Article- Mohan Bikram Singh – नेपाल: भविष्यको दोसाँधमा


April 19, 2013 by · Leave a Comment
Filed under: Articles 

आज नेपाल कता जाँदैछ? यस्ता कतिपय गम्भीर प्रश्नहरू देशका अगाडि छन्। यी सबै भविष्यसित सम्बन्धित प्रश्नहरू हुन्। भविष्यको कुरा भविष्यमा नै थाहा हुनेछ। तैपनि भविष्यको गति, स्वरूप वा अवस्थाहरूलाई सामान्यतः वर्तमानमा उठाइने कदमहरूले नै निर्धारित गर्नेछन्। त्यसको अर्थ यो पनि हुन्छ, वर्तमानको घटना वा अवस्थाहरूको अध्ययनबाट भविष्यमा हुने परिवर्तनहरूलाई काफी हदसम्म अनुमान गर्न सकिने छ। तर यहाँ जे भनियो, त्यो सामान्य अर्थमा नै सत्य हो, पूर्ण रूपमा होइन। त्यस सन्दर्भमा अन्य कैयौं कुराहरू बारे विचार गर्नुपर्दछ। प्रथम, वर्तमानमा घट्ने घटनाहरूको प्रवृत्ति, गति, दिशा वा प्रकृतिमा कैयौं प्रकारको भिन्नता हुन्छ। एकै साथ बेग्ला बेग्लै प्रवृत्तिका घटनाहरू घट्दछन्, परस्पर विरोधी चरित्र भएका शक्तिहरूले काम गरिरहेका हुन्छन् वा एकै साथ कैयौं घटना वा कार्यहरू बेग्ला बेग्लै दिशा वा रूपमा बढिरहेका हुन्छन्। ती सबैका बीचमा चल्ने संघर्ष वा सन्तुलनबाट नै भविष्यको दिशा वा रूप निश्चित हुन्छ। द्वितीय, तत्काल जुन घटना वा प्रवृत्तिहरूसित हामीहरू परिचित छौं, ती बाहेक भविष्यका अरू कैयौं अज्ञात वा अहिले अन्दाज गर्न नसकेका घटनाहरू घट्न सक्दछन्। नयाँ शक्तिहरू देखा पर्न सक्दछन्। अथवा कतिपय बाह्य शक्तिहरूले घटनाक्रमलाई एक वा अर्को प्रकारले प्रभावित गर्न सक्दछन्। त्यो अवस्थामा भविष्यमा हामीले सोंचेकाभन्दा कैयौं बेग्लै परिणामहरू देखा पर्न सक्दछन्। तृतीय, भविष्यमा घट्ने कैयौं घटनाहरू हाम्रो इच्छा वा योजना अनुसार घट्दैनन्। कैयौंपल्ट हामीले सोंचेकाभन्दा बेग्लै परिणामहरू अगाडि आउँछन्। Read more

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-08-05 19:07:43.