Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

Mausami Gurung Samjhana Budhathoki and Shila Ale Heat Brunei

Mausami Gurung Samjhana Budhathoki and Shila Ale Heat Brunei

Postby redvirus » Fri Jul 02, 2010 8:20 pm


ब्रुनाई ।

साँगितिक कार्यक्रम लिएर नेपालबाट ब्रुनाई पुगेका कलाकारहरुको प्रस्तुतिले ब्रुनाईमा रहेका दोश्रो गोर्खा पल्टन २ आर जी आरका सदस्यहरुलाई भरपुर मनोरञ्जन गराएको छ ।

गायिका मौसमी गुरुङ, शीला आले गायक पुरुषोत्तम न्यौपाने, नायिका तथा मोडल सम्झना बुढाथोकी र नृत्यकार मदन थापाको टोलि आर जी आरको सोह्रौं बर्षगाँठको अवसर पारेर एक साँगितिक कार्यक्रमको निम्ति ब्रुनाई पुगेको थियो ।

जुलाई १ बिहिबार साँझ भएको भब्य साँगितिक कार्यक्रममा दोहोरि, नृत्य, र मौसमी गुरुङको साँगितिक प्रस्तुतिले ब्रुनाईका नेपालीहरुलाई भरपुर मनोरंजन दिलाएको थियो ।

साँझ ५ बजे देखि शुरु भएको साँगितिक कार्यक्रममा दर्शकहरुलाई नियन्त्रण गर्न स्वयं सेबकहरुलाई हम्मे हम्मे परेको थियो ।

मौसमी गुरुङ स्टेजमा देखा परे लगत्तै दर्शकहरुको हुटिंग शुरु भएको थियो, पहिलो प्रस्तुति पछी "लाउन त, लाई दिएँ माया मैले नबुझ्नेलाई" र "आपाकी म एक्ली छोरी" गाउन थाले लगत्तै दर्शकहरुको भिड स्टेज अगाडी
थुप्रिएको थियो । शीला आले र पुरुषोत्तम न्यौपानेको घोचपेच भरिएको दोहोरीमा पनि उत्तिकै दर्शकहरुको समर्थन र साथ रहेको थियो ।

सम्झना बुढाथोकिको नृत्य "तिर्खा लाग्यो पानि खाएँ" बोलको अन्जु पन्तको चर्चित गितमा शुरु हुँदा कार्यक्रम मनोरन्जनात्मक हुँदै गैरहेको थियो । दर्शकहरु झन् जोशिलो बन्दै गैरहेका थिए, फेरी मौसमी गुरुङको स्टेज आगमन हुने बित्तिकै "माछी मारन हो बैनी" गीत शुरु भए पछी दर्शकहरु अनियन्त्रित हुन थालेपछी सो गीतलाई बिचमै रोक्नु परेको थियो ।

केहि समय पछी दर्शकहरुलाई नियन्त्रणमा लिए पछी फेरी मौसमी गुरुङले चर्चित रिमिक्स गीत च्यांगबा गाएर दर्शकहरुलाई असिन, पसिन हुने गरि नचाइन, वान्स मोरको हुटिंग थेग्न नसके पछी मौसमीले फेरी अन्तिम पटक पनि "माछि मारन" र "च्यांगबा होइ च्यांगबा" गाएर दर्शकहरुको मनोरंजन गराइन ।

Image
(Singer Mausami Gurung)
redvirus
 
Posts: 346
Joined: Mon Jul 06, 2009 9:51 am

Re: Mausami Gurung Samjhana Budhathoki and Shila Ale Heat Brunei

Postby redvirus » Fri Jul 02, 2010 8:23 pm

Image
Model cum Actress Samjhana Budhathoki
redvirus
 
Posts: 346
Joined: Mon Jul 06, 2009 9:51 am

Re: Mausami Gurung Samjhana Budhathoki and Shila Ale Heat Brunei

Postby redvirus » Fri Jul 02, 2010 8:26 pm

Image
redvirus
 
Posts: 346
Joined: Mon Jul 06, 2009 9:51 am

Next


Similar topics


Return to Nepali Celebrity And Film Industry Gossips

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron