Mumbai Ko Kothi Ma Jharana Thapa


December 1, 2009 by · 1 Comment
Filed under: Articles 

काठमाडौं, २०६६ मंसिर ११ – भारत मुम्बईको एउटा वेस्यालय, जहाँ बेचिएर पुगेकी एक युवती छटपटाइरहेकी छन् । यौन पिपासुहरूको अनेक पशुजन्य व्यवहारको उनले पलपल सामना गर्नुपर्छ । संघर्षमा रगतपच्छे उनी बेहोसीमै भित्तामा लेख्छिन्, ‘नेपाल आमा…।’

नायिका झरना थापा मंगलबार विश्वज्योति हलको पर्दामा तिनै युवतीको भूमिकामा थिइन् । उनकै मुख्य अभिनय रहेको नेपाली फिचर फिल्म ‘कहाँ छौ कहाँ’ लाई सञ्चारिका समूहले च्यारिटी शो गरेको थियो, दर्शकलाई चेलिबेटी बेचबिखनको कथाले भावुक बनायो । दयाराम दाहाल निर्देशित फिल्ममा अशिक्षा र गरिबीको कारण बेचिएका चेलीको कथालाई निकै मार्मिक रूपमा देखाइएको

छ । वेस्यालयमा भोग्नुपर्ने पासविक यातना, यौनपिपासुहरूको दुव्र्यवहारदेखि उद्धारसम्म । ‘हरेक वर्ष सयौंको संख्यामा सोझी युवतीहरू बेचिएका छन्,’ शोपछि भेटिएका निर्माता गोविन्द शाहीले भने, ‘नेपाली फिल्मका दर्शकले पनि यो कुरा बुझ्न जरुरी छ । त्यही भएर बेचिएको चेलीको समवेदनालाई पर्दामा उतार्‍यौं ।’

फिल्ममा झरनासँगै विराट भट्ट र गोविन्द शाही स्वयंको पनि अभिनय छ । झरनाले निकै भिन्न र साहसिक अभिनय गरेकी छन् । विराज र गोविन्दकै ‘मिसन’ का कारण कोठीबाट चेलिबेटीको उद्धार हुन्छ । फिल्मको अन्तिममा सकारात्मक सन्देश र चेतना घुसाइएको छ । ‘लामो मिहिनेतपछि मुम्बईको सेट भारतको रुपेडियामा तयार पारिएको हो,’ शुक्रबारदेखि राजधानीका विभिन्न हलहरूमा लाग्ने फिल्मबारे गोविन्दले भने, ‘कम्तीमा पनि चल्तीको फिल्म रुचाउने दर्शकले बेचिएको चेलीको पीडा र संवेदना मनन गर्ने हो भने यसले सकारात्मक सन्देश विस्तार गर्नेछ ।’

हालै वुमन्सफेयरले नेपालबाट बर्सेनि झन्डै एक हजारको हाराहारीमा भारतका विभिन्न सहरमा चेलिबेटी बेचबिखन हुने तथ्यांक सार्वजनिक गरेको थियो, जसमध्ये मकवानपुर, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, काभ्रे, चितवन र भारतसँग सिमाना जोडिएका तराईका विभिन्न जिल्लाहरूका युवतीहरू बढी छन् । त्यसरी बेचिएर चेलीहरू भारतको कोलकाता, दिल्ली, मुम्बई र बैंगलोरसम्म पुग्छन् । ‘मेरै गाउँठाउँको कथा पनि फिल्ममा छ,’ नेपालगन्जका गोविन्दले भने, ‘बेचिएका चेलीहरू कि त उतै मरेका छन्, कि त एड्स बोकेर फर्केका छन् ।’ १५ वर्षअघि चेलिबेटी बेचबिखनमै केन्दि्रत रहेर रवि बरालले ‘चमेली’ बनाएका थिए ।

Source: ekantipur.com/np/news/news-detail.php?news_id=302562

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...