पहिलो पटक हङकङ आएका गायिकाद्वय शीतल र सुवानी मोक्तानलाई कतिपय दर्शकले दुरुस्तै देखेछन्। दिदीबहिनी भएको थाहा पाए पनि कतिले जुम्ल्याहा मानेका थिए। गत सोमबार मिस पर्ल हङकङ नेपाल आयोजक रहेको 'मेरो सँाझ' मा जब उद्घोषिकाले सुन्दरी गायिकाद्वयलाई स्टेजमा निम्त्याए, सबैभन्दा पहिले उनीहरूले उक्त भ्रम चिर्नु उपयुक्त माने। 'जुम्ल्याहा होइनांै, हामी दुईबीच साढे दुई वर्षको फरक छ', शीतल र सुवानीले ठट्टयौली पारामा केही बेर रमाइलो गर्दै गायकी सुरु गरे।
त्यसो त सीताराम कट्टेल 'ध्रुमुस' र कुञ्जना घिमिरे 'सुन्तली' समेत उक्त सँाझ कार्यक्रमका मुख्य आकर्षण थिए। हास्यकलाकार कट्टेलका धुमर् ुस, खड्काजी र नेता केपी ओलीरूपी पात्रका कारण वातावरण सुरुदेखि अन्तसम्म गर्माइ रह्यो। पछिल्लोसमय मेरी बास्सैमा खड्काजीरूपी नयाँ पात्रमा देखिएका सीताराम हङकङमा पनि रुचाइए। ओठलाई कुरूप बनाइएको उक्त पात्रमा उनी कसरी त्यस्तो देखिएका रहेछन् त्यसको समेत यिनले स्टेजमै भेद खोले। तेस्रो पटकको हङकङ आगमनमा समेत दर्शक-श्रोताहरूद्वारा उत्तिकै रुचाइएकामा धुर्मुस दम्पती प्रफुल्लित दे खिन्थे। 'दर्शकहरूले हाम्रो अभिनय मन पराइरहनुभएको छ, निकै खुसी छौँ', धुर्मुसले अनुहार उजेल्याउँदै सुन्तलीतिर आँखा दौडाए अनि भने, 'भविष्यमा अझ राम्रो गर्ने प्रयास गर्नेछौँ।' कार्यक्रममा स्थानीय नृत्य समूह एससिडिजीको नृत्यले वातावरण तताउन राम्रैसँग सघायो।
