Nepal Police and Flesh Trade of Kathmandu Valley

Source: Kantipur

काठमाडौ, अषाढ ३१ – कसैले प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको छ कि ? छ भने बेलैमा सावधान हुनुस् र तत्काल प्रहरीलाई खबर गर्नुस् । प्रहरीका अनुसार जागिर लगाइदिने र मनग्यै रकम कमाइने प्रलोभन देखाएर यौन व्यवसायमा लगाउनेहरू सक्रिय छन् । उपत्यकाका तीन जिल्लाका प्रहरीले यौन व्यवसाय सञ्चालन गर्ने विरुद्ध अभियान चलाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसपी रमेश खरेलले झण्डै डेढ महिनाको अवधिमा संगठित रूपले यौन व्यवसाय सञ्चालन गर्ने २५ जनालाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुरूप कारबाही चलाएको बताए ।

प्रहरीका अनुसार यस कार्यमा लगाउनेलाई लक्षित गरेर कारबाही चलाइएको हो । ‘स्वेच्छाले गर्नेलाई पनि छाड्न मिल्दैन, राज्य र कानुनले कारबाही गर्ने अधिकार दिएपछि यो अपराध हो,’ एसपी खरेलले भने ।

प्रहरीले यो अभियानअन्तर्गत ठमेलका सबै यौन अखडालाई बन्द गरेको छ भने अघोषित देह व्यवसायको केन्द्र मानिने मसाज पार्लरहरूमा निगरानी राखेको छ । प्रहरीका अनुसार ठमेलमा १ सय ५० भन्दा बढी मसाज र १४ यौन व्यवसायका अखडा छन् । उपत्यकाभरि २ सयभन्दा बढी डान्स बार, ४ सयभन्दा बढी होटेल र ३ सयभन्दा बढी रेष्टुरेन्टहरू भएको विभिन्न गैरसरकारी संस्थाको अनुमानित तथ्यांकमा उल्लेख छ । उपत्यकाभित्र यौन व्यवसायमा लागेको संख्या १५ हजारलाई नाघेको अनुमान गरिएको छ ।

सम्बद्ध व्यवसायीहरूले भने प्रहरीले कारबाहीको नाउँमा दुःख दिइरहेको बताएका छन् । कोटेश्वरको विन्दु टप रेष्टुरेन्ट र गेष्टहाउसका प्रबन्धक राजेन्द्र लामाका अनुसार रिचार्ज कार्ड नदिंदा, गाडीमा पेट्रोल नहाल्दा, रक्सी खाएको बिल माग्दा र सित्तैमा केटीहरू उनीहरूसँग जान नमान्दा प्रहरीले छापा मारिहाल्छन् ।

पर्यटकीय नगरी ठमेलमा समेत प्रहरीको ज्यादतीबाट मसाज पार्लर, होटेल व्यवसायी र रेष्टुरेन्ट सञ्चालक पीडित भएको बताए ।

भित्र ग्राहक आएका बेला अधिकांश मसाज पार्लर बाहिर स्टाफहरूले प्रहरी आए/नआएको हेर्न पहरा दिइरहेका हुन्छन् ।

उनीहरूका अनुसार विभिन्न बहानामा छापा मारी लगेर तस्बिर खिचेर राख्ने र चिनेपछि प्रहरीहरूले श्रीमतीझैं हक देखाउन थाल्ने गरेको बताए ।

काठमाडौं प्रहरी प्रमुख खरेलले दबाबमा नआई व्यवसायीहरूले त्यस्ता प्रहरी बारे खबर गरेमा तत्कालै कारबाही गरिने बताए ।

स्थानीयवासीको गुनासोमा भक्तपुर प्रहरीलेसमेत देह व्यवसायमुक्त क्षेत्र अभियान चलाएको छ । ‘मापदण्डविपरीत रेष्टुरेन्ट र होटेल सञ्चालन गर्नमा रोक लगाइएको छ ,’ भक्तपुर प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले भने ।

ललितपुरका डिएसपी दिनेश आचार्यका अनुसार यो डेढ महिनाको अवधिमा एक मुद्दामा अपहरण तथा शरीर बन्धक ऐनमा र केहीमा सार्वजनिक अपराध ऐनमा कारबाही चलाएको छ । समाजशास्त्री सुरेश ढकाल सरकारले यो विषयलाई अझैं सम्बोधन नगरेको र बहस चलिरहेकाले कानुनी कारबाही चलाउनुपर्ने बताउँछन् ।

Related Articles:







Problems in implementing policies if outlaws of Kathmandu not brought to Justice

जितेन्द्र साह - गुन्डा तह नलगाए कार्यान्वयनमा समस्या

काठमाडौ, अषाढ २५ -
गुन्डाराज अन्त्य नगरी ठमेलका मसाज केन्द्रमाथि लागू आचारसंहिता कार्यान्वयन हुन नसक्ने व्यवसायीहरूले बताएका छन् । बिहीबारदेखि संहिता लागू भएपछि उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ठमेल पर्यटन विकास परिषद्ले आचारसंहिता लागू गरेको दुई दिनपछि शनिबार मसाज पार्लरको स्थिति अवलोकन गर्दै हिँड्दा मसाजकर्मीहरूले आचारसंहिताअनुरूप तयारीमा जुटिरहेका देखिए । ‘यो संहिता आएकोमा म निीै खुसी छु,’ ज्याठास्थित हिमालयन स्पाकी सविना तामाङले भनिन्, ‘साँच्चिकै लागू भएमा सुरक्षाकर्मी र गुन्डाको दोहोरो शोषणबाट बच्छौं, गुहार्ने ठाउँ पनि हुन्छ, एक्लै कति लड्ने ?’

परिषद्ले बनाएको मापदण्ड अनुरूप तयारीमा लागिसकेको उनले जानकारी दिइन् । ‘स्टायन्डमा बसेर काम गरेपछि प्रहरी वा गुन्डा कोहीसँग डराउनु पर्दैन,’ तामाङले भनिन्, ‘ब्वाइप|mेन्ड, बेस्ट प|mेन्ड वा लोग्ने नै आए पनि मसाजभित्र यौन क्रियाकलाप नगर्न कामदारहरूलाई भनिसकेको छु ।’

अधिकांश मसाज पार्लरहरूले ढोका र पर्दा नलगाई पारदर्शी ढंगले सेवा प्रदान गरिरहेको अनुगमन समितिले भेटेको थियो । धेरै जसोले सिसा लगाउनलाई ढोका खोलेर हटाएको र कतिले सबैले हेर्न मिल्ने गरी नीलो र सेतो रंगको पर्दा लगाएका देखिए । ‘साहुनीले सिकाएको भरमा मसाज गर्दै आएका थियौं,’ ठमेल नरसिंहचोकस्थित स्पा बोडी मसाजमा कार्यरत एक युवतीले भनिन्, ‘कडा नियम आएछ, अब तालिम लिन जान्छौं ।’ आफूहरूका लागि साहुनी पोसाक र एप्रोनको प्रबन्धमा लागेको उनीहरूले जानकारी दिए ।

ठमेल क्षेत्रभरि छरिएर रहेका झन्डै २ सय ५० मसाज/स्पाहरू शनिबार निकै सुनसान देखिए । ठमेलको प्रवेशद्वारमै स्थित नेचुरल हर्बल आयल आयुर्वेदिक मसाजमा कार्यरत नुवाकोटका दुई युवतीहरू ग्राहकको प्रतीक्षामा बसिरहेका देखिए । ‘मसाजलाई चाहिने/नचाहिने विवादमा ल्याउँदा राम्रा ग्राहक आउनै छाडे,’ मसाजकर्मी सरिता थापा क्षेत्रीले भनिन्, ‘संहिता लागेपछि प्रहरी छापाको डर हुन्न, राम्रा घर-परिवारका पनि आउँछन् ।’

पानी र सरसफाइको अभावमा स्वास्थ्यका लागि हानिकारक फोहोर र दुर्गन्धित कोठामा ८० प्रतिशत मसाज सञ्चालन भएको पाइयो । ओछ्याएका बेड सिट र सिरानी पनि निकै फोहोर थिए । ‘पानीको समस्या भएर फोहोर देखिएको हो, सकभर सफा राख्न कोसिस गरिरहेका छौं,’ ठमेलस्थित जोमसोम मसाजकी एक युवतीले भनिन्, ‘संहिताअनुरूप दर रेट तोकिएमा र त्यो अनुरूप आय भएमा स्टायन्डर्ड मेन्टेन हुन्छ ।’ तोकिएको रेटभन्दा आधा र कसैले त्यो पनि नदिई उल्टै धम्क्याएर जाने गरेको उनले बताइन् ।

लाखौं रुपैयाँ लगानी गरेर स्तरीय सेवा प्रदान गरिरहेका स्पा र थेरापी सेन्टरहरूले आचारसंहिताले निरन्तरता पाउनेमा शंका व्यक्त गरेका छन् ।

‘एक त मसाजका बोर्ड राखेर यौन व्यवसाय गर्नु भएन, रंगेहात पक्राउ परेकालाई एक/दुई साता पक्राउ गरेर छाड्नु भएन,’ ठमेलको हिमालयन स्पाका प्रबन्धक रोशन तामाङले भने, ‘हदैसम्मको कारबाही गरेमा मात्र चेत्छन्, समाउने र छोड्ने गरेर यो समस्याको समाधान हुन्न ।’ उनले केही दिनको होहल्ला र अनुगमनले यो लागू गर्न नसकिने बताए । यसको निरन्तर कार्यान्वयन र मसाजको आडमा देह व्यवसाय सञ्चालन गर्नेसँगै धेरै भाडा पाउने लोभमा घर दिने घरबेटीलाई पनि कारबाही हुनुपर्नेमा तामाङले जोड दिए ।

गि्रन हार्टस थेरापी सेन्टरका सन्तोष बज्राचार्यले भने यौनकर्मी ग्राहकले व्यवसायी मारमा परेको बताए । नेपाल मसाज व्यवसायी संघका अध्यक्ष केबी लामाले पारित भएको बुँदाको प्रतिलिपि प्रत्येक व्यवसायीलाई प्रदान गरिने र त्यसअनुरूप अनुगमनमा खटिएको टोलीले नपाएमा तत्काल कारबाही प्रक्रिया अघि बढ्ने बताए । ‘यस विपरीत जानेलाई तत्काल ठमेलबाट विस्थापित गर्नेछौं,’ उनले भने ।

सोह्रखुट्टे प्रहरी प्रभागले मसाजलाई वैधानिक ढाँचामा ल्याउनुको विकल्प नरहेको स्विकारेको छ । आचारसंहिता लागू भइसकेको हुनाले तोकिएको परिधिभित्र बसेर कारबाही गर्न सजिलो भएको प्रभागका प्रमुख निरीक्षक दानबहादुर थापाले बताए ।

गलत खालका काम गर्ने मसाज पार्लरका सञ्चालक- सञ्चालिकासँग रकम लिएर ढाकछोप गर्ने प्रहरी बारेमा उजुरी परेमा कारबाही गरिने उनले

बताए । उनले भने, ‘विशुद्ध रूपले मसाज गरेर पेट पाल्नेलाई बाधा नहुने गरी प्रहरी कारबाही हुन्छ ।’ निरीक्षक थापाले हचुवा र हावाको भरमा भन्दा अबदेखि देह व्यवसाय भएको ठोस सूचनाको आधारमा कारबाही गरिने बताए ।

ठमेलको भगवान बहालस्थित आयुर्वेदिक हर्बल मसाजकी पिंकी बज्राचार्यका अनुसार उद्दण्डहरूले बाध्य पारी यौन व्यवसाय गर्न लगाउने दाबी गर्दै भनिन्, ‘नमान्नेमाथि भौतिक आक्रमण गर्न खोज्छन् । मसाज गर्ने कोठाहरूमा पारदर्शी सिसा लगाउने/नलगाउने दोधारमा छु ।’

प्रकाशित मिति: २०६८ अषाढ २६ ०९:१०

Related Articles:







Gharwali Nepal Ma Baharwali Pradesh Ma

घरवाली नेपालमा बाहरवाली प्रवासमा
-खेमनाथ पौडेल/ यूएई-

गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौँ। अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने योजना भयो। संयोगवस ट्याक्सी ड्राइभर नेपाली नै हुनुहुँदो रहेछ। घर बुटवल रहेछ।

‘ए, नेपाली नै हुनुहुँदो रहेछ हजुरहरु नमस्ते’, उनले भने।

हामीले पनि नमस्ते फर्कायौँ। अनुहारका छालाहरु चाउरी परेका जस्ता देखिन्थे। हेर्दा लगभग चार दशक लाग्थे उनी। तर बोलीमा भने चमक थियो।

गुरुजी घर कहिले जाने? प्रश्न सोध्यौँ। ‘आ, केको घर जानु, सबै कुरा यही सेटिङ्ग भएपछि’ उनको जवाफ।

कुरा बुझिनँ। ‘छोराछोरीहरु क्याम्पस पढ्न थाले। अब घरकी बुढीलाई के हेर्नु, विदेशमा नै ‘बाहरवाली’ भएपछि त के चाहियो?

उनको यो कुराले मलाई कौतुहल जाग्यो। अनि उनको कुरामा कुरा मिलाउँदै अगाडि बढ्यौँ। तपाईँलाई कुन देशकी बाहारवाली चाहियो भन्नु न, रुम तपाईँ मिलाउनुहोस् म बाहरवाली मिलाउँछु- नेपाली, फिलिपिन्स, अन्य देशका। अचम्म लाग्यो।

उनी भन्दै थिए- ‘हेर्नुहोस् हाम्रो पेशा यस्तै छ, कस्ता, कस्ता प्यासेन्जर भेटिन्छ थाहा हुँदैन। कहिले काही त मातेर आउछन् र ट्याक्सीमा चढ्ना साथ सेक्सको कुरा गर्छन्। नेपाली महिलाहरु जानी नजानी, अंग्रेजी र हिन्दीमा कुरा छाँट्छन्।

भर्खरैको घटना सुनाए उनले, “फिलिपिन्सलाई साथी बनाउन अति सजिलो, हाई हेलो गर्दैमा साथी बनिहाल्ने। घरमा तीन छोराछोरीका आमा यहाँ भने कन्या जस्ता देखिन्छन्। कुरा नढाँटी भनेँ- मेरो घरमा छोराछोरी क्याम्पस पढ्न थाले। उसले पनि थपी, ‘मेरो पनि त्यस्तै हो, तर यहाँ त कोही छैनन् नि। तिमी पनि खाली, म पनि खाली। अनि सेटिङ्ग मिलिहाल्यो। तपाईँहरुलाई पनि आवश्यक परे मेरो नम्बर लिनुहोस्। कोठा तपाईँको मैया मेरो।” अचम्म परेँ उनको यो कुराले।

लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिर पछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो। एक दिन उनलाई विस्तारै बुझ्दा उनले फिलिपिनो साथी बनाएका रहेछन्। हप्ताको ३ दिन जानै पर्ने तर खर्च गर्नै पर्दैन उसैले सबै सेयर गर्छे। मंगलबार त उसको छुट्टी हुने, रुममा कोही पनि नभएको हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु। घरमा छोराछोरी ९, १० पढ्दै छन्। हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको, अनुहार फिलिपिन्सकै जस्तै देखिने कतिपयले पारे पनि भनेर बोलाउने सुनाए।

“के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कती सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।

फेसबुकको माध्यमबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। कुरा गर्दै जाँदा उनीहरु एकआपसमा अति नै नजिकिए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए, तर घरमा हैन, नगरकोटको एक होटलमा। त्यही केटीसँग रात बिताई उनी फर्के। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। तर घरमा थाहा भएन उनी नेपालमा नै बाहरवालीसँग १५ दिन बिताएको।

झापाका भूपू भारतीय सेनाका जम्दार अबुधावी पुलिसमा आएको ३ वर्ष भयो। हेर्दा ३० वर्षे जस्तो देखिने ४० नाघ्नै थालेका रहेछन्। गत हप्ता उनी भौँतारिँदै रुममा अपरिचित तरिकाले आइपुगे। ‘तपाईँ पत्याउनुहुन्न मेरी नातिनी छे’, उनले भने। अचम्म लाग्यो, उनको उमेरले लाग्थ्यो भर्खरै विवाह गरेका हुन्। अचानक उनी नजिकैको अबुधावीको इमिरेट्स प्लाजामा पुगेछन्। नसाले लठ् एक चाइनिजको साथमा रात बिताएछन्। तर बिहान उठ्दा उनको साथमा भएको पर्स, झोला सबै हराएछ। उनले अतालिँदै भने, मेरो कार्डहरु थियो, त्यो पनि हरायो। लाहुरे र ड्राइभरको जिन्दगी यस्तै हुन्छ। उनको भनाई सत्य थियो। घरमा श्रीमती हुँदाहुँदै पनि उनी यसरी प्रवासमा बाहारवालीसँग हप्तै पिच्छे भौँतारिरहेका थिए। चाइनिजहरु विश्वासिला हुन्छन्, उनीहरुले यस्तो काम गर्दैनन्, उनले शंका गरे- चाइनिज मिलाइदिने बंगालीमाथि।

दुवईमा विगत ३ वर्ष सँगै बस्ने एक जना साथीले एक दिन दुवईको रात्री जीवन हेर्न जाउँ भने। नजिकै रहेको अष्टोरिया होटल, रसियन होटल, योर्क होटल आदीका नजिकै झुम्मझुम्म पुरुष महिलाहरु एक आपसमा कुराकानी गर्दै गरेको देखेँ। विभिन्न देशका ती महिलाहरु प्रायः अरबीहरु र गाडी लिएर आएकालाई आँखा लगाई रहेका थिए। तिनै महिलाहरुले अष्टोरिया होटलमा भन्दा आधा रकम कममा अन्य होटलमा मोलतोल गर्दा रहेछन्। नडराई म एक इन्डोनेसियनलाई मोलतोल गर्न थालेँ। गफैगफमा एक रातको १ सय दिह्राममा कुरा फिक्स भयो। लाग्थ्यो उमेरले ३५ काटेकी जस्तो। के गरौँ, कसो गरौँ भयो, चिट-चिट पसिना आयो। कसरी यो केटीसँग छुटकरा पाउँ भन्ने सोच्न थाले। लाजै नमानी उसले मेरा अंग प्रत्यङ्ग छुन थाली। ओहो? मेरो श्रीमती मेरो दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने म भने …… उति नै खेर म त्यहाँबाट बहाना बनाएर निस्कन बाध्य भएँ। आखिर म पनि प्रवासमा नजानिँदो तरिकाले बाहरवालीकै खोजीमा थिएँ।

अबुधावीको एक कम्पनीमा कार्यरत नवलपरासीका युवकको विवाह भएको ६ वर्ष भयो तर उनी विदेश आएको भने ८ वर्ष। वर्षको १ पटक नेपाल फर्कने पनि गर्दछन्। एक दिन उनीसँग भलाकुसारी गर्ने मौका मिल्यो। खालेदिया मलमा किनमेल गर्दा त्यहाँ सफाई गर्ने एक नेपाली महिलासँग उनी ठोक्किन पुगे। करिब १ महिनापछि उनले शुक्रबार पारेर उनलाई अबुधावी बोलाए। हामी कोठामा खाना खाइरहेका थियौँ। उनले ती महिलालाई बोलाए, मलाई थाहा थिएन उनी तिनै महिला थिइन् भनेर। साथीहरुले उनलाई १ घण्टाको लागि रुम छोडिदिए। अचम्म लाग्यो आफ्नो रुम अरु कसैलाई मस्ती गर्नको लागि छोड्नु पर्ने। उनले उनी मात्र होइन, अन्य बाहरवालीहरुसँग यसरी नै मस्ती लुट्दा रहेछन्। विदेशमा मात्र होइन, नेपालमा छुट्टीमा गए पछि पनि श्रीमतीलाई ढाँटेर पोखरासम्म पुग्दा रहेछन् तिनै मैयाहरुसँग।

तनहुँका एक जना साथी साउदी अरब गएको करिब ८ बर्ष भयो। ४ वर्षपछि उनी नेपाल फर्के। घरमा छोरी हलक्कै बढेकी थिइन्। उनलाई घरकी बूढीको त्यति माया लागेन। केही समयपछि उनी फेरि साउदी अरब नै फर्के। पछि उनले झापाकी एक महिलालाई प्रवासमा नै बाहरवाली बनाई सकेका थिए।

यूएईका प्रत्येक पार्कमा जहाँ नेपालीहरु भेटिन्छन्, आजकल ती ठाउँहरुमा जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन् जसलाई देख्दा अरु नेपालीहरुलाई अप्ठ्यारो परेको देखिन्छ। गत हप्ता यस्तै कृयाकलापका कारण दुबई पुलीसले त्यस्ता जोडीहरुलाई बढी कडाईका साथ निगरानी राख्न थालेको खुल्न आएको छ।

अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ। घरवाली वर्षौदिनसम्म श्रीमानको प्रतीक्षामा रहेतापनि श्रीमान् भने बाहरवालीको चक्करमा घरवालीलाई मर्लक्कै भुलेका कतिपय घट्नाले दर्शाउँछ। श्रीमानले विदेशमा बाहरवालीको सहायता लिएजस्तै श्रीमतीले पनि नेपालमा बाहरवालाको सहायता लिए भने कुनै नौलो घट्ना भने लाग्ने छैन हाम्रो समाजमा। महिनाभरीको तलब यसरी बाहरवालीलाई खर्च गरेमा घरवालीले कसरी धान्ने घर?

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Next Page »