Dashain 2066 BS Ko Tika Laune Subha Sait Samaya


May 23, 2012 by · 1 Comment
Filed under: Public Information 

Best Time For Dashain Tika (2066 BS/2009 AD):
September 28 / Ashoj 12 – 10:55 AM

See Below For Details:

काठमाडौ, असोज ३ (नागरिक) – यस वर्ष विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विजया दशमीको टिका र आर्शीवाद थाप्न साइत विशेष कुर्न भने नपर्ने समितिले उल्लेख गरेको छ। “दुर्गा माताको प्रसाद लगाउन र आर्शीवादका लागि कुनै साइत जुराउन आवश्यक पर्दैन,” समितिका अध्यक्ष माधव भटृराले भने, “साइतमै टिका लगाउन सुरु गर्ने हो भने ११ बज्न पाँच मिनेटअगाडि सबैभन्दा शुभ छ।”

अध्यक्ष भटृराईका अनुसार शनिबार बिहान ९ : २५ बजे घटस्थापना, फूलपातीका दिन बिहान ८ : १७ बजे तुलजाभवानीको यात्रा तथा ८: ५९ बजे थिराशनका लागि र टीकाका दिन मध्याह्न १२:२१ बजे तुलजाभवानीको यात्रा र दिउँसो १:०५ बजे थिराशनका लागि साइत जुरेको छ।

It’s Time For Dashain.
Send Free Dashain E-Cards / Greeting Cards To Your Friends , Family And Loved One’s.
Visit www.sanjaal.com/ecards

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-09-23 10:19:12.