Lyrics – Bro Sis – Basa Sundari


बस सुन्दरी ठन्डी महिना जाडो छ।
हे रातो नि गाला च्याउरी परेछ।

बस सुन्दरी ठन्डि महिना जाडो छ।
हे रातो नि गाला च्याउरी परेछ।

हो सोल्टिनिको त्यो रातो गालैमा
लान्छु तिमिलाई यो आउने सालैमा
हातैमा सुनको चुरा अनि औँठि लगाइदिउँला
मखमलि चोलि अनि सिरबन्दि सिरमा सजाईदिउँला

हेर सुन्दरी लगन तिम्रो आको छ
ल है त्यो मन पक्कै आँटे जस्तो छ

बस सुन्दरी ठन्डि महिना जाडो छ
हे रातो नि गाला च्याउरी परेछ

हो कति बस्छौ त्यो माइति गाउँवैमा हो
जाने भए ल्याउँछु जन्ति दैलैमा
डोलिमा चढाइ पछ्यौरिको घुम्टो ओढाइदिउँला
नौमति बाजा बजाइ डाँडा पाखा बेसि घन्काइदिउला

हेर सुन्दरी यो मन मेरो साँचो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ

बस सुन्दरी ठन्डि महिना जाडो छ।
हे रातो नि गाला च्याउरी परेछ।

हेर सुन्दरी लगन तिम्रो आको छ
ल है त्यो मन पक्कै आँटे जस्तो छ

हे रातो नि गाला च्याउरी परेछ।
ल है त्यो मन पक्कै आँटे जस्तो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ।

indian-models-and-stars-pic-011

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2009-04-05 21:37:50.