Dr. Bauram Bhattarai – Mao Ka Yogdaan Ra Nepali Kranti Ko Kaaryabhaar
डा.बाबुराम भटराई – माओका योगदान र नेपाली क्रान्तिको कार्यभार
माओको देहान्त भएको तीनदशक वितिसकेको छ। यो बीचमा विश्वमा कुनै पनि क्रान्ति पूरा हुन सकेनन्।
माओलाई नमान्नेहरुले क्रान्तिको झण्डा पहिल्यै छाडिसके पनि उहा147लाई मान्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले विविध ढंगले क्रान्तिलाई अगाडि बढाउने कोशिस गरेकै हुन्। फिलिपिन्सको क्रान्तिबीसौं वर्षदेखि अगाडि बढिरहेको छ तर गतिरोधमा छ। भारतको नक्सलवादी आन्दोलन पनि झण्डै चार दशक पार गर्न थालिसक्यो। अगाडि त बढिराखेको छ तर अपेक्षित गतिमा त्यो पनि छैन। पेरुको क्रान्ति छिटै विकसित भयो र छिटै दुर्घटना भयो। टर्कीलगायतका देशका क्रान्तिहरुले पनि खासै सफलता हा147सिल गर्न सकिराखेका छैनन्।
नेपालमा मात्रै हामीले यस्तो नितान्त नया147 प्रयोग गर्यौं , जसले दश वर्षको छोटै अवधिमा क्रान्तिलाई उचाइमा पुर्यासयो। यतिखेर त्यसलाई पूर्णता दिन विश्व परिस्थितिलाई ध्यानमा राखेर बिल्कुलै नया147 ढंगको असाध्यै चक्करदार कार्यनीति अपनाउदै हामी अगाडि बढिराखेका छौं। त्यसैले यतिबेला माओको सान्दर्भिकता घटेको होइन, बढेको छ। अहिलेको विश्वमा कोही क्रान्तिकारी छ भने त्यो माओवादी मात्रै छ। आफूलाई माओवादी भन्न नचाहने कोही पनि क्रान्तिकारी छैनन्। त्यसैले, माओवादी भनाइनुमा हामीले गर्व गर्न सक्नुपर्दछ। हुन त हामीले छुट्टै प्रसङ्गमा(अब एकीकृत पार्टी वनाउनुपर्छ, एउटै देशमा माओलाई मान्ने पार्टीहरु पनि दशथरी टुक्रा भएर बस्नुहुन्न, एकताबद्ध हुनुपर्छ, सबै कम्युनिष्टहरुको एउटै क्रान्तिकारी केन्द्र हुनुपर्छ, त्यसका लागि आवश्यक परे एउटै नेपाल कम्युनिष्ट पार्टी मात्रै भन्ने पनि सोच्न सकिन्छ भन्ने सोच राखेका छौ। हामीले माओवादलाई परित्याग गर्नखोजेको भनेर जुन प्रचार गरियो। त्यो सत्य होइन। माओले मार्क्सवाद लेनिनवादमा जुन गुणात्मक विकास गरेर सर्वहारावादी क्रान्तिको विज्ञानलाई नया147 उच्चचरणमा उठाउनुभयो, त्यसलाई आत्मसात नगरिकन अहिलेको साम्राज्यवादी विश्वमा क्रान्ति सम्पन्न हुनसक्दैन। त्यसैले मार्क्सवाद लेनिनवाद माओवाद भनेको सर्वहारावर्गको क्रन्तिको सिद्धान्त हो। यसमा कुनै प्रकारको द्विविधा हुन सक्दैन।
जसले मार्क्सवाद लेनिनवाद माओवादलाई अपनाउन आनाकानी गर्छ उसकोे नेतृत्वमा क्रान्ति सम्पन्न हुन सक्दैन। त्यसैले, हाम्रो पार्टीले माओलाई विश्व सर्वहारा वर्गका गुरुहरुको कोटीमा असाध्यै उच्चसम्मान गर्छ। पार्टी एकताको सन्दर्भमा माओवादलाई परित्याग गर्ने कुरा गरिएको होइन। जहा147सम्म एकीकृत नेकपा माओवादीको अडान हो माओवाद पदावली छोडेर हामी क्रन्तिकारी रहिरहन सक्दैनौं भन्नेमा हामी दृढ छौं। मालेमावादका सार्वभौम सिद्धान्तलाई हामीले कुनै पनि हालतमा परित्याग गर्न सक्दैनौं। त्यसलाई बदलिएको सन्दर्भमा अझ कसरी विकसित गर्ने भन्ने मात्र हो। माओलाई संसारभरका क्रान्तिकारीहरुले आफ्ना महान गुरु मान्छन्। उहा147का थुप्रै योगदान छन्। तीमध्ये पनि दुइटा योगदान अहिलेको हाम्रो सन्दर्भमा बढी महत्वपूर्ण छन्( पहिलो, द्वन्दवादको बुझाइ, प्रयोग र विकासको प्रश्न। दोस्रो, त्यसैबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त। एकता(संघर्ष र रुपान्तरण द्वन्दवादको आधारभूत नियम हो।
एकको दुईमा विभाजन हुन्छ( सकार र नकार। तिनीहरुबीच निरन्तर द्वन्द चलिराख्छ। भौतिक जगत र सामाजिक जगतमा पनि एकता(संघर्ष र रुपान्तरणको विधि निरन्तररुपले लागू हुन्छ। यसरी मात्र समाज र दुनिया147को विकास हुन्छ। यसलाई स्वीकार गरिएन अथवा मुखले स्वीकार गरे पनि व्यवहारमा लागू गर्न सकिएन भने समाज, पार्टी, विचार र हामी मान्छेको पनि विकास हु147दैन। त्यसकारण निरन्तर एकता(संघर्ष र रुपान्तरणको नियमलाई दह्रोस147ग आत्मसात गर्नुपर्छ भन्ने नै माओबाट हामीले सिक्नुपर्ने सबभन्दा महत्वपूर्ण शिक्षा हो। हाम्रो पार्टीको विकासको मुख्यआधार पनि यही हो। विगतमा, खासगरी क.स्टालिनको पालामा द्वन्दवादसम्बन्धी बुझाइमा अधिभूतवाद देखापर्योु( एकता देख्दा संघर्ष नदेख्ने र संघर्ष देख्दा एकता नदेख्ने। अझ संघर्षपछि रुपान्तरण हुन्छ भन्ने अर्थमा नबुझ्ने, संघर्षपछि ध्वंस हुन्छ र विखण्डनतर्फ जान्छ भनेर एकाङ्गी ढंगले बुझ्ने। क.स्टालिनको पालापछि थुप्रै कम्युनिष्ट पार्टीहरुमा असाध्यै एकमनावादी चिन्तन् देखापर्योन। त्यसले गर्दा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अलिकति संघर्ष हुने वित्तिकै विखण्डन र फुटतिर जाने, फेरि रुपान्तरण सहितको एकता प्राप्त गर्ननसक्ने भयो। यो समस्या हामीकहा147 पनि देखापर्योज। त्यसो भएको हुनाले ००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ०१९ सालपछि थुप्रै चिराहरुमा विभाजित भयो।
सानातिना कुरामा फुट्ने तर कहिल्यै जुट्न नजान्ने जुन प्रवृत्ति थियो, हाम्रो पार्टीले मात्रै त्यसमाथि विजय प्राप्त गर्यौो। त्यसैले एकीकृत नेकपा(माओवादी) अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसित भएको छ। द्वन्दवादको आधारभूत नियमलाई बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा हाम्रो पार्टीले हा147सिल गरेको कुशलताकै कारण यस्तो संभव भएको हो। असाध्यै उच्च प्रकारको जनवादी छलफल एवं वैचारिक संघर्षवाट हामी रुपान्तरणमा उत्रिएका छौं। पार्टीलाई नया147 आधारमा एकताबद्ध गरेका छौं। यो हामीले माओबाट सिकेको पाठकै परिणाम हो। यस स147गस147गै जोडिएको अर्को पाटो भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो। विपरितहरुको एकत्वको सिद्धान्तमै आधारित भएर माओले क्रान्तिपछि पनि निरन्तर क्रान्ति चलाइराख्नुपर्छ भन्ने मान्यता अघि सार्नु भयो। जबसम्म वर्गविहीन समाज अर्थात साम्यवादसम्म पुग्दैनौं, त्यतिबेलासम्म क्रान्ति जारीराख्नु पर्छ। साम्यवादमा पुगिसकेपछि पनि प्रकृतिस147गको संघर्ष जारिरहन्छ। सामान्य अमिवाबाट विकसित भएर हामी मान्छेसम्म आइपुगेका छौं। हिजो हामी त्यस्तोबाट आएका मान्छे करोडौं वर्षपछि यहा147 आइपुगेका छौं भने अर्को करोडौं वर्षपछि, अरब वर्षपछि के होला? तपाईं कल्पना गर्नुस। त्यो निश्चिरुपमा अर्को नया147 वस्तु जन्मिनै पर्छ। मान्छेभन्दा पनि उच्च प्रकारको जीव यो संसारमा निस्किनै पर्छ। यो द्वन्दवादबाट निःसृत भएको निरन्तर क्रान्तिको सिद्धान्त हो, सामाजिक जगतमा र भौतिक जगतमा पनि। त्यसो भएको हुनाले क्रान्तिलाई निरन्तर प्रक्रियाको रुपमा बुझ्नुपर्छ। अहिले हामी जुन चरणबाट नेपालमा गुजि्रराखेका छौं, यसमा नया147 ढंगले क्रान्ति नै अगाडि बढाइरहेका छौं भनेर बुझ्नुपर्छ। यो बुझ्न नसक्दा कतिपय साथीहरुले हिजोको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने, जनयुद्धपछिको यो प्रक्रियालाई क्रान्ति नठान्ने, क्रान्ति सिद्धियो, अब पूरा भयो भनेर आरामस147ग बस्न खोज्ने जुन सोच आउ147छ, अथवा हिंसात्मक स्वरुपको जनयुद्धलाई मात्र क्रान्ति ठान्ने र शान्तिपूर्ण ढंगले नया147 क्रान्तिको हामीले जुन तयारी गरिरहेका छौं, त्यसलाई क्रान्ति नदेख्ने जुन सोच हो, त्यो अधिभूतवादी सोच नै हो। क्रान्ति अनवरत हुन्छ तर क्रान्तिका रुपहरु परिस्थिति अनुसार फरक फरक भैराख्छन्।त्यसले कहिले असाध्यै हिंसात्मक त कहिले शान्तिपूर्ण स्वरुप ग्रहण गर्छ। तर, ती अन्तरसम्बन्धित हुन्छन्। हामीले क्रन्तिको श्रङ्खलाका कडीहरु जोडिएर अगाडि बढ्छन् भन्ने तथ्यलाई बुझ्न सक्नुपर्छ। जनयुद्धलाई एउटा उचाइमा पुर्या एर हामीले फेरि नया147 ढंगले क्रान्तिलाई अहिले अगाडि बढाइराखेका छौं। क्रान्तिपूरा भएको छैन।
हामी नेपालमा आफ्नै विशिष्टता एवं मौलिकतासहित जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादको महान् यात्रामा अगाडि बढ्दै छौं। विश्व सन्दर्भलाई जोडेर आफ्नोे देशको ठोस विशेषतामा क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्छ। सामान्य र विशिष्टबीचको सम्बन्धलाई जोडेर मात्रै क्रान्तिलाई अगाडि बढाउन सकिन्छ। प्रत्येक देश र कालखण्डमा क्रन्तिको कार्यदिशा, रणनीति र कार्यनीति मौलिक ढंगले विकास गर्नुपर्छ भन्ने हामीले माओबाट सिक्नुपर्छ। हुन त मार्क्सहरुले पनि आफ्नोे ढंगले क्रन्तिका कुराहरु गर्नुभएको थियो। लेनिनले आफ्नै ढंगले विद्रोहात्मक तरिकाले रुसमा क्रान्ति सम्पन्न गर्नुभएको थियो। तर माओको पालामा आउ147दाखेरि क्रान्तिको केन्द्र चीनजस्तो असाध्यै पीछडिएको देशमा सर्यो्। त्यसपछि आफ्नै विशिष्टता सहितको क्रान्तिको मोडेल विकास गर्नुपर्छ भन्ने विषयमा ठूलो बहस चल्यो। पेरिस कम्युन जसमा ७२ दिनमा नै ढलेको थियो। त्यसपछिको लामो अवधिमा विश्वब्यापी हलचल ल्याउने खालको क्रान्ति भनेको रुसको बोल्शेभिक क्रान्तिमात्रै थियो। रुसको क्रान्ति सफल भैसकेपछि मान्छेमा एक खालको यान्त्रिकता आइराखेको थियो। अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खासगरी तात्कालीन तेस्रो अन्तराष्ट्रियमा सबैले रुसी मोडेलले मात्रै क्रान्ति गर्नखोज्ने र त्यो एकमात्र मोडेल हो भन्ने खालको यान्त्रिक सोचाइ थियो। त्यही हुनाले चीनमा पनि वाङमिङ, लि लि शानहरुले उही रुसी क्रान्तिको नक्कल गर्न खोजिरहेका थिए। तर माओले असाध्यै मौलिक ढंगले के कुरा अघि सार्नुभयो भने एउटा देशमा भएको क्रान्ति उही रुपमा दोहरिदैन। क्रन्तिकारीहरुले मार्क्सवाद लेनिनवादको सार्वभौम सिद्धान्तमा टेकेर आ(आफ्नोे देशमा मौलिक ढंगले क्रान्तिको विकास गर्न सक्नुपर्छ भन्ने मान्यतालाई माओले स्थापित गर्नुभयो। उहा147ले रुसी क्रान्तिको मोडेलभन्दा अगाडि बढेर, विश्व साम्राज्यवादको स्वरुप बदलिरहेको छ र चीनजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थिति पनि फरक छ भन्ने मान्यताका आधारमा दीर्घकालीन जनयुद्धको मोडेल अगाडि सार्नुभयो। दीर्घकालीन जनयुद्धकै मोडेलबाट उहा147ले चीनमा क्रान्ति सम्पन्न गर्नुभयो। र त्यो क्रममा उहा147ले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा के कुरा स्थापित गर्नुभयो भने हामी सर्वहारावादी क्रन्तिकारीहरुले आफ्नोे ऐतिहासिक सापेक्षतामा र आफ्नोे देशको विशिष्टतामा क्रान्तिको नया147 मोडेल पत्ता लगाउन सक्नुपर्छ । यदि सिर्जशील ढङ्गले लागू गर्न सकिएन भने एकचोटिको द्वन्द अर्कोचोटि अधिभूतवादमा पनि पतन हुनपुग्छ। माओको देहान्तपछि दीर्घकालीन जनयुद्धको कार्यदिशालाई यान्त्रिक ढङ्गले लागू गर्न खोज्दाखेरि कही पनि सफल भैरहेको छैन।
चीनकै जस्तो गरी क्रान्ति कही147 पनि सम्पन्न भइरहेको छैन। किन? माओले अगाडि सारेको त एउटा मूल मान्यता हो। उहा147ले असाध्यै साहसिक प्रयोग गर्नुभएको थियो। तर अहिलेको हाम्रो सन्दर्भमा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई पनि विकास गरेर लानुपर्छ। मूल कार्यदिशा दीर्घकालीन जनयुद्ध हु147दाहु147दै पनि अहिलेको विश्व र नेपालको परिस्थिति अनुकूल त्यसमा विकास गर्न सकेनौं र धर्मभिरुहरुले धर्मग्रन्थ पाठ गरेझैं माओले यसो भन्नुभएको थियो मात्रै भनेर बस्यौं भने त्यसले काम गर्दैन भन्ने कुरा विगतका तीस वर्षले देखाएका छन्। माओको देहान्तपछि विश्वमा कुनै पनि क्रान्ति सफल नहुनुको कारणले पनि देखाएको छ। त्यसैले हाम्रो पार्टी के भन्छ भने दीर्घकालीन जनयुद्धको आमसिद्धान्त सही छ। तर, विशिष्ट परिस्थिति अनुसार त्यसलाई पनि विकसित गर्नुपर्छ। दीर्घकालीन जनयुद्धको कुरा गर्दा जनविद्रोहलाई विर्सने, जनविद्रोहको कुरा गर्दा शान्तिवार्ताको कुरा विर्सने, शान्तिका कुरा गर्दा कुटनीतिका कुरा विर्सने जुन हामी गर्छौं, त्यो ठीक होइन। यी सबै पक्षहरुलाई समायोजित गरेर, एकीकृत ढङ्गले बुझेर मात्रै नया147 कार्यदिशाको विकास हुनसक्छ भन्ने कुरालाई हामीले ठीक ढङ्गले ग्रहण गर्नुपर्छ। दश वर्षसम्म जनयुद्धको पक्ष प्रमुख रह्यो, त्यसले हामीलाई रणनीतिक प्रत्याक्रमणको चरणसम्म पुर्यारयो। चुनवाङदेखि यताको कालखण्डमा हामीले जनआन्दोलनलाई प्रमुखता दियौं। ०६३ को आन्दोलन मार्फत राजतन्त्रलाई ढाल्नेसम्म हामीले पुर्याडयौं। त्यसपछि यताको कालखण्डमा शान्तिवार्ताको पक्षलाई जोड दियौं। त्यसैभित्र हामीले प्रतिक्रियावादी, साम्राज्यवादी एवं विस्तारवादीहरुस147ग कुटनीतिक पहल पनि गर्यौं । खास(खास बेलामा खास(खास पक्षमा जोड दिइएता पनि मूलरुपमा यी चार पक्षमा सबभन्दा महत्वपूर्ण जनयुद्ध नै हो भन्ने कुरा हाम्रो पार्टीले कहिल्यै पनि बिर्सने छैन। बिर्सन पनि हुदैन। यदि महान जनयुद्धको बाटोबाट आउ147दैनथ्यौं भने हामी यहा147सम्म आउ147दा पनि आउदैनथ्यौं। जनयुद्धका उपलब्धिलाई छोड्यौं भने अरु कुराले मात्रै हामीलाई ठीक ठाउ147मा पुर्याआउ147दैन। त्यसैले हामीले उल्लेखित चार पक्षको समायोजनको कुरा गर्दा एउटाको विरुद्ध अर्कालाई उभ्याउने गल्ती गर्नुहुदैन। मालेमावादका जुन आधारभूत सिद्धान्त छन्, त्यसलाई रक्षा, प्रयोग र विकास गर्ने कुरामा दृढ रहेर नै हामी यहा147सम्म आइपुगेका छौं। हाम्रो पार्टीको विकासको आधार यही हो। यदि हामीले सही विचार पकड्दैनथ्यौं र कार्यदिशा सही हुदैनथ्यो भने हामीले जतिसुकै दौडधुप गरे पनि यो परिणाम आउ147दैनथ्यो। त्यसो भएको हुनाले हामीले विचार र राजनीतिको पक्ष, जुन माओबाट सिक्यौं र प्रयोग र विकास गरेर यहा 147 सम्म आएका छौं, त्यो नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।
लेखक माओवादीका उपाध्यक्ष हुनुहुन्छ।