूबाट दिल्लीका सुल्तानसँग पत्राचार गर्ने व्यवस्था पनि गरेका थिए । राजा रत्न मल्लका पालामा प्रवेश भएका मुसलमानहरू राजा भाष्कर मल्लका राज्यकाल -ई.सं. १७००-१७२२) मा आउँदा दरबारमा मुसलमानहरूको दबदबा खुब बढेको थियो । मुसलमानरू काजी पदमा सम्म पुगेका थिए । दोश्रो चरणमा नेपाल प्रवेश गर्ने मुसलमानहरू पहाडिया मुसलमानहरू हुन्, यिनीहरूको चर्चा पछि गरिनेछ । तेश्रो चरणमा नेपाल प्रवेश गर्ने मुसलमानहरू ई.सं. १८५७ को गरदको असफल हुँदै जानेक्रममा लखनउका नवाव वाजिद अलि शाहका पत्नी वेगम हजरत महल साथै लिल्लीका मुगल सम्राट बहादुर शाह जफरमा मुˆती – मुसलमान धर्मोपदेशक) मौलाना सर्फराज अलि शाहसँगै मुसलिमहरूको एउटा ठूलो डˆफा नेपाल भित्रिएको थियो । मौलाना तथा वेगमहरू काठमाडौँ पुगे भने ठूलो जमात तराईमा कृषि कामदार – काश्तकारी) को रूपमा अडिए, तिनीहरू नै तराईका बासिन्दाका रूपमा रही आएका छन् । ई.सं. १८५७ को गरद दबाउन सहयोग गरेबापत २ डिसेम्वर १८१५ मा भएको सुगौली सन्धिमा गुमेको काली र राप्ती नदीको मध्य अवस्थित सम्पूर्ण समतल भूमि -तराई) र राप्ती नदीदेखि गोरखपुर जिल्लाको मध्ये अवस्थित सम्पूर्ण समतल भूमि -तराई) जब १ नवम्बर १८६० को सन्धि धारा २ अन्तर्गतले व्यवस्था गरेको नेपालको सो जमिन फिर्ता पायो, त्यो भूभागमा बसोबास गर्ने मुसलमानहरू स्वतः नेपालको सरहद भित्र भित्रिएका थिए । यसको सङ्ख्या ठूलो मात्रामा थियो, यो नै चौथो चरणको मुसलमानहरूको नेपालमा प्रवेश थियो । सबैभन्दा पछिल्लो चरण मुसलमानहरूको नेपाल प्रवेश जव चीनले ई.सं. १९५९ मा तिब्बत उपर आधिपत्य जमायो त्यहाँबाट तिबेटियन मूलका मुसलमानहरू नेपाल पसे । जो एकसय परिवारहरू काठमाडौँमा गलैंचा व्यवसाय गरी बसेका छन् । यस पंक्तिको केन्द्र बिन्दुमा रहेको पहाडिया मुसलमानहरू जो दोश्रो चरणमा नेपाल भित्रिएका हुन्, तिनीहरू सत्रौ शताब्दीको अन्त्यतिर बाइसे र चौबीसे राज्यका स्थानीय शासकहरूका पालमा भित्रिएका हुन् । त्यसबखत भारतमा मुगल साम्राज्यको चकचकी थियो । मुगल सेनामा गोला बारूद, बन्दुकको उत्तम शीपको प्रयोगबाट प्रभावित भएर बाइसे चौबीसे राजाहरूले आˆनो सेनालाई मजबुत बनाउन मुसलिम तोपची, कलाकार र बन्दुक निर्माण गर्ने कालिगढहरूलाई निम्त्याएका थिए । यी आगन्तुकहरूमा सैनिक सीप जान्ने मात्र होइनन्, कृषि औजार, भाँडाकुडा र गरगहना बनाउने शील्पकारहरू पनि थिए साथै तिजारतमा पनि सिपालु थिए । यिनीहरूलाई स्थानीय शासकहरूबाट बसोबास र खेती गर्नका लागि जग्गाहरू पनि प्रदान गरिएको थियो । कहीँकहीँ जिम्ावाली पनि दिएका थिए । खास गरेर यिनीहरूको पेशा कृषि नै थियो । हातहतियार बनाउन लगायत दरबारिया स्त्रीहरूको श्रृङ्गारपटार गर्न ल्याइएका यी मुसलमानहरू तिजारत – व्यापार) मा सिपालु हुनुको साथै भारत जानेआउने बाटोको ज्ञान र त्यहाँ उत्पादित सौन्दर्य प्रशाधनका लागि आवश्यक चीजबीज चुरा, धागो, पोते ल्याई बिक्री गर्ने गर्दथे । त्यही चुराको व्यापार गर्ने भएकाले यिनीहरू ‘चुरेटा’ भन्न थालिएको हो ।
विमतिका स्वरहरू
आफूलाई होच्याएर सम्वोधन गरिने शब्द ‘चुरेटा’ बाट पहाडिया मुसलमानहरूको विमति रही आएको छ । श्री ३ जंगबहादुर राणाले विक्रम् सम्वत् १९१० सालमा लागु गरेको ऐन सवालको भाग ८ मा पहाडिया मुसलमान ‘चुरेटा’ र विदेशी मुसलमानबीच विभेद गरिएको थियो । पानी नचल्ने, छोए छिटो हाल्नु नपर्ने जातमा विदेशी मुसलमानको दाँजोमा पहाडिया मुसलमानलाई तल पारिएको थियो । सो ऐन सवालको निरन्तरतासँगै विक्रम् सम्वत् १९९२ सालको ऐन सवाल भाग पाँच को नं. २१ मा ‘हाम्रा मुलकका बासिन्दा चुडाल मुसलमान – चुरा बेच्ने मुसलमान) जाति … ‘ भन्ने उल्लेख भएको छ । बाहिरबाट आएका मुसलमान र पहाडिया मुसलमान ‘चुरेटा’ बीच दण्ड प्रणालीमा पनि भिन्न बनाइएको थियो । यिनीहरू मुसलमान हुँदाहुँदै पनि व्यवसायको आधारमा जाति निर्माण गरी ‘चुरेटा’ बनाइएका थिए । ऐन सवालमा मात्र होइन आधिकारिक शब्दकोशहरू यहाँसम्म कि च्ब्ीएज् ीक्ष्ीीभ्थ् त्ग्च्ल्भ्च् को ‘ब् ऋइःएब्च्ब्त्क्ष्ख्भ् ब्ल्म् भ्त्थ्ःइीइन्क्ष्ब्ी म्क्ष्ऋत्क्ष्इल्ब्च्थ्’, विद्यामहावारिधि डा. पारसमणिप्रधानको ‘ठूलो नेपाली अङ्ग्रेजी कोश’ नेपाली शब्दको माऊ संस्कृत मान्नुहने भाषशास्त्री महानन्द सापकोटाको ‘नेपाली शब्द परिचय’ आदिमा चुरा व्यापारीलाई ‘चुरेटा’, ‘चुरौटे’ भनेर उल्लेख गरिएको छ । यि अपमानित शब्दको प्रयोगबाट यिनी पहाडिया मुसलमानहरू नाखुस छ र विमति राख्दै आएका छन् । ई.सं. १९९५ देखि अल नेपाल इत्तिहाद संघको व्यानर मुनि मुस्लमीहरूको बसोबास भएका जिल्लाहरूबाट प्रतिनिधित्व गरिएको अल नेपाल मुस्लीम कन्फरेन्सले नेपाली मुस्लीम समुदायको पक्षमा संकल्प प्रस्ताव पास गरेको छ । यसको साथसाथै यो कन्फरेन्सको उपयोग गरी आफूहरूले सदियौँदेखि गर्दै आएको चुरा बेच्ने पेशाको आधारमा जुन होच्याइएको ‘चुरौटे’ शब्दको विरुद्ध पहाडिया मुसलमाहरूले जोडदार विरोध गर्दै आएका छन् ।
पाल्पामा मुसलमानहरू
बाइसे र चौबीसे राज्यमध्ये पाल्पा राज्य सबैभन्दा शक्तिशाली, सङ्गठित र समृद्ध राज्यको रूपमा रहेको थियो । सबैजसो बाइसे र चौबीसे राज्यहरू नेपाल अधिराज्यमा विलय हुँदाको बखतमा पनि पाल्पाले आˆनो उपस्थितिलाई ज्यूँकात्यूँ राखि आएको थियो । गोर्खालीसँग राम्रो सम्वन्धकायम थियो भने दक्षिणको सरहद पारि अवधको नवावको दरबारमा पनि त्यत्ति नै राम्रो सम्वन्ध रहेको थियो । सेन राजाहरूले आˆना राज्यलाई सिंगार्न बाहिरबाट सीप, कला कौशलहरू आयात गरेका उदाहरणहरू पाइन्छन् । व्यापार प्रवर्द्धनको लागि राजा मुकुन्द सेनले कश्मीरका कशौधनहरू बुटवलमा ल्याएका थिए, जो हालसम्म बुटवलका बासिन्दा रहेका छन् । यसरी नै नेवारी कलाकौशल भित्र्याउन नेपाल खालडोबाट नेवारहरू ल्याइएको कुरा इतिहासमा पाइन्छ । सत्रौँ शाब्दीको अन्त्यतिर सेन राजाहरूले आˆनो सैन्य शक्ति सुदृढ पार्न भारतबाट हातहतियार, गोला, बारूद, तोप आदिको निर्माण लगायत भाँडाकुँडा, गरगहना साथै सौन्दर्य प्रशाधनका सामग्री बनाउनका लागि मुसलमानहरूलाई भित्र्याएका थिए । अहिले तिनै मुसलमानहरूका सन्तनहरू पहाडिया मुसलमानको रूपमा पाल्पा बस्दै आएका छन् । पाल्पा जिल्लाको चौधवटा गाउँ विकास समिति तथा तानसेन नगरपालिकामा गरी ई.सं. २००१ को जनगणना अनुसार ८८९ जना यी पहाडिया मुसलमानहरू रहेका छन् । यिनिहरू जिल्लाको जनसङ्ख्या -२६८५५८) मा ०.३३ प्रतिशत रहेको छ । जिल्लामा सबैभन्दा धेरै यी पहाडिया मुसलमानहरू तानसेन नगरपालिका क्षेत्रभित्र रहेका छन् । हाल तानसेन नगरपालिका वडा नं. १२ र १३ मा बसाई रहेका यी मुसलमानहरू त्यसबखतको जोगीपानी पाल्ा अन्तर्गत चालिस कुरीयषले चिनिन्थ्यो भने यिनीहरू बसोबास गर्ने गाउँलाई ‘चुरेटा गाउँ’ भनेर भन्ने गरिन्थ्यो । भट्टारी, तल्लो गाउँ, ठूलो गाउँ भञ्याङ्ग, रातामाटा, गणेशधारा गरी पाँच टोलामा बाडिएको यो गाउँ व्यवसायको सिलसिलामा यहाँका बासिन्दाहरू यसगाउँबाट अन्यत्र विस्थापित भएर गएपछि यो गाउँ सुनसान छ । बारी बाँझो छ, घरहरू भत्किएका छन्, उराठलाग्दो छ तर एउटै कुरा मान्नु पर्छ बाँकी थोरै सङ्ख्यामा बसोबास गर्नेहरूले पनि सदियाँेदेखि चलिआएको धर्म, संस्कृति, संस्कार रीतिरिवाजलाई अहिलेसम्म ज्यूँकात्यूँ थामिआएका छन् । मस्जिदबाट गुञ्जिने अजानका स्वर, मिम्बरबाट झंकृत हुने स्वर, ईदको रौनक अनि समीरसँगै बगी आउने ईद-उल-फितरमा पकाइने सेवईको हलुवाको र ईद-उल-जुहा -बकरीद) मा पकाइने परिकारको बास्ना अझ पनि जीवित नै छ ।
चाडपर्व, रीतिरिवाज, संस्कृति अनि स्थानीयकरण
अल्पसङ्ख्यकका रूपमा रहेका पहाडिया मुसलमानहरूले आˆनो धार्मिक मान्यताअनुसार रोजा, इद-उल-फितर, ईद-उल-जुहा -बकरीद), मुहर्रम -हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरू मानि आएका छन् । विवाहा निकाह पद्धति कडाईसँग पालना भएको पाइन्छ । हलाल र हराममा ठूलो आस्थाका साथ पालन गरिन्छ । नमाज पढ्ने र शुक्रबारको जुमामा निरन्तरता रहेको छ । यस उपमहाद्वीपका विभिन्न ठाउँमा पढ्न जाने अथवा पश्चिम एसियामा काम गर्न जाने नेपाली मुसलमानहरू इस्लामको विशुद्ध मानिएको स्वरूपसित परिचित हुँदैछन् र आˆनो आस्थालाई जोडदार रूपमा प्रस्तुत हुन थालेका छन् । यस्ले गर्दा यि पहाडिया मुसलमानहरू पहिलेभन्दा इस्लामिक नीति नियममा कट्टर हुँदै जानेक्रम जारी छ । मदरसाको स्थापना, मस्जिदहरूको व्यवस्था, सङ्गठन विस्तार जस्ता कामहरूमा सकृयता देखिएको छ भने आˆना धरातलको पहिचान र स्पेसको खोजी गरिआएका छन् । केही नेपाली, केही अरबी, केही फारसी, केही हिन्दी आदि शब्दहरूको समायोजन भएको असाधारण -भ्हतचबयचमष्लबचथ) भाषा जस्को पुच्छारमा ‘तोरे’, ‘तन्’, ‘होई’ जस्ता अक्षरहरू जथाभावी जोडेर एकआपसमा बोल्ने गर्दछन्, त्यो ‘चुरौटी’ भाषालाई जीवन्त राखेका छन् । त्यही कारणले जनगणनामा यो भाषालाई यिनीहरूको मातृभाषाको रूपमा सूचिकृत गरिएको छ ।
यी पहाडिया मुसलमानहरू नेपाल भित्रिएको पनि सदियौँ भइसकेको छ । स्थानीय परिवेशले प्रभाव पार्नु स्वभाविक नै हो । यिनीहरूको रीतिरिवाज, रहनसहनमा स्थानीयकरण हुनु पनि स्वभाविकै हो ।, केहीकेहीले दाह्री पाल्छन् भने धेरैजसालेे काट्ने गर्दछन् । महिलाहरू पछ्यौराले आˆनो शीर ढाक्न त्यत्ति वाध्य छैनन् । घरदैलोमा बैंकहरूको स्थापना, ढिकुडीको चलनले व्याज लिनेदिनेमा अलि खुकुलो हुँदै गएको छ भने तासजुवामा त्यति कडाई जस्तो देखिदैन । लवाईमा स्थानीय भेषभूषा नै अवलम्वन गरेको पाइन्छ । विवाहमा कलश राख्ने -विना पूजाको), शाहीपाटा, जन्ती पर्सने जस्ता कुराहरू थपिएका छन् । इमामबाडाको निर्माण तले शैली -नेपाली शैली) मा भएको एकआध ठाउँ हेर्न पाइन्छ । चाडपर्वहरू हिन्दूहरूले मानेका बखत जस्तै तिहारमा अरू टीका नलगाए पनि घरैमा रोटी हालेर रमाइलो गर्ने चलन छ । अझ उल्लेख्य कुरा गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरूको चलन झैँ चामलको पीठो, वेसार, अवीरमुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने जसरी गरिन्छ, त्यसरी नै त्यो दिन शरीरमा छाप लगाउने, फूलको माला लगाइदिने, फर्सी मिसाएर कुडो पकाइ गाई गोरूलाई खुवाउने गर्दछन् । त्यसदिन गोरूलाई जोताउने पनि गर्दैनन् । कस्ले कल्पना गर्न सक्दछ कि हिन्दूहरूले साधारणतया प्रयोगमा ल्याउने शब्द ‘पूजा’ जो ऋग्वेदमा अज्ञात थियो, द्रविड शब्द ‘पू’ अर्थात ‘फूल’ बाट जन्मिएको थियो । सर्वाङ्ग रूपमा यो शब्द यस्तो उत्सवको लागि प्रयोग हुन्थ्यो जहाँ मुख्य रूपले फूल, पात, फल, पानी आदि अर्पित गरिन्थ्यो । यो उत्सव ‘भगवद्गीता’ मा प्रस्तावित ‘पत्रं पुष्प. फलं तोयम्’ समर्पित गरिने ‘पुण्यकर्म’ को कति नजिक रहेको छ । अनि यी पहाडिया मुसलमानहरूले गर्ने गाईप्रतिको व्यवहार के ‘पूजा’ भन्दा टाढा रहेको देखिन्छ र ? केही व्यक्तिहरूको नाम स्थानीय परिवेशले प्रभाव पारेको देखिन्छ, जीतमान मियाँ, सेतु मियाँ जस्ता नामका व्यक्तिहरू थिए भने पद्म पव्लिक उच्च माध्यमिक विद्यालय तानसेनमा कक्षा नौमा अध्ययनरत छात्रको नाम ‘अनिल मियाँ’ रहेको छ साथै पाल्पाको सदरमुकाम तानसेन बजारमा ‘जहिरा कस्मेटिक’ पसल चलाइ आउनु भएकी लक्षिमा मियाँनी हुनुहुन्छ । लक्ष्मी पूजाका दिन जन्मनु भएकाले लक्षिमा नाम राखिएको बताउनुहुन्छ । धेरे कुरामा यी पहाडिया मुसलमानहरूको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भए तापनि अँˆनो धर्म, संस्कृति र संस्कारमा रेख लगाउने त्यति ठाउँ छैन ।
Kulchandra Wagle – Shunya Sarga – Chhapina Pani Syndicate
कुलचन्द्र वाग्ले – शून्य सर्ग – छापिन पनि सिन्डिकेट !
(Source: Madhuparka, मंसिर २०६५)
लेख रचना छाप्ने वा छापिनका लागि पनि चक्रप्रणाली -सिन्डिकेट) हुन्छ कि क्या हो ? छापिन त्यही प्रणालीभित्र छिर्नुपर्छ कि, कसो ? प्रश्न झस्काउने खालका थिए । खासगरी यातायात व्यवसायमा प्रयुक्त हुने चक्रप्रणाली लेखन छपाइमा कसरी घुस्यो । सुरुमा अलमल परियो । विस्तारै प्रश्नकर्तासँग कुराकानी गर्दै जाँदा उनीहरूको गुनासोको मतलब खुल्यो ।
यस्ता प्रश्न खासगरी साहित्यिक पत्रिका एवं साहित्य वा विचारलाई स्थान दिने अखबार सम्बद्ध सम्पादकहरूसँग गरिन्छ । बारम्बार कोसिस गर्दा वा लेखरचना पठाउँदा पनि नछापिएको पीडा अभिव्यक्त गर्दै धेरै जसो आँकुरा लेखकहरूबाट यस्तो प्रश्न सोधिने रहेछ । त्यसो त स्थापित मानिएका लेखकहरुबाट पनि, धेरै भयो मेरो रचना किन नछापिएको वा अहिले त मेरो रचना छाप्नै छोडियो, भन्ने गुनासो सम्बन्धित पत्रिकाको जुनसुकै तह र जिम्मेवारीमा रहेका सम्पादकसँग राखिएको प्रशस्तै सुनिन्छ र बेहोरिन्छ पनि तर धेरैजसो यस्ता प्रश्न उत्साही युवा साहित्यकार जसलाई सिकारु भनिदिंदा धेरै अर्थमा गलत हुँदैन तिनीबाट पाइन्छ । प्रायः यस्ता प्रश्नले ठाउँ र सन्दर्भ पनि भन्दैन, जहाँ भेट्यो त्यहीं बाटो छेकी हाल्छ ।
मधुपर्कको कार्यकक्ष । एक दिन दिउँसो तीन भाइ साथी सँगै प्रवेश गरे । केही छिन सुस्ताए, यताउता पत्रिका हेरेपछि एक जनाले झस्काउने त्यस्ता प्रश्न राखे । प्रश्न यति मात्रै होइन, थपिए, छापिन चिनजान र आफन्त पनि हुनुपर्छ कि, कस्ता लेख रचना छापिन्छन्, कि मिलाएर आलोपालो -चक्रप्रणाली) चिनजान, नाता र पहुँचवालाको छापिने हो ? प्रश्न रुखा पनि थिए । सुरुमा केही भन्ने अवस्था थिएन । क्रमशः कुराकानी अगाडि बढ्दै जादा, आफ्ना लेख रचनाहरू मधुपर्कमा नछापिएको तर आफ्नाभन्दा स्तरहीन सामग्रीले ठाउँ पाएको दावासहितको लामो गुनासो आयो ।
उत्तर त दिनै पर्योह । त्यो पनि यथार्थ र चित्त बुझ्दो । सुरुवात, लेखनको स्तर, पत्रिकाको नीति र ठाउँ -स्पेस), भाषा अनि भाव सबै मिलेको सिर्जनालाई छपाइका लागि ठाउँ दिइन्छ भन्ने शाश्वत उत्तरबाट गर्नैपर्योन । यस्तो उत्तरलाई उनीहरूले अस्वीकृत गर्न मिल्ने कुरै भएन । अनि चिनजानको प्रभाव पनि हुन्छ । नढाँटी भन्नै पर्यो  तर लेखन र साहित्यको चिनजान तपाईंहरूको प्रश्नमा लुकेको आफ्नो भन्ने वा नातावाद होइन । हो के भने साहित्य र लेखनबाट चिनिएको व्यक्तित्व भन्ने हो । अर्थात् स्थापित लेखकको सिर्जना छापिन सजिलो हुन्छ, यस अर्थमा चिनजान भनिएको हो । साहित्य समाजमा चिनजान स्थापित गरेका केही व्यक्तित्वको नाम उदाहरणमा राखेर दिइएको उत्तर सुनेपछि प्रश्नकर्ताको थप चित्त बुझेछ, यस्तै प्रतिक्रिया आयो । यस्तै छपाइका लागि सिन्डिकेट भन्नोस् वा पालैपालो त्यो पनि हुन्छ तर यसमा पनि आफन्तवाद भन्ने होइन । बरु लेखी रहनेहरूको पालैपालो छापिन्छ भन्ने हो । कसैको महिनैपिच्छे छापिने र कसैको लामो अवधिसम्म नछापिने दोषलाई हटाउन पनि पालैपालो प्रणाली आवश्यक हुदैन र ? उनीहरुकै सामु प्रश्न तेस्र्याए पछि, अँ पालैपालो पनि गर्नैपर्ने रहेछ भनेर सायद् बलजफती चित्त बुझाए ।
तर उनीको मूलभूत प्रश्नको उत्तर अझै आएको थिएन त्यसैले तर… तर भनिरहेका थिए । प्रश्नकर्ताहरूको मूल आशय आफ्ना रचना किन छापिएनन्, कसरी छापिन्छ वा नछापिने हो भने कसरी स्थापित भइन्छ त ? भन्ने प्रकृतिको थियो । यस्तो प्रश्नको उत्तर अप्ठ्यारो पनि थियो र पनि भन्नै पर्योि, कोसिस गरिरहनोस्, निराश हुने होइन, शतत प्रयास जारी राख्नोस् । लेखन कला हो, एक प्रकारको साधना र तपस्या । अहिले स्थापित मानिएका सिर्जनधर्मी साहित्यिक व्यक्तित्व पनि कुनै एक प्रयत्नमा वा केही प्रयत्न मात्रैले स्थापित भएका होइनन् । यसको पृष्ठ भागमा निरन्तरता छ, लामो साधना छ । तपाईंहरूको पनि पालो आइहाल्छ नि ।
Ratna Mani Nepal – Nepali Upanyasko Bajar Ra Pratinidhi Sandarbhaharu
रत्नमणि नेपाल – नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू
(Source:  मधुपर्क असार, २०६७)
वि.सं. २००२ सालमा समालोचनाको सिद्धान्त लेख्तै गर्दा यदुनाथ खनालले नेपाली साहित्यमा जस्तो उपन्यासले स्थान लिन नसकेको देखेका थिए तर आज ६५ वर्षपछि उनी भइदिएका भए पक्कै पनि भन्ने थिए होलान् नेपाली साहित्य पढ्नु भनेको उपन्यास पढ्नु भएको छ । हो, आजभोलि साहित्यका पाठक भनेका उपन्यासका पाठक भन्ने कुरा स्थापित हुन थालेको छ । साहित्य लेख्नु भनेको उपन्यास लेख्नु हो भन्ने मान्यताले क्रमशः लेखक र समालोचकलाई प्रभावित गरिरहेको छ । यदाकदा निबन्ध र कथाका पाठकहरू बसमा यात्रा गरिरहेका बेला भेटिन्छन् तर उनीहरू पनि निकै फुर्सदिलाजस्ता लाग्छन् तर कविताका पाठक त कि कवि स्वयं नै कि कविका कवि साथीहरू भन्ने भएको छ । यता उपन्यास भने हाताहाती बिक्ने भएर गएका छन् ।
ख्ाासगरी यो औपन्यासिक होडबाजी हामीकहाँ कहिलेदेखि आयो त ? विद्वान् सिद्धान्तकार खनालको भनाइ छ- सरल समाज र जीवन पद्धतिमा नाटक बढी लेखिन्छ तर जटिल समाज र जीवन पद्धतिलाई उपन्यासले नै लेख्न सक्छ । प्रजातन्त्रोत्तर कालमा खासगरी २०५० पछिको समयमा अनेक चुनौती र अवसर एकसाथ नेपाली समाजमा पसे । तिनले नेपाली साहित्यमा नयाँ आख्यानकार र औपन्यासिक आख्यान जन्माउन भूमिका खेलेका छन् । समाज र समय जति फराकिलो भयो त्यति नै फराकिला आख्यान जन्मने हुन् । प्रजातन्त्रतिरका पाइला नेपाली समाजको विस्तारितपन थिए, जो एकतान्त्रिक र त्योभन्दा पहिलाको एक परिवारमा सीमित थियो ।
राणा शासन कालमा कति उपन्यास
लेखिए ? एक हातका सबै औँला पनि नभाँचिने गणना जति मात्र न हुन् । डायमनशमशेरले समकालीन नेपाली समाजमा उतिका आख्यानेत्तर विषय नभेटेर ऐतिहासिकता रोज्नु पर्‍यो । लीलाध्वज थापा लिखित ‘मन’ जस्ता केही तटस्थ यथार्थवादी उपन्यास भने लेखिएकै हुन् । पञ्चायतको साँघुरो वैचारिक घेरामा सीमित समयमा फेरि नेपाली आख्यान बटारिन थालेको पाइन्छ । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’लाई अवश्य नै फरक दृष्टिकोणले मूल्याङ्कन गरिनुपर्छ । पारिजातले ‘शिरीषको फूल’ त लेखिन् तर त्यहाँ कतातिर नेपाली समाज छ भन्ने खोज्नुपर्छ । वी.पी. कोइरालाका उपन्यासहरूमध्ये ‘नरेन्द्र दाइ’ छोडी अन्यका आधार समकालीन समाज नभई मनोआख्यान अनि मनोविश्लेषण भए । दौलतविक्रम विष्टले दोस्रो विश्वयुद्धका घाउहरूको समेत आख्यान कोर्नु पर्‍यो भने मदनमणि दीक्षित पौराणिक कालखण्ड र पात्रहरूका मनोदशा बुन्न लागिपरे । यस समयमा ध्रुवचन्द्र गौतमको प्रवेशले नेपाली समाज जटिल र फराकिलोसमेत हुँदै गएको प्रस्ट देखाउँछ । खासगरी २०४६ सालपछि भने नेपाली आख्यान समाज केन्दि्रत व्याख्यान -डिस्कोर्स)- मा आकषिर्त देखिन्छ ।
बहुदलीय राजनीति र यसले गरेका प्रतिबद्धताहरू यो समयका सबभन्दा केन्द्रीय व्याख्यान हुन् । साथसाथै आवधिक चुनाव र यसमा राजनीतिक दलहरूको भूमिका, अर्थको व्यय, विदेशी शक्तिको चलखेल, सरकार गठन र विघटनलगायतका अन्य तमाम लोकतान्त्रिक प्रक्रियाहरू यसबेलाका नेपाली कथा हुन् । प्रजातन्त्र बहाली हुँदै नेपाली समाजमा पहाड बनेर हरेक किसिमका मुद्दासँग जोडिएको अर्को कथा हो शरणार्थीहरूको । २०५२ सालबाट थालनी भएर पाँच वर्षपछि उचाइमा पुगेको माओवादी जनसङ्घर्ष खासगरी यसका कारण र प्रभावहरू थप नौला विषयका रूपमा नेपाली समाजमा रहे । साथै त्यो सङ्घर्ष शान्तिसम्झौताबाट लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरिसकेपछि आन्दोलनका अगुवाहरूमा अचानक आइरहेका परिवर्तन र सत्ताको साँघुरो भान्छामा सबैलाई अटाउन नसक्दा आफैँमा उब्जेका असन्तोषहरू अहिले झन् ताजा बनेर रहेका छन् । राजदरबार हत्याकाण्ड, त्यसपछिको राजनीति र बदलिँदै गएको सांस्कृतिक मनोविज्ञानको अर्को कथा हाम्रासामु उभिएको छ । यी समग्र परिस्थितिले अर्कातिर नेपाली समाजको रूपान्तरणमा भए-गरिएका लगानीहरू, बलिदानहरू त्यसै खेर गइरहेका हुन् कि भन्ने गम्भीरताबोध हामीलाई गराउँछन् ।
यी विषयवस्तुमाथि आख्यानकारका रूपमा पहिलै स्थापित भइसकेका लेखकहरूले पनि आख्यान टिपेका छन् । यो समयलाई नै लेखेर आफूलाई स्थापित गर्ने लेखकहरूले नेपाली आख्यानलाई एकसाथ रुचिकर अनि लोकपि्रय पनि बनाएका छन् । उदाहरणीय केही आख्यानहरूको पठन -मूल्याङ्कन होइन) यहाँ गरिन्छ ।
नयनराज पाण्डे त्यस्ता आख्यानकार निस्के जसले सफलतापूर्वक नेपाली संसदीय राजनीतिको नाटकीय पतनको शृङ्खलामाथि आख्यान बुने ।
अन्ततः त्यो पतन पनि भयो २०५८ सालमा । उनको उपन्यास ‘उलार’ आयामका हिसाबले सानो हो । त्यसो त कथानक पनि मसिनो नै छ तर २०४६ सालका केही वर्षपछि हुर्केको संसदीय संस्कृतिको राष्ट्रिय चरित्र यसले बोकेको छ । पहाडेहरूले तराईमाथि लेखेका छैनन् भन्ने बहस खुल्ला ढोका शृङ्खलाको बहसमा धर्मेन्द्र झालगायतका मधेसी मित्रहरूले चलाइरहेका सन्दर्भमा उलारले मधेसमाथि हावी भएको राजनीतिक संस्कार र त्यसले नै ल्याएका निरन्तर विघटनहरूको परिणाममाथि आख्यान बुनेको छ तर यो मञ्जुश्री थापाले भनेजस्तै आञ्चलिक आख्यान नभएर समग्र नेपाली राजनीतिलाई समेट्ने एउटा प्रतिनिधि उपन्यास हो । आख्यानको समस्या र समाधान त्यही क्षेत्रमा हुँदा त्यो आञ्चलिक हुन्छ, बाहिर वा राज्यको हुँदा त्यो समग्रको हुन्छ ।
यस्तै, राजनीतिक विषयमा पछि आएर प्रदीप नेपालको आख्यानकारिताले दिएको छ ‘स्वप्निल सहर’ । यो उपन्यासले राजनीतिक मूल्यमान्यता र सांस्कृतिक चेतनाबीचका अन्तरसम्बन्धहरूलाई तुलना गर्दै सांस्कृतिक चेतना महìवपूर्ण हो भन्ने कुरा स्थापना गर्न खोज्छ । अघिल्ला परिच्छेदहरूले २०४६ अघिको राजनीतिलाई विश्लेषण गरे पनि अन्तिम परिच्छेदले संसदीय परिपाटीका आन्तरिक बहाव र अकर्मन्यतामा आख्यान बुनेको छ । ‘मुखबाट होइन, पेटबाट बोल्ने मानिसहरूले’ चलाएको शासन व्यवस्थाको चरित्रको खुला चित्रण यसमा गरिएको छ । साहित्य, संस्कृतिलगायतका विषयहरू राजनीतिका पेचकिला मात्र हुन् भन्ने वामपन्थ बुझाइको विनिर्माण यो उपन्यासको सबल पक्ष छ । राजनीतिक परिवर्तनपछि पाटी राजनीति मात्र जताततै हावी भएर नेपाली सांस्कृतिक मूल्य अनि परिचयहरू धमाधम हराउँदै गएका हामीले भोगेकै हौँ । त्यो खाली ठाउँमा आयातीत संस्कृतिको उपस्थिति भई आख्यानकारितामा नेपाली समाज धुमिल हुँदै गएको कुरा हामी अनुभव गरिरहेका छौँ । यही समस्यातर्फ यो आख्यान लक्ष्यित देखिन्छ । अर्कातिर पार्टी राजनीतिका सरकारी विकृतिहरूको आख्यान पनि यो उपन्यासको रङ हो ।
शरणार्थीको समस्या झापा र मोरङमा हुँदा पनि यो स्वाभाविकरूपमा अन्तर्राष्ट्रिय समस्या हो । जसमा नेपाल, भुटान र भारत मात्र नभएर सिङ्गै संयुक्त राष्ट्रसङ्घ संलग्न छ । झापा र मोरङमा रहेका शरणाथीहरू भुटानी हुन् तर कृष्ण धरावासीका आख्यानकार क्षमताले शरणार्थी भनेका समग्र मानव नै हुन् कि भन्ने भान पार्ने किसिमको कथा बुनेका छन् । यो शरणार्थी उपन्यास तमाम पहाडे नेपालीहरूको निजी कथा भएकैले नेपाली भाषी भारतीय क्षेत्रमा यो उपन्यासले प्रचार निकै पायो । भुटानीको मात्र भएको यो कथा तर असाम, दार्जीलिङ, मेघालय, सिक्किमबाट कुनै प्रकारले खेदिएका, खेदिएर सोझै नेपाल पसेका वा भोटाङ हानिएका नेपालीहरूको कथा हो । अझ राज्यको दमनले प्रताडित भएर परिचयको निम्ति भौँतारिरहेका मानिसहरूको जीवनकथा पनि हो यो । उपन्यासका कतिपय सन्दर्भहरूले मानवताका पक्षमा खुलेरै समर्थन गर्छन् । राज्य, राजनीतिका सिमानाभन्दा पर समाजवादी समाजको आख्यानको परिकल्पनासमेत यसमा गरिएको छ । शरणार्थीको अर्को सबल आख्यान भनेको गरिबीको हो ।
धरावासीले गरिबीको सांस्कृतिक चरित्रलाई मर्मभित्रै पसेर विश्लेषण गर्न सफल भएका छन् । यस कृतिसँगसँगै धरावासीको आख्यान नारीवादमा स्पष्टरूपमा केन्दि्रत भएको भेटिन्छ । नेपाली सामाजशास्त्रको स्वरूप अनि वैचारिककता पनि शरणार्थीमा घनिभूत छन् । यिनको आडमा धरावासीले एउटा सानो बजार नजिकको बस्तीमा हुने सामाजिक विभेदीकरण र वर्गीय सङ्घर्षलाई उचालेका छन् । ‘धनीहरूले गरिबलाई माया गरीगरी मार्ने’ वर्गीय सम्बन्ध यसमा प्रकटित छ । अर्कोतिर अन्तर्राष्ट्रिय मुद्दामा नेपाली राज्यको सम्बन्ध र जवाफदेहीपनाको पक्षलाई पनि यो उपन्यासले कथानक बनाएको छ । आख्यानमा सामाजिक घटना र ती सम्बद्ध परिणामहरूमा राज्यको कस्तो सम्बन्घ रहेको छ भन्नेबारे अघिका उपन्यासमा निकै कम लेखिएको पाइन्छ तर पचासको दशकपछि भने यस किसिमको कथा बुनाइ औपन्यासिकताको गुण बन्दै गएको छ ।
जूनकीरीको सङ्गीतले प्रजातान्त्रिक नेपाली समाजमा गैरसरकारी संस्थाहरूको विकासे भूमिकामाथि आख्यान बुनेको छ । गैरसरकारी संस्थाहरू र यिनको नेपाली समाज र राष्ट्रसँग नजानिँदो किसिमले जुन सम्बन्ध बनिरहेको छ त्यो अध्ययनको ठूलो क्षेत्र हो । खासगरी सामाजिक परिचालन, सहभागिता र निर्णय प्रक्रियामा जनसहभागिता र सशक्तीकरणका क्षेत्रमा गैरसरकारी संस्थाहरूले विगत पन्ध्र-बीस वर्षदेखि सरकारको विकल्प दिइरहेका छन् । जूनकीरीको सङ्गीतमा आख्यानकारले दलित समुदायको परिचालन र सशक्तीकरणमा गैरसरकारी संस्थाको गतिविधिलाई सकारात्मक मानेका छन् तर यसको कथानक केवल बाहृयवेष्ठित मात्र नभएर आन्तरिक कथावस्तुमा पनि पस्छ र यो क्रममा आख्यानले सफलतापूर्वक नै कुनै नेपाली बस्तीमा पाठकलाई पसाउँछ । वर्गीय भाषा र वर्गीय सामाजिकता प्रस्टै छुटिन्छन् ।
विभिन्न तहको द्वन्द्व नेपाली समाजमा रहँदैआएको भए पनि माओवादी सङ्घर्षले निम्त्याएको द्वन्द्व नेपाली समाजको ठूलो विषयवस्तु हो आख्यान र इतिहासका लागि । यस उपर इतिहास त लेखिने नै छ तर लोकपि्रय अनि तटस्थ आख्यान कसरी लेखिँदै छ । यो चासोको विषय हुनुपर्छ । आम पाठकवृत्तमा पुगेर कताकति लोकपि्रयसमेत भएका द्वन्द्ववादी आख्यानमा आउँछन्- पल्पसा क्याफे र सुकरातका पाइला । पहिलोले उपभोक्तावादी संस्कृतिलाई आधार लिई द्वन्द्वको सारमा भन्दा रूपमा ध्यान दिन्छ । दोस्रोले दुवैमा टेक्दै अघि बढ्ने प्रयत्न गर्छ । पल्पसाले रिपोर्टिङ शैलीलाई आख्यानमा भित्र्यायो । उपन्यासमा द्वन्द्वका घटनाहरू -मर्म, संस्कृति होइन) सतहमा कुद्छन् र आमपाठकलाई दिक्क नपारी मुलुकको स्थितिको दृश्य देखाउँछन् । मूलतः भाषा, संवाद र बहावले उपन्यास उभिन्छ, न कि विषयवस्तुले तर गहिरिएर हेर्दा एउटा झिनो कथानक माथिदेखि तलसम्म बगेको देखिन्छ । उता सुकरातका पाइलोको आख्यान द्वन्द्वलाई तलदेखि माथिसम्म हेर्ने प्रयत्नमा छ ।
नवयुवकको अन्यमनस्क स्थितिलाई सामाजिक परिस्थितिमा अध्ययन गरिएको छ । द्वन्द्वको प्रभाव विश्लेषण गर्न पल्पसाभन्दा अलि बढी सुकरातका पाइला सफल छ । पल्पसामा चित्रकार, पत्रकार, र व्यवसायीहरू कसरी द्वन्द्वको प्रभावमा परे भन्ने छ, सुकरातमा जनशक्ति, व्यवसायीको चलखेल र ठगी, युवाहरूको मिलिसियामा भर्ती, उनीहरूमा पलाएको नैराश्य, शैक्षिक अराजकता पनि सँगैसँगै विश्लेषित छन् । नेपाली साहित्यमा केही समयअघिदेखि प्रचलित आत्महत्याको बिम्बमाथि पनि व्यङ्ग्यात्मकरूपमा सुकरातका पाइलाले आख्यान बुन्ने प्रयत्न गरेको छ ।
नेपाली समाज उत्तरआधुनिक छ या छैन ? भन्नेमा पनि बहसहरू भएका छन् । उत्तरआधुनिकता सांस्कृतिक मनोविज्ञानको त्यो चरण हो जहँा पुगेर केवल मिथकहरू मात्र सामाजिक हुन्छन् । वर्तमानमा कहीँकतै आख्यानमा मात्र भर नगरेर पुरानिएका आख्यानलाईर् बौराउनुपर्छ । समाज खुला तर गहिराइ नभएका कुराहरूमा अल्झेर कथाविहीन भएको हुन्छ । कथानक नै हुँदैन । अचम्मका गतिवान् अस्थिर छायाँहरूका अस्तित्व नै समाजमा सलबलाइरहेका हुन्छन् । विस्मृति र परिचयको सङ्घर्षमा मान्छेहरू परिरहेका हुन्छन् । व्यक्ति अनेक सानासाना अंशमा बाँडिएर परिचयहीन हुँदै गइरहेको हुन्छ । के यस्तो स्थिति नेपाली समाजमा छ त ? यही अस्थिर सांस्कृतिक मनोविज्ञानलाई ‘घनचक्कर’मा लेखेर आख्यानकारका रूपमा उदाएका छन्- सञ्जीव उपे्रती । घनचक्करले नेपाली समाजको साङ्केतिक रूपमा मात्र प्रतिनिधित्व गर्छ । वास्तवमा काठमाडौँ खाल्डोभित्रको राजनीति, समाज, संस्कृति, अर्थव्यवस्था यसले कहीँ कतै बोल्दैन तर सङ्केतहरू के मिल्छन् भने कतै हाम्रो राजनीतिलाई पो यसरी लेखिएको हो कि वा हाम्रो समाज नै यसतर्फ जाँदै छ कि Û सामाजिक आख्यान यसमा छैन, मनोवैज्ञानिकवृत्तमा नै सारा कुराहरू भनिएको छ । कुनै स्थायित्व नभएको र पागलपनले ग्रसित भएको चेतनाले आँकलन गरेका त्रासदीहरूलाई कथानक बनाउन फेन्टासीको प्रयोग गरिएको छ । ‘समाजमा राम्रोसँग फेरी लाउन नसकिएकाले’, ‘शासकीय केन्द्रहरूको वास्तुशास्त्र नमिलेकोले’ यहाँ सधैँ गडबडी, हिंसा, धोकाधडी मात्र छ । र, यही कुराको परिणाम नेपालीहरूमा क्रमशः पागलपन बढ्दै गइरहेको छ । खासमा पछिल्ला बीस वर्षको समाज र राजनीतिक रूपान्तरणको नेपालीय सङ्घर्ष चक्करहरूमै अद्यापि फँसिरहेको छ । यस उत्तरआधुनिक आख्यानमा अनेक बिम्बहरू र सङ्केतहरू जस्तै- प्याज, योगी दिलवरनाथ, प|mेन्च राइनर, खोज शब्द, बोरा, मोबाइल, कागजका नाउ, गुच्चा आदिले नेपालको केन्द्रीय राजनीति र यसका सफलता, असफलता, प्रतिबद्धता, षड्यन्त्र, छलछामलगायतका परिणाम-परिणतिहरूलाई प्रतिनिधित्व गरेका छन् ।
नारायण ढकालको ‘प्रेतकल्प’ समाजशास्त्रियताको नमुना आख्यान बनेको छ । मूलरूपमा यो उपन्यासले नेपाली समाजको रूपान्तरणका ऐतिहासिक चरणहरूमाथि ठूलो प्रश्न गर्छ । अर्कातिर सामाजिक परिवर्तनको धार आजको होइन भन्ने तर्फ प्रस्ट सङ्केत गर्दै नेपालको सम्पूर्ण इतिहासलाई पुनः एकपटक बौराउनु पर्ने आवश्यकतासमेत बोध गराउँछ । कम्तीमा १०० वर्षअघि नेपाली समाज छट्पटिइरहेको, कतिले सङ्घर्षका क्रममा ज्यान गुमाउनु परेको इतिहास हुँदाहँुदै आजसम्म आइपुग्दा पनि आखिर तिनै मुद्दाहरूलाई अगाडि बढाउनुपर्दा क्रान्तिकारीहरूलाई लाज लाग्नु पर्ने कुरातर्फ पनि पाठकलाई यो उपन्यासले सजग पार्छ । नेपाली समाजका बहुआयामिक पक्षहरूलाई यो ‘प्रेतकल्प’ उपन्यासले अत्यन्तै मिहिनरूपमा आख्यानीकरण गरेको छ । सामाजिक बसोबास, रहनसहन, वर्गीय भाषा, लवज, वर्गीय संस्कारहरू, सामाजिक विभेदीकरण र द्वन्द्वको असली रूप, अर्थ व्यवस्थाः यीभन्दा पनि राज्यको ग्रामीण समाजमा उपस्थितिको जुन कथानक यो उपन्यासमा छ त्यो विशिष्ट छ । खासगरी राणाकालीन राज्य र रजौटाबीचको सांस्कृतिक अन्तरसम्बन्धले कसरी तत्कालीन समाज जकडिएको थियो र प्रगतिका लागि त्यो सम्बन्ध कसरी बाधक थियो भन्ने कुरा कुनै ऐतिहासिक उपन्यासले भन्दा बढी यो उपन्यासले भनिदिएको छ ।
आजभोलिका नववामपन्थले भन्ने गरेका परिचयवादी अधिकारहरूसँग जोडिएका कतिपय सङ्घर्षहरू उतिबेलै नेपाली समाजमा चर्किसकेका थिए भन्नेकुरा यो उपन्यासले पुष्टि गर्छ । उपन्यासले उल्लेख गरेका त्यस्ता सङ्घर्षहरू छन्- ब्राहृमणले गरेको विधुवा विवाह, सार्कीको छोरालाई घरमा पालेको र उसको व्रतवन्ध, कर्मकाण्ड, अध्यापन, समलिङ्गी अधिकार र समानता, २० वर्ष पुगेपछि मात्रै छोरीचेलीको विवाह गर्ने, छोरीले पढ्न पाउनुपर्ने आदि । अझ उल्लेखनीय त के छ भने ब्राहृमणवादी चरित्र र संस्कारमाथि निकै ठूलो सांस्कृतिक प्रहार भइरहेका बेला उपन्यासले ब्राहृमण चरित्रलाई इतिहासदेखि नै रूपान्तरण र क्रान्तिका नायक सावित गर्छ । नायक भएको ब्राहृमण परिवारको सर्वस्वहरण अनि देश निकाला नै दुखपुर नामक गाउँको प्रगतिको बाधक बनेको छ । दुखपुर एउटा प्रतिनिधि गाउँ हुँदा समग्र नेपालकै रूपान्तरण कम्तीमा १०० वर्षपछि परेको छ ।
परिवर्तित नेपाली समाजका नयाँ विषय उठान गरी आख्यानीकरण गर्ने दिशामा उल्लिखित कृति एवं कृतिकारहरू निकै सफल भएका छन् । नेपाली साहित्यमा नयाँ व्याख्यान -डिस्कोर्स) प्रारम्भ गर्न यी कृतिकारहरू क्रियाशील छन् । नेपाली साहित्यका पाठकले २०४६ साल पछिको नेपाली समाजका विविध आयाम र तिनमा राज्यको सम्बन्धलाई आख्यानमा हेर्नु पर्‍यो भने उल्लिखित उपन्यासहरू अध्ययनीय छन् । यसको मतलब यो होइन कि यिनमा कुनै कमजोरी नै छैनन् र अन्य औपन्यासिक कृतिहरू कमजोर छन् । वैचारिक बनोटका हिसाबले यी नयाँ आख्यानहरूले आ-आˆनै नैसर्गिक सौन्दर्य पैदा गरेका छन् । कला साहित्य लोकपि्रय हुन्छन्, तिनका विषयवस्तुले अनि विषयवस्तु लेख्ने शैलीले । प्रयुक्त वैचारिकतामा पाठकले पछि मात्र ध्यान पुर्‍याउँछन् । रूपमा ध्यान दिँदा विषयवस्नु हराउने, विषयवस्तुमाथि गहिरिँदा रूप अलमलिने समस्या हाम्रो साहित्यमा नदेखिएको होइन तर ती सिर्जना नै लोकपि्रय र ऐतिहासिक हुने हुन्, जो रूप -बुनोट) र सार -बनोट)मा सन्तुलित छन् । यद्यपि जुनसुकै प्रकारका सिर्जनात्मक लेखनका आधारहरू सामाजिक, सांस्कृतिक अनि ऐतिहासिक भएर आएका हुन्छन् ती कृतिहरू मूल्याङ्कनीय हुन्छन् ।
सन्दर्भ सामग्रीः
उप्रेती, सञ्जीव -सन् २००७) घनचक्कर, पब्लिकेसन नेपालय, ललितपुर
खनाल, यदुनाथ -२०३०) समालोचनाको सिद्धान्त -तेस्रो संस्करण, साझा प्रकाशन, काठमाडौँ
गौतम, कृष्ण -२०६४) उत्तरआधुनिक जिज्ञासा, भृकुटी एकेडेमिक पब्लिकेसन्स, काठमाडौँ
ढकाल, नारायण -२०६६) प्रेतकल्प, साझा प्रकाशन, काठमाडौँ
धरावासी, कृष्ण -२०५७) शरणार्थी -दोस्रो संस्करण), नियात्रा प्रकाशन झापा
नेपाल, प्रदीप -२०६४) स्वप्निल सहर, बगर फाउण्डेसन, काठमाडौँ
पाण्डे, नयनराज -२०६५) उलार, फाइनपि्रन्ट आइएनसी, काठमाडौँ
प्रधान, कृष्णचन्द्र सिंह -२०५०) नेपाली उपन्यास र उपन्यासकार, साझा प्रकाशन, काठमाडौँ
भट्टराई, गोविन्दराज -२०६३) उत्तरआधुनिक ऐना, मोडर्न बुक्स, काठमाडौँ
………………..सुकरातका पाइला, मोडर्न बुक्स, काठमाडौँ
राई, इन्द्र बहादुर -२०५०) नेपाली उपन्यासका आधारहरू -दोस्रो संस्करण), साझा प्रकाशन, काठमाडौँ ।
…………………. -२०६३) सेतो ख्याकको बनोट र बुनोट, नई प्रकाशन, काठमाडौँ
वाग्ले, नारायण -सन् २००५) पल्पसा क्याफे, पब्लिकेसन नेपालय, ललितपुर
सिग्द्याल, सोमनाथ शर्मा -२०२८) साहित्य- प्रदीप, दोस्रो संस्करण, पुस्तक संसार, काठमाडौँ- विराटनगर
सङ्ग्रौला, खगेन्द्र -२०५६) जूनकीरीको सङ्गीत, भँुडीपुराण प्रकाशन, काठमाडौँ
Tejeshwar Babu Gwanga – Samaadhistha Prashna Saptarshikaa
तेजेश्वरबाबु ग्वंगः – समाधिस्थ प्रश्न-सप्तर्षिका
(मधुपर्क जेठ, २०६७)
बीस-एकाइस वर्षे जीवन । जीवन हो कि जोवन ? थाहा थिएन । विनाकाम नचल्ने जीवन ! काम गर्नै पर्छ । काम जीवन गुजारा पनि । अध्यवसाय पनि । जसोतसो जिउने मेसो गुजारा । बाँचेझैँ बाँच्न अध्यवसाय । जसोतसो गुजारा गाँस्नु ? लाग्छ कठै निरीह जीवन । निरीह जीवन जहाँ ज्यान हुन्न जीवन्तता बोकेको । खटनपटन अधिनस्थ जीवन । कसैको ध्यानमा आफूले जप्नु । जसोतसो गुजारा । हरेराम ! हरेकृष्ण ! अलिकति प्रसाद । हलुवा स्वारी । दिनगुजरान । लत बसेपछि के नि ? त्यसैमा मगनमस्त । दिनगुजरान या जीवनै ! सखारै सखार सुरु हुन्छ । दिनगुजरान कामधाम । भरदिन जोतान । साम साम लखतरान । रातको काखमा आराम । एकताका भनेथे जवाहरलाल नेहरूले । आराम हराम ! श्रमजिवीहरूको लागि प्रेरणा, प्रोत्साहन । राजभाषाका वरदान । चुकाउन नपर्ने अनुदान । कतै कूट अभिव्यक्ति ! सुन्दा मीठो ! भोग्दा पीरो ! अतिरञ्जित बोल ! चुकाउनै पर्दा कठिनतर मोल ! उकूच घाउ जस्तो बगिरहने सोल । थोत्रो सिरकको नयाँ खोल । अन्तरमनको पोल । जीवन क्वाँटी परिकारका झोल । नौगेडागुडीको नवरस तरलतरल । बेस्कन घोल ।
राजनीतिक जन्तु भइएन छु । चालबाजीविहीन जीवन । बाङ्गो बाङ्गै, सीधा सीधै । बाङ्गो नि सीधा । सीधा नि बाङ्गो । टेढोमेढो । चालबाजी राजकाज । आफ्नो गोरुको बार्‍है टक्का । जङ्गबहादुरले बोल्यो, बोल्यो । पोले पोलोस् । डोले डोलोस् । झुले झुलोस् । खुले खुलोस् । चुलिए चुलियोस् । ढालिए ढलोस् । पलाए पलाओस् । फलोस् फलावस् । मौलाए मौलावस् । झुराए झुराओस् । जुराए जुराओस् । दुहाई देशको । चुहाई जनताको । पीडा जनताको । पोत नेताको । भोट मतदाताको । मतियारी नेता क्रेताको । झुक्यान जति बिक्रेता मतदाताको । जनता सीधासोझा । बाङ्गाटिङ्गा बनाइए कागको चुच्चाको कलेजो झारझु््र पार्ने श्यालबहादुर लाउडरहरूले । कतै फकाउनेका फकाइ फुकाइ । कतै झुक्याउने झुक्यान झुकाइ । कतै लुछ्नेहरूका लाटोकोसेरी लुछाइ । छुच्चाई लुचाइ लाटोकोसेरी स्वभाव । रातभर जाग्राम । गुँड चहार्छन् । लुछाचुँडी गर्छन् । उनको लागि अँध्यारो रात द्रष्टा जीवन-जोवन । जहाँ विवेक अन्धकारमा विलय बन्छ । जहाँ उत्पीडनको पिङ झुलना बन्छ जेता-नेता-भाग्यविधाताहरूका, चील, गीद्ध र बाजहरू । ब्योम चहार्छन् । कावा खान्छन् । धावा बोल्छन् । धरतीबाटै चल्लाचल्ली अपहरण गर्छन् । चिल्लविल्ल हुँकार भर्छन् । आहार चाहार्ने थलो शुन्य ब्योम । आहाराका आधारभूमि धरनी । लेखनाथीय कालमहिमाका अभिव्यक्ति, ‘आयो टप्प टिप्यो, टारेर टर्दैन त्यो !’
मेलोमेसो मेरो । समाधिस्थ प्रश्न-सप्तषिर्को । भूगोल पढ्दाको खगोल सन्दर्भ । कुरो विद्यालय तहको । आदिम स्वकीय विद्यार्थी जीवनकालको । अहिलेको होइन । उहिल्यैको पुगनपुग तीन बीस वर्ष पुरानो । एकाध पारामा सीमित जानकारी उत्तरी आकाश । भनूँ आकाशको उत्तरतिर देखिने सातवटा ताराको झुण्ड । सप्तषिर् तारा गण । सात तारा समूह । जसले आपसी स्थान कहिल्यै बदलेनन् । यथास्थानमा यथास्थितिको अटल अवस्थाको पैरबी गरिरहे । खगोल विद्यावारिधिको अटल, स्थिर, अजम्बरी अवस्था । अविचलनका साक्ष नक्षत्रहरू ः सप्तषिर् तारापुञ्ज । आफूलाई विचलनमा नपुर्‍याई विचलनहरूलाई नियाल्न तिनसित सिकिरहेँछु । मौन भाषामा तिनीहरू बोल्न आउँछन् अनकन्टार ठाउँबाट । भेद्य त देखिरहेँछु । कताकताको चुपचाप चुपचाप स्वर । कानभरि गुन्गुनाइरहन्छ । यस्तो लाग्छ गुन्गुनाइहरू ः
‘कि हामी सात अलग अलग छौँ । हाम्रा स्वरूप उस्तै देखिँदा हुन् तर, फरकफरक छौँ । एक समान छैनौँ । हामी भिन्न भिन्न छौँ । हामी अन्तर छौँ । भिन्नखाले छौँ हामी । बेग्लाबेग्लै छौँ हामी । अन्तरतामा भिन्नता हाम्रो रूप । भिन्नरूपमा सग्लो स्वरूप हाम्रो । भिन्न आकार । भिन्न प्रकार । हामी फरक छौँ । कोही कता । कता कोही । सायद हौलाऔँ पनि कुनै साना । कुनै मझौला । कुनै ठूला अनि । हामी घुम्छौँ अक्ष र कक्षमा आफ्नै । कुनै मझौला । कुनै ठूला । हामी घुम्छौँ अक्ष र कक्षमा आफ्नै । धुरी र धुर हाम्रा आफ्नै । एकल एकल धुरी एक एकै । एकल धुरी एकलकाँटे छैनन् हाम्रा । हामी हाम्रा एकल धुरी एकल गतिमान चाल । हामी घुम्छौँ एक्लैएक्लै । प्रत्येकका अलगअलग एकल चालबाट सगोल सग्लो धुरी निर्माण गर्छौं । हाम्रा दूरी छन् । दूरदूरीमा हामी समीप छौँ । नजिक छौँ । आपसमा एक छौँ । अन्तर धुरीभित्रभित्रै हामी आपसी अन्तर सग्लो धुरी सिर्जना गर्छौं । सिर्जना हाम्रो सग्लो लक्ष । सिर्जना सग्लोपनको सन्तान । सग्लोपनको देन सिर्जना । असग्लोपन धुन्धुकारिता । तहसनहस मचाउँछ धुन्धुकारी । पुराणका एकल धुन्धुकारी । नेपालमा रक्तबीज । धुन्धुकारीहरू धुन्धुकारीहरू त जन्माउन सक्छन् । उद्यत छन् त्यसमै । पदीय उत्तरदायित्व उज्जाड उज्जाड । जीवन जगत् अखण्ड बाँझो खेतÙ नेपाली मैदाने फाँटहरू । पहाड पर्वत श्रृङ्खलाबद्ध पहिरो पहिरो । हरियो वन नेपालको धन । दिन दुगुना रात चौगुना फटाफट फडानी । वन विनाश जीवजन्तु चराचुरुङगी सखाप विनाश । सीमसार क्षेत्र कुरुक्षेत्र बन्छन् । जलचर तहसनहस्, बाग्मती, विष्णुमती प्रदूषित ढलबन्यो । प्राकृतस्वरूप सबै बने कुरूप । वातावरणमा मिचामिच । जोडजुलुम । प्रकृति सबै बने विकृति । वर्तमान हाम्रो यही स्वीकृति । बारबार दोहोर्‍याउनुस् उही पुनरुक्ति । पुनरुक्ति कहिल्यै बन्न सकेनन् सुक्ति र स्वीकृति । नेतागिरीको विकृत आकृति !’
ती श्वरगुञ्जनहरू मौन छन् । जुन् जुञ्जिरहे गुन्जन । कानभरि, मनभरि मनका लड्डुसरी । अविरल इन्द्रावतीझैँ । विकलका उपन्यासभरि ! सायद अमूर्ततालाई मूर्त पार्ने कठै चेष्टाझैँ । इन्द्रावतीलाई काठमाडौँ घुसाउने मूर्त हृवाइटहाउसे परियोजनाझैँ । काकाकूल काठमाडौँका अतृप्त प्यासझैँ । प्यासी प्यासहरूका प्रेमकल्पहरूका बौर्‍याइझैँ । जन पिशाचहरू जिन्दगीलाई यहाँ आहालहरूमा चोपलिदिन्छन् । चोपलिएका छन् पनि हाम्रा जिउँदा लाशहरू । थाहा छैन अर्धचेत छु । अथवा चत नै अर्ध मात्र छ । लाग्छ, हामी यतै जताततै चिहान खनिरहेझैँ । चिहान जहाँ एक निमेषमै खर्लप्प खनिएझैँ, पुरिएझैँ । अमूर्त स्वहरू मूर्त आख्यान भर्छन् । कानभरि स्वर गुञ्जने गुञ्जनहरू । सायद स्वर गुञ्जनहरू सप्तषिर्का थिए वा हुन् । सायद ब्योमबाट निःसृत स्वरगुञ्जनहरू । अभिसप्त बन्छु । निरपराध म निरपराध । विराउनै पर्छ, होइन त्यो पनि । अपराधैअपराधहरूका ढेरहरूमा जकडिएर बसिन्छ जो अपराधको । हिङ नहोस् हिङको टालो सरी । महकिन्छ । ठस्ठस् ठस्किन्छ सीमित परिवेशभरि । परिवेशभित्रको परिवेश एक म । सीमित परिवेश । मान्छे जस्तो परिवेशमै सीमित म तर पनि मौन स्वर गुञ्जनहरू गुन्गुनाएकै हुन्छ । जल्पनाका ती स्वरहरू यसरी ः
‘कि हामी आकाशे सप्त पिण्ड हौँ । हामी सात अलग अस्तित्वधारी नक्षत्र हौंँ । हामीलाई तिमीहरूले नामकरण गर्‍यौ । नाम थिएनन् हाम्रा । हाम्रो परिचय भन्नु नै नाम थिएन । हामी अनाम आकाशे पिण्ड । नाम अहंबाट उल्किएको अस्तित्वको प्यासी जलप मात्र । अस्तित्वको चेष्टा जगाएर मान्छे जल्पना जप्छन् । तिनै जल्पनाको जलप त हुन् तिमीहरूको अस्तित्वबोधहरू । नासवान निरन्तरताको चेष्टा नास्तिकवादको चूरो हो । नास्तिकवादले ईश्वरको अस्तित्व अश्वीकार मात्र गरोइन, सायद । नास्तिकवादले यावत पदार्थकै नश्वरतामाथि आश्वस्तता जनाउँछ । कुनै पनि अस्तित्वमाथि निरन्तर एकल आस्था अटल नराख्नु नास्तिकवादको अपिल लाग्छ । परिवर्तन विश्वरूप । विश्वदर्शन परिवर्तनशीलतामा प्रतिबिम्बित रहन्छ । सबैले भोगे परिवर्तन । अस्तित्व परिवर्तनकै छ यदि कतै यतै अस्तित्वको रहन्छ भने । ईश्वर अगाडि ‘न’ जोडौँ । नईश्वर । नश्वर क्षणभङ्गुर । अल्पसयम । अल्पलाई कल्प ठान्नु जल्प । जल्पना जीव चेत बनेछ । यो जल्प खेती वर्तमान युगबोध बनेछ । कठोर । आविस्कार र प्रजननले नश्वरतामाथि बल प्रदान गरेछ । जति आविस्कार र प्रजनन छन् ती नश्वर छन् । एक पछि अर्कोको अस्तित्व मेटिँदैछ । दिगो अस्तित्व नहुनुको अस्तित्व नश्वरतामा टुँगिन्छ । सबै-सबै अस्तित्वहरूका अन्तिम स्वरूप नै परिणति हो । परिणति परिवर्तनका प्रक्रियागत आकृति हो, स्वरूप हो । परिवर्त नै चाहना बन्छ सबैको । प्राकृत नियममा रुमलिन्छ । प्रकृतिभन्दा शाश्वत अरू के ? प्रकृति आफैँ परिवर्तन भइदिन्छ कसैले कतै प्रकृतिविरुद्ध प्रकोप चलाए । ईश्वरलाई नश्वर बनाउने तिमीहरू नै । विश्व प्रकृतिमा प्रलयङ्कारी प्रकोप पार्ने पनि तिमीहरू । आणविक, परमाणविक प्रदूषणले प्रकृतिमा प्रकम्पन पैदावारी प्रजनन कसको ? हामी समाधिष्थ प्रश्नको पेटारो अघिसाछौँ ? पृथक् पृथक् सात अलग पिण्डलाई एक आकारमय समाधिष्थ प्रश्न चिन्ह हाम्रो निर्माण । सिर्जना हाम्रो । चुनौती संसारभरलाई हाम्रै । नश्वर भएरै नस्वर भएस् ।
आफूभित्र आफैँ नरहेजस्तो । मबाट मै बिलाए जस्तो । अवशान नै अवशानले अँगालेजस्तो छुँदा पनि नछोड्ने भइएको हुन्छु । बोलाउँदा नि नबोलाएजस्तो । अँगाल्दा नि स्पर्शविहीन भइएझैँ । कति नश्वर नश्वर । अखिलेश्वर । निखिलेश्वर । कुलेश्वर । त्रिपुरेश्वर । भृकुटेश्वर । कोटेश्वर । ज्ञानेश्वर । बानेश्वर । स्थानेश्वर । तेजेश्वर । नश्वर नश्वर । आफूमा आफैँ नहुनु नश्वर । छैन प्रायः म । छु त भनी टोपल्छु । नरहेकै हु्न्छ । नरहेर अझै छु भन्ठान्छु । सश्वर होला तर, नश्वर । यथार्थमा । यो पहिचान । यो अभियान । यो परिणाम । यो महिमागान । यो सुनसान । यो शान । यो मान । यो जलपान । यी महलहरू आलिशान । यी भीमकायहरू बलवान । एक चौथाई आयुका धाम । तीन चौथाई साम । तिनका एक खण्ड छलछाम । एकखण्ड धुमधाम । एक खण्ड जोरजाम । यो धाँधलीको दुनियाँ । धाँधली नेता । राजनेता यसका क्रेता बिक्रेता । हर्ताकर्ता । मृत्युको मुखेञ्जी बाँच्छ यो, त्यो । यो, त्यो, पनि । त्यो यो पनि । त्यो पनि यो पनि । हाली मुहाली । अरिङ्गाले …..गोला । यमराजको झोला । आतङ्ककारी बम गोला । छोए पाप लाग्ला । हरे हारमान्ला । सफाइ अभियानका कसिङ्गर यी । वंशपरम्पराका विरोधी यी । वंशपरम्पराका थमौती नै यी । पिता-पुत्री । सुं वंशका उत्तरकोरियाली । इराकमाथिको धाँधली अमेरिकाली । कङ्काली महाकाली । भिनाकी सुकुमारी साली ! वैभवशाली । यौवनकी आली । व्यभिचारी वाली । दुर्गन्धी नाली । प्रजनन्शाली हालिमुहाली । अनर्थवान अनर्थशाली । साँचो अर्थ र परिभाषामा जीवनको जीवन्त कहाली । अलिकति उकाली, उभौँली । यति क्षणभर देउराली । लामो बराली । आफ्नै प्रजनन् लीला । पर्खाइछ गर्भ त नितान्त मैला । मैला ेगर्भका प्रजनन् कस्तो होला ? भुलभुलैयामा कटिबद्ध विश्वासमा सेरिनेछौ । समाधिष्थ सप्तषिर्को आकृतिमूलक प्रश्नचिन्ह मुद्रा ।
गुञ्जिएको गुञ्जिए नै रहृयो । निद्राकालीन अहोरात्र बित्यो….छर्लङ्ग । मन शान्त भएन । हुनै सकेन । सप्तषिर् तारागणको निश्वर स्वरगुञ्जन गुनगुन । झन्कारबिनाको स्वरगुञ्जन । मौन भाषाका सूचक । भाषिक तन्द्रा । उत्तर ध्रुवीय तुन्द्रा । किंकर्तव्यविमूढ मुद्रा । ठोस होइन । मात्र खुद्रैखुद्रा । फजीत बन्छु । विशृङ्खलित यी जिन्दगीका टुक्रैटुक्रा । नितान्त कष्टसाध्य । कठोर काम । झीनामसिना । टुटेफुटेका कसिङ्गरजस्ता । टेके घोच्दो चकनाचुर अवस्था । ठक्करमा चूरझूर बनेका गाडीको सिसा । पाइलापाइलामा चाहिँदो कत्रो होसियार ! ए ! कतै पाइन्छ कि होसियारीका डिपार्टमेण्टल स्टोर ? छन् भन्ने सूचना भर । भरौँ । आऊ ! ढिलो भयो । छिटो आयो ! आऊ ! आइएस् । आउनुहोस् । आइस्योस् । भाषैले विभाजित नेपाली संसार । नेपाली समाज । नेपाली रवाफ ! नेपाली कवाफ । नेपाली कवाज । नेपाली आवाज । नेपाली कव्छास् । नेपाली च्वास् च्वास् । नेपाली झ्वास् झ्वास् । नेपाली ˆवास् ˆवास् । घोचिरहेछ अव्यक्त श्वर गुञ्जन । नछेस्को ! नडिस्को ! निरन्तर चस्चस् घोचाइको ढिस्को । कसको कसको ? अत्तोपत्तो छैन । रणभुल्लै रणभुल्ला । मनभित्र खुल्लखुल्ल । मात्र खुल्लखुल्ल । सबका कारण नेपाली टाउके, लाउके । दाउखोज्ने डाउके । भाउखोज्ने भाउके । मौका चहार्ने मौके । लौकाजस्ता लौके । तालतलाउका तपस्वीजस्ता बकुल्ले । भित्र खुकुल्ले । बाहिर कुरकुरे । अन्तस्करण झुरझुरे । आफँैसित आफैँमा लुरलुरे । अब त अलाँपू अलाँपू लाग्छ । राजेन्द्र थापाका गीतका बोल । अम्बर गुरुङका सङ्गीतमा र अरुण लामाका स्वर गायनमा ः
‘पोहोर साल खुुसी फाट्यो,
जतन गरी मनले टालेँ ।
त्यही साल माया फाट्यो,
त्यसलाई पनि मनले टालेँ ।
यसपालि त मनै फाट्यो,
केले सिउने, केले टाल्ने हो ?’
लाग्छ, कतै देश देशान्तीरैछ । विक्षिप्त विक्षिप्त अलपिरैछ । कहिले मैसित । कैलै मजस्ता महरूसित । प्रत्येक साल फाट्दै गरेको देशबोधका यी गुनगुनाइहरू । मार्मिक लाग्छ । शब्दशब्दका बोली वाणीमा । भावनाका भाव तरङ्गमा । भावनाका भाव तरङ्गमा मान्छेमान्छे तरङ्गएिका हुन्छन् । तरङ्गरिैछन् । मान्छेमान्छेमा मान्छे तरिङ्गनु भनेको समाज तरङ्गनिु । मान्छेमान्छेका समाज तरङ्गनिु देश तरङ्गनिु हो । देश तरङ्गदिा पहाड प्रकम्पित हुन थाल्छ । पहाड प्रकम्पित हुनथाल्दा हिमताल छचल्किन पुग्छन् । हिमताल छचल्किँदा छहरा-पहरा छताछुल्लिन पुग्छ । छहरा-पहरा छताछुल्लिँदा नदीहरू बौलाहाउन थाल्छन् । एकपछि अर्को । अर्कोपछि अर्को । गर्दागर्दै उनीहरूले भर्दाभर्दै राष्ट्र विक्षिप्तिन पुग्छ । तैपनि समाधिष्थ प्रश्नको पेटारो पेटारिएकै हुन्छ । प्रश्नको पेटारो उही सप्तषिर् तारागराका अनन्त प्रश्न । अहिलेसम्म समाधिष्थ प्रश्न सप्तषिर्कै मात्र लागेको थियो । यो भानको भाव सन्सार । भानैभानमा रुमलिन्छ । भावनाको यो भाव संसार भावनैभावनामा छताछुल्लिन्छ । टाउके लाउकेहरूको दायित्व पहरा-छहरालाई हल्लिनबाट पाखुरिनु थियो, त अनि रहेछ । लाउकेहरूमा टाउको हराएपछि टाउकोको काम मुर्कट्टाहरूबाट सम्भबिन्छ नै कसरी ? माटो फुरिन्छ विवेक बलमा । बाँझो फोरिन्छ पानीको नालिबेलीमा । हलो, जोतिन्छ हलीका कौशलमा । कौशल भन्नु कुशलता । कुशलता नै पर्याप्तिन्छ कौशलका निमित्त । कुशलतालाई कौशलतामा बङ्ग्याएर बठ्याइर्ं भरेर होइन रˆफु । मलाई मसित मेरै म मरमराउन थाल्छ । यसरी कि जसरी यहाँ यहाँहरूसित भरभराइरहेछु । लाग्छ, छताछुल्ल छु अहिले आफैँ । कतै यतै अब त सप्तषिर्हरूको समूहलाई आहृवान गरुँ-आहृवान’! आओ ! गौतम आऊ ! आओ ! भरद्वाज
आऊ ! आओ । विश्वामित्र आऊ । आओ ! जमदग्नि आऊ । आओ ! वसिष्ठ आऊ ! आओ ! कश्यप आऊ !’ आओ ! अग्नि आऊ ।
यतिले पर्याप्तिन्न । तरङ्गले तरङ्ग तर्काउँछ । तर्क र तरङ्गको जीवनजगत्मा तर्क पनि तरङ्ग बन्छ । तरङ्ग तर्किन्छ । तरङ्गैतरङ्गमा मचिन्छ, मचाइन्छ । फगत तर्क भइदिन्छु । अर्कहोस् नहोस् तर्कमा बेपर्वाह मच्चिदिन्छु । अर्कैले अङ्कमाल गर्दै सुमसुम्याउँछ मलाई । अङ्कमालको अर्क भइदिन्छु । लाग्नथाल्छ फेरि पनि । अङ्कमालको अर्क अलौकिक आनन्दप्रद लाग्छ । आनन्द सागरमा पौडिन पुग्छ । डुबुल्की आनन्ददायक बन्छ । प्रत्यक्ष अनुभूति आनन्दकुञ्ज बन्छ । लाग्छ सप्तषिर्पुञ्ज प्रश्न गर्दैछ मैसित । म भन्छुÙ भन्दै जान्छु । सप्तषिर्को नाम यसभन्दा अरू नि छन् । मरीचि, अत्रि, अङ्गिरा, पुलह, ऋतु, पुलस्त्य अनि वसिष्ठ पनि । मनै त हो डोलिन्छ । चमरझैँ, पङ्खाझैँ । सम्भवतः प्रश्नचिन्ह वाचनका पहिलो वाचक उनै नभचारी सप्तषिर्पुञ्ज थिए । प्रश्न समाधिष्थ सतत । नित्य नितान्त सप्तरङ्गी सूर्यकिरण । माङ्गलिक कार्यमा अग्रणी सप्तमातृका । ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, इन्द्राणी, चामुण्डा, बाराही । वैयाकरणमा आधार सूचक बन्छ सप्तमी । मा, माथि आदि, आदि । जमीनमा । पानीमाथि । सप्तसिन्धु नदी । भारतीय उपमहाद्विपको पञ्जाव क्षेत्रका प्रसिद्ध सात नद परिसर परिचर । झेलम, चिनाव, राबी, ब्यास, सतलज, द्वषद्वती अनि सरस्वती । सात नदी । निरन्तरगतिका प्रतीक । आफूलाई आफैँ छान्दै सङ्ल्याउने प्रवाह नदी । नदी पनि पानी । पानी नि नदी । पानी पानीहरू नदी । नदी पानीहरू । पानीहरू हामीहरू । हुनुपर्ने तर ….। नसकेका बन्न हामी । सकेका सखाफ हामी । सकिएका सराप सतीका असती । असतले कुल्चिएर डगेका सत नेपालका हामी असत नेपाली । हामीलाई सप्तषिर् महिमा आउँदैन । हामीलाई सप्तरङ्गी चुनरीको ताज फित्ता गुथ्ने कौशल आउँदैन ।
Geeta Tripathi – Ma Eklo Ra Udaas Ustai (Nepali Essay)
गीता त्रिपाठी – म एक्लो र उदास उस्तै
(मधुपर्क जेठ, २०६७)
छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकाङ्क्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिशापजस्तो जितको अर्थ नै के छ र !
एउटा ठूलो रङ्गहीन रङ्गशाला । खेलहरू अनेक छन् र अनेक विशेषताका छन् खेलाडीहरू पनि ।
म स्वयं पनि त एउटा खेलाडी, यो सहरमा बीस वर्ष पहिले एउटा साधारण प्रशिक्षार्थीका रूपमा प्रवेश गरेकी । मभित्रको खेलाडी अलि फरक थियो सायद । अहिलेजस्तै त्यसबेला पनि प्रतिस्पर्धाका निम्ति मसँग कुनै खास खेल थिएन र खेल्नुको अभिरुचि पनि थिएन । एउटा सरल स्वभाव र अनुशासित अतीतको सामल बोकेर म जिन्दगीको नयाँ बसपार्कमा आइपुगेकी थिएँ । र, सोचेकी थिइन, जिन्दगी यहीँ यसरी टा्रफिक जाममा परेर थन्किरहनेछ, कैयन् वर्षहरू यसरी यसरी नै….., र, म पुरानो बसपार्कको साँगुरिँदै गएको गल्लीबाट आˆना हराएका समयको अदृश्य पानाहरू खोज्दै उदास भौँतारिइरहनेछु ।
पहिलोपटक बाह्र वर्षको उमेर थियो, म यो भीडमा केहीबेर हराउन आइपुगेकी थिएँ । रहरले होइन एउटा विवशताले ओरालेको थियो मलाई त्यसपल । निर्दोष एउटी पहाडी केटी, कौतुहलताहरू उम्रनै नपाई मरिसकेको अवस्थामा आँसुको उपहार बोकेर जाँदै थिएँ- महाराजगञ्जको कुनै उजाड महलतिर ।
खै कुन लगनले जुराएथ्यो मेरी दिदीलाई यो अपरिचित सहरमा नयाँ जिन्दगीका सपनाहरू देखाएर । गाउँमा एसएलसी पास गरेपछि अगाडि अर्को गन्तव्य थिएन । बीस वर्षको रहरलाग्दो उमेरमा उच्च शिक्षाका लागि यो सहरमा भित्रिएकी साबी दिदी, उनलाई देखेपछि कसैले आˆनो जीवनमै भित्र्याउन चाहृयो । आमाबुबासम्म पुग्यो प्रस्ताव, लगन जुर्‍यो र पलाञ्चोक भगवतीलाई साक्षी राखेर बिदा गर्‍यौँ ०४१ सालको पहिलो वासन्ती महिनाको मस्त-मध्येमा, अर्थात् वैशाख १७ गते । दोस्रो बिदाइ थियो त्यो, त्यसअघि नै ठूली दिदीको बिदाइ भइसकेकाले विछोडको बानी परिसकेथ्यो सायद । दिनहरू बिजुली चम्काइको गतिमा बितिसकेछन्, यो अनुभव त्यसबेला भयो जब आठै महिनापछि मेरी दिदीको जिन्दगीमा वियोगान्तको बीभत्स आँधी आयो, उनको जीवनको महल भत्कियो । आँसुको नयाँ पोखरी बन्यो, खुसीको सुक्यो । म त्यही आँसुको पोखरीमा आँसुकै उपहार मिसाउन जाँदै थिएँ, पहिलोपटक त्यसरी तय भएको थियो, मेरो काठमाडौँको यात्रा । त्यसबेलाको विषादमय अनुभूतिले मलाई जीवनभरि नै यो सहरसँग खुसी हुनै दिएन, मानौँ म यो सहरमा एउटा दुःखान्त कथा हुँ, जो अनुवाद हुँदैछ- सुक्दैसुक्दै गएको रानीपोखरीमा । यहीँ हराउनेछु एकदिन मैले आˆनै प्रतिबम्ब र सायद पछि खोजेर पनि भेटिने छैन, यसरी बिलाउनेछु म, यसको सुरुवात भइसकेको आभासले तर्साइरहेछ निरन्तर ।
सम्झँदैछु, चौबीस वर्ष पहिलेको त्यो कथा- भित्ताभरि पोष्टर र पम्प्लेटहरू थिए । मलाई कुनै पोष्टरले तानेको थिएन । ती सबै मलाई मेरी दिदीको वैधव्यको उपहास-चिहृनजस्तो प्रतीत हुन्थ्यो । मलाई यो सहरसँग गुनासो त थिएन तर मेरो गाउँको कोमलता यहाँको माटोमा आएर जमेको सिमेन्ट हुनपुग्यो, म यसैले आकुल थिएँ । रानीपोखरीको उत्तरतिर महाराजगञ्ज लाग्ने ट्याम्पो स्टेसन थियो, मसँगै यात्रारत हुनुहुन्थ्यो ठूलो भिनाजु । छ सिटे पुरानो ट्याम्पोको साँगुरो सिटमा च्यापिएकी थिएँ म, रानीपोखरी मेरो आँखाबाट विस्तारै टाढिँदै गयो, मलाई त्यसबेला असफल मानिसहरूले आत्महत्या गर्ने ठाउँजस्तो लाग्थ्यो रानीपोखरी । लाग्थ्यो मेरी दिदीका सपनाहरू कतै त्यहीँ डुब्दै पो हुनेछन् कि ! आखिर रेडियोमा मैले यस्तैयस्तै समाचारहरू नै धेरै सुनेकी थिएँ, तिनै स्मृतिमा उदास टोलाइरहेको रानीपोखरीमा समयका रित्तिँदै गएका यिनै अवसादहरू अनुभूत गरिरहन्छु आजभोलि पनि ।
त्यसदिनको मध्यान्हमा सेतो वस्त्रमा बेरिएकी दिदीको त्यो अवस्था मेरो स्मृतिमा आज पनि त्यत्तिकै चोटिलो भएर बसेको छ । तिनी के गर्छिन् होला हामीलाई भेटेपछि ? म आउने परिस्थितिसँग सामना गर्न डराइरहेकी थिएँ, ठूलैलाई पनि समाल्न गाह्रो त्यस्तो घटना थियो, म त बालकै न थिएँ तर दिदी शान्त भएर देखिइन् । चुपचाप हामीले आँखाका संवाद मात्रै साँट्न सक्यौँ । पुसको मध्य जाडोमा उनको कठ्याङ्िग्रएको जीवनकथा म ठीकठीक लेख्न सक्दिन यहाँ, ती शब्दहरू जो मभित्र जमेका छन् यहाँ ओर्लिन मान्दैनन् र यो गर्मीको मौसममा पनि तिनलाई पगाल्ने सामथ्र्य मसँग छैन, बरु मेरो मन अनायासै पग्लिन खोजिरहेछ । हामी त्यसैदिन फर्किनुपर्ने थियो- पहाडघर नै । विचार लिएर गएको मान्छे बास बस्नु हुँदैन भन्ने संस्कार एकातिर थियो, अर्कोतिर यहाँ बस्न मनै थिएन । छुट्ने बेलामा दिदी अकस्मात् बेस्सरी रोइन् । आजसम्म पनि उनको त्यो महारोदनको ˆल्यासब्याकले मलाई विक्षिप्त बनाउँछ, दोस्रोपटक उनी त्यसरी रोएको मलाई याद छैन । उनले रुँदैरुँदै भनेकी थिइन्- “मलाई आˆनोभन्दा बुबाको चिन्ता लागिरहेछ ।” त्यसपछि आजसम्म पनि उनले हाम्रो जीवनमा पैत्रिक जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । आˆनोलागि त उनले बाँच्नै बिर्सिदिइन् ।
मे दिवस २००९ को मध्यान्ह । मैले रानीपोखरीको डिलबाट गुजि्रएको त्यो पुरानो सम्झनालाई नयाँ संस्करण गरेँ यसपालि । जानु कहीँ थिएन, विशेष केही पनि थिएन तर कहिलेकाहीँ गन्तव्यविहीन यात्राको सम्भावना हुँदोरहेछ जीवनमा । यस्तै एउटा यात्रा थियो त्यसदिन, सफा टेम्पोको यात्रा, रानीपोखरीको किनार र आकाशेपुलमाथि उभिएको मेरो सम्पूर्णता ।
आकाश सिङ्गै ओडेको धर्ती फेरि पनि नाङ्गै थियो । घामको प्रत्यक्ष आगमन नभए पनि गर्मीको रापले यात्रा र यात्राविहीनता दुवै पललाई असर गरिरहेको थियो, मन भने स्थिर थियो नै । अपेक्षित-अनपेक्षित जम्काभेटहरूमा प्राप्ति या अप्राप्ति केही थिएन । आकाशे पुलको सिँढी, सिँढीका दुवैतिर असहाय-अपाङ्ग-रोगी, वृद्ध र बालकहरूको छुट्टै प्रदेश । यस्तो दृश्य महानगरको यात्रामा सधैँसधैँको सबैभन्दा कठीन दृश्य हुनेगर्छ मेरालागि । चानचुन पैसामा तिनका भोक र पीडाहरूको प्रतिध्वनि साटेँ, तल सडकमा अधिकारका लागि एकजुट भइरहेका मजदुरहरूको सामूहिक भेला बढ्दै थियो । अव्यवस्थाको आक्रोशमा शब्दहरूको अनर्गल प्रवाहले मे दिवसको गरिमालाई हिलो छ्यापेको प्रस्ट अनुभव हुन्थ्यो । कर्मपि्रयता या कर्मी पि्रयता कहाँ कुनमा सार्थक छ आजको दिन ? दुवैको समन्वित-चेतनाको गरिबीले भयग्रस्त समयलाई आँखाको नानीभित्र कैद गरिरहेँ । वास्तवमा म चाहन्थेँ कर्मपि्रय हातहरूको सामूहिक हातेमालो, आपसी सद्भाव र एकताबद्ध नेपाली मन । मेरो चाहनाको हत्यारा समयलाई नचाही-नचाहीकन कैद गरेँ मैले मे दिवसको अदिवसीय दिन, र म झन्झन् एक्लो अनुभव गर्दै थिएँ । हिजोआज सहरमा परिचयको होड चलिरहेको छ, यो राम्रै पनि होला तर आˆनो परिचयको लागि अरूको अस्तित्वको, स्वाभिमानको उपहास गर्नु कति उपयुक्त हुन्छ ? मानवताको धर्मशालामा अब विवेकको कुनै सम्भावना रहेन त ? मानिस रहिरहनका लागि समयसँगै नबदलिनु पर्ने एउटै कुरा हो मानवता ।
एउटा परिचितजस्तो अनुहारसामु मेरो दृष्टि समाहित भयो । बल्ल चिन्यौँ हामीले एकअर्कालाई । हुन पनि एकैपटक भेट भएको थियो- अन्नपूर्ण एफएम पोखराका दीपेन्द्र श्रेष्ठसँग गतवर्षको दसैँपछिको पोखरा यात्रामा रहेका बेला । उनी कसैलाई पर्खँदै यताउता गर्दै थिए आकाशेपुलको लेकसाइडमा । जमलमा बोलाउने साथीले मिटिङ प्वाइन्ट नखुलाउँदा उनको पर्खाइ केही कष्टकर भइरहेको अनुभव भयो मलाई । मोबाइलले पनि सम्पर्क हुन नसक्ने खबर दिएपछि उनी अझै निराश देखिन्थे । हाम्रो छोटो भेट उत्तरआधुनिक शैलीको भयो, उनी आˆनै कथाको पात्र खोज्दै थिए, म आˆनै कथाको सिलसिलामा जोडिन चाहन्थेँ । ओर्लने भर्‍याङ एउटै थियो, यद्यपि बाटो फरक । उनी लागे विश्वज्योतिहल हुँदै, म मोडिएँ रानीपोखरीको बारैबार रत्नपार्कतिर । दीपेन्द्रजीका बारेमा म भन्न सक्दिन तर मेरो मोडिनुको निष्कर्ष मलाई नै थाहा थिएन ।
आज सार्वजनिक छुट्टीको दिन, मलाई कलेजमा मजदुरी गर्न जानु थिएन तर औजारहरू किन्नु थियो, अझै धेरै खोस्रनु छ मस्तिष्क । अझै धेरै तिखार्नु छ हतियार । विचार शून्य नहुञ्जेल विचार गरिरहनुपर्छ । भ्रम भन्दै भ्रमको खेती गरिरहनुपर्छ । वैरागी काइँलाको हाट भर्ने मानिस पढाउनुछ भोलि, हिजो वाचन गर्दा विद्यार्थीहरूको अनुहारको भावविहीनता सम्झन्छु, सोधेका थिए- “किन पढ्नुपर्ने यस्तो कविता ?”
जवाफ भोलि दिनु छ मैले । आज सोचिरहेँछु- “साँच्चै किन पढाउनुपर्ने यस्तो कविता ?” ती जो यही भीड भएर हिँडून्, यही समयको रेखामा हिँड्दाहिँड्दै मेटियून्, वा मेटिनेछन् कुनै दिन हाट भर्दाभर्दै-
मलाई झन्डै छोएर जाने
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज…. जिन्दगीको छेवैनिर भएर गयो…..
सायद यो कविता पढाउनु हुँदैन, यो पढ्ने विषय होइन । हाम्रोमा पढ्ने विषयप्रति घोकन्ते विद्याको छाप छ । यो पाठकले आफै बाँचेको समय-कवितालाई कसरी जीवनबाट अलग्याएर बुझाऊँ म, कसरी कण्ठस्थ गराउँ । हाम्रा विद्यार्थीहरू अझै पनि पढ्नुपर्ने स्रष्टा दिवङ्गत भइसकेको हुनुपर्ने ठान्छन्, जन्ममितिसँगै मृत्युमिति माग्ने बानी परिसकेको छ तिनको । यो भीड छिचोल्दै म पाठ्यसामग्री पसलको सामुन्ने पुग्छु, कमलजीको दुब्लो अनुहारमा सधैँ देखिने चमक पुस्तकसँगै उठाउने अभिलाषा, यही दिनको खडेरीमा मिसिन्छ । सडकपारि बन्द सटर छ, वारि बन्द पृष्ठहरू छन् जीवनका । आफैँबाट अनभिज्ञ म फेरि एकपटक असमञ्जसमा पाइला बढाउँछु- “अब कता जाने ?” प्ाारि जाने बहाना मिलेन, वारिवारि नै एक फन्को मार्दै गएँ । घण्टाघर मलाई विस्मयपूर्वक हेरिरहेथ्यो, म त्रि-चन्द्र कलेजको गेटबाट पास हुँदै थिएँ । मेरो अतीत यहीँ आएर रोकिन चाहन्थ्यो ।
मेरो स्मृति र पाइलाको गतिमा तालमेल भइरहेको थिएन ।
रानीपोखरी मेरो कथाको अनवरत अमूक वाचक । किनकिन आज यस्तै लागिरहेथ्यो । २०४८ सालको भदौ २१ गते । सरस्वतीसदनको माथिल्लो तला र मेरो बी.ए. प्रथम वर्षको
अङ्ग्रेजीको परीक्षा । भदौ चार गते दिवङ्गत हुनुभएका ससुरा र अन्तिम संस्कारसम्बन्धी काममा लागेको पन्ध्र दिन । अप्रतीम दुःखका अनेक पहाडहरू छिचोलेर उन्नाइसौँ दिनमा काभे्रबाट पुनः काठमाडौँ आइपुगेकी थिएँ म ।
२० गते एकदिन आराम गरेँ र २१ गते परीक्षामा सामेल भएँ । प्रश्नपत्र हातमा परेपछिको मेरो अवस्था बुद्धत्व प्राप्त भएजस्तो शान्त थियो, न साथीसँग सोधपुछ गर्ने इच्छा, न उत्तर लेख्ने हतार । मेरो पढाइको सफलतामा अनौठो आशा र खुसी व्यक्त गर्ने ससुरासँगको वियोग, मन अझै कर्मको केन्द्रबाट विचलित कतै भौँतारिरहेको हुँदो हो, म स्वयं अनभिज्ञ थिएँ, सायद छरिएकी थिएँ, आˆनै मनको परिधिमा ।
झ्यालबाट यसो बाहिर चियाएँ, हरियो र शान्त, जलमय थियो रानीपोखरी । मेरो मन त्यही सघनतामा आकषिर्त थियो । करिब पन्ध्र-बीस मिनेट म निर्निमेष त्यो जलाशयमा मेरो अनियन्त्रित मनको केन्द्रबाट पौडिरहेँ । त्यसपछि कुन्नि के भयो, म सेतो अभ्यास पुस्तिकातिर फर्किएँ । जे लेखेँ, आˆनै मस्तिष्कको आदेशानुसार लेखेँ । यसरी नै बिते परीक्षाका दिनहरू । अन्ततः परिणामको दिन म द्वितीय श्रेणीमा उत्तीर्ण भएको खबरले मेरो परिस्थितिसँग जानकार मित्र र आफन्तहरू दङ्दासपूर्ण हर्षमा सहभागी भएको मीठो अनुभूति अझै ताजै रहेछ मभित्र । म यसरी आˆनो विद्यार्थी जीवनका भोगाइ र चुनौतीका पूर्वस्मृतिमा रानीपोखरीको किनारैकिनार हिँडिरहेँछु, भोलि पढाउने विषय मेरो आँखाभरि दृश्याङ्कन भइरहेछन्- हाट भर्ने मानिस, रानीपोखरी र मेरी दिदीको सडकमै पोखिएको सिउँदो । पुसको एक साँझ मृत्यु यसरी जिन्दगीलाई किचेर गएको थियो र मलाई पहिलोचोटि रानीपोखरीको छेउबाट डल्लो ट्याम्पोको यात्रा तय गर्नु परेको थियो, २४ वर्षअघि ।
म अझै यात्रामै छु, रानीपोखरीको एक फन्को पूरा भएको छ । केही पुस्तकहरू आजको अभीष्ट बनेका छन् । मण्डला बुक र एजुकेसनल मेरा आशाका दुई केन्द्र अझै खुलै छन् । म गन्तव्यविहीन यात्रामा गन्तव्यको केही सम्भावना बोक्छु । पाइलाहरू स्वचालित छन् उतैतिर । मन भने एक्लोपनको असहाय अनुभूतिले बिथोलिन खोज्छ घरिघरि । व्याख्यातीत विसङ्गतिहरूले जेलिएको यस परिभ्रमणमा अनायासै पल्टिन्छ एउटा पुस्तकको पन्ना र मेरै कथासँग अनुवाद हुन्छ यसरी-
म एक्लो र उदास उस्तै
Raghu Ghimire – Gurukul Ma Juttaa
रघु घिमिरे – गुरुकुलमा जुत्ता
(मधुपर्क जेठ, २०६७)
‘गुरुकुलमा जुत्ता’ यो कस्तो शीर्षक बनाइएको हो जसको कुनै सङ्गति या मेल नै देखिँदैन भन्ने पाठकलाई लाग्नसक्छ । ‘गुरुकुलमा जुत्ता’ भन्नु भन्दा त गुरुकुलमा विद्यार्थी, शिष्य वा चेला भनेको भए राम्रो हुन्थ्यो भन्ने किसिमका धारणा वा विचार आउनु स्वाभाविकै हो । गुरु भएपछि त्यहाँ सँगसँगै गाँसिएर आउने पहिलो शब्द भनेको त शिष्य अथवा विद्यार्थी नै हो भन्ने कुरामा मतान्तर नहोला । यति हुँदाहुँदै पनि गुरुकुल र जुत्ता शब्दमा केही सम्बन्ध भएको भेट्टाएर नै यो कुरा अघि सार्दैछु ।
प्रसङ्ग केही वर्ष अघिको हो, यो लेखक एउटा साहित्यिक कार्यक्रमको निम्तो पाएकोले त्यसमा सम्मिलित हुन काठमाडौँको गुरुकुल नाउँ भएको नाट्यशालामा पछिल्लोपल्ट पुग्यो । त्यहाँ कार्यक्रम सञ्चालन हुन लागिसकेको थियो । मञ्चमा बत्तीको उज्यालो भए पनि दर्शक दीर्घाको बत्ती भने निभाइएको थियो । यस्तो स्थितिमा त्यहाँको नियमअनुसार जुत्ता फुकालेर हातले बोकेर त्यही कक्षकै एक ठाउँमा अरूहरूले राखेकै ठाउँमा आफ्ना जुत्ता यो लेखकले राख्यो । मञ्चकै नजिक ओछ्याइएको दरीमा अरू दर्शकहरूसँगै पलेंटी मारेर बस्यो । यसरी बस्नलाउँदा यो लेखकलाई एक प्रकारको रमाइलो अनुभूति पनि भयो, ‘गुरुकुल’ नाउँ सार्थक भएजस्तो पनि लाग्यो । मञ्चमा आसीन व्यक्तित्वहरूले एक एकगरेर आफ्नो अभिव्यक्ति प्रकट गरिरहेका थिए । गुरुकुलको त्यस कक्षमा कति आमन्त्रित व्यक्तित्वहरू थिए भन्ने कुराको अनुमान यो लेखकले गर्न सकेन, किनभने त्यहाँ दर्शक दीर्घामा बत्ती निभाइएको थियो । यस्तो स्थितिमा पनि त्यहाँ बजेका तालीको गडगडाहटले धेरैजना रहेछन् भन्ने अड्कल भयो । यो लेखक ती अरू धेरै श्रोता वा दर्शकसँगै त्यति रमाउन सकेन, दृष्टिमञ्चमा भए पनि ध्यान भने आफूले फुकालेर राखेका जुत्तापट्ट िनै गइरहेको थियो । अँध्यारोमा छामछाम छुमछुम गर्दै राखेका जुत्ता अरू कसैले थाहा पाइ वा नपाई लगाएर हिँडिदिने पो हो कि ! त्यसो भएमा के गर्ने होला भन्ने किसिमको तर्कना आइरहृयो ।
कार्यक्रममा निमन्त्रित भएर गएको व्यक्तिले कार्यक्रममा ध्यानदृष्टि दिनु सट्टा आˆना जुत्तामा नै केन्दि्रत गर्न पुग्दा एक प्रकारको छटपटी अनुभव हुन थाल्यो ! कार्यक्रम कतिखेर सकिएला र आफ्ना जुत्ता खोज्नपट्ट िलागौँला भन्ने भावना आइ नै रहृयो । यस्तो भए पनि त्यहाँबाट जुरुक्क उठेर हिँड्ने अवस्था पनि थिएन । अर्कोकुरा अँध्यारो ठाउँमा राखेका जुत्ता भेट्टाउन पनि मुस्किलै हुन्थ्यो । जुत्ताको छटपटीले गर्दा कार्यक्रम लामो भएको लागे पनि आफ्नो निर्धारित समयमा नै कार्यक्रम सकियो, बत्ती पनि बल्यो अनि हतारिँदै गएर आफ्ना जुत्ता खोज्दा धन्न भेट्टाइयो, सन्तोष लाग्यो । पछि यसो हेर्दा त्यहाँ जुत्ता नफुकाल्न खोज्नेका लागि छुट्टै व्यवस्था गरिएको पनि देखियो तर त्यो निकै सीमित थियो । सम्पन्न कार्यक्रमका बारेमा आफ्ना सहकर्मीहरूले प्रतिक्रिया जान्न खोज्दा ठीकै लाग्यो भन्ने जवाफ दिइयो । मुखले यसो भने पनि मनमनै भने जुत्ताका कारणले कार्यक्रममा खासै ध्यान दिन नसकेकोमा नमिठो अनुभूति भयो ।
गुरु र जुत्ताकै सन्दर्भमा एउटा अर्को प्रसङ्ग पनि जोडी हालौँ भन्ने लाग्यो ।
२०६६ सालको अन्तिमतिर काठमाडौँको टुँडिखेल मैदानमा विशाल योग शिविर बाबा रामदेव र आचार्य बालकृष्णको तत्वावधानमा सम्पन्न भयो । जहाँ हजारौँ हजार मान्छेले एकैसाथ योगसाधना गरे, योग गरेर निरोग रहन चाहनेहरूले बिहान बिहानै आफ्नो वासस्थानबाट जुत्ता लगाएर टुँडिखेलसम्म आउनु स्वाभाविकै हो, साथै आफूले लगाएका जुत्तालाई कहाँ कसरी राख्नुपर्ने हो भन्ने चिन्ता लाग्नु पनि ठीकै हो । योगसाधनेच्छु व्यक्तिका यस्ता भावनालाई बुझेर नै होला, शिविर सञ्चालकद्वारा जुत्ताको व्यवस्थापन सजिलो र राम्रो गरिएको देख्दा यो लेखक पनि खुशी भयो । जसको जुत्ता हो त्यो व्यक्ति आफैंले फुकालेर झोलामा हाली आफैंसँग राख्नुपर्ने नियम बनाइएको रहेछ ।
योगगुरु रामदेवले सिकाएको योगसाधनामा तनसँगै मनलाई पनि जगाउन सक्यो । गुरुकुलमा जस्तो जुत्ताको चिन्ता दोहोरिन पाएन आफ्नो जुत्ता आफैंसँग हँुदा अरू कसैले जानी नजानी लगाएर हिँड्ला कि ? भन्ने आशङ्का उठ्न पाएन । यस्तो स्थितिमा जुन उद्देश्यका लागि त्यहाँ पुगिएको हो त्यसमा आफ्नो मनलाई प्रसन्नतापूर्वक लगाउन सहज भयो । यसलाई उपलब्धिकै रूपमा लिन सकिन्छ ।
हामीमध्ये धेरैले आफ्नो जीउमा लगाउने लुगाहरूलाई जति महत्त्व दिन्छौ त्यति महत्त्व खुट्टाका लागि आवश्यक जुत्ताका लागि दिँदैनौं । त्यसैले पनि होला कतिले भन्ने गरेका छन् नाथे जुत्ताको के भाउ ? तर यही जुत्ता हामीसँग केही घण्टा अलग्गिदा हामीलाई कति छटपटि हुन्छ भन्ने कुरा माथिका प्रसङ्गले पनि देखाउँछ ।
मन्दिरमा देउताको दर्शन गर्न भनेर गएका भक्तहरूका आँखाले देउताको मूर्तिलाई देखेपनि मनमनै चाहिँ मन्दिर बाहिर छोडेर आएका जुत्तालाई नै सम्भिmइरहेका हुन्छन् । यस्तो स्थितिमा ती भक्त मन्दिरको रमाइलो वातावरणमा धेरै बेर बस्न सक्तैन, त्यहाँको पवित्र लाग्ने वातावरण धेरेबेर टिक्न सक्तैनन् अनि जति सकेको छिटो निस्कन चाहन्छन्, जुत्ताका कारणले मन्दिरमा पनि आफ्नो मन विचलित भएको पत्तै पाउँदैनन् ।
जुत्ता लगाएर प्रवेश गर्न नपाइने मठ-मन्दिरमा जानुपर्दा यो लेखक धेरैजसो पुराना जुत्ता लगाएर नै जान मन पराउँछ । यसबाट जुत्ता हराउने चिन्ताले सताउँदैन साथै जहाँ पुगिएको हो त्यहाँ राम्रोसँग मन लगाएर घुम्न सकिन्छ, आनन्दलाभ हुन्छ । गुरुकुलमा बसेको बेलाको जस्तो जुत्ताको चिन्ताले छटपटिनु पर्ने अवस्था हुँदैन । तर सधैँ यस्तो हुँदैन । अपर्झट रूपमा जुत्ता फुकालेर प्रवेश गर्नुपर्ने ठाउँ विशेषमा पुग्दा जुत्ताको चिन्ताले चिन्तित हुनुपरिहाल्छ ।
Yubaraj Nayaghare – Laalaa Baalaa
युवराज नयाँघरे – लालाबाला
(मधुपर्क जेठ, २०६७)
पस्दा सङ्गनि र्फकंदा सन्तति !
हो, यो साँचो तस्बिर । क्यान्टोन्मेनबाट फर्किरहेका लडाकु युवतीका काखकाखमा छन् कलिला शिशु । उदास, अन्योल र नाप्न नसकिने भविष्यको शृङ्खला देखिरहेँछु म । बल्दो रगत गालामा उमालेर शिविर भित्रिएथे ती ।
अहिले हेरिरहेँछु-काखकाखमा वर्णसङ्कर सन्तान च्यापेर खुरुखुरु बाहिरिइरहेछन् ती । युद्धलाई बाँध्न खोजियो मत्थरको लहरमा । थुम्थुम्याउन खोजियो युद्धलाई । जीवनको कोमलतम महत्त्वनिर राख्न खोजियो युद्धलाई ।
अनि त्यसले यी सबै अर्थलाई बाँध्यो चपक्क !
पुराना दृश्यका भँगाला हेर्दैछु म । अकल्पनीय, दुर्दान्त अनि आपट्टे तस्बिर यतिखेर आउँछन् मनग्गे । सङ्गनिको भीडभाडले रैँदालो मच्चाएर उथलपुथल पारिएका ती दिनलाई हेर्छु । मानिसका मूल्यले अपसादपूर्ण घाउमा पुरिएर बाँच्नु परेथ्यो क्षण-प्रतिक्षण ।
झिल्ल छन् शिविर पसेका लडाकुका हातका सङ्गनि । परिवर्तनको एउटा कथा उद्घोष भएर ती पसेका हुन् शिविर । रूपान्तरणको एउटा रङमा घोलिएर ती पसेका हुन्, शिविर ।
क्यान्टोन्मेन र युवती लडाकु ! नदीमाझको डुङ्गाजस्तो !
शिविर भित्रिरहेका कलिला किशोरीका समयरेखा पढेँ निरन्तर । थिएन त्यहाँ सभ्यताको गुण, दर्जा वा योग्यता ।
धेरै धेरै कुराको चुरो । अनन्तभावको पहाड । अथाह द्वन्द्वको बोलकबोल । टलक्क टल्किने सङ्गनि बोकेर क्यान्टोन्मेन पसेका लडाकु युवतीको लस्करले चर्चेको सन्दर्भ पढ्छु ।
अक्षर खोसिएर कता पुगे कता ! शब्द अब कसरी
आउने ? वाक्य कसरी अब भित्रिने ?
ज्ञान पुड्कियो ।
चिन्तन, चाउरियो र असमयमै रोगी भयो । विचारको विमर्श-स्वभाव थला पर्‍यो ।
सङ्गनि हातमा परेपछि लडाकुले कसरी बु्झ्ने भूगोल ? गणित गुन्ने कहिले ? अर्थशास्त्र वा सामाजिक पढ्ने कसरी ? पाककलाको शिक्षा कसरी जान्ने ? विज्ञानको रहस्य खोतल्ने कसरी ? कहिले सिक्ने वनस्पतिज्ञानको मूल्य ? इतिहासको समग्रता कसरी घोक्ने ?
सिक्ने समयमा सङ्गनि भो साथी !
शिविर छिरिरहेका लडाकुका स्वप्नहरू यात्रारत थिए उन्मादी रापमा । उल्कापात मच्चाउने सपनाभन्दा अरू कुरा ओर्लिएनन् आँखामा । जित्ने र जितिछाड्ने यी दुई रहरका उज्याला घाम थिए तिनको आकाशमा ।
छरिएको थिएन अरू कुनै तिरिमिरी प्रकाश ।
युद्धले थेग्ने मनको कविता तिनले बुझ्न पाएनन्, हमलाले पार्ने धर्तीको कथा तिनले जान्न सकेनन् । युद्धले गर्ने असर हृदयको चित्रमा सजाउन पाएनन् तिनले ।
केवल गीत गाए युद्धको !
आकाश उही थियो । त्यसकै मुनि रहेको शिविरमा लडाकुको आँखामा सजियो इन्द्रेणी । धर्ती उही थियो । त्यसकै असरल्ल मौसममा फौजी युवतीका मुस्काए ओठका जम्मै पत्र ।
समयले कसैलाई प्रेममा नापजोख गर्दैन । अथवा भोक र तिर्खा परतिर रहेको संवेदनाको इशारालाई निषेध गर्ने संयन्त्र आजसम्म देखेको छैन मैले ।
कसरी निर्विवाद हुन्छ तरुनी लडाकू मन ?
म फेरि पनि फर्किन्छु पुराना दिनमा । पङ्क्तिबद्ध फौजी, युवतीका हातहातमा छ सङ्गनि । त्यसले ताकेको गढी वा किल्ला कति थियो ? शत्रु मोर्चा ढाल्ने अदम्य युवापनसँगै थियो उद्वेलित र जोसिलो मन ।
मलाई तिनका आँखाबाट मानिसको चोटिलो दुःख नझुल्काएको विपनाले झस्कायो घरिघरि ।
एउटै रङको लुगा । सम्भवतः तह छ त्यहाँ । एउटै उर्दी छ । सम्भवतः सम्बोधन छ त्यहाँ । ती सबैमा एउटै मत नबाझिकन प्रवाहित छ- लड फेरि लड ।
शिविर पसेका छन् दमदार लडाकु ।
ती युवतीको जत्था हेर्छु । अक्षरबाट धेरै पर रहेका छन् आँखाहरू । परिवारबाट धेरै टाढा रहेका छन् हृदय । संवेदनाबाट निकै दूर रहेका छन् मन । यी सबैलाई स्वीकारेको क्षणमा सङ्गनि थियो हातमा । वरपर निक्र्योल नभएको भविष्यले हाब्रो च्यातिरहेको छ, छ ।
नाँचिरहेको समय । गाइरहेको वातावरण । रमिरहेको मौसम । हरक्षण नयाँ ज्ञान ओर्लिरहेको समाजबाट एकाएक ओझेल परेका थिए यी तरुण धुकधुकीहरू । अनि तिनका हातमा सजिएथ्यो सङ्गनि ।
सामेल हुनै पर्‍यो अनेक प्रशिक्षणमा । सुन्नै पर्‍यो घोषणापत्र । थाहा पाउनै पर्‍यो रणनीति ।
जीवनको खास यात्रा त गुजुमुज्ज !
मैले चुलाचुलीबाट निस्केका उराठ लडाकु नि देखेँ । मैले शक्तिखोरबाट बाहिरिएका उदास जोधाहा नि देखेँ । मैले दहवनबाट फिरेका उद्विघ्न प्रहारक नि देखेँ ।
हतियारले अग्लिएका युवतीका अनुहार पसेथे झ्याल्टुङ डाँडा । युद्धले परिपाक तरुण मन पसेथेँ दशरथपुर । विद्रोहको ढुकढुकीले बाँचेर प्रवेश गरेथे दूधौली। देशलाई साक्षी राखेर गएथे तालबन्द ।
क्रमबद्ध पङ्क्तिमा पस्ने युवा हृदय यतिखेर शिविरबाट बिदाई भएको छ फेरि । कुनै समय शरीर नापिएन । कुनै बेला ज्यान जोखिएन । कुनै बखत तौल हेरिएन ।
हातहातमा सङ्गनि दिएर भनियो- ‘तिम्रो वर्तमान हामीलाई देऊ, हामी तिमीलाई दिनेछौँ भविष्य !’
सायद यही अकल्पनीय उल्लासमा एउटा सिङ्गो पुस्ता सुसज्जित भयो शस्त्रले । यही अनमोल सपनाको मोहमा एउटा विशाल जमात समात्न पुग्यो सङ्गनि ।
यही अपार लक्ष्यको चाहनाले तानियो एउटा भव्य ज्यान-शृङ्खला ।
प्राप्तिहरूको मोल यतिखेर गनिरहेको छैन म !
सयौँ युवतीहरू पसेथे सङ्गनि लिएर । र्फकंदा तिनका हातमा थिए अवोध शिशु । यी दुईबीचको विराट सम्बन्धले छोइएको समय पढ्न खोजिरहेको छु म ।
युद्ध हुन्छ राजनीतिको !
त्यसले सिद्धान्त घोकाउँछ । रणनीति रटाउँछ । जिम्मेवारी बताउँछ । कर्तव्य सुनाउँछ अनवरत । उपलब्धिहरूको जोडघटाउ गर्छ ।
निष्ठुरताको अर्को नाम हो राजनीति !
भूल गर्नेहरूको लस्करले सधैँ अर्चना पाएको देखिरहेँछु । पखेटा उम्रेका कमिला बनाइयो शिविरको आदेश ।
मलाई कुनै अमृत चाख्नु छैन राजनीतिको ।
मेरा अघि मान्छेको अर्थले लखेटेको समाज छ, हृदय छ र अनुहारको आकुलता छ । त्यही अनुहारमा उभिएको मान्छेको चित्र पढेर मेरो मन भएको आँधीसमान, हुरीसमान ।
खबरको खेती गर्नेहरूको हूलमा छु ।
तिनले भने- ”तपाइँले भेट्नै नपाउने मानिसहरू भेट्ने भए जाउँ शिविरतिर !”
अनि म पुगेँ चुलाचुली, शक्तिखोर, दूधौलीर झ्याल्टुङडाँडा । त्यस्तै, दहवन, तालबन्द र दशरथपुर । यी ठूला शिविर । यी भव्य क्यान्टोन्मेन । हानमारलाई, सभ्यता र जीवनको इन्द्रेणीमा सजाउने एउटा चेष्टा ।
युद्धको रङ आँखामा टाँसेका लडाकु युवती छन् । हातहातमा भयानक शस्त्र छन् तिनका । काँध गलोस् तर परिवर्तन नरोकियोस्- तिनले बोलेका छन् । कम्मर थाकोस् तर युद्ध नथाकोस्- लडाकुको मन उर्लिएको छ ।
त्यही योजनालाई परेड बनाएर हिँडे ती ।
आज धेरैपछि सङ्गनि बोकेर शिविर छिर्नेहरू देखेँ । आजै तिनले सन्तानका मुख मुसारेर शिविर बाहिरिएका पनि देखेँ ।
चुलाचुलीको एउटा पिँढी-
‘रगत सेलायो अब !’
एउटी लडाकुले काखकी नानीलाई छाती चुसाएर भनी ।
मैले युद्धमा प्रेम गरिरहेकी विद्रोही युवती र भविष्यको क्षितिज ताकिरहेकी सानी नानीको आँखाहरू पढेँ । मान्छे शब्दले । चिथोर्‍र्याे मलाई ।
त्यो चिथोर्ने अङ्ग अरू थोक थिएन-राजनीतिको क्रूर पञ्जा थियो त्यहाँ । ठट्टाले चलेको छ सभ्यता । यो पर्गेल्न नसकेको खिसिट्युरीभित्र लोप भएको छ हाँसो । यो भेद खुल्न नसकेको चरित्रभित्र लुप्त भएको छ उल्लास । शिविरको तर्कमा जीवन एउटा भविष्यहीन मूल्य । शिविरका तरुण रगतमा एउटा अन्योल हो, टेकिएको पाइला ।
व्यवस्थाको हरेक नयाँ नाम खोजिएको छ निरन्तर ।
त्यही नौलो खोजाइमा सगबगाएको हो हतियारको होहल्ला । त्यस हुँकार एउटा खास मोडमा रोकिएपछि भित्रिएको हो- सङ्गनिको लस्कर । मैले अधैर्य आँखाले ती शस्त्रलाई हेरेँ- शिविरले हतियार खोस्यो अनि शिशु थमाएर पठायो बाहिर !
शक्तिखोरको एउटा आँगन-
‘जोस त थला परिगो नि !’
एउटी जोधाहाले काखको बच्चाको कपाल कोर्दै भनी ।
जताततै लट्टे कपालले विरूप भएको छ समाज । जसलाई धोएर सुग्घर बनाउँछु भन्ने हातले जिम्मेवारी पायो बेग्लै । जसलाई कोरीबाटी चिटिक्क बनाउछुँ भन्ने जाँगरले काम पायो भिन्नै । खटनपटनको त्यो अनहार नचिनेकोमा खिन्न मान्नु पर्ने भएको छ मैले ।
हतियार र अनुशासन, परस्पर नमिली नहुने सिद्धान्त । यदि यो व्यवहार नहुने र उडन्ते ठानिने हो भने निश्चय छ-हाम्रो जीवनलाई मृत्युको प्रमाणपत्र दिए हुन्छ ।
पक्का हो यो शिविर हुनुको अर्थ ।
घाउ, आँसु र हिक्काको ठूलो उपहार बोकेका शिविरनिर बसेको छु । बिसाएको ज्यानमा भित्रिसकेको छैन सामान्य चाल । इमानलाई सलाम दिन सिकाउने सभ्यता निर्माण गर्दैछ क्यान्टोन्मेन । अर्थात् शिविरको शासन !
दूधौलीको एउटा झ्याल-
‘सपना अब अर्को छ !’
एउटी युद्धकन्याले काखे नानीलाई गाजल लगाएर भनी ।
हो, थुप्रै सपना थिए तिनका । सधैँ मूल्यहीन भएर श्वास फेर्नुका । सधैँ उपेक्षाका दर्फराइमा रुनु न हाँस्नुका । ती सबैलाई कतै मिल्क्याएर सम्पन्न संसार नबनाई भएकै छैन । यो अकाट्य सपनाको कल्पनामा दौडियो जीवन ।
स्तब्ध हुन खोज्यो समय ।
म दिनहुँ अक्षरमा देख्थेँ मृत्युको पहाड । पहाडका तरेलीभरि अनेक मृत्युले अट्टहास गरेको गरेकै देखेपछि परेली खुल्दैनथे आँसुका भेलले । कुनै प्रमाण थिएन जितेको । तैपनि हारभन्दा धेरै टाढा छौँ हामी भन्ने झिनो तर्कले उभ्याउँथ्यो ।
हाँडीमा कप्टेरा चलाउने अरू नै हुन्थे । हामी उच्छिट्टएिका मकै पाउने आशमा गथ्र्यौँ तँछाड मछाड । निन्दा वा हूल हुज्जत जे सुकै होस्-गर्वले हामी लागिपरेकै थियाँैँ ।
लडाकुका शब्दले ओकल्ने अर्थमा निमग्न छु म ।
वसन्त कोपिलिन्थ्यो शिविरमा । बर्खाको भेल वा लामखुट्टेको बिखालु डसाइ झन् बेस्सरी । सर्प वा बिच्छीको बिगबिगी । सङ्क्रान्ति वा मसान्तको समयचक्र । शिविरमा जीवनको मान र अपमानले मन्त्रणा पाउँथ्यो मनग्गे ।
युद्धको साटफेर यतिखेर लक्षित थियो पेटपालोमा ।
झ्याल्टुङ डाँडाको एउटा दैलो -
‘नजितिने युद्ध त अब पो छ !’
एउटी क्रूद्ध लडाकुले आफ्नो छुनुमुनु छोरोलाई ताते हिँडाउँदै भनी ।
परामर्श लिइरहेकी लडाकुका उदासउदास आँखा पढेँ मैले । थङ्थिलो भएको जीवनमा आशाले कलिला बिरुवा उमि्रने-नउमि्रने हल्ला सलबलाएको सुनेँ । घोर अँध्यारो सामु छँदै थियो । उघि्रएको बिहान त परै थियो । उज्यालो पूर्ण देखिने कुनै दर्बिलो प्रमाण नि थिएन । डढेलोले खरानी पारेपछि वनमा पिपिरा आउँछन् नयाँ नयाँ ।
यो टड्कारो तर्कले युद्धलाई डोर्‍याएको हुन्छ । खरानी हुँदा कति धेरै पोलिन्छन् वा माट्टन्िछन् ! यो मिहीन ज्ञान पुगिहाल्दो रहेनछ युद्धका मस्तिष्कमा । नयाँले पुरानो प्रतिस्थापित त गर्ला तर पुरानोले दिने इतिहासको मानक सन्देश देला कसले ? पिपिराले छायाँ दिन लामो पर्खाइमा बस्नुपर्छ । पर्खिरहन सक्छौँ हामी ?
दहवनको एउटा दोबाटो -
‘रगतको मूल्य बुझेँ बल्ल !’
एउटी किशोरी लडाकुले भात मिचेर उसको शिशुलाई खुवाउँदै भनी ।
राजनीतिको भयङ्कर चपेटामा ऊ परी । सबथोक गुमेथ्यो रगतको भेलमा । शब्दहीन समय र शब्दशून्य पद्धत्तिमा उसले गर्न सकिन जीवनको असली निधो । एउटा पटाक्षेपमा बल्ल अर्थ जानी बगाइएको रगतको । जताततै बलिदानी भएका रगतको मूल्य यो बेला थाहा पाइँ योद्धाले । भात निल्न गाह्रो भइरहेको पिलन्धरे शिशु र भात मिचिरहेकी किशोरीलाई सँगसँगै निहाल्छु म ।
एक अँगालो क्रूरताले पछ्याउन छोड्दैन मलाई ।
कसिङ्गर थुपारिएको मात्र छ । आगो लगाइसकिएको छैन । आगो दन्कुट दन्किएपछि राप र तापले पार्ने प्रभाव अर्को बहस हुनसक्छ । त्यो बहस शिविर वरपर नाराभन्दा जीवनवादी गीतमा कति ओर्लिएको छ ? आँफैसँग मेरो प्रश्न !
तालबन्दको एउटा पँधेरो-
‘हिँडेका बाटाहरू फर्केर हेर्दैछु म !’
एउटी बलियो ज्यानकी लडाकुले आˆनी नानीको मुख धोइदिँदै भनी ।
जति सु्न्दर छ यो संसार – त्यस परतिर धुलो, फोहोर, कसिङ्गर थुपार्न उद्यत हातको सङ्ख्या छ झन् बेस्मारी । सानी नानीको धोइएको सुकिलो अनुहारमा भोलिका दिनमा फोहोर दलिदिन खोज्ने कोर्काली दुनियाँ नभेटिएला भन्ने छैन । अघोर ढिट र निर्दयताको लस्कर हुने छैन भन्ने तर्क पनि भेट्दिनँ म । मुख धोइदिने लडाकु आमा र शिविरमै जन्मिएकी त्यो अवोधका आँखाको भावमा जीवन एक पटक धोको नपुगेको स्थितिमा भेट्छु म ।
कन्सुत्लो भएर कपट पसेको थियो सत्तामा । त्यो नबुझ्नु कति दुःखद । ताकछोपुवाले सोझाको मन भुटेर सातु बनाइहाल्छन् नि ! सजायको एउटा छोटो रूप पँधेरामा देखिरहेको छु म । दशरथपुरको एउटा चौतारी-
‘भोलि हिँड्ने बाटो कुन हो ?’
एउटी सुन्दर अनुहारकी लडाकुले आफ्नो काखे बच्चाका आँखा हेर्दै भनी ।
उसका आवाज जति मनोमयले सुनेँ, बच्चाका मायालु परेली झन् मोहितसाथ हेरेँ मैले । जीवनको न्यानो र प्यारो ताप यतिखेर त्यो शिविरबाट फर्काइएकी लडाकुको चरित्रमा व्यक्त भएथ्यो चपक्क ।
युद्ध हो अन्तिम बाटो !
यही सर्वस्व थियो उसको । उसले जानी, युद्धबाट हरेक कुरा पराजय हुनसक्छ । युद्धले हासिल नहुने पक्ष केही छैन । मर्यादित छ युद्ध । बलशाली छ नि युद्धको शब्दकोश । शरीरको सञ्चित शक्तिसँग ऊ युद्धको जोडघटाउ गर्न चुकी छ ।
ज्ञान, धेरै ढिलो भो ! युद्धको बाटो अन्तिम कहाँ हुनु ?
बिदा भएको छैन शस्त्रको व्याकरण । बिसाइएको मात्र हो नि क्रोधको बोली । मैले समाचारदाताहरूसँग गएर चिनेको तातो हृदय । तिनका प्रतिक्रिया धेरैसामु पुग्नसकेको जस्तो लाग्दैन ।
छोइनु र डामिनु अलग पक्ष हो ।
शिविरका मनमा आगो छ हुर्हुराउँदो । शिविरबाट बाहिरिएकाहरू डामिएका छन् । ती सन्तप्त छन्, आहत छन् र विध्वंस्त छन् । भनिएको थियो र सपनाको अर्को चरणमा तिमीहरू दगुर्न पाउँछौ ! यही आशा सुनेका छन् तिनले ।
शिविर पस्दा हातमा शस्त्र । र्फकंदा तिनका काखमा सन्तान ।
यी दुई दृश्यबाट परस्पर घोचिएको छु म । सानो छ घोचाइको नीलकाँडा । भोलि त्यसले वृक्षको रूप
लिइहाले ? पक्का छ, नीलकाँडाले थाँक्रो हाल्दा नि घोच्छ । बारको नीलकाँडा नि आत्थुआत्थु हुन्छ ।
युद्धको उपहार हो त -लालाबालाको लर्कन ?
चुलाचुली अर्थात् इलाम । दूधौली अर्थात् सिन्धुली । शक्तिखोर अर्थात् चितवन ।
कुनै समय पङ्क्तिबद्ध लडाकु पसेथे यी शिविरमा अक्षर चिन्न । वाक्यमार्फत जीवनको नयाँ खेत खन्न । पसिना र पानीको भेद छुट्याएर वास्तविकताको मूल्य बुझ्न । आदेश र उपदेशबीचको मूल चरित्र जान्न ।
झ्याल्टुङ डाँडा अर्थात् नवलपरासी । दशरथपुर अर्थात् सुर्खेत । दहवन अर्थात् रोल्पा । तालबन्द अर्थात् कैलाली ।
लडाकुका सपना क्रान्तिबाट जीवनका पाइलामा साक्षी बनून् । यी शिविरको यही हुनुपर्छ सिद्धान्त । यी घेराबारको लक्ष्य यही हुनुपर्छ ।
हो, असिना त्यहाँ पनि थिए । हो, चट्याङ त्यहाँ पनि थिए । हो, गर्जना त्यहाँ पनि थिए । सम्भवतः परिणाम ती सन्तति बोकेर बाहिरिए ।
सन्तान-जीवनलाई केस्राकेस्रामा पढ्न सकिने उच्चतम
ग्रन्थ ! शिविरमा जन्मिएका नानीहरू सङ्गनिसँगै खेले-हुर्के । तिनले आमा र बुबाकै सिरानी, कोठा, भान्छा वा प्रेमपत्रसामु हतियार देखे अटुट । जताततै हिँड्दा, टेक्दा, छाम्दा, छुँदा सङ्गीन देखे तिनले । गन्ध, स्वाद वा दृश्यमा तिनले शास्त्रका भँडार देखे ।