E-Map Of Pokhara Being Prepared For Tourism

September 27, 2012 by Sanjaal Corps
Filed under: iNepal, Interesting Developments 

नेपाल समाचारपत्र, (पोखरा) आन्तरिक तथा बाहय पर्यटकले बसेकै ठाउँबाट पोखराको सम्पूर्ण जानकारी लिन सक्ने भएको छ। नेपाल पर्यटन बोर्डले आगामी डेढ महिनाभित्र पोखराको पर्यटकीय नक्सा इन्टरनेटमा सार्वजनिक गर्ने भएपछि आन्तरिक तथा बाहय पर्यटकले पोखरको बारेमा घरमै बसेर जानकारी लिन पाउने भएका हुन्।

कम्प्युटरमा इन्टरनेट प्रयोगकर्ताहरूले नक्साको कुनै पनि ठाउँ, भाग, होटल, पर्यटकीय स्थल आदिमा माउस क्लिक गरेपछि पोखरासम्बन्धी सम्पूर्ण विवरण हेर्न मिल्ने नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा जानकारी दिइयो।

पर्यटन व्यवसायीहरूका अनुसार इन्टरनेट नक्सालाई अंग्रेजीमा जीआईएस इन्टरएक्टिभ म्याप भनेर बुझ्ने गरिन्छ। जीआईएस भनेको जिओग्राफिक इन्फरमेसन सिस्टम अर्थात् भौगोलिक सूचनाप्रणाली हो।

आकासबाट तल जमिनमा हेरेजस्तो गरी उक्त नक्सामा पोखरा र वरपरको भागलाई हेर्न, बुझन र अध्ययन गर्न सकिने नक्सा तयार गरिरहेको जेनेसिस कन्सल्टेन्सी प्रालि काठमाडौंका प्रबन्ध निर्देशक अनिश जोशीले बताउनुभयो।

‘तयार भएको नक्सालाई र्सवसाधारणले समेत पढ्न, बुझ्न र हेर्न सक्ने गरी नेपाल पर्यटन बोर्डको वेबसाइटमा अपलोड गरिने बताइएको छ। वेबसाइटमा अपलोड भएपछि विश्वका जुनसुकै देशका पर्यटकले पोखराको बारेमा बुझन सक्नेछन्।

नक्सामा पोखराका होटल, ट्रेकिङ र ट्राभल एजेन्सी, रेस्टुराँ, घुम्ने स्थलहरू, बैंक, अस्पताल, सिनेमाघर, र्याफ्टिङ स्थल, प्याराग्लाइडिङ स्पटलगायतको अवस्थिति र तिनीहरूसम्बन्धी सूचनाहरू राखिनेछ।

पोखराका मन्दिरहरू, वरपरका तातोपानी कुण्डहरू, प्रहरी र प्रशासनका कार्यालयहरू, वाषिर्क रूपमा नियमित हुँदै आएका पोखराका ठूला खालका इभेन्टहरू र तीसम्बन्धी जानकारी पनि नक्सामा समावेश गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

Source: newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=4782

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...


Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.