Site Announcements




Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

अष्ट्रेलियाका धनीमा नेपाली

अष्ट्रेलियाका धनीमा नेपाली

Postby sweetangel » Mon Jul 13, 2009 4:48 pm



काठमाडौं असार २९ नागरिक- विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।

अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ ।
मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित 'मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी' का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।
उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।
१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए ।



sweetangel
 
Posts: 721
Joined: Sun Feb 22, 2009 9:36 pm

Return to News From And About Nepal

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron