Biography of Seturam Pradhan – Modern Songs Singer

January 28, 2013 by Sanjaal Corps
Filed under: Biography of Nepali People 

Source: nai.com.np/contents.php?id=208

सेतुराम काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा धेरै झुकाउ राख्थे । साथै सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुराम चाहिँ गायनकलामा मन, वचन र कर्म ले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।

सेतुराम नेपाली आधुनिक गीतका आदिगायक हुन् । उनले संवत् १९६५ सालमा नै गीत गाएर नेपाली साङ्गीतिक आकाशमा गीत रिकर्डिङ गर्ने पहिलो गायक हुने सौभाग्य पाए । गीत गाउने क्रममा उनले सुरुमै मोतीराम भट्टद्वारा लिखित ‘यता हेर्‍यो यतै मेरा नजर् मा राम प्यारा छन्’ बोलको गजल गाए । यस गीतको धून पनि उनैले दिएका थिए । उनी गजलमा जसरी लहसिएका थिए लोकपाराका झयाउरे गीतमा पनि उनी त्यत्तिकै टाँस्सिएका थिए । उनको गायनकलाको त्यति बेला जनस्तरका साथै राणाका दरबारमा पनि धूमधामै प्रशंसा हुने गथ्र्यो । त्यही कारणले उनी जागिरेका रूपमा बबरमहल पनि प्रवेश गरेका थिए ।

सेतुराम साहू जनकलाल श्रेष्ठको सौजन्यमा कोलकाता पुगेका थिए । त्यतिखेर जनकलाल श्रेष्ठचाहिँ भद्रकाली हाउसको स्थापना गरेर ग्रामोफोनको चक्का बेच्ने नेपालका मुख्य बिक्रेता थिए । उनी व्यापारी भएर पनि अर्काको हितमा आफ्नो व्यापारलाई पनि जोड्ने गर्थे । त्यसैले उनले करबल गरेर, चेपचाप गरेर र विभिन्न प्रलोभन देखाएर सेतुरामलाई गीत रिकर्डिङ गर्नका लागि कोलकाता पुर्‍याएका थिए । कोलकाता पुर्‍याएर जनकलाल श्रेष्ठले जोनोफोन रिकर्डको लेबलमा भद्रकाली हाउस उल्लेख गरी सेतुरामका स्वरमा मात्र सातवटा रिकर्ड गराएका थिए । ती सातवटा रिकर्ड मा चौधवटा गीत भरिएका थिए ।

सेतुरामका गीतले हलचल पैदा गर्दा उनीप्रति राणासरकारको कान पनि ठाडो भएको थियो । त्यसैले उनले चाँडै राणादरबारमा प्रवेश पाएका पनि थिए । सेतुरामका ओजपर्ूण्ाका गीत स्वयम् मा आकर्ष थिए तापनि उनी गीतगायनका इतिहासपुरुष मानिन्छन् । सुवी शाहका शब्दमा भन्ने हो भने “सङ्गीतक्षेत्रमा सेतुरामले नेपाली गीतमा नयाँ आयाम थपेर नेपाली कलाकारको प्रतिष्ठा बढाइसकेको देखिन्छ ।” वास्तवमा सेतुरामले त्यस युगमा पनि निर्धक्क गीत गाएर नेपाली साङ्गीतिक आकाशमा नयाँ आयाम थपेका थिए । उनी पहिलो गायक मात्र होइन पहिलो आधुनिक झयाउरे गीत गाउने हिसाबमा पनि नेपाली संसारमा र्सवाधिक चर्चित भए

ए आमा सानीमा
फूलको थुँगो खस्यो पानीमा !

सेतुराम काठमाडौँ उपत्यकामा गीतगायनका जुनसुकै कार्य क्रममा पनि पुग्थे । उनी गीत गाएर नै सारालाई मक्ख पार्न सक्थे । उनले गीत गाउने भनेपछि उनी पुगेका काठमाडौँका विभिन्न टोलहरूमा मान्छेको घुइँचो लाग्थ्यो । उनी गीत गाएर जुनसुकै उमेरका मान्छेलाई पनि मोहित पार्थे ।चन्द्रशमशेरलाई पनि उनले स्तुतिगीत गाएर मक्ख पारेका थिए । करियामोचनपछि चन्द्रशमशेरलाई र्सकाएर सेतुरामले गीत गाएका थिए । त्यो गीत त्यति बेला पनि ग्रामोफोनमार्फ चारै तिर बजाउने गरिन्थ्यो ।

सेतुरामले आफूले प्रेम गरेका सुन्दरीहरूमध्ये केहीसँग बिहे गरे । उनका औपचारिक लगनगाँठो कस्सिएका चाहिँ चार श्रीमती थिए । तीमध्ये जेठी श्रीमतीबाट रामबहादुर प्रधानको जन्म भएको थियो । रामबहादुर पनि उस्ताद थिए । माइली श्रीमतीबाट केदार प्रधान र साइँला प्रधान जन्मेका थिए । यी दुई भाइ पनि गायनमा रुचि राख्थे । केदार प्रधान र साइँला प्रधान किशोरावस्थामा नै स्वर्गीय भए । सेतुरामकी साहिँली पत्नीबाट सन्तान जन्मेका थिएनन् । सेतुरामले सुकुनानी श्रेष्ठलाई प्रेम गरी चौथी श्रीमतीका रूपमा आफ्नो घर भित्र्याएका थिए । सुकुनानी प्रधानबाट पाँच भाइ छोरा र चार बहिनी छोरीहरू मिठाइदेवी, मेवादेवी, मिश्रीदेवी र नारायणदेवी जन्मे । पाँचभाइ छोराहरूमध्ये चार भाइचाहिँ बालककालमा नै दिवङ्गत भए । उनका छोराहरूमध्ये बद्रीप्रसाद प्रधान मात्रै बाँचे । बद्रीप्रसाद प्रधान र तीन छोरीको चाहिँ घरबार पनि भयो ।

सेतुराम सानामा गोरो अनुहारका थिए । सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो । हर्ेदा उनी खाइलाग्दा पनि थिए र बोल्दा जोकोही पनि उनीसँग मक्ख पर्थे । त्यसैले उनका पछि केटीहरूको पनि झुकाउ पाइन्थ्यो । उनको रहनसहन, लवाइखवाइ, बोलीचाली, हिँडाइडुलाइ राजषिर् छाँटको भए तापनि उनी एउटा मध्यम वर्गीय परिवारका थिए । उनको पेसाचाहिँ भाँडाकुँडाको व्यापार नै थियो ।

सेतुरामले काठमाडौँकै असनस्थित बालकुमारीमा भाँडादोकान थापेका थिए । त्यहाँ उनी तामा, पित्तल र काँसका भाँडाकुँडा बेच्ने गर्थे । उनको व्यापार राम्ररी चलेको पनि थियो । त्यसैले उनी आफैँ पसलमा बस्ने गर्थे । पसल हेर्दै गीत गायनमा लाग्दै गर्दा उनको पसल त्यति उच्चकोटिको हुन सकेन । तर उनको जीविकाका लागि त्यस पसलको आम्दानी पर्याप्तै हुन्थ्यो । त्यही पसलमा बसेर उनले आफ्ना छोराछोरीलाई कखरा पनि पढाउने गर्थे ।

सेतुरामले नेपाली भाषाका सोरवटा गीत रिकर्ड मा नै स्वराङ्कन गराएको पाइएको छ । तीमध्ये उनले गजल, भजन, झयाउरे आदि गीत गाएका थिए । त्यस समयमा उनले १२ वटा नेवारी गीत पनि गाएका थिए । उनका गीतहरू जति स्वच्छन्दताले भरिएका हुन्थे त्यति नै मर्म स्पर्शी पनि हुन्थे । गीत गाउँदाचाहिँ उनी रोमान्टिक शब्द नै बढी रोज्ने गर्थे । त्यसैले पनि होला उनको गायनका विशेषतालाई लिएर चारै तिर हल्ला मच्चिने गथ्र्यो । वास्तवमा त्यतिखेर सेतुरामको स्वर भएको ग्रामोफोनका चक्का घुमाई फिर्राई धेरैले सुन्ने गर्थे । त्यतिले नपुगेर सेतुरामका गीत माइकमा राखेर पनि घन्काउने गरिन्थ्यो ।

सेतुराम सौ खिन गायक थिए । उनी आफ्नो आत्मसन्तुष्टिका लागि मात्र गीत गाउँथे । उनको स्वरको मातमा परेर नै साहू जनकलाल श्रेष्ठले उनको ग्रामोफोन रिकर्ड बनाइदिएका थिए । हुन त सेतुरामले जीविकोपार्जनका लागि गीत गाउने लक्ष्य नै राखेनन् । यति हुँदाहुँदै पनि उनका गीतका चक्काहरू निकै बिक्री हुन्थे । त्यतिखेर नेपाली भाषाका गीतका चक्का पाउन नै गारो थियो । त्यसैले उनका स्वरहरूले सजिएको ग्रामोफोन नेपाल भित्रिएपछि उनको ख्याति चम्केको थियो ।

त्यस बेला नेवारी गीतको रेकर्ड गरेकाले सेतुराम काठमाडौँ उपत्यकाको नेवार समुदायमा सबैका मन परेका गायक भएका थिए । ‘राजामति कुमति’ भन्ने गीतको स्वराङ्कनपछि काठमाडौँ सहरमा उनी धेरैका हाई हाई भए । उनी गीत गाउँदा नाच्ने पनि गर्थे । ठट्टा गरीगरी नाच्ने र गाउने कलामा उनले ख्याति कमाएका थिए ।

सेतुरामभन्दा पहिला नेपाली गीत रिकर्ड गर्ने कोही पनि नेपाली गायक थिएनन् । उनी नेपाली भाषा र संस्कृतिलाई स्वरका माध्यमबाट देशविदेशमा पुर्‍याउने प्रथम साधक थिए । वास्तवमा उनी नेपाली सङ्गीतका महेश्वर थिए ।

सेतुराम गीत गाउँदागाउँदै बिरामी भए । उनको जिब्रोमा घाउ भएका कारण उनी १९९७ सालदेखि नै थला परेका थिए । त्यही रोगले नै उनी स्वर्गी य भए । उनको भौ तिक चोला संवत् १९९८ साल चैत मसान्तमा समाप्त भयो । सेतुराम स्वर्गी य गए तापनि उनको देन नेपाली धर्ती मा अटल छ । उनी नेपाली भावनाको धुकधुकीमा सधैँ बाँचिरहेका छन् , नाचिरहेका छन् र बोलिरहेका छन्

झल्झली मैयाँ पातली
बोलाउँदा बोल्दिनौ ।

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...

Originally posted 2011-07-10 11:21:27.



Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.