Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Nepali Poem - Pahad Ki Rani Darjeeling By Mohan Rai Pardesi

Collection of Nepali Poems

Nepali Poem - Pahad Ki Rani Darjeeling By Mohan Rai Pardesi

Postby sweetangel » Sat Jul 18, 2009 12:53 pm



विहानीको सिरोटोले मुटु कामे पिन
सानो रेलको आवाजले कानै दुखाए पिन
मन भित्र कुन्नि थाहै नपाई
त्यो बतासेको रेलले मन चोरिसकेछ
अनि ती चियाबारीका पातहरुले
छाती भित्र अमिट छाप छोडिसकेछन् ।

त्यो अन्धेरी सुनसान रातमा पिन
एकोहोरिएर हेर्न मन लाग्छ तिमीलाई
आकाशको तारा पो धरतीमा खस्यो की जस्तो
तिहारमा परदेशी भाईको गला भरि सजिदिने
सयपत्री र मखमलीका थंुगाहरु पो फुले की जस्तो
शुन्यतालाई चिर्दै टिलपिलाइ रहेको ती बत्तीहरु
मुटु काम्ने चिसो हावा चल्दा पिन
टाइगर हिलमा उभिएर सूर्योदयको दृश्यलाई हेर्न
मन छट्पिटंदो रहेछ ।

अनि ती सल्लाघारीहरु भित्र सुसेली मार्दै
हिउँको कठङ्गगि्रने जाडोमा पिन
सेतो हिउंको डल्लाहरु सँग मन खेल्दो रहेछ
अनि लाली गुराँसका ´्याङ्ग भित्र
लुकामारी खेल्न मन आतुर हुँदो रहेछ
हिमालय पर्वतमालाको काखमा
नव दुलही जस्ती सजिएर
बादलको घुम्टो भित्र हराउँदै
मुसुक्क हाँसीिदंदा साँच्चै
स्वर्गकी अप्सरा जस्ती देखिन्छ्यौ दाजिर्लिङ्ग
अनि
सुहागरातको पि्रयसी जस्ती
सुस्तरी लजाउँदै
लाखौं लाख पाहुनाहरुलाई
आफ्नो न्यानो अँगालो भित्र कस्सिइरहेछिन्
मेरी पहाडकी रानी
दार्जीलिङ्ग ॥


-पाख्रीबास ३
धनकुटा नेपाल



sweetangel
 
Posts: 721
Joined: Sun Feb 22, 2009 9:36 pm


Similar topics


Return to Nepali Poems

Who is online

Users browsing this forum: No registered users and 0 guests