Nepali Joke 32 – Barber Telling Horror Stories Before Haircut
कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग:
“ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ??
हजाम :
डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त :p
Nepali Joke 30 – Nepali Doodh Pasale Shere Ra Line Ma Baseka Manchhe Haru
एउटा दूध पसल अगाडी धेरै लामो लाईन लागेको थियो, पसल भने खुलेको थिएन, त्यहि लामो लाईनको छेउबाट शेरे सरासर अगाडी जाँदै थियो
बिचमा एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक घण्टा देखि बसिराका छौँ तिमी चाँही कहाँ हो सरासर ?
शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो,
जब पसलको ढोका नजीक मात्र केपुगेको थियो, एउटा भुस्तीघ्रेले शेरेलाई ट्याप टिपेर फाल्दियो
धुलोमा नराम्ररी बज्रेको शेरे धुलो टकटकाउदै उठ्यो र कुरै बुझ्दैनन् यार भन्दै फेरी अगाडी बढ्यो.
फेरी अर्को पहलमानले च्याप समातेर घिसार्दै लाइनको लास्टमा पुर्यायो र भन्यो
-अब यो भन्दा अगाडी बढिस भनेहात, खुट्टा भाँचीदिन्छु, चुपचाप लाइनमा बस्हामी बसेको एक घण्टा भईसकोत चाँही ढिलो आएर अगाडि बस्ने?
शेरे – ठिकै छ सालेहरु
.
.
तिमीहरुलाई आज दूध कसले दिँदो रहेछ हेरौ न म पनि, म मरे पसल खोल्दिन आज …. ;-D
Nepali Joke 25 – Army Le Beer Lukayeko
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो ।
यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर …


