Lyrics – Robin Sharma – Man Ka Sabai Bojh Haru
Filed under: Lyrics - Robin Sharma, Nepali Songs Lyrics
मनका सबै बोझहरु, बिसाइ देउ न बिन्ति
रिसाउँदा नि झनै राम्री, रिसाइ देउ न बिन्ति
गुलावि ति गालाभरि, आज लालि छाओस्
आँखाभरि जवानीको,नशा सल्वलाओस्
अधर मुनी ओठ्हरु, फुकाइ देउ न बिन्ति
रिसाउँदा नि झनै राम्री, रिसाइ देउ न बिन्ति
बादलु ति केशहरु,हिमालमा छर्दै
हृदयमा पुग्छ्यौ तिमी, बाहिर आँखा तर्दै
यस्तो कला मलाई पनि सिकाई देउ न बिन्ति
रिसाउँदा नि झनै राम्री, रिसाइ देउ न बिन्ति
मनका सबै बोझहरु, बिसाइ देउ न बिन्ति
रिसाउँदा नि झनै राम्री, रिसाइ देउ न बिन्ति
Lyrics – Robin Sharma – Yatri
Filed under: Lyrics - Robin Sharma, Nepali Songs Lyrics
कुन मन्दिर मा जान्छौ यात्री
कुन मन्दिर मा जाने हो
कुना सामाग्री पूजा गर्ने
साथ कसरी लाने हो
कुन मन्दिर मा जान्छौ यात्री । । ।
हाडहरुको सुन्दर खम्बा
माम्स पिन्डको दिवार
मस्तिस्क को सुन्को छाना
इन्द्रीयहरुको द्वार
लता नदी का तरल तरङ्ग
मन्दिर आफु अपार । । । । ।
कुन मन्दिर मा जान्छौ यात्री । । । । ।
तती यात्री बिच सडकमा
ईश्वर हेर्दाछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरी रहेको हाथ
चुन्छ कि लक्ष्मी करले उस्ले
देबताहरुको माझ । । । ।
कुन मदिरा म जान्छौ यात्री । । । ।
पर्ख पर्ख हे जाउ समाउ
मानीसहरुको पाउ
मलम लगाउ आर्तहरुको
चहर्याइरहेको घाउ
मानीसहरु भई ईश्वरको त्यो
दिव्य मुहार हसाउ । । ।
कुन मन्दिर म जान्छौ यात्री । । । ।
सडक किनारा गाउछ ईश्वर
चराहरुको तनमा
बोल्दछ ईश्वर मानिसहरुको
पिडा दुखेको गणमा
दर्शन के देउ कही हृदयमा
चारमा चच्छुले तनमा । । । ।
कुन मन्दिर मा जान्छौ यात्री
कुन मन्दिर मा जाने हो
कुना सामाग्री पूजा गर्ने
साथ कसरी लाने हो
कुन मन्दिर मा जान्छौ यात्री । । ।
कुन मन्दिर मा जान्छौ यात्री । । । ।
(The poem was written by Laxmi Prasad Devkota)
Lyrics – Robin Sharma – Timi Yesai Lajayou
Filed under: Lyrics - Robin Sharma, Nepali Songs Lyrics
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
कति सपना आए परेलीमा बस्न
कति सपना आए परेलीमा बस्न
नसोध्यौ तिमीले
न मैले सुनाए
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
बैँसालु पाखा बारीमा
कोही चरि झैँ
नजरको नसालु
कुलेसो तरे झैँ
हुरी चल्छ मनमा तिमी भित्र छौ कि
हुरी चल्छ मनमा तिमी भित्र छौ कि
मेरो दिल हरायो तिमीले लियौ कि
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
यो कस्तो हो माया
यो कस्तो हो माया
मुटु बाँधिए झैँ
म हाँस्दा अधरमा
तिमी बाँधिए झै
झरी पर्छ तनमा तिमीले छोयौ कि
म बग्दो नदीको तिमी बाँध हौ कि
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
कति सपना आए परेलीमा बस्न
कति सपना आए परेलीमा बस्न
नसोध्यौ तिमीले
न मैले सुनाए
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए

