Increasing Sex Business In The Heart Of Pokhara – Popular Tourism Destination In Nepal

January 7, 2012 by Sanjaal Corps
Filed under: Nepal - Sex Prostitution and Social Issues 

कास्की, पर्दा लगाइएको क्याबिन रेस्टुरेन्टमा ग्राहकसँगै काँध मिलाएर रेस्टुरेन्टकी युवती पनि पिइरहेकी थिइन् । रेस्टुराँकी सञ्चालिकासँग ती युवतीलाई लैजान अर्का ग्राहक मोलमोलाई गरिरहेका छन् । यो दृश्य पर्यटकीय नगरी पोखराको एउटा रेस्टुरेन्टको हो । यहाँ बग्रेल्ती खुलेका साना क्याबिन रेस्टुराँहरूमा यौन व्यापार बढेको छ ।

पाँच वर्षअघि म्याग्दीबाट आएकी शिला नाम बताउने युवती ग्राहकलाई यौन सन्तुष्टि दिएर जीवनयापन गरिरहेकी छिन् । यहाँको एक रेस्टुराँमा काम गर्ने उनले ग्राहकलाई सन्तुष्टि दिए पनि पारिश्रमिकमा रेस्टुराँ साहुनीबाट पीडित हुनुपरेको गुनासो गरिन् । १ हजार ५ सय रुपैयाँमात्रै तलब हुन्छ । ग्राहकबाट पनि हेपिनुपर्छ,’ उनले भनिन्, ‘बाध्यताले यो पेसा अँगालें । अहिले पेसाबाट निस्कनै गाह्रो भएको छ ।’ ग्राहकलाई यौन सन्तुष्टि दिने क्रममा उल्टै पैसा र मोबाइल लुटिएको गुनासो उनले पोखिन् ।

उता स्याङ्जाबाट सात वर्षअघि यहाँ आउँदा जागिर नपाएपछि सुशीलाले यौन व्यवसाय अँगालिन् । एक रेस्टुराँमा काम गर्दै आएकी उनले पनि न्यून पारिश्रमिक र यौन व्यापारको ज्यालासमेत रेस्टुराँ सञ्चालकले नै लिने गरेको बताइन् । ‘हामी ग्राहकसँगै रेस्टुराँ सञ्चालकहरूबाट समेत शोषित भएका छौं, उनले भनिन्, ‘भनेजति पारिश्रमिक अझै पाइएको छैन ।’ ग्राहकसँग दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म ज्याला लिने साहुनीले चार सयदेखि पाँच सय रुपैयाँ मात्रै दिने गरेको गुनासो यौन व्यवसायी महिलाले गरे । पीडा भोग्दा-भोग्दै पनि यौन व्यवसायमा लाग्ने युवतीहरू कम छैनन् । बागलुङबाट आएकी सुकृति घरकै आर्थिक अवस्थाका कारण

बाध्य भएर यस पेसामा लागेको बताउँछिन् । सरकारले जागिर दिँदैन, बाँच्नका लागि शरीर सुम्पनुपरेको छ, उनले दुःखेसो पोखिन् । घरबाट अपहेलित, श्रीमान्ले छोडेको पढाइमा कमजोर र आर्थिक अवस्था कमजोर भएका युवतीहरू यौन व्यवसाय अँगालिरहेका छन् । यौन व्यवसायमा लाग्नेहरू प्रायः बाहिरबाट यहाँ आउने अविवाहित युवतीहरू छन् । ‘गरिबी, द्वन्द्व, पारिवारिक अवहेलना र बेरोजगारकै कारण यौन व्यवसायमा लाग्ने महिलाहरू बढेका छन् । सामाजिक विकृतिविरुद्ध अनुगमन समितिका संयोजक मीनप्रसाद भट्टराईले भने, ‘बेरोजगारी समस्याकै कारण यौन व्यवसाय फस्टाएको हो, राज्यले नियन्त्रण गर्दैन भने रेडलाइट एरिया तोकिदिनुपर्छ ।’

‘प्रहरी प्रशासनले चासो नदिएको कारण अनुगमन गरी यौन व्यवसाय नियन्त्रण गर्न सकिएन,’ सामुदायिक जिल्ला समन्वय समितिकी अध्यक्ष गोमा ढकालले भनिन्, ‘कसैको सहयोग नभएपछि अनुगमन गर्न छाड्यौ ।’ उनले बाध्यता, साथीको संगत र आफूखुसीसमेत यौन व्यवसायमा लागेको भेटिएको

बताइन् । सरकारले योजना बनाएर यसको समाधान खोज्नुपर्छ,’ उनले भनिन्, ‘समाजलाई यसले बिगारेको छ ।’ समितिले डेढ महिनाअघि बगालेटोलबाट ग्राहक र यौनकर्मी सहित १२ जनालाई अनुचित क्रियाकलाप गर्दागर्दै समातेको थियो । यौनकर्मी महिलाहरू प्रहरीबाट समेत पीडित हुनुपरेको गुनासो गर्छन् । प्रहरीले नियन्त्रण गर्ने बहानामा हामीलाई लैजान्छ र पैसा माग्छ,’ एक यौन व्यवसायी महिलाले भनिन्, ‘नदिए थुन्ने चेतावनी दिन्छन् ।’

यहाँको नयाँबसपार्क, सृजनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा, वैदाम, बगालेटोल, पार्दी यहाँका बढी यौन व्यवसाय हुने क्षेत्रहरू हुन् । यहाँ रहेका ३ सय ८५ रेस्टुराँमा २ हजार महिला कामदार छन् । तिनमा एक हजारभन्दा बढीले यो पेसा अँगालेको अधिकारमा आधारित एचआईभी र एड्स कार्यक्रमले जनाएको छ । तिनमा २२ प्रतिशत महिला एचआईभीको सिकार भएका छन्,’ संस्थाका संयोजक दिलिप दोषीले भने, ‘यौन व्यवसायमा लाग्ने महिलाको संख्या बढ्दो छ ।’ १३ वर्षदेखि माथिका यो व्यवासयमा लागेका छन् । तिनीहरूमा आधाभन्दा बढीले आफैं ग्राहक खोज्ने गरेका छन् ।

‘रेस्टुराँमा काम गर्नेमात्रै होइन, मोबाइलको भरमा पैसाका लागि यौन व्यवसाय गर्नेहरू पनि यहाँ उत्तिकै छन्,’ उनले भने, ‘आर्थिक रूपले सबल भएकाहरू पनि यो व्यवसायमा छन् ।’ उनका अनुसार उनीहरूका पहिलो ग्राहक व्यापारी हुन्, त्यसपछि सरकारी कर्मचारी, प्रहरी, सेना, मजदुर र भारतीय पर्यटक पनि ग्राहकमा पर्छन् ।

Related Articles:





Related Posts Plugin for WordPress, Blogger...


Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

You must be logged in to post a comment.