Lyrics – Nepathya – Rangeen Chara
टाढा धेरै टाढा उडेका रंगीन चरा
धर्तिमा कहिले फिर्लान्
आकाशको कालो मैलो हटि
घाम जुन कहिले खुल्लान्
टाढा धेरै टाढा उडेका रंगीन चरा
धर्तिमा कहिले फिर्लान्
संघारमा कमजोर आमाको छाया
हुरी चलेको आवेगमा
संघारमा कमजोर आमाको छाया
हुरी चलेको आवेगमा
यस्तो लाग्छ यो घरसंसार
जलिरहेछ संवेगमा
आज हामी माझ बल्झेका पिर सारा
विलाई कहिले झर्लान्
ओठमा चन्द्र सुर्य चम्के सरी
मुस्कान कहिले भर्लान्
मुस्कान कहिले भर्लान्
यात्रामा बाटो पहिल्याउँदै यात्रि
एकदिन पुग्छन् मुलबाटोमा
यात्रामा बाटो पहिल्याउँदै यात्रि
एकदिन पुग्छन् मुलबाटोमा
घरलाई पिर्ने बाधा अड्चन
मन्छाई दिउँला दोबाटोमा
गाढा धेरै गाढा युगौँको भाइचारा
तोडेर तोडिन्न एकदम
पहाडमा मधेश धुन अनेक
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
नाचौँ न मिलेर छमछम
Originally posted 2009-03-23 17:47:40.

