Dozens Couples Arrested From Guest House In Nepal On Valentines Day
Filed under: Nepal - Sex Prostitution and Social Issues
भ्यालेन्टाइन डेमा गेष्टहाउसबाट दर्जनौं नग्न जोडी पक्राउ… प्लस टु र दश कक्षामा पढ्ने किशोर किशोरी पनि
काठमाण्डौ । भ्यालेन्टाइन मनाउने बहानामा यौन क्रियाकलाप गरिरहेको अबस्थामा काठमाडौंका गेष्ट हाउस तथा होटलबाट दर्जनौं जोडी पक्राउ परेका छन् ।काठमाडौको कलंकी आसपासका विभिन्न होटल तथा गेष्ट हाउसमा सोमबारराती प्रहरीले छापा मार्दा थुप्रै जोडी आपत्तिजनक अबस्थामा पक्राउ परेका छन् । कालिमाटी र कलंकीबाट खटिएको प्रहरी टोलीले कंलकी क्षेत्रका आधा दर्जनभन्दा बढी गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।कलंकीका धौलागिरी गेष्ट हाउस, अर्घाखाँची गेष्ट हाउस, लक्ष्मी गेष्ट हाउस, लाली गुराँस गेष्ट हाउस, काठमाण्डौ गेष्ट हाउस, सरिना गेष्ट हाउस र नवलपरासी गेष्ट हाउसमा यौनक्रियकलाप गरिरहेको अबस्थामा त्यस्ता जोडीहरु फेला परेका हुन् ।पक्राउ पर्नेमध्ये अधिकाशंले होटलमा श्रीमान् श्रीमतीको सम्बन्धको हवला दिँदै नाम दर्ता गराएका थिए । भ्यालेन्टाईन डे मनाउने भन्दै होटलमा वस्न आएका अविवाहित जोडीलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक पुष्प लामिछानेले जानकारी दिनुभयो ।प्रहरीले गेष्टहाउसमा छापा मार्दा सवैजसो आपित्तजनक अवस्थामा भेटिएका थिए । अर्धनग्न भेटिने युवा-युवतीहरु काठमाण्डौंका प्लस टु र क्याम्पसमा अध्ययनरत पाइएका छन् भने कतिपय एसएलसी परिक्षा दिने तयारीमा ।प्रहरीसँगको बयानमा उनीहरुले आफुहरु भ्यालेन्टाइन डे मनाउन मात्र गेष्टहाउसमा आएको बताएका छन् । कतिपय कोठामा यौनलीलामा संलग्न जोडीहरु प्रहरी आएको सुइँको पाएपछि फुकालेका कपडा होटलमै छाडी भागेका थिए ।छापा मार्ने क्रममा प्रहरीले थुप्रै प्याकेट कण्डम, पैसा, मोवाइल, भित्री बस्त्र फेला पारेको थियो । पक्राउ परेकामध्ये ६ जनालाई कालीमाटी प्रहरी बृत्तमा राखिएको लामिछानेले जानकारी दिनुभयो ।यस्तै प्रहरीले सार्बजनिकस्थलमा आपत्तिजनक अबस्थामा भेटिएको भन्दै ५३ जोडीलाई कारवाही गरेको छ । भ्यालेन्टाइन डेका अबसरमा पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरुमा भेटिएका त्यस्ता जोडीलाई प्रहरी टोलीले सचेत गराउनुका साथै प्रति जोडी दुई सय रुपैयाँका दरले जरिवाना गराइएको थियो ।अंगालो बाँधेर बसेको, चुम्बन गरिरहेको र यौनजन्य गतिबिधिमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको पशुपति क्षेत्र बिकाश कोषले जनाएको छ । श्रीमान् श्रीमति भएको दावी गर्ने कतिपय जोडीलाई भने प्रहरीले पहिलोपटक भन्दै माफी मगाएर छाडेको थियो ।
(Source of this article – online news papers)

