चर्चित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालले लन्डन फेसन विकमा सहभागिता जनाउन पाउने भएका छन् । सन् २०१० फेब्रुअरी १९ देखि २५ सम्म सञ्चालन हुने लन्डन फेसन विकमा अन्तर्राष्ट्रिय मोडलहरूको हेयरस्टाइल तथा मेकअपका लागि उनी छनौट भएका हुन् ।
'मैले तीनमहिने हलिउड हेयरस्टाइल तथा मेकअप ट्रेनिङ गरेको आधारमा मलाई अन्तर्राष्ट्रिय मोडलहरूलाई नयाँ लुकमा उतार्ने कार्यक्रममा छनौट गरिएको छ ।' नीलले साप्ताहिकसँग भने- 'दक्षिण एसियाबाट जाने सौन्दर्यविद्मा मलाई मात्र छनौट गरिनुले मैले यसलाई नेपालको गर्वका रूपमा लिएको छु ।' हाल भारतको नयाँ दिल्लीमा हे यर स्टाइल तथा मेकअप पार्लर सञ्चालन गर्ने तयारीमा जुटेका नीलले लन्डन फेसन विकका निम्ति आफ्नो तयारी पनि सुरु गरिसकेको बताए ।
Source:http://www.ekantipur.com/saptahik/news/news-detail.php?news_id=293
